एनएलजी इन्स्योरेन्स कार्त्तिक ७ गतेदेखि बन्द हुने, आवश्यक परे यी नम्बरमा सम्पर्क गर्न आग्रह

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको कार्यालय आगामी कार्तिक ७ गतेदेखि बन्द हुने भएको छ । दशैंको अवसरमा कार्तिक ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक बिदा भएकोले कम्पनीले साे अवधिसम्म कार्यालय बन्द गर्ने निर्णय गरेको हो । यससँगै सो अवधिमा बीमासँग सम्बन्धित अत्यावश्यक सेवाको जानकारीको लागि ग्राहकले कम्पनीका सम्बन्धित कर्मचारीसँग सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ । बिमितले बीमा पोलिसी र दावी सम्बन्धी सेवाको लागि कम्पनीले उपलब्ध गराएको सम्बन्धित कर्मचारीको सम्पर्क नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

गुराँस लाइफ इन्स्योरेन्सले घटायो बोनसदर, तोक्यो साधारणसभा र बुक क्लोजको मिति

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले यसअघि घोषणा गरेकाे बोनसदर घटाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ कोे नाफाबाट ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । जुन कम्पनीले यसअघि घोषणा गरेको भन्दा ५० प्रतिशत कम हो । यसअघि कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी भई नेप्सेमा सूचीकृत भए पश्चात कम्पनीको चुक्ता पुँजी  १ अर्ब ८७ करोड कायम भएकोले बोनसदर घटेको कम्पनीले जनाएको छ । त्यसैले, कम्पनीले सोही पुँजी १ अर्ब ८७ करोड रुपैयाँमा ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लगेको छ । साथै, सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको नगद लाभांश सभाले पारित गर्ने कम्पनीले जानकारी गराएको छ । कम्पनीको १०औं वार्षिक साधारणसभा मंसिर ४ गते बिहीबार बस्दै छ । उक्त सभा सो दिन बिहान साढे १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको तीनकुनेमा बस्दै छ । सभाले लाभांश प्रस्ताव सहित कम्पनीको विभिन्न प्रस्तावलाई पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना गरी कूल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावलाई पारित गर्दै छ । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले कार्त्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यससँगै मंसिर १९ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

वेस्टर्न युनियनकाे दशैंको सौगात, भाग्यशाली विजेतालाई १० लाख उपहार

काठमाडाैं । दशैं तिहारको अवसरमा वेस्टर्न युनियनले ‘दशैंको सौगात’ प्रबद्र्धन योजना ल्याएको छ । यो योजनामा ग्राहकहरुले कात्तिक १ देखि मंसिर २७ गतेसम्म सहभागी जनाउन सक्नेछन् । साथै साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् । यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक रेमिटयान्स र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्नेछ । सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले २५ हजार रुपैयाँ जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिने कम्पनीले जनाएकाे छ । यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक ( स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुने र यसमा १ जना भाग्यशाली विजेताले १० लाख रुपैयाँ नगद जित्ने कम्पनीले जनाएकाे छ । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषणा गरिनेछ ।