अस्थिर राजनीति र शिक्षा क्षेत्रमा बेथितीले उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् : बासु नेपाल
नेपाली युवाहरु स्वदेशमा अध्ययनको अभाव देखाउँदै विदेशिने परम्पराले निरन्तरता पाइरहेको छ । राजनीतिक अस्थिरता र सम्भावनाको प्रयोग हुन नसक्दा युवा वर्ग अध्ययनका लागि विदेशिन बाध्य छन् । विद्यार्थीलाई विदेश अध्ययन गर्न पढाउने मध्यको एक हो, प्रोफेश्नल भिषा एण्ड एजुकेसन सभिर्सेस । उनले १३ वर्षदेखि कन्सल्टेन्सी सञ्चालन गर्दै आएका छन् । उनी शैक्षिक परामर्श क्षेत्रमा स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को कार्यसमिति सदस्य पनि थिए। २ वर्ष वरिष्ठ उपाध्यक्षको हैसियतमा काम गरिसकेका छन् । यस संस्थामा रही काम गर्दा शैक्षिक परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउनको लागि उनले निकै प्रयासहरू गरेका छन् । काठमाडौको पुतलिसडकमा रहेको यस प्रोफेश्नलले देशैभरका विद्यार्थीको अध्ययन, अध्यापन, वृद्धि विकास र करियर निर्माणमा महत्वपुर्ण काम गर्दै आएको छ । नेपालको दुरावस्था, सकारात्मक पक्ष, विद्यार्थीको अवसर र चुनौती लगायतका विषयमा प्रोफेश्नलका सञ्चालक बासु नेपालसँग शैक्षिक अवस्थाका बारेमा विकास न्यूजले गरेको कुराकानी : बासु नेपाल, सञ्चालक, प्रोफेश्नल भिसा एण्ड एजुकेशन सभिर्सेस नेपाली उच्च शिक्षा लिन किन विदेश जान्छन् ? नेपालमा उच्च शिक्षाको निकै ठूलो महत्व छ । सबै अभिभावकको चाहना आफ्ना सन्तानले उच्च शिक्षा हासिल गरुन् र आत्मनिर्भर बनुन् भन्ने नै हुन्छ । यसकारण आफ्ना सन्तानले राम्रो उच्च शिक्षा पाउन सकुन भनेर नै देश विदेशमा आफना सन्तानलाई पठाउने गरेका छन् । नेपालको अस्थिर राजनीति, शिक्षा क्षेत्रको बेथिति लगायतले गर्दा नेपाली विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेश जाने गरेका छन् । यसबाहेक आफन्तको देखासिकी र विदेश मोह पनि नेपालीहरू उच्च शिक्षाको लागि विदेश जाने गरेको पाइन्छ । उच्च शिक्षाका लागि कति संख्यामा विदेश जान्छन् ? उच्च शिक्षाको लागि यतिनै संख्यामा विदेश जान्छन् भन्ने एकिन तथ्यांक त हामीसँग छैन् । तर यो कुरा सत्य हो कि विदेश जान चाहने विद्यार्थीको संख्या भने बढ्दो क्रममा छ । पछिल्लो शिक्षा मन्त्रालयको प्रमाणीकरण शाखाको नो अब्जेक्शन लेटर लिने विद्यार्थीको संख्या भने यो वर्ष ६० हजार भन्दा माथि छ । तर नो अब्जेक्शन लेटर लिने सबै विद्यार्थी अध्ययनको लागि विदेश जान पाउँदैनन् । त्यसको लागि विद्यार्थीको सम्बन्धित देशको भिषा प्राप्त गर्नु जरुरी हुन्छ । एउटै विद्यार्थीले दुई वटा कोर्ष पढ्नका लागि दुई वटा नै नो अब्जेक्शन लेटर लिएका हुन्छन् । तिनीहरुको पनि दोहोरो गनि रहेको देखिन्छ । नेपालबाट कुन देश धेरै पढ्न जान्छन् ? पछिल्लो तथ्याङ्क अनुसार नेपालबाट धेरै विद्यार्थी अष्ट्रेलिया गइरहेका छन् । अष्ट्रेलिया बाहेक अमेरिका, जर्मनी, डेनमार्क, चीन, भारत, जापान लगायतका देशमा गएका छन् । नेपालमा नपढ्नुको कारण के हो ? नेपालको अस्थिर राजनीति, शिक्षा क्षेत्रको बेथिती र राजनीतिकरण, प्रयोगात्मक शिक्षाको कमी आदिले विद्यार्थीहरू नेपालमा भन्दा विदेशमा उच्च शिक्षा लिन रुचाउने गरेका छन् । नेपालबाट विदेश अध्ययन गर्न गएका विद्यार्थीहरुका लागि के कस्ता चुनौति छन् ? विदेश भन्ने बित्तिकै हाम्रो समाजमा के सोचाई राखिन्छ भने विदेश पुगेपछि हाम्रो सबै समस्या समाधान भैहाल्छ । अब हामीले कुनै पनि दुःख गरि रहनुपर्दैन । तर त्यस्तो होइन । विदेश बास्तवमा हाम्रो कल्पना भन्दा बाहिर छ । विदेश अध्ययन गर्न गएका विद्यार्थीका लागि बास्तवमा ठूलो चुनौती छ । नेपालमा हुँदा घरपरिवारको साथमा रहेर आरामले बसिरहेका विद्यार्थीको लागि नयाँ देश, परिवेश, भाषा, रहनशहन, शिक्षा पद्धती सबै एक चुनौती हुन् । यी सबैलाई सामना गरेर एक्लै आफ्ना सम्पुर्ण कार्य गर्नु र उच्च शिक्षा लिनु वास्तवमा धेरै ठूलो चुनौती हो । कन्सलटेन्सीका लागि चुनौती के के छन् ? कन्सल्टेन्सीका लागि यो कार्यमा धेरै किसिमका चुनौतीको सामना गर्नुपर्ने अवस्था छ । विद्यार्थीका लागि उचित परामर्श दिनुका साथै विभिन्न देशका शैक्षिक संस्थासँग समन्वय गरी विद्यार्थीलाई सही मार्गदर्शन गर्नु ठूलो चुनौतीको कुरा हो । यो व्यवसायलाई अझै पनि धेरै क्षेत्रबाट सहिनजरले हेर्ने परिपाटी बसिसकेको छैन । जसलाई चिर्नु नै सबैभन्दा ठूलो चुनौती हो । नेपालमा विदेशमा उच्च शिक्षाको लागि जानु भनेको कमाउनको लागि जाने हो भन्ने धेरै विद्यार्थी र अविभावकको सोचाई छ । बास्तवमा यो कुरा साचो होइन । अरु कन्सलटेन्सी भन्दा यो प्रोफेसनलमा के फरक छ ? किन तपाईको विदेश अध्ययन गर्न जाने ? अरु भन्दा के फरक भन्ने कुरा त मैले भन्न सक्दिन । किनकी हामी सबै शैक्षिक परामर्शदातृ संस्थाको क्षेत्राधिकार बराबर छ र एकै कानुनको दायरामा रहेर एकै प्रकारको सेवा प्रदान गरिरहेका छौं । फरक काम गर्ने तरिकामा हुन सक्छ । मैले अरुभन्दा फरक किन भन्दा पनि हामीले प्रदान गर्ने गरेका सेवाका भन्न सक्छु । हामीले विद्यार्थीलाई तथ्यपरक जानकारी, उचित परामर्श र सही मार्ग निर्दैशन प्रदान गर्दछौं यसकारण विद्यार्थीहरू हाम्रोबाट सही सूचना लिएर उच्च शिक्षाका लागि विदेश जान सक्छन् । तपाईहरुलाई शैक्षिक मेनपावर व्यवसायी भन्छन् नि ! के भन्नु हुन्छ ? हाम्रा लागि सबैभन्दा ठूलो चुनौती नै यहि हो । होला यो क्षेत्रमा पनि बेथितीहरू हुनसक्छन् । तर केही बेथितीलाई लिएर सम्पूर्ण व्यवसायीलाई त्यसो भन्न मिल्दैन । यस कुरालाई सरकार र सम्बन्धित निकायले पनि यस विषयमा जिम्मेवार हुन र व्यवसायलाई व्यवस्थित गर्न जरुरी छ । विदेश (भारत बाहेक) अध्ययन गर्न जाने हरेक बिद्यार्थीका लागि बाहिर शिक्षा शुल्क पठाउनको लागि नो अब्जेक्शन लेटर जरुरी छ । शिक्षा मन्त्रालयले नो अबजेक्सन लेटर दिने बेलामा नै विद्यार्थीले पढ्न जान लागेको देश, शैक्षिक संस्था, बिषय आदिको बारेमा सबै बुझेर मात्र लेटर प्रदान गर्ने हो भने मात्र पनि यस क्षेत्रमा रहेका बेथिती धेरै कम गर्न सकिन्छ ।
सांसद दवाडीको पहिलो तलब शिक्षा क्षेत्रमा खर्च
काठमाडौं । प्रदेश नं ४ का प्रदेश सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएवापत पाउने सेवा सुविधा शिक्षा क्षेत्रमा खर्च गरेका छन् । नेपाली काँग्रेस गोरखा क्षेत्र नं २ प्रदेश (ख)बाट निर्वाचित सांसद दवाडीले आफु निर्वाचित भएपछि पाउने सेवा सुविधा निर्वाचन क्षेत्रमा खर्च गर्ने घोषणा गरेका थिए । उनले सिरानचोक गाउँपालिका वडा नं ७ मा अवस्थित जनकल्याण माध्यामिक विद्यालय नाथकोटमा ५५ हजार ५५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । सोही अक्षयकोषबाट आएको ब्याजले गरिब तथा जेहन्दार विद्यार्थीलाई पोशाक, कपि, कलम वितरण गरिने सांसद दवाडीले बताए । लामो समयदेखि समाजसेवीको भूमिकामा गोरखामा काम गरेका उनी विसं २०७४ मंसीरमा सम्पन्न प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचनमा निर्वाचित सांसद हुन् ।
ट्रस्टबिजद्धारा बेल्जियन बैंकिङ्ग एकेडमीसँग सम्झौता
काठमाडौं । ट्रस्टबिज प्राइभेट लिमिटेड र ब्रसेल्स स्थित बेल्जियन बैकिङ्ग एकेडमीबीच बैकिङ्ग सम्बन्धमा उच्चस्तरीय अध्ययन एवं प्रशिक्षण कार्यक्रमहरुको तर्जुमा तथा सञ्चालनका लागि सहकार्य गर्नका निमित्त सम्झौता भएको छ । यस सहकार्यले बैकहरुका संचालक समितिका पदाधिकारीहरुलाई संस्थागत सुशासन, जोखिम व्यवस्थापन, स्वार्थको द्धन्द्ध, अनुपालना, नियामक निकायसँगको सम्बन्ध एवम् समन्वय लगायतका विषयमा अन्तर्राष्ट्रिय असल अभ्यास बिषय समेटीएको अभिमुखीकरण तथा पुनर्ताजगीकरण प्रशिक्षण बेल्जियन बैकिङ्ग एकेडमीका बिशेषज्ञहरुले प्रदान गर्नेछन । यसैगरि बैकका उच्च व्यवस्थापनमा रहेका अधिकृतहरुलाई जोखिम व्यवस्थान, सञ्चालन, बैकिङ्ग प्रविधि र नयाँ बैंकिंग र वित्तीय उपकरणहरुको प्रयोगको तालिम ट्रस्टबिज प्राइभेट लिमिटेड समन्वयमा बेल्जियन बैकिङ्ग एकेडमी प्रदान गर्नेछ । “यस सम्झौताले परिपक्क तथा बिकसित युरोपियन बैकिङ्गको अनुभव, ज्ञान र सीपमा नेपाली बैंकहरुको पहुच पुर्याएको छ ।“ ट्रस्टबिज प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवस न्यौपानेले बताए । बेल्जियन बैंकिङ्ग एकेडमी एक बेल्जियन बैकिङ्ग एसोसिएसनबाट बैकिङ्ग तालिम प्रदान गर्न स्थापना गरिएको सस्था हो । यसले युरोपका बैंकका पदाधिकारी तथा अधिकृतहरुको क्षमता अभिवृद्धिका आवश्यकता पूर्ति गर्नका लागि आवश्यक तालिम उपलब्ध गराउँछ । ट्रस्टबिज प्राइभेट लिमिटेड तथा बेल्जियन बैकिङ्ग एकेडमीले पारस्परिक सहकार्यमा बेल्जियम तथा अन्य युरोपियन देशमा आयोजित विभिन्न बैकिङ्ग तालिमहरुकालागि विशेषज्ञ तथा ज्ञान अदान-प्रदान गर्नेछन् ।