एनआईसी एशियाको नयाँ शाखा अनामनगर र सौराहामा

<p>काठमाडौँ । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले उद्घाटन गरेका हुन् । त्यसैगरी सोमबारनै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका [&hellip;]</p>

काठमाडौँ । एनआईसी एशिया बैंकको दुई नयाँ शाखाहरु काठमाडौंको अनामनगर र चितवनको सौराहामा सोमबारदेखि सञ्चालनमा आएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. २९ अनामनगरस्थित अनामनगर शाखाकोे लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले उद्घाटन गरेका हुन् ।

त्यसैगरी सोमबारनै चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं. ६ स्थित सौराहा शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वनले गरेका हुन् ।

यी शाखाहरु सञ्चालनमा आएसँगै सो क्षेत्रका ग्राहकहरुलाई बैंकिङ सेवा प्राप्त गर्न थप सहज हुने बैंकले विश्वास लिएको छ ।

Share News