एजुकेसन फेयरले फस्ट ह्याण्ड इन्फरमेसन दिन्छ- शालिकराम भण्डारी
सन् २००५ मा स्थापित द नेक्स्ट एजुकेसन कन्सलटेन्सिले अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्ष दिँदै आएको छ । काठमाडाैं स्थित डिल्लिबजारमा केन्द्रीय कार्यालय रहेको द नेक्स्टको चितवन, बुटवल, पोखरा, पर्सा, धरान, कावासोती तथा अष्ट्रेलिया स्थित सिड्नी र पर्थमा शाखा कार्यालयहरु क्रियाशील छन् । हजारौं विद्यार्थीहरुलाई अध्ययनका लागि अस्ट्रेलिया पठाई सकेको नेक्स्टले यही साउन १७ गते होटल अन्नपूर्ण काठमाण्डौंमा ‘द नेक्स्ट अष्ट्लियनएजुकेसन फेयर-२०१८’ आयोजना गर्न गइरहेको सन्दर्भमा आधारित रहेर द नेक्स्ट एजुकेसन कन्सलटेन्सिका कार्यकारी निर्देशक शालिकराम भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश: शालिकराम भण्डारी, कार्यकारी निर्देशक, द नेक्स्टएजुकेसन कन्सलटेन्सि एजुकेसन फेयरको आवश्यकता किन छ ? वर्तमान समयमा शिक्षा प्रणालीमा ब्यापक परिर्वतनहरु भइरहेका छन् । हरेक दिन जस्तो नयाँनयाँ एकेडेमिक कोर्षहरु प्रचलनमा आईरहेका छन् । समाजको आवश्यकता र माग अनुसार शैक्षिक क्षेत्रमा पनि निरन्तर सुधार र परिवर्तन भइरहेको छ । विगतको जस्तो एउटै कोर्ष र सेलेवसले बर्षाै धान्ने अवस्था छैन । समयक्रमसँगै विभिन्न कोर्षहरुसँग विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्छ । यसका लागि उ निरन्तर अपडेट हुनु जरुरी छ । एजुकेसन फेयरहरुले एउटै थलोमा विद्यार्थीहरुलाई अनगिन्ती सुचना र परामर्श प्रदान गर्छ । अष्ट्रलिया कै कुरा गर्ने हो भने पनि त्यहाँ आवश्यकता अनुसार शैक्षिक नीतिनियम र शैक्षिक विषयहरु परिवर्तन भइरहन्छन् । यस्ता कुराहरु बारे विद्यार्थीहरुलाई समयमै र एउटै थलोमा जानकारी प्रदान गर्न फेयरको आवश्यकता पर्दछ । पछिल्लो समय विदेशका विश्वविद्यालय र कलेजहरु लक्षित फेयरहरु निरन्तर भइरहेका देखिन्छन् । फेयरलाई विद्यार्थीले कसरी बुझ्ने ? फेयर के हो र कति किसिमका हुन्छन् ? मुलभूत रुपमा दुई किसिमका एजुकेसन फेयरहरु प्रचलनमा छन् । धेरै कन्सलटेन्सिहरु मिलेर र कुनै कन्सलटेन्सि एक्लैले युनिभर्सिटी तथा कलेजहरुलाई सहभागि गराएर फेयर गर्ने गरेका छन् । धेरै कन्सलटेन्सि मिलेर गरिने फेयरमा कन्सलटेन्सिले मात्रै विद्यार्थीहरुलाई सूचना र परामर्ष प्रदानगर्ने अभ्यास छ । एउटा कन्सलटेन्सिले गर्ने फेयरमा सम्वन्धित विश्वविद्यालय र कलेजका प्रतिनिधिहरु पनि उपस्थित हुन्छन् । सम्वन्धित विश्वविद्यालयका प्रतिनिधिहरुसँग विद्यार्थीहरुले विश्वविद्यालय र कलेजको विषयमा सोझो सोझो संवादगर्न पाउनु भनेको ‘फस्ट हेन्ड इन्फरमेसन’ प्राप्त गर्नु हो । यसले तथ्यपरक सूचना प्रदान गर्छ । विद्यार्थीहरुले सम्वन्धित कलेज, विश्वविद्यालय र विषयहरुको बारेमा स्पष्ट जानकारी प्राप्त गर्छन् । द नेक्स्टले विगतमा पनि एजुकेसन फेयर गरेको थियो । विगतको अनुभव कस्तो रह्यो ? हामीले अष्ट्रलियन एजुकेसन फेयर गर्दै आएका छौं । एउटा कन्सलटेन्सिले आयोजना गरेको फेयरमा २५ भन्दा बढी अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थिती हुनु निकै सकारात्मक विषय हो । नेक्स्टले गरेको फेयरहरु, अष्ट्रेलियनकलेज तथा विश्वविद्यालयको उपस्थितिले मात्र होइन नेपाली विद्यार्थीहरुको सहभागिताका दृष्टिले समेत उच्च छ भन्ने मेरो विश्वास छ । यही साउन १७ गते विहिबार द नेक्स्ट एजुकेसन कन्सलटेन्सि मार्फत होटल अन्नपूर्ण काठमाण्डौंमा हुन गइरहेको ‘द नेक्स्ट अष्ट्रलियन एजुकेसन फेयर-२०१८’ कुनप्रकारको फेयर हो ? यो फेयर, द नेक्ट एजुकेसन कन्सलटेन्सिको पहलमा हुन गईरहेको छ । हामीले यो फेयर आयोजना गर्नुको मुल उद्देश्य भनेको विद्यार्थीलाई सहजता होस् भन्ने नै हो । विद्यार्थीले सही इन्फरमेसन पाउन्, कुनै इस्कलरसीपको अवसर छ भने त्यसबाट विद्यार्थीहरु नछुटुन्, आफ्नो आर्थिक सामथ्र्य अनुसारको ट्यूसनफि र कलेजहरुको छनौट गरेर अष्ट्रेलियाजान सकुन् वा अष्ट्रेलिया जाँदा वा त्यहाँ पुगिसकेपछि पनि उनीहरुले कुनै पनि समस्याझेल्नु नपरोस् भनेर हामीले फेयरको आयोजना गरेका हौ । द नेक्स्ट अष्ट्रलियनएजुकेसन फेयर-२०१८ मा अष्ट्रेलियाका २५ भन्दा बढी युनिभर्सिटी तथा कलेजहरुको सहभागिता रहने छ । प्रत्येक युनिभर्सिटी तथा कलेजहरुबाट प्रतिनिधिहरु आउनुहुने छ । फेयरमा अष्ट्रेलियाकाकुनकुनविश्ववद्यालय र कलेजहरुको उपस्थिति रहने छ ? फेयरमा अष्ट्रेलियाका वलङघन युनिभर्सिटी, अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटी, व्लू माउन्टेन होटल स्कुल, मेलबर्न इन्टिच्यूट अफ टेक्नोलोजी, चाल्र्स स्टर्ट युनिभर्सिटी, युनिभर्सिटी अफताजमानिया, साउथेन क्रस युनिभर्सिटी लगायतको उपस्थिती रहनेछ । फेयरमा उपस्थित हुने विद्यार्थीहरुका लागि हामीले प्रिभिलेज कार्डको ब्यवस्था गरेका छौं । जुन कार्ड मार्फत विद्यार्थीले द नेक्स्टले प्रदानगर्ने आई.एल.टि.एस अध्ययन प्रोसेसिङ्ग लगायतका अन्य सुविधाहरुमा भारी छुट प्राप्त गर्नेछन् । त्यसैगरी विद्यार्थीहरुलाई आकर्षक गिफ्टह्याम्परको पनि ब्यवस्था गरेका छौं । यसरी फेयरमा हरेक विद्यार्थीले आवश्यक सुचना र परामर्र्श सँगसँगै विविध सेवा र सुविधाहरु प्राप्तगर्न सक्नेछन् । अष्ट्रेलियन एजुकेसनसँग सम्विन्धित परामर्श त तपाईहरुले द नेक्स्ट मार्फत हरेक दिनदिँदै आउनु भएको छ, फेयर नै किनगर्नु पर्यो? द नेक्स्टमा १०/१२ जना काउन्सिलरहरु हुनुहुन्छ । उहाँहरुले हरेक दिन विद्यार्थीहरुलाई परामर्श दिँदै आउनुभएको पनि छ । तर, फेयरमा सम्वन्धित कलेज वा युनिभर्सिटीहरुको प्रतिनिधि आउने भएका कारण इन्फरमेसन थप प्रभावकारी हुन्छ । विद्यार्थीहरुले प्रत्यक्ष रुपमाकलेज र युनिभर्सिटीका प्रतिनिधिसँग परामर्श लिन पाउँछन् । हामीले भन्नुभन्दा पनि सम्वन्धित प्रतिनिधले आफ्नो विषयमा भन्नुले कुनै पनि ‘कन्फ्यूजन’ रहँदैन । अष्ट्रेलियाजाने विद्यार्थीहरुले कुनकुन कुरामाविशेष ख्याल पुर्याउनुपर्छ ? अष्ट्रेलिया जानुभन्दा अगाडि कुनविषयको अध्ययनले आफ्नो करिअर निर्माण हुन्छ भन्नेमाविद्यार्थी स्पष्ट हुनु जरुरी छ । करिअर अनुसारको विषय छनौट गर्न सकियो भने अष्ट्रेलिया गइसकेपछि कलेज र विषय परिवर्तन गर्नु पर्दैन । यसबाट आफूले गरेको लगानी गुमाउनु पर्दैन । आफ्नो शैक्षिक र आर्थिक सामर्थ्य अनुसारको विषय छनौट गर्न सक्नुपर्छ । आफूले छनौट गरेको विषयमा इस्कलरसीप छ कि छैन ? कुन कुन युनिभर्सिटी र कलेजहरुले इस्कलरसिप दिन्छन् ? यसबारेमा जानकारी लिनुपर्छ र सोहीअनुसार प्रोसेस गर्नुपर्छ । विदेशी कलेज र विश्वविद्यालयहरुमा पढ्न जाने विद्यार्थीहरुको उच्चमागका कारण धेरै शैक्षिक परामर्शदाता कन्सलटेन्सिहरु सञ्चालनमा छन्, अष्ट्रेलिया पढ्न जाने एउटा विद्यार्थीले द नेक्स्ट नै किन रोज्ने ? द नेक्स्ट स्थापनाको पहिलो दिनबाटै हामीहरुले विद्यार्थीहरुलाई सही, गुणस्तरिय र उसको सामथ्र्य अनुसारको कलेज र विश्वविद्यालय छनौट ज्ञान प्रदानगर्दै आइरहेका छौं । हामीकहाँआउने हरेक विद्यार्थीले सहीगाईड पाउँछन् । सन् २००५ मा स्थापित द नेक्स्टले हालसम्म हजारौं विद्यार्थीहरुलाई अष्ट्रेलिया पठाईसकेको छ । यसबाटपनि नेक्स्टको सेवा सुविधा स्पष्ट हुन्छ । अर्काेतर्फ अष्ट्रेलिया अध्ययनका लागि एकेडेमिक क्वालिफिकेसन र आई.एल.टि.एस.मात्र भएर पुग्दैन । अन्य धेरै प्रोसेसहरु पनि हुन्छन् । खासगरी विद्यार्थीको फाईनाईन्ससियल ब्याग्राउण्ड र उसको शैक्षिक सामर्थ्य अनुसारको कलेज र विषय छनौट गर्नुपर्छ । हामीहरु यस विषयमा पनि विद्यार्थीलाई उचित परामर्र्श दिन्छौं । हामीमार्फत अष्ट्रेलिया गएको विद्यार्थीले आफ्नो अध्ययनलाई निरन्तरता दिन सकोस् भन्नका लागि विद्यार्थीलाई धेरै कुरामा सजग गराउँछौं । द नेक्स्ट अष्ट्रेलियनएजुकेसन फेयर-२०१८’ सँग सम्वन्धित रहेर सम्पूर्ण विद्यार्थीहरुलाई के भन्न चाहानुहुन्छ ? द नेक्स्टप्रति सम्पूर्ण अभिभावक र विद्यार्थीहरुले देखाउनु भएको विश्वास प्रतिहामीआभारी छौं । आगामी दिनमा पनि यस्तै विश्वास कायम राख्न सफल हुन्छौं भनेर सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आश्वस्तबनाउन चाहान्छौं । द नेक्स्टले यहीसाउन १७गते बिहिबार काठमाण्डौंको होटल अन्नपूर्णमा आयोजना गर्न गईरहेको द नेक्स्ट अष्ट्रेलियन एजुकेसन फेयर-२०१८’मा सहभागी भइ दिनुहुन सम्पूर्ण अभिभावक र विद्यार्थीहरुलाई आह्वान गर्दछौं । यो फेयर अष्ट्रेलिया पढ्न जाने विद्यार्थीहरुका लागि उत्कृष्ट अवसर हो । खासगरी अभिभावकहरुले आफ्ना सन्ततिको भविश्यसँग जोडिएको विषयमा सम्वन्धित कलेज र युनिभर्सिटीको प्रतिनिधि सँगप्रत्यक्ष संवाद गरेर उत्कृष्ट कलेज वा युनिभर्सिटीको छनौट गर्न सक्नु हुनेछ । जसले विद्यार्थीहरुको भविश्य निर्माणमा सहयोग पुर्याउने छ ।
त्रिविका ३० शाखामा सफ्टवेयर प्रणाली सञ्चालनमा, आर्थिक पारदर्शिता कायम राख्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । ‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्न आवश्यक रहेको छ’’ रजिष्ट्रार उप्रेतीले भने, ‘‘अब नयाँ प्रणालीअनुसार समयमै आन्तरिक एवं बाह्य लेखापरीक्षण गर्न नसक्ने शाखाको बजेट निकासा रोकिन्छ ।’’ नायब महालेखा परीक्षक विवेकानन्द घिमिरेले त्रिविले निर्माण गरेको नियम र कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्दै त्रिविजस्ता शैक्षिक संस्थालाई आर्थिक अनुशासनको दायरामा राख्न सफ्टवेयर सञ्चालन उपयोगी हुने बताए । लेखापरीक्षण महाशाखाका प्रमुख आर्थिक नियन्त्रक राजेन्द्रबहादुर श्रेष्ठले त्रिविमा बेरुजु नियन्त्रणको प्रयास भइरहेको बताएका छन् । रासस
१० कम्पनीको सहयोगमा केसीसी एक्जिबिट सम्पन्न, स्मार्ट सिटी बारे जानकारी
काठमाडौं । सूचना प्रविधिमा अग्रणी कलेज कान्तिपुर सिटी कलेज (केसीसी)को सफ्टवेयर अनुसन्धान र विकास केन्द्र (सीएसडीआर)को आयोजनामा ‘केसीसी एक्जिबिट २०१८’ आइतबार सम्पन्न भएको छ । नवीनता, एकीकृतता र दीगोपन मूल नारा रहेको उक्त प्रदर्शनीमा स्मार्ट शहर बारे “दीगो विकासका लागि स्मार्ट सिटी” शीर्षकको छलफल गरिएको थियो । प्रदर्शनीमा इको-स्मार्ट सिटीको नमूना, अटोमेटिक स्मार्ट ट्राफिक लाइट लगायत सूचना प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङ्गका ४५ वटा नवीन प्रदर्शनीहरू राखिएका थिए । शनिबारबाट शुरु गरिएको उक्त प्रदर्शनीको उद्घाटन पूर्वाञ्चल विश्व विद्यालयका उपकुलपति प्रा. डा. घनश्यामलाल दासले गरेका थिए । केसीसी एक्जिबिट २०१८ मा विभिन्न कलेज तथा स्कुलका विद्यार्थीहरू, प्राचार्यहरू, शिक्षक र प्रतिनिधिहरूका साथै औद्योगिक क्षेत्र, सरकारी निकाय, संघसंस्था, विज्ञ तथाअन्तर्राष्ट्रिय दर्शकहरूको समेत उपस्थिति रहेको थियो । माछापुच्छ्रे बैंक प्रा.लि.को प्रमुख प्रायोजन रहेको उक्त एक्जिबिटमा नियोस्फेर, अग्निमोटो प्रा.लि., वल्र्ड लिङ्क (इन्टरनेट सहकार्य), चिरायू नेसनल हस्पिटल एण्ड मेडिकल इन्स्टिच्युट, आइटी ट्रेनिङ प्रा.लि., आरआर श्री प्रविधि स्कुल, क्यान फेडेरेशन, नेपाल सरकारअन्तर्गतका सूचना प्रविधि विभाग, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरणको सहयोग रहेको थियो । कार्यक्रममा गायिका आस्था राउत र हास्यकलाकार जितु नेपालको पनि प्रस्तुति रहको छ । कार्यक्रममा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कलेजहरुले उक्त संस्थाकालागि सानो व्यवस्थापकीय सूचना एमआईएस प्रणाली, केसीसी कनेक्सनले केसीसीका विद्यार्थीहरूकालागि सानो सामाजिक सञ्जाल र कस्टम टि–सर्टले आफ्नै टि–सर्ट डिजाइन गर्न विवरण दिएको छ । त्यस्तै, कम्प्युटर गेमको विषयमा स्पेस सुटरले दुई दिनमा बनाइएको बाधा हटाउने गेमका बारेमा विवरण दिएका छन् । त्यसैगरी, थ्रीडी सेभेनले भूतलाई मार्ने गेम थ्रीडी गर्नको लागि विवरण तयार पारेको छ । इलेक्ट्रोनिक्स विषयमा स्मार्ट स्टिकले दृष्टिविहीनका लागि बाधा आफै हटाउने गेम र ट्राफिक लाइट आयोजनाले अटोमेटिक ट्राफिक लाइट बल्ने, निभ्ने प्रणालीका बारेमा जानकारी दिएका छन् । सिभिल इन्जिनियरिङ्गका विषयमा चिप्लेटी आयोजनाले स्वीजरल्याण्डका चार स्थानको मोडल जसमा ब्रेक, बीचमा स्टेसन र ताजा हावाको व्यवस्था गरिएको जानकारी दिएका छन् । इको स्मार्ट शहरी योजनाले ग्रीन इको स्मार्ट शहरको नमूना, स्टर्लिङ्ग इन्जिनको बारेमा विद्युत् निकाल्ने मेसिन र सिङ्गलपिलर सस्पेन्सन ब्रिजको आयोजनामा भूकम्प, दुर्घटना र हावाहुरी प्रतिरोधात्मक सेल्फ एङ्कर झुलुङ्गे पुलको बारेमा विवरण दिइएको छ ।