आरएमडीसी लघुवित्तले सम्पन्न गर्यो सहकारी व्यवस्थापन तालिम

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले सहकारी व्यवस्थापन  तालिम सम्पन्न गरेको छ । तालिमको उद्घाटन शाखाका शाखा प्रबन्धक गोविन्द प्रसाद पौडेलले गरेका हुन् । कार्यक्रम पुस १९ र २० गते मोरङ्गस्थित गोकर्ण रिसोर्टमा सञ्चालन भएको हाे । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११ जिल्लामा रहेका २९ वटा सहकारी संस्थाहरुको ब्यवस्थापक तथा सहायक व्यवस्थापक स्तरका ३० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । सहकारीको प्रभावकारी ब्यवस्थापन तथा अवको सहकारीले उत्पादन प्रशोधन तथा बजारीकरण लगायतका बिषयमा थप लगानी बढाउनु पर्ने बारेमा पौडेलले चर्चा गरेका थिए । तालिममा प्रशिक्षकहरुले सहकारीको एतिहासिक पृष्ठभुमि, सहकारी अवधारण तथा महत्व, सहकारी सदस्य शिक्षा, व्यवस्थापन तथा विकास र सदस्य स्थाईत्व, ऋण व्यवस्थापन, विश्लेषण र अनुगमनका अवधारणा, महत्व तथा आधारहरु, ऋणको भाखा नाघ्नुको कारण, असर तथा नियन्त्रणका उपायहरुका बारेमा छलफल भयो । साथै, सहकारी संस्था संचालन सम्बन्धी बर्तमान कानुनी व्यवस्था तथा नियमन बिधि, सहकारीका जोखिम बिश्लेषण तथा व्यवस्थापन, सहकारीमा पल्र्स अबधारण, गणना गर्ने तरिका र यसको परिपालना, सहकारीमा सुशासनको महत्व र कायम गर्ने उपायहरुको विषयमा विस्तृत छलफल भएको थियो ।

स्वस्तिक लघुवित्तको अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले शाखा प्रमुखको भूमिका, कर्जा व्यवस्थापन तथा व्यवसाय अभिबृद्धि सम्बन्धी अभिमुखिकरण दिएका थिए । साथै, उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झाले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानमा लाग्न उत्प्ररित गरे । लेखा व्यवस्थापन, सूचना प्रविधिका बारेमा लेखा तथा आईटी. विभाग प्रमुख तोयानाथ पोखरेलले मानव संशासन, कार्यसंचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्र लाल कर्णले तालिम दिएका थिए । लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पु¥याउने जनाएको छ ।

स्वावलम्बन लघुवित्तको ४० प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । आइतबार बसेको संस्थाको १८औं वार्षिक साधारण सभाले आफ्ना शेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद गरी कूल ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा रु.४२ करोड ४१ लाख ३८ हजार ८ सय ७४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७५/७६ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ । सो अवधिमा वित्तीय संस्थाको लगानीमा रहिरहेको कर्जा रकम रु.१५ अर्व ६३ करोड ३३ लाख पुगेको छ । वित्तीय संस्थाको आन्तरिक पूँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा रु.८ अर्व २६ करोड ४४ लाख ५ हजार रहेको छ । राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाका रुपमा कारोबार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.७९ करोड २३ लाख ९९ हजार ४ सय कायम गर्ने निर्णय गरेको छ । उक्त साधारणसभाले सर्वसाधारण सेयरधनी समूह “ख” अन्तर्गत सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकमा विष्णु प्रसाद त्रिपाठीलाई निर्विरोध निर्वाचित गरेको छ ।