कोरोना रोकथाम तथा नियन्त्रण कोषमा एनसीसी बैंकले गर्याे एक करोड सहयोग

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक करोड रुपैयाँ सहयोग गरेको छ । बैंकले सहयोग गर्ने उक्त रकममध्ये ६५ लाख रुपैयाँ संघीय सरकारले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा ३५ लाख रुपैयाँ सात वटै प्रदेशले खडा गरेको कोषहरुलाई प्रदान गरेको हो । बैंकले प्रदेश नं. एकका मुख्यमन्त्री शेरधन राई, प्रदेश नं. दुईका मुख्यमन्त्री लालबाबु राउत, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई उक्त रकम वरावरको चेक बैंकका प्रतिनिधि मार्फत प्रदान गर्ने भएको छ । बैंकले विगतदेखि नै विभिन्न संघसंख्यामा सहयोग प्रदान गर्दै आएको छ । कोरोनाको संक्रमण बढेसँगै लकडाउनको पूर्णपालना गरी सुरक्षित रहन बैंकले सबैलाई आग्रह गरेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सले गर्याे कोरोना कोषमा साढे सात लाख  सहयोग

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा साढे सात लाख सहयोग गरेको छ । विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिम नेपालमा पछिल्लो समय बढेसँगै सूर्या लाइफ इन्स्योरेन्सले पनि सो सहयोग गरेको हो । नेपाल सरकारबाट कोरोनालाई नियन्त्रण गर्ने उद्देश्यले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै हालसम्म देश लकडाउन छ । विश्व स्वास्थ्य संगठन लगायत विश्वका सवै राष्ट्रहरु यस रोगको रोकथाममा लागि परेका छन् । सरकारले पछिल्लो समय निजि संघ संस्थाहरु तथा व्यक्तिलाई सहयोगको लागि अपिल गरिरहेको छ ।

नेको इन्स्योरेन्सका सीईओ खड्काद्धारा कीर्तिपूरका विद्यार्थीलाई खाद्यान्न सहयोग

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक खडकाले कीर्तिपूर छात्रावासका विद्यार्थीलाई खाद्यान सहयोग गरेका छन् । उनले त्रिभुवन विश्व विद्यालय (टि.यु) का ५ सय विद्यार्थीलाई उक्त सहयोग गरेका हुन् । लकडाउनको परिस्थितिमा टि.यु.का विद्यार्थीमा उत्पन्न भएको खाद्य संकटमा सीईओ खड्काले राहत स्वरूप उक्त सहयाेग गरेका हुन् । उनले आफ्नो एक महिनाको पारिश्रमिक बापतको योगदान दिएका हुन् । उनले दिएको योगदानबाट विद्यार्थीहरुलाई २ साताको खाद्य संकट टरेको छ । ‘अहिले हामी केही संकटको घडीमा छौँ, यस्तो बेलामा सबैजनाले हातेमालो गरेर अघि बढ्नु पर्छ, कीर्तिपूरका छात्रावासमा रहेका विद्यार्थीलाई खाद्यान्न संकट परेको मैले मिडिमा मार्फत थाहा पाए र आफ्नो एक महिनाको तलब बराबरको सहयोग प्रदान गरेँ,’ सीईओ खड्काले विकासन्युजसँग भने ।