बीमा मर्जरः नियामकले बाटो खोल्यो, कम्पनीलाई ‘हतार छैन’
काठमाडौं । बीमा कम्पनीहरुले मर्जरको हतार नभएको बताएका छन् । नियामक निकाय बीमा समितिले मर्जरको बाटो खुलाए पनि कम्पनीहरुले तत्काल हतार नभएको प्रतिक्रिया दिएका हुन् । कम्पनीलाई मर्जर र एक्वीजीसनामा अवरोध नपुगोस भनेर नै निर्देशिका जारी गरिसकेको छ । केही कम्पनीहरुले भने आन्तरिक रुपमा मर्जरको तयारी गरिरहेका छन् । पूँजी बृद्धिले मर्जरमा दबाब बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई २ अर्ब र निर्जीवन बीमा कम्पनीहरुलाई १ अर्ब रुपैयाँ चुक्ता पूँजी हुनै पर्ने व्यवस्था गरेको थियो । समितिले १३ माघ २०७३ मा जारी गरेको यो निर्देशन अनुसार कम्पनीहरुले असार मसान्त २०७५ मा तोकिए अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने थियो । तर, समितिले दिएको पहिलो म्यादभित्रमा कम्पनीहरुले चुक्ता पूँजी वृद्धि गर्न नसकेपछि समितिले पुस मसान्त २०७५ सम्म म्याद थप गरेको थियो । थप गरिएको समयभित्र पनि पूँजी वृद्धि गर्न नसक्ने कम्पनीहरुको लागि समितिले असार मसान्त २०७५ सम्मको ग्रेस अवधि थपेको थियो । समितिले दिएको निर्देशन बमोजिम कम्पनीहरुले पेश गरेको पूँजी वृद्धि योजनामा हकप्रद जारी गर्ने, बोनस सेयर दिने, थप निस्कासन (एफपीओ) जारी गर्ने लगायत थियो । तर, समितिमा योजना पनि पेश गर्ने र तोकिएको समयभित्रमा पूँजी वृद्धि गर्न नसक्ने ७ कम्पनीलाई समितिले स्पष्टीकरण सोधेको थियो । नपुर्याउनेहरू चटाराेमा सरकारी लगानीसमेत रहेकाे राष्ट्रिय बीमा कम्पनीले पनि समितिले ताेकेअनुसारकाे न्यूनतम चुक्ता पूँजी पुर्याएकाे छैन। तर ताेकेअनुसारकाे पूँजी पुर्याउने अन्तिम तयारीमा कम्पनी छ । कम्पनीका सूचना अधिकारी निरञ्जन आचार्यले पूँजी वृद्धिकाे काम हुन लागेकाे बताए । अहिले कम्पनीकाे लेखा परीक्षण भइरहेकाेले साे काम सकिनेबितीकै पूँजी वृद्धिकाे याेजना अघि बढ्ने बताए ।
राष्ट्रिय वाणिज्य बैंकले ५ कम्पनीलाई दियो एक लाखदेखि एक करोडसम्मको अनुदान रकम
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पाँच कम्पनीलाई एक लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान रकमको चेक दिएको छ । बैंकले उर्जा बचत कार्य गरे वापत नेपाल सालिमार सिमेन्ट प्रा.लि., नेपाल डेरी, पन्चकन्या स्टिल प्रा.लि., प्रिमियर वायर्स प्रा.लि. र बागमती आयल इन्डष्ट्रिजलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा सो मात्राको रकमको चेक प्रदान गरेको हो । जस अन्तर्गत नेपाल सालिमार सिमेन्टले एक करोड रुपैयाँ, नेपाल डेरीले १८ लाख ५ सय अठसठ्ठी रुपैयाँ पैसा पैंतीस, पन्चकन्या स्टिलले १३ लाख ९९ हजार एक सय दुई रुपैंया पैसा त्रिचालिस, प्रिमियर वायर्सले ५ लाख ५० हजार ८ सय रुपैंया पैसा पन्ध्र, बागमती आयल इन्डष्ट्रिजले एक लाख पैंसठ्ठी हजार ९ सय रुपैंया रकम पाएका छन् । बैंकले जर्मन सरकारको सहयोगमा संचालित ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’को अनुदान सहयोग कार्यक्रम अन्तर्गत यी कम्पनीलाई सो मात्राको सहयोग गरेको हो । बैंकद्वारा बिहिबार एक समारोहका बीच यी कम्पनीलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधि अनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरेका छन् । नेपाल सरकार र जर्मन सरकार बिच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘इनर्जी इफिसेन्सी प्रोग्राम नेपाल’ आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्स्यिुटिङ एजेन्सी(पीईए)को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ । यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंक मार्फत उपलव्ध गराइने छ । यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम एक करोड रुपैयाँसम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।
देवः विकास बैंकले ल्यायाे ‘क्यास ब्याक अफर’,
काठमाडौं । देवः विकास बैंकले ‘क्यास ब्याक अफर’ सञ्चालमा ल्याएको छ । बैंकले पुस १ गतेदेखि लागू हुने गरी ‘क्यास लेस बैंकिङ’ लाई प्रोत्सान गर्न यो योजना सञ्चालमा ल्याएको बैंकले जनाएको छ । त्यसैगरी, बैंकले पुस १ गतेबाट नै लागू हुने गरी भारतबाट भिसा नेटवर्कको एटीएमबाट नगद निकाल्दा लाग्ने शुल्क पनि १ सय रुपैयाँले घटाएको छ । भारतमा भिसा नेटवर्क एटिएमबाट नगद निकाल्दा कारोबार बापत लाग्ने शुल्क २ सय ५० मा पुस १ गतेदेखि नै लागु हुने गरी मात्र १ सय ५० शुल्क लाग्ने व्यवस्था गरिएको हाे । त्यसैगरी, बैंकले नेपालभर कुनै पनि भिजा नेटवर्कको एटीमबाट कारोबार गर्दा पैसा नलाग्ने सेवालाई पनि यथावत नै राखेको छ । मोबाइल बैकिङ तथत देवः इ बैंकिङबाट टप अप गर्दा कारोबार रकमको २ प्रतिशत नगद फिर्ताको योजना ल्याएको छ । साथै, बचत खातामा निःशुल्क भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ र इ बैंकिङ सुबिधा प्रदान गरिएकाे बैंकले बताएकाे छ ।