घरबाटै कोरोना बीमा गर्न सकिने, प्रभु पेले ल्यायो यस्तो सुविधा
काठमाडौं । अब घरबाटै कोराना भाइरस(कोभिड १९) बीमा गर्न सकिने भएको छ । डिजिटल प्रविधि प्रभु पेले हाल जारी भइरहेको लकडाउनको परिस्थितिलाई मध्येनजर गर्दै उक्त सुविधा ल्याएको हो । ग्राहकलाई बीमा शुल्क भुक्तानीमा थप सहज हुने गरि प्रभु पे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेकाे हाे । यससँगै, बीमा गर्न वा गराउन इच्छुक ग्राहकले प्रभु पेको वालेट मोबाईलमा डाउनलोड गरेर कोरोना बीमा गराउन सक्नेछन् । उनीहरुले तीन सय रुपैयाँबाट शुरु हुने कोरोना भाइरस बीमालेख खरिद गर्न सक्नेछन् । साथै, सम्भावित सङ्क्रमणबाट ५० हजार वा एक लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा पाउने छन् ।
प्राइम लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको गर्यो कोरोना बीमा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत सबै कर्मचारीहरुको कोरोना बीमा गरेको छ । इन्स्योरेन्सले सम्पूर्ण कर्मचारीहरुको प्रतिव्यक्ति एक लाख रुपैयाँ बराबरको बीमालेख प्रदान गर्ने निर्णय गरेको हो । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड-१९ रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले उक्त निर्णय गरेको हो । साथै, हालै बीमा समितिबाट सञ्चालनमा आएको कोभिड-१९ रोगको संक्रमण सम्बन्धि बीमा गर्ने निर्णय गरेकोे कम्पनीले जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले सम्पूर्ण कर्मचारीहरुको गर्यो कोरोना बीमा
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोभिड-१९ माहामारीको विरुद्ध आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई १ लाख रुपैयाँको बीमालेख प्रदान गरेको छ । अप्ठयारो अहिलेको यस परिस्थितिमा सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई यो सुविधा उपलब्ध गरेको हो । उक्त बीमालेख कम्पनीले आफुसँग आवद्ध कर्मचारीहरुको लागी भनेर निर्र्जीवन बीमा कम्पनी, शिखर इन्स्योरेन्सबाट सामुहिक बीमा पोलिसी खरिद गरेको हो । बीमा समितिद्वारा कोरोना भाइरस (कोभिड-१९) बाट हुने रोगको रक्षावरण गरिने भनेर नयाँ बीमलेख जारी भएपछि सिटिजन लाइफले आफ्नो कर्मचारीलाई यो सुविधा दिने बिषयमा निर्णय गरेको हो । कोरोना लागेको पिसिआर परिक्षणमा पोजेटिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन पाइनेछ । यस बीमलेखले कर्मचारीहरुलाई एक वर्षसम्म सुरक्षा प्रदान गर्दछ । सिटिजन लाइफ सदैब आफ्नो टिमको मनोबल उच्च राख्न र कम्पनीमा आबद्ध लिडर हरुको सेवा र क्षमता बृद्धी बिकाससा अग्रणी भूमिकामा रहदै आएको छ । यसको साथै कम्पनीले ग्राहकलाई बिमा शु्ल्क भुक्तानीमा अझ सहज हुने गरि डिजिटल प्रविधि फोनपे मार्फत भुक्तानी गर्न सकिने व्यवस्था पनि गरेको छ ।