स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकको लागि दरखास्त आव्हान

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले स्वास्थ्य बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै बिमा बार्डको कार्यकारी निर्देशकको पदको लागि उम्मेदवारी आव्हान गरेको हो । मन्त्रालयले असोज ९ गतेभित्र उक्त पदको लागि उम्मेदवारी दिन आग्रह गरेको छ । उक्त पदमा उम्मेदवारी दिनको लागि सो व्यक्तिले मान्यता प्राप्त शैक्षिक संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्बन्धित विषयमा कम्तिमा स्नातककोत्तर उपाधी हासिल गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव हुनुपर्नेछ । यस्तै सो व्यक्ति दरखास्त दिने अन्तिम मितिसम्म ४० वर्ष उमेर पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्नेछ । सो व्यक्तिले कुनै पनि प्रकारको भ्रष्टचार, जबरजस्ती करणी जस्ता कनै पनि कसुरमा सजाय नपाएको हुनुपर्नेछ ।

प्रुडेन्सियल इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष अग्रवालद्वारा सपथ ग्रहण

काठमाडौं । निर्जीवन बीमा व्यवसाय गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष विशाल अग्रवालले आफ्नो पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । अग्रवालले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । भदौ २८ गते सम्पन्न सञ्चालक समितिको २०८औं बैठकले सर्वसम्मत रुपमा अग्रवाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । भदौ २६ गते सम्पन्न कम्पनीको १८औं साधारण सभाले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक बिजुक्छेलाई सञ्चालक निर्वाचित गरेको थियो । अध्यक्ष अग्रवाल मुलुकको प्रतिष्ठित व्यावसायिक घराना विशाल ग्रुप सम्बद्ध छन् । सम्बन्धित समाचारः प्रुडेन्सियल इन्स्योरेन्सको अध्यक्षमा विशाल अग्रवाल, सञ्चालकमा ४ जना नियुक्त  

सिटिजन्स म्युचुअल फण्ड १ र २ को नगद लाभांश घोषणा, कसकाे कति ?

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २ ले इकाइधनीहरुलाई नगद लाभांश दिने घोषणा गरेका छन् । यी दुबैले आर्थिक वर्ष २०७६/७७ को लागि सो मात्राको नगद लाभांश वितरण गर्ने भएका हुन् । जसमध्ये सिटिजन्स म्युचुअल फण्ड १ ले इकाइधनीहरुलाई कर सहित १५ प्रतिशत अर्थात १२ करोड ३० लाख रुपैयाँ बराबरको नगद लाभांश दिने भएको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड २ ले इकाइधनीहरुलाई कर सहित १० प्रतिशित अर्थात ५ करोड ६० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । भदौ १९ गते बसेको सिबिआइएल क्यापिटलको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सिटिजन्स म्युचुअल फण्ड १ र सिटिजन्स म्युचुअल फण्ड २, सिटिजन्स बैंक इन्टरनेशनलद्वारा प्रवद्र्धन गरिएको तथा सिबिआईएल क्यापिटलद्वारा व्यवस्थापन गरिएको सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित रहेको छ ।