आशा लघुवित्तको १५ प्रतिशत लाभांश प्रस्ताव, चुक्ता पुँजी साढे २६ करोड नाघ्ने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५.७८९ प्रतिशत अर्थात ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको सो मात्राको लाभांश दिने प्रस्ताव गरेको हो । संस्थाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी संस्थाले सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । संस्थाको सञ्चालक समितिले गरेको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा आगामी साधारण सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । संस्थाको सञ्चालक समितिको ७८औं बैठक भदौ ३१ गते बसेको थियो । हाल संस्थाको चुक्ता पुँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको छ । १५ प्रतिशत बोनस वितरण पश्चात लघुवित्तको चुक्ता पुँजी २६ करोड ७१ लाख रुपैयाँ नाघ्ने छ ।
‘मेरो शेयर’को मोवाइल एप सञ्चालनमा, लगानीकर्ताले काराेबार गर्दा थप होसियारी अपनाउनु पर्ने
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सीडीएससी)ले ‘मेरो शेयर’को मोबाइल एप सञ्चालनमा ल्याएको छ । सीडीएससीले हाल सञ्चालनमा ल्याईरहेको ‘मेरो शेयर’ सफ्टवेयरको मोबाईल एप तयार गरी भदौ ३१ गतेबाट परीक्षणका लागि गुगल प्लेस्टोरमा राखेको हो । यस एपमा मेरो शेयरको वेव भर्जनमा रहेका सबै सुविधाहरु मध्ये हाल ‘माई आश्वा’ भित्र रहेका सुविधा बाहेकका सेवाहरु मात्र उपलब्ध गराएको छ । साथै, आगामी दिनमा नै माई आश्वा सहितको सबै सुविधाहरु समेटी पूर्ण रुपमा सञ्चालनमा ल्याउने सीडीएससीले जनाएको छ । लगानीकर्ताले यस एप मार्फत ‘मेरो शेयर’को सेवा प्रयोग गर्दा थप सहज महसुस गर्न पाउने संस्थाको विश्वास रहेको छ । हाल परिक्षणको रुपमा सञ्चालन गरिएको भएपनि यस एप मार्फत सबै कारोबारहरु आधिकारिक नै रहने कम्पनीले जनाएको छ । त्यसैले, उक्त एपबाट कारोबार गर्दा लगानीकर्ताले थप होसियारी अपनाउनु पर्ने सीडीएससीले बताएको छ । साथै, यसको प्रयोगको क्रममा कुनै समस्या देखिएमा वा कुनै सुझाव रहेमा संस्थाको इमेल [email protected] मार्फत जानकारी गराउन सकिनेछ । लगानीकर्तालाई उनीहरुले सेयर बजारमा गरेको लगानीको सम्पूर्ण विवरण हेर्ने लगायत विभिन्न सेवा सुविधा दिने उद्देश्यले सीडीएससीले ‘मेरो शेयर’ सफ्टवेयर सञ्चालनमा ल्याएको थियो । जसलाई थप सरल, प्रयोगकर्तामैत्री एवम् सजिलै प्रयोग गर्न सकिने गरी उक्त सफ्टवेयरको मोबाईल एप सञ्चालनमा ल्याएको हो । कम्पनीका अनुसार यस एप एन्ड्रोइड अपरेटिङ्ग सिस्टममा मात्र उपलब्ध रहेको र निकट भविष्यमा नै आईओएस अपरेटिङ्ग सिस्टममा समेत उपलब्ध हुने छ । [pdf id=237548]
जीवन बीमा कम्पनीको २ खर्ब ८४ अर्ब कुल लगानी, कुनको कति ?
काठमाडौ । जीवन बीमा कम्पनीहरुको कुल लगानी २ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । बीमा कम्पनीहरुले आफूले गर्ने लगानीको दायरा केही फराकिलो पार्न आवश्यक रहेको समेत बताउँदै आएका छन् । बीमा समितिका अनुसार सबैभन्दा धेरै लगानी गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ भने दोस्रोमा एलआइसी नेपाल रहेका छन् । नेपाल लाइफको कुल लगानी ७२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ भने एलआइसी नेपालको लगानी ५४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । राष्ट्रिय बीमा संस्थानको लगानी २४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । नेशनल लाइफको लगानी ३२ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । नेपाल लाइफको लगानी ७२ अर्ब ६५ करोड रुपैयाँ रहेको छ । एलआईसी नेपालको लगानी ५४ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यस्तै, मेट लाइफको लगानी २० अर्ब ९४ करोड रुपैयाँ रहेको छ । एशियन लाइफको लगानी १९ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । सूर्या लाइफको लगानी ८ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । गुराँस लाइफको लगानी ७ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । यस्तै, प्राइम लाइफको लगानी १३ अर्ब १८ करोड रुपैयाँ रहको छ । समितिका अनुसार आइएमइ लाइफको लगानी २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । युनियन लाइफको लगानी ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ । ज्योति लाइफको लगानी ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ । सन नेपाल लाइफको लगानी २ अर्ब ४८ करोड रुपैयाँ रहेको छ भने रिलायन्स लाइफको लगानी २ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । रिलायबल नेपाल लाइफको लगानी ३ अर्ब ५३ करोड रुपैयाँ र सिटिजन लाइफको लगानी ३ अर्ब ८२ करोड रुपैयाँ रहेको समितिले जानकारी दिएको छ । यस्तै, सानिमा लाइफको लगानी २ अर्ब ३१ करोड रुपैयाँ रहको छ । प्रभु लाइफको लगानी २ अर्ब २७ करोड रुपैयाँ रहेको छ भने महालक्ष्मी लाइफको लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुले नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा, बाणिज्य बैकको मुद्दति निक्षेपमा, नेपाल पुर्वाधार बैकको मुद्दति निक्षेपमा लगानी गर्न पाउँछन् । यस्तै, घरजग्गा, सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयर, म्यचूअल फण्ड र नागरिक लगानीकोष लगायतमा लगानी गर्न मिल्ने व्यवस्था छ ।