काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका स्थित ठोकर्पामा बैंकको २३ औं शाखा स्थापना गरेको छ । बैंकले स्थानिय निकायसँग समन्वय गरी स्थानिय जनताहरुलाई सहज रुपमा बैंकिङ्ग सेवा दिने उद्धेश्यले उक्त शाखा स्थापना गरेको हो ।
सिन्धु विकास बैंकले ठोकर्पामा बैंकिङ्ग सेवा प्रदान गर्ने पहिलो बैंक रहेको छ ।
बैंकले प्रधान कार्यालय बाह्रविसे तथा बनेपामा कर्पोरेट तथा शाखा कार्यालय सहित मेलम्ची, खाँडीचौर, दोलालघाट, मुडे, भकुण्डे, पाँचखाल, चरिकोट, चौतारा, सिपाघाट, सिङ्गटी, जलबिरे, पनौती, टाँडी, पर्सा, पालुङ्ग, विकासचोक, लाहुरेचोक, चनौलि, नारायणगढ, हेटौडा र ठोकर्पा गरी कुल २३ शाखा तथा सुकेटे र सिलढुङ्गामा सिमित बैंकिङ्ग ईकाई कार्यालय सहित गरी हाल २५ स्थानबाट वित्तिय सेवा प्रदान गर्दै आई रहेको छ ।