स्वस्तिक लघुवित्तको अभिमुखीकरण तालिम सम्पन्न

<p>काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले शाखा प्रमुखको भूमिका, कर्जा व्यवस्थापन तथा व्यवसाय अभिबृद्धि सम्बन्धी अभिमुखिकरण दिएका थिए । साथै, उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झाले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानमा लाग्न उत्प्ररित गरे । लेखा व्यवस्थापन, [&hellip;]</p>

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले शुक्रबार अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनालले शाखा प्रमुखको भूमिका, कर्जा व्यवस्थापन तथा व्यवसाय अभिबृद्धि सम्बन्धी अभिमुखिकरण दिएका थिए ।

साथै, उपस्थित शाखा प्रबन्धकहरुलाई संस्थाका अध्यक्ष सत्य नारायण झाले संस्थागत सुशासन कायम गरी विपन्न वर्गको उत्थानमा लाग्न उत्प्ररित गरे । लेखा व्यवस्थापन, सूचना प्रविधिका बारेमा लेखा तथा आईटी. विभाग प्रमुख तोयानाथ पोखरेलले मानव संशासन, कार्यसंचालनका बारेमा मानव संशाधन विभाग प्रमुख धिरेन्द्र लाल कर्णले तालिम दिएका थिए ।

लहान, सिराहामा केन्द्रीय कार्यालय रहेको यस वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई आधुनिक प्रविधिका माध्यमवाट घरदैलोमा लघुवित्त सेवा पु¥याउने जनाएको छ ।

Share News