मितेरी डेभलपमेन्ट बैंकले साढे १९ प्रतिशत लाभांश दिने, चुक्ता पुँजी ६९ करोड नाघ्ने

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १९.५० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १८.५२५ प्रतिशत र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीलाई १९.५० प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १८.५२५ प्रतिशत र कर प्रयोजनको लागि ०.९७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव माघ २२ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ५० लाख रुपैयाँ रहेको छ । १८.५२५ प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ६९ करोड ३३ लाख रुपैयाँ नाघ्ने छ ।

Share News