सिद्धार्थ इन्स्योरेन्सको आय १९ करोडले बढ्यो

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीकाे आय १९ करोड २ लाख रुपैयाँले बढेकाे छ । कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको दोस्रो आर्थिक वर्ष(आव)काे तुलनामा चालु आवको दोस्रो त्रैमासमा कम्पनीकाे आय उक्त रूपैयाँले बढेकाे हाे । अघिल्लो आवको दोस्रो त्रैमासमा १ अर्ब २६ करोड ५५ लाख रुपैयाँ आय कमाएकाे कम्पनीले चालु आवकाे साेही अवधिमा १ अर्ब ४५ करोड ५७ लाख रुपैयाँ आर्जन गरेकाे छ । खुद बीमा शुल्क: सिद्धार्थ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षकोे दोस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क ४८ करोड ६ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ४४ करोड २७ लख ३१ रुपैयाँ रहेको थियो । पुनर्बीमा कमिशको आयमा इन्स्योरेन्स कम्पनीको चालु आवको दोस्रो त्रैमासमा १७ करोड ६७ लाख ३९ हजाररुपैयाँ रहेको छ भने अघिल्लो आवको दोस्रो त्रैमासमा १३ करोड २८ लाख ७० हजाररुपैयाँ रहेको थियो । लगानी, कर्जा तथा अन्य आय: कम्पनीले चालु आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आय शिर्षकमा ४ करोड २५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, गत आवको दोस्रो त्रैमासमा लगानी, कर्जा तथा अन्य आय शिर्षकमा कम्पनीको ४ करोड ३५ लाख २८ हजार रुपैयाँ रहेको छ ।

एशियन लाइफको खुद बीमा शुल्क ५५ करोडले बढ्याे

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क ५५ करोड १२ लाख रुपैयाँले बढेकाे छ । गत आर्थिक वर्ष(आव)को दोस्रो त्रैमाससम्ममा १ अर्ब ७३ करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेकाे कम्पनीले चालु आवको साेही अवधिमा २ अर्ब २८ करोड ६० लाख रुपैयाँ संकलन गरेको छ । इन्स्योरेन्स कम्पनीको चालु आवमा लगानी, कर्जा तथा अन्य आयमा चालु आवको दोस्रो त्रैमासमा ७१ करोड २४ लाख ६८ हजार रुपैयाँ छ भने गत आवको दोस्रो त्रैमासमा भने ६५ करोड १५ लाख ९२ हजार रुपैयाँ छ । बीमा लेखको धितोमा कर्जाबाट आय शीर्षकका एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गत आवमा ४ करोड ८४ लाख ६५ हजार रुपैयाँ देखिन्छ । यस्तै, गत आवको दोस्रो त्रैमासमा बीमा लेख धितोमा कर्जाबाट आयमा कम्पनीको २ करोड, १३ लाख ६२ हजार रुपैयाँ देखिन्छ । आयको अवस्थाः चालु आ।वको दोस्रो त्रैमासको अन्त्यसम्म लाइफ इन्स्योरेन्स कम्पनीको आय ३ अर्ब ८ करोड ६६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमासमा कम्पनीको आय २ अर्ब ४३ करोड ८६ लाख रुपैयाँ रहेको पाइन्छ ।

आशा लघुवित्तको साढे दुई लाख बोनस सेयर सूचीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २ लाख ४८ हजार ८८० कित्ता बोनस सेयर सूचीकृत भएको छ । बुधबार मात्रै संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको हो । नुवाकोटको ककनीमा केन्द्रिय कार्यालय रहेको संस्थाको हालसम्म २३ लाख २२ हजार ८८० कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ । बजारमा संस्थाको सेयर मूल्य प्रतिकित्ता ७३० रुपैयाँ रहेको छ ।