एनआईबिएल एस क्यापिटलको प्रस्तावित नगद लाभांश पारित

<p>काठमाडौं । एनआईबिएल एस क्यापिटलको प्रस्तावित २२.२२ प्रतिशत नगद लाभांश पारित भएको छ । क्यापिटलको वार्षिक साधारण सभाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको हो । संस्थाको आठौं वार्षिक साधारण सभा आज (कार्तिक ५ गते) काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको हो । साथै, सभाले आर्थिक [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस क्यापिटलको प्रस्तावित २२.२२ प्रतिशत नगद लाभांश पारित भएको छ । क्यापिटलको वार्षिक साधारण सभाले सेयरधनीलाई गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको सो मात्राको नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको हो ।

संस्थाको आठौं वार्षिक साधारण सभा आज (कार्तिक ५ गते) काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको हो ।

साथै, सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही मितिमा समाप्त भएको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण पारित गरेको छ ।

Share News