एनएमबि फिफ्टीको बारेमा जानकारी

काठमाडौं । एनएमबि फिफ्टीको प्रति इकाई मूल्य रु. १० प्रति अंकित दरका १२ करोड इकाईको लागि मिति २०७६ श्रावण १३ गतेदेखि बिक्री खुल्ला गरिएको थियो । हाल सम्म रु. १ अर्व भन्दाको लागि आवेदन प्राप्त भईसकेको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकले जानकारी दिएको छ । उक्त निष्काशनमा आवेदन दिन इच्छुक सर्वसाधारण तथा संघसंस्थाहरुको लागि आवेदन दिने अन्तिम म्याद मिति २०७६/०५/१० गते सम्म रहेको छ ।

एकैदिन गण्डकी विकास बैंकको ४ शाखा विस्तार

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । थप हुने शाखाहरुमा तारकेश्वर नगरपालिका वडा नं. ८ जरखुं, मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ भक्तपुर, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ जोरपाटी, बुढानिलकण्ठ नगरपालिका वडा नं. १० बालुवाखानी रहेका छन् । यस संगै बैंकको ८१ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै नेपालको पूर्व देखि पश्चिमसम्म थप १५ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए । हालसँग बैकका ९६ वटा शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान हुनेछ । बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ दरमा कर्जा प्रवाह गर्नुको साथै एविविएस, एटिएम, ईसीसी आईपिएस्, सी एएसबिए, मोबाइल बैकिङ्ग सेवा, लघुवित्त सेवा, रेमिट्यान्स सेवा सहितको पूर्ण बैकिङ्ग सेवाप्रदान गरिनेछ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा संचालन मुनाफा रु. ९५ करोड ३५लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधिसम्म निक्षेप रु. २९ अर्ब ९२ करोड रकर्जा तर्फ रु.२५ अर्ब ८८ करोड पुर्याएको छ । साथै बैंकको निष्कृय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा चिरायु भण्डारीकाे सम्भावना

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत पद (सीईओ)मा चिरायु भण्डारीलाई प्रस्ताव गरेको छ । सञ्चालक समितिले भण्डारीसँग व्यवसायिक योजनाबारे समेत छलफल गरेको छ । दुई पक्षबीचको छलफल सकारात्मक भएपछि कम्पनीका प्रतिनिधिले बीमा समितिसँग अनौपचारिक छलफल गरेका छन् तर बीमा समितिले केही प्राविधिक कुरा उठाएको स्रोतले बतायो । भण्डारी गत असारसम्म नेपाल पुर्नबीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । उनीसँग लामाे नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ । ‘बीमा क्षेत्रमा चार दशकदेखि कार्यरत छु । अब यो क्षेत्र छोडेर बाहिर जाने कुरा भएन’ भण्डारीले भने–‘विभिन्न कम्पनीबाट प्रस्ताव आएका छन् तर निर्णय भएको छैन ।’ २ वर्षअघि स्थापना भएकाे सानिमा लाइफ इन्स्याेरेन्स कम्पनीले हालसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेकाे छैन । हाल महाप्रवन्धक शिवराम तिमल्सिनाले व्यस्थापकीय नेतृत्व समालेका छन् ।