मुस्ताङमा आजबाट नयाँ शैक्षिक शत्र शुरु

मुस्ताङ । मुस्ताङमा जाडोका कारण हरेक वर्ष पुस र माघ गरी दुई महिना सम्पूर्ण विद्यालय बन्द हुने गर्छ र फागुन महिनादेखि नयाँ शैक्षिक शत्र शुरु हुने गर्छ । मुस्ताङ जिल्लाको उपल्लो भागका केही विद्यालयमा भने घुम्ती शत्र र नयाँ शैक्षिक शत्र पनि चलाउने गरेको छ । तल्लो मुस्ताङअन्तर्गतको घरपझोङ गाउँपालिका रहेका नौ विद्यालय र थासाङ गाउँपालिकामा रहेका १३ वटा विद्यालय आजबाट शुरु हुँदैछ भने वारागुङ मुक्ति क्षेत्र गाउँपालिकाअन्तर्गतका दुई विद्यालयमा घुम्ती शत्र भइरहेको छ भने १३ विद्यालयमा भने आजबाट पढाइ शुरु हुँदैछ । त्यसैगरी, लो घ्याकर गाउँपालिकामा रहेका छवटा विद्यालय घुम्तीमै छ भने तीन वटा विद्यालयमा भने आजबाट पढाइ सञ्चालनमा आउने छ । त्यस्तै लोमान्थाङ गाउँपालिकाअन्तर्गत रहेका सम्पूर्ण १० वटै विद्यालय घुम्ती शत्रमा पढाइ भइरहेको छ । हिमपात तथा चिसोले गर्दा पढाइ सञ्चालनमा केही असर पर्न सक्ने घरपझोङ गाउँपालिकाका शिक्षा शाखा अधिकृत मतिलाल चपाइले जानकारी दिए । जाडो छल्न पोखरा, काठमाडौं, चितवन बुटवल, भारत आदि गएका मुस्ताङवासी पनि माघको अन्तिम र फागुन लागेदेखि नै मुस्ताङ फर्कने क्रम जारी भएको देखिन्छ र यसले गर्दा सुनसान भएको मुस्ताङमा स्थानीयको केही चहलपहल बढेको देख्न सकिन्छ । रासस

अर्थतन्त्रसँगै संस्कृति विस्तारमा आक्रामक चिनियाँ नीति, यसरी फैलँदैछ चिनियाँ भाषा

काठमाडौं । विश्वको ठुलो अर्थतन्त्र बन्ने दौडमा रहेको चीनले अर्थतन्त्रसँगै सांस्कृतिक विस्तारलाई पनि महत्वका साथ अघि बढाईरहेको छ । चीनले आफ्नो संस्कृति विस्तारको प्रमुख अस्त्रका रुपमा भाषा शिक्षणलाई अघि सारेको छ । नेपालमा पनि चिनियाँ भाषा अध्ययन गर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने शहरका चोक र गल्लीहरुमा चिनियाँ भाषा सिकाउने संस्थाहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको देखिन्छ । नेपाल चीन मैत्री संघका अध्यक्ष अनुपरञ्जन भट्टराईका अनुसार नेपालमा हाल एक सय विधायलहरुमा चिनियाँ भाषा अध्यापन सञ्चालन भहिरहेका छन् । चिनियाँ भाषको एच एस के को लेबल तिन पास गरेपछि इस्कलरसिपमा पनि चिन जान पाहिन्छ । इस्कलरसिपमा चिन जानका लागि पढाइमा राम्रो प्रतिशत ल्याएकालाई प्राथमिकता दिने गरेको छ । एच एस के को लेबल तिन पास गर्न एक वर्ष देखि १८ महिना सम्म लाग्ने गरेको छ । कक्षा ६ देखि १० सम्म एच्छिक विषयमा चिनियाँ भाषा पठन पाठन भहिरहेका छन् । अब कक्षा ११ र १२ मा पनि ऐच्छिक विषयको रुपमा राख्न पहल भैरहेको छ । विभिन्न कन्सल्टेन्सीबाट बार्षिक ५ हजार नेपालीले चिनियाँ भाषा अध्ययन गर्दै आएका छन् । तीमध्ये एक हजार नेपाली रोजगारीका लागि चिन जाने र बाँकी अरुले चीनबाट आएका पर्यटकलाई घुमाउने गरेका छन् । नेपालमा नै चिनियाँ होटल, रेष्टुरेन्ट, क्याफेहरु संञ्चालमा आएकाले पनि चिनियाँ भाषा जानेकालाई राम्रो तलव, सेवा सुविधा सहित रोजगारी पाहिरहेका छन् । नेपालमा आज भान्दा १२ वर्ष अघि चिनियाँ भाषा सिकाउनका लागि क्नफ्उसेस कन्सलटेन्सी स्थापना गरिएको थियो । विश्व भरि नै चिनियाँ कम्पनीहरु खुलेकाले चिनियाँ भाषा सिकेकाहरुले विश्वको जुनसुकै देश गए पनि रोजगारीका लागि दुख पाएका छैन्न । विश्वमा सबै भन्दा बढि बोलिने अग्रेजि भाषा पछि दोस्रो स्थानमा चिनियाँ भाषाले लिईरहेको छ । यसरी चिनियाँ भाषाको विस्तार हुनुमा उसको उत्पादन विश्व भर पुग्नु पनि हो । नेपालमा हाल सय जना चिनियाँ शिक्षकहरुले भाषा सिकाई रहेको भट्टराईले बताए । विश्व भाषा अध्यन केद्रका भाषा प्रशिक्षक हरिहर कार्कीका अनुसार प्रति महिना २० देखि ३० जना चिनियाँ भाषा अध्ययन गर्न आउने गरेका छन् । उनले विश्व राजनीतिक मञ्चमा उदयिमान शक्तिका रुपमा स्थापित हुँदै गरेको चीनले आफ्नो भाषाको विस्तारलाई पनि रणनीतिक महत्वका साथ अघि बढाएको पनि बताए । नेपालले कूटनीतिक संवादका क्रममा पनि चिनियाँ भाषा नजाने कै कारण कठिनाई भोग्नुपरेको कार्कीको बुझाई छ । उनले पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमनमा वृद्धि, चिनियाँ लगानीका परियोजनाहरुको संख्या बढ्नु र चीनमा अध्ययन गर्ने जाने क्रम पनि बढेको छ र त्यसले चीनियाँ भाषाको महत्वलाई अझै बढाएको पनि बताए ।

बढी शुल्क लिने स्कुललाई कार्बाही गर्ने तयारी गर्दै विभाग

काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमनको क्रममा दोषी भेटिएका स्कुलहरुलाई कार्बाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ । दोषको आधारमा स्कुलहरुलाई प्रहरी प्रशासन, अदालत लगायत सम्बन्धित निकायहरुमार्फत कार्बाही अघि बढाउन लागेको विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताए । ‘अहिले विभागमा अनुगमन गरिएको स्कुलहरुको फाइल अनुसन्धान भइरहेको छ,’ उनले विकासन्युजलाई भने । उनको अनुसार हालसम्म विभागले दर्जनबढी निजी स्कुलहरुको अनुगमन गरिसकेको छ । ‘अनुगमनको क्रममा कतिपय स्कुलहरु नियामक निकाय शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालयहरु लगायतबाट अनुमोदन नभएको भेटिएको छ,’ उनले भने ‘त्यस्तै अधिकांश स्कुलहरुले मनपरी ढङ्गले शुल्क असुल गरिरहेको पाइएको छ ।’ विभागको अनुसार स्कुलहरुले ल्याब, भौतिक पूर्बधार, सामाजिक उत्तरदायित्व लगायत शिर्षकहरुमा लाखौं रुपैयाँसम्म शुल्क असुल्ने गरेको भेटिएको छ । बिहीबार दुई स्कुलको अनुगमन अज (बिहीबार) पनि विभागको शाखा अधिकृत पवनकुमार प्याकुरेल र निरोज घिमिरेको संयोकत्वमा गएको अनुगमनको टोलिले काठमाडौं स्थित कपन र बाफलमा रहेको स्कुलमा अनुगमन गरेको छ । अनुगमनको क्रममा कपनको ड्याफोडिल पब्लिक स्कुलले विद्यालय शुल्क निर्धारण तथा शुल्क संरचना, छात्रवृत्ति लगायत सम्बन्धमा विद्यमान शिक्षा ऐन, नियमावली, संस्थागत मापदण्ड वा निर्देशनविन शुल्क असुलेको भेटिएको छ । त्यस्तै बाफलको रुपिज इन्टरनेशनल स्कुलले लिने शुल्कका आधिकारीकता नखुलेको अनुगमन टोलिका संयोजक निरोज घिमिरेले बताए । उनका अनुसार ती दुवै स्कुलहरुलाई स्कुलले लिने शुल्क निधारण सम्बन्धमा स्पष्टिकरणसँगै आवश्यक कागजातसहित ७ दिनभित्रमा विभागमा पेश गर्न निर्देशन दिएको छ। निजी स्कुलहरुले मनपरी ढङ्गले भाडा असुल्दै आएको उजुरीको आधारमा विभागले हप्तादिनयता तिब्र गतिमा अनुगमन अगाडी बढाएको हो ।