महासंघको खातामा २० करोड बचत, ‘अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फका उपाध्यक्षका उम्मेद्वार सुकुन्तलाल हिराचनले अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने बताएका छन् । आइतबार आइतबार काठमाडौंको एक होटलमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महासंघसँग २० करोड खातामा रहेकोले अब विदेशी दातृसँग हात फैलाउनु नपर्ने बताएका हुन् । ‘२० करोड महासंघको खातामा छ, अब कार्यक्रम गर्न कसैको मुख ताक्नु पर्दैन, विदेशी दातृ निकायसँग सहयोग माग्नु पर्दैन, पहिले पैसा मागेपछि केही झुक्नु पर्थ्यो तर अब झुक्नु पर्दैन, उनले भने- ‘आफ्नै खुट्टामा उभिएका छौं ।’ हाल महासंघको कोषाध्यक्ष समेत रहेको हिराचनले पहिले विभिन्न संस्थाबाट पैसा माग्ने गरेको तर अब आवश्यकता नभएको जानकारी गराए । अब महासंघमा आर्थिक संकट नहुने पनि उनको भनाई छ ।

नेपालको अर्थतन्त्रको ३ प्रतिशत हिस्सा मेरो छ, १८ हजारलाई रोजगारी दिएको छु : रामचन्द्र संघई

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका आसन्न निर्वाचनका वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघईले नेपालको अर्थतन्त्रको तीन प्रतिशत हिस्सा आफ्नो रहेको दावी गरेका छन् । आइतबार काठमाडौंको एक होटलमा आफ्नो उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले सो दावी गरेका छन् । त्यस्तै, उनले १८ हजार जनालाई रोजगारी दिएको समेत बताएका छन् । २०२२ सालमा संघ स्थापित हुँदाको तुलनामा नेपालको अर्थतन्त्र अहिले झण्डै १०० गुणाले वृद्धि भएर ४५ खर्ब पुगेको उनले बताएका छन् । त्यतिबेला केही हजारको संख्यामा रहेका उद्यमी व्यवसायीको संख्या अहिले १० लाख हाराहारी पुगेको छ । मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको लगानी, भूमिका र योगदानको हिस्सा झण्डै ८० प्रतिशतको हाराहारी पुगेको अनुमान वरिष्ठ उपाध्यक्ष सघाईले गरेका छन् । साथै, उनले आफ्नो घोषणापत्र सार्वजनिक गर्दै ३ विषयलाई मूल मुद्दा बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । जसमा संगठनात्मक सुधार र समन्वय, २. कानून तथा नीति कार्यान्वयन तथा सुधार एवं परिवर्तनका लागि पहल तथा पैरवी र आर्थिक विकास र अर्थतन्त्र सुधार गरी तीन वटा मुद्दा बनाएर काम गर्ने उनको प्रतिवद्धता छ । यस्तो छ संघईको घोषणापत्र [pdf id=399399]

वरिष्ठ उपाध्यक्षका उम्मेदवार श्रेष्ठको टीम सोमबार घोषणा हुने, प्राथमिकतामा व्यवसायिक एजेन्डा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समूहले सोमबार आफ्नो टीम घोषणा गर्ने भएको छ । सो समुहले सोमबार दिउँसो ३ बजे हेरिटेज गार्डेन सानेपाबाट आफ्नो टीमको उम्मेदवारी घोषणा गर्न लागेको हो । सो समुहबाट जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ रहेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेर अघि बढेका दिनेश श्रेष्ठले अहिलेको अवस्थामा व्यवसायीका समस्याहरु सरकारसँग जोडदार रुपमा राखेर समस्या समाधान गर्न उमेशलाल श्रेष्ठको नेतृत्व आवश्यक रहेको भन्दै आफु पुनः सोही समुहबाट जिल्ला नगर उपाध्यक्षमा उठ्ने घोषणा गरेका हुन् । यस्तै बस्तुगत उपाध्यक्षमा हेमराज ढकाल रहेका छन् भने एसोसिएट्स उपाध्यक्षमा भरत आचार्य रहेका छन् । उक्त समुहले सोमबार पदाधिकारीको मात्रै टीम घोषणा गर्ने भएको छ । हाल जिल्ला तथा नगर, वस्तुगत र एसोएिट्स सबै समुहको सदस्यको समेत उम्मेदवार टुङ्गो लगाईसकेको सो समुहले मनोनयम दर्ता पछि मात्रै सदस्यहरु समितको टीम घोषणा गर्ने भएको छ । ‘हामीले आसन्न निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र सदस्यहरु सबै सहितको टीम बनाइसकेका छौं,’ सो समुहका एक जिम्मेवार व्यक्तिले भने, ‘तर सोमबार वरिष्ठ उपाध्यक्ष र क्षेत्रगत उपाध्यक्षको मात्रै उम्मेदावारी घोषणा गर्दै छौं ।’ सो समुहले सदस्यहरुको भने मनोनयन दर्ता पनि सदस्यहरुको टीम सार्वजनिक गर्ने जानकारी दिएको छ । महासंघको विधान अनुसार जिल्ला नगरबाट ३३ जना, एसोसिएट्सबाट १९ र वस्तुगतबाट १४ जना सदस्य चुनिनेछन् । ‘हामीले ६० प्रतिशत पुराना जितेका तथा यस अघि उठेका र ४० प्रतिशत नयाँ साथीहरुलाई समावेश गरेर सदस्यहरुको टुङ्गो लगाएका छौं,’ उक्त समुहले भन्यो । जिम्मेवार निजी क्षेत्र समृद्ध अर्थतन्त्र भन्ने मुल नाराका साथ उम्मेदवारी दिन लागेको समे समुहले व्यवसायिक हकहितलाई मुख्य एजेन्डा बनाएको छ । अहिलेको अवस्थामा व्यवसायिक हकहितका लागि महासंघमा कुशल नेतृत्व आवश्यक भएको भन्दै त्यसका लागि अब हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सारथी भएर काम गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको उमेशलाल श्रेष्ठले बताएका छन् । वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ समुहलाई महासंघको पूर्व अध्यक्ष चण्डीराज ढकाल, विनोद बहादूर श्रेष्ठ, पूर्व वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्व उपाध्यक्ष किशोर प्रधानको समेत समेतको साथ रहेको सम्बद्ध जिल्ला अध्यक्षहरु बताउँछन् । साथै महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको समेत आफुलाई साथ रहेको उमेशलाल श्रेष्ठले विभिन्न कार्यक्रममा बताउँदै आएका छन् ।