७२ हजार २ सय ५५ जनाले मागे जति पाए हिमाल दोलखाको आईपीओ
काठमाडौ । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले ३० लाख ९३ हजार कित्ता सेयर बाँडफाड गरेको छ । हाइड्रो पावर कम्पनीले सय अंकित दरमा ७६ लाख ४७ हजार २ सय १० कित्ता साधारण सेयर निष्काशन गरेको थियो । कुल ३१ हजार ५ सय ६० कित्ताको लागि जम्मा ७२ हजार ३ सय ४५ आवेदन गरेका परेका थिए । ती मध्ये भने ७२ हजार २ सय ५५ जनाको आवेदन मात्र सदर भएको थियो । धितोपत्र निष्कशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आवेदन दिने सबैले माग गरे अनुसार सेयर पाएका छन् ।
मन्जुश्री फाइनान्स लिमिटेडको नयाँ बचत खाता
काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता संचालनमा ल्याएको छ । न्युनतम मौज्दात रु. ५०००/– मा बचतकर्ताहरुले वार्षिक ८.२५% व्याजदर प्राप्त गर्न सक्ने छन् । जसमा निःशुल्क डेविट कार्डका साथै जुनसुकै एटीएमबाट विना शुल्क रकम झिक्न सकिने छ । साथै निःशुल्क चेक बुक, बिना शुल्क बैंक स्टेटमेन्ट जुनसुकै बेला पनि लिन सकिने फाइएनान्सले जनाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले सहायक कम्पनी खोल्ने, विशेष साधारण सभाबाट पारित
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब पारित गरेको छ । साधारण सभामा बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले बैंकले विभिन्न सहायक कम्पनी मार्फत ब्यवसाय गरी आर्थिक सबलीकरणमा सहयोग पुर्याउने प्रस्ताव पेश गरेका थिए । विशेष साधारण सभामा बैंकका शेयरधनीहरु क्रमशः नेपाल सरकारका महालेखा नियन्त्रकको कार्यालय, उर्जा मन्त्रालयका प्रतिनिधि तथा साधारण शेयरधनी डमरु बल्लभ घिमिरेले राख्नुभएको जिज्ञासाबारे बैंक संचालक समितिका अध्यक्ष गुरुङ्गले जवाफ दिएका थिए । सो विशेष साधारण सभामा बैंकका संचालक समितिका सदस्यहरु रबीन्द्रलाल श्रेष्ठ, जनककुमार बराल, विद्यावारीधि सिग्देल, अर्जुनबहादुर अधिकारी, डा. माधवप्रसाद दाहाल, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपककार्यकारी अधिकृतहरु महेन्द्रप्रसाद अवस्थी, सरस्वती अधिकारी, देबेशप्रसाद लोहनी तथा बैंक भित्र क्रियाशिल तीनवटै ट्रेड यूनियनका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । विशेष साधारण सभालाई कम्पनी सचिव भोलानाथ पौडेलले सहजीकरण गरेका थिए ।