ज्योति लाईफद्धारा विभिन्न पदकाे लागी कर्मचारी माग

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लगी कर्मचारी माग गरेको छ । ज्योति लाईफले एरिया सेल्स म्यानेजर, शाखा प्रमुख / उप–शाखा प्रमुख, बजार प्रतिनिधी, बजार प्रतिनिधी र कनिष्ठ सहायक/ सहायक/ बरिष्ठ सहायक पदका लगी कर्मचारी माग गरेको हो । आवेदन दिनको लागि आवेदकको शैक्षिक योग्यता न्यूनतम कक्षा १२ रहेको र १८ वर्ष भन्दा माथि र ४० बर्ष भन्दा मुनिको हुनुपर्ने कम्पनिले जनाएकाे छ । काठमाडौं र बाहिरका जिल्लाहरुको लागि कम्पनिले कर्मचारी माग गरेको हाे । आवेदकहरुले श्रावण १३ सम्म कम्पनिकाे ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिनसक्ने कम्पनिले जनाएकाे छ ।    

साधना लघुवित्तको आईपीओ बाँडफाँडः ८५ प्रतिशत बढीको हात खाली, ६६ हजारले पाए १० कित्ता सेयर

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) सोमबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आवेदन गर्ने आवेदकमध्ये ८५ प्रतिशत बढीको हात खाली भएको छ भने ६६ हजार एक सय ५२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । सेयरका लागि आवेदन दिएका मध्ये ३ लाख ८१ हजार ६ सय ९७ जना आवेदकको हात खाली भएको छ । उक्त आईपीओमा ४ लाख ५८ हजार ६ सय ४३ जनाले एक करोड १२ लाख ५९ हजार ८ सय ५० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जसमध्ये कूल ४ लाख ४८ हजार ६४० वटा योग्य आवेदन परेकाे थियाे भने बाँकी रद्द भएका छन् । संस्थाले सर्वसाधारणका लागि ६ लाख ६१ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा राखेको थियो । संस्थाले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ७ लाख ७ हजार ८ सय कित्ता अर्थात ७ करोड ७ लाख ८० हजार रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको थियाे । जसमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८ सय ९० कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, सर्वसाधारणलाई छुट्याएको सेयर मध्येको ५ प्रतिशत अर्थात ३५ हजार ३ सय ९० कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहेकाे ६ लाख ६१ हजार ५ सय २० कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेकाे हाे ।

नेपाल बङ्गलादेश बैंकद्वारा १५ लाखको दुर्घटना बीमा भुक्तानी

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बीमा सुविधा अन्तर्गत दुर्घटना बीमा वापतको १५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले ल्याएको बचत खाता योजनाको बीमा सुविधा अन्तर्गतको दुर्घटना बीमा वापतको प्राप्त रकम १५ लाख रुपैयाँ स्वर्गीय शेर्पाकी पत्नी श्रीमती पेमलमु शेर्पालाई हस्तान्तरण गरेको हो । बैंकको धनकुटा जिल्लामा रहेको सिंधुवा शाखाका कर्मचारी बचत खातावाहक स्वर्गीय शाङ्गे शेर्पाको दुर्घटनामा परी असामाहिक निधन भएकोमा निजको पत्नी श्रीमती पेमलमु शेर्पालाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले उक्त रकम हस्तान्तरण गरेका हुन् । बैंकले असार २९ गते बैकको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा एक कार्यक्रमको बीच उक्त रकम हस्तान्तरण गरेको हो । बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न खालका सुविधाहरु दिंदै आएको परिप्रेक्ष्यमा यस प्रकारको प्रयासबाट मृत्यु भएका ग्राहकको परिवारको आर्थिक हित हुने अपेक्षा रहेको छ । साथै आगामी दिनहरुमा पनि बैकले आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने जानकारी गराएको छ । बैंकले ९७ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८० वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको कुरा पनि जानकारी गराएको छ