ईक्यानले मनायो आफ्नो २३ औं वार्षिकोत्सव, निधन भएका पूर्वकर्मचारीको परिवारलाई ९ लाख प्रदान

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले २३ औं वार्षिकउत्सव (इक्यान डे) विभिन्न कार्यक्रम गरेर मनाएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सफल विशिष्ट व्यक्तिहरु टुटल नेपालका फाउन्डर शिक्षित भट्ट, बैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्मराज भुषाल, मोटिभेसन स्पिकर रन्जीत आचार्य, वेलनेस एक्स्पर्ट प्रेरणा शाह, कलाकार सन्दीप क्षेत्रीले आफ्नो सफलताको अनुभव इक्यानका सदस्यहरु बीच प्रस्तुत गरेका थिए । इक्यान कार्यसमितिले विशेष पहल गर्दै पछिल्ला बर्षहरुमा समाजका विभिन्न क्षेत्रका सफल व्यक्तिहरुलाई इक्यान डेका अवसरमा बोलाएर उनीहरुका अनुभव आफ्ना सदस्यहरुलाई साझा गर्ने गर्दै आएको छ । कार्यक्रममा इक्यानले केहि समय अघि अप्रत्याशित निधन भएका आफ्ना पूर्वकर्मचारी विवस प्रसाईको परिवारलाई ९ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको थियो । शैक्षिक परामर्श क्षेत्रलाई ब्यवस्थित र मर्यादीत बनाउने सवालमा इक्यानले काम गरिरहेको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । यसका लागि इक्यानले विभिन्न ब्यवसायीक तालिम सँगै सकारात्मक कृयाकलाप र सामाजिक काम गर्दै आइरहेको छ ।इक्यानका महासचिव शेषराज भट्टराईले संचालन गरेको सो कार्यक्रममा इक्यानका कार्यसमितिका पदाधिकारी सहित साधारण सदस्य र शैक्षिक परामर्श ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

विद्यालयको छत मर्मत गर्न सिभिल बैंकको सहयोग

काठमाडौँ । सिभिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ तथा चर्चित हाँस्यकलाकार एवं प्रस्तोता सन्दीप क्षेत्री केहि समय अघि प्रशारण भएको “को बन्छ करोडपति” टिभि कार्यक्रममा सहभागी हुनु भइ रु. एक लाख साठी हजार(कर सहित)नगद पुरस्कार जित्नु भयो । सो रकममा थप गरी जम्मा रु तीनलाख पुर्याई गतवर्ष आएको हावाहुरी प्रभावित विद्यालयको संरचना मर्मत गर्नको लागि प्रदान गरिने बाचा पूरा गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच पर्सा, खुतुवा परसौनीको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विद्यालय भवनको छत मर्मतको लागि सो रकम हस्तान्तरण गरेको हो । सो रकम सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग युवराज गुरागाईंले विद्यालयका प्रधानाध्यापक रामेश्वरप्रसाद यादवलाई हस्तान्तरण गरेका हुन् । यसअघि पनि श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय जितपुर बाराको छत मर्मतको लागि बैंकले रकम प्रदान गरेको जनाएको छ ।

उत्कृष्ट शैक्षिक गन्तव्यः दामी पढाइ हुने ‘नामी कलेज’

काठमाडौं । जोरपाटी नारायणटारबाट केही अगाडि बढेपछि एउटा सुन्दर दृश्य देखिन्छ । त्यहि सुन्दरता भित्र सुन्दर सुन्दर भौतिक संरचना देखिन्छन् । सुन्दर भौतिक संरचना भित्र उत्कृष्ट शैक्षिक क्रियाकलाप हुने संस्थाको देशमै नाम कमाएको शैक्षिक गन्तव्य हो ‘नामी कलेज’ । शहर बजारका शैक्षिक संस्था साँघुरो स्थानमा सञ्चालन भइरहेका छन्, तर नामी कलेज ३७ रोपनी क्षेत्रमा फैलिएको छ । कलेजको ग्राउण्ड देख्दा लाग्छ कि यो कलेज भन्दा पनि ठूलो खेल मैदान हो । सन् २०१४ मा स्थापना भएको नामी कलेजको पूरा नाम मल्टी आयम डिसीप्लिनरी ईन्टिच्युट हो । बेलायतको युनिभर्सिटी अफ नर्थ ह्यम्प्टनबाट आफ्नो डिग्री कोर्स संचालन गरिरहेको कलेजले ५ वर्षकै छोटो समयमै राम्रो छाप छोड्न सफल भएको छ। कलेजले छोटो समयमै विभिन्न अवार्डहरु हाँसिल गरेको छ।प्लस २ देखि ए लेभल र एमबीए सम्मको कोर्स संचालन गर्दै आएको कलेजमा अहिले ७ सयभन्दा धेरै विद्यार्थी अध्ययन गरिरहेका छन् । कलेजमा अध्यापन र व्यवस्थापन सहित करिब १ सय बढीले रोजगारी पाएका छन् । ४० करोडको लगानी करिब ४० करोडको लगानीमा स्थापना भएको नामी कलेज नेपालका निकै चर्चित व्यक्तित्वहरुले संचालनमा ल्याएका हुन्। कलेज सञ्चालक समितिको अध्यक्षमा डा. आरजु राणा (देउवा) र निर्देशकमा क्याप्टेन रामेश्वर थापा, सुरेशराज , उमा राज्यलक्ष्मी शाह, सोनी जोशी, सीता बास्तोला (कोईराला) र योगराज कँडेल शर्मा रहेका छन् । स्नातक तह र स्नातक्कोत्तर तहको कोर्स बाहेक कलेजमा ए लेभल र प्लस २ भने अक्षेरिका स्कुलसँगको समन्वयमा संचालन भईरहेको छ । यधपी नामी कलेज एउटा सिस्टर अर्गनाईजेशनको रुपमा संचालित छ । कस्तो छ भौतिक पूर्वाधार फराकिलो कक्षाकोठा, कम्प्युटर ल्याब, विज्ञान प्रयोगशालाको व्यवस्था कलेजले राम्रैसँग गरेको देखिन्छ। कलेजले कक्षाकोठा देखि विद्यार्थीहरु बस्ने टेबल, कुर्सीहरु सबै विद्यार्थीलाई सहज हुने तरिकाले व्यवस्थापन गरिदिएको देख्न सकिन्छ। कलेजका सिनियर म्यानेजर अमरदीप मण्डलले विद्यार्थीलाई राम्रोसँग अध्यापन गराउन भौतिक संरचनाको पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँछन्। कलेज शैक्षिक वातवरण राम्रो भएकाले थानकोट, हरिसिद्धी, दक्षिणकालीबाट समेत विद्यार्थीहरु आउने गरेका छन् । कलेज स्थानीय क्षेत्रमा मात्र होइन टाढाटाढासम्म प्रभाव जमाएको सफल भएको छ । युनिभर्सिटी अफ नर्थ ह्याम्पटन युनिभर्सिटी अफ नर्थ ह्याम्प्टन बेलायत सरकारबाट युनिभर्सिटी अफ नर्थ ह्याम्प्टनले सन् २००५ बाट युनिभर्सिटी टाईटल पाएको हो । नेपालमा बेलायतको डिग्री ल्याउनुको मुख्य कारण विद्यार्थीलाई बाहिर गएर पढ्नका लागि लाग्ने खर्चको एक चौथाइ भन्दा कम खर्चमा अध्ययन गराउनु रहेको हो– कलेजका सिनियर म्यानेजर मण्डल बताउँछन् । नामीलाई युनिभर्सिटी अफ नर्थ ह्याम्प्टन युनिभर्सिटीले बेलायतबाटै संचालन गर्दै आएको छ । कलेजको शिक्षक, प्रश्नपत्र बनाउने र जाँच्ने र डिग्री सबैको जिम्मेवारी युनिभर्सिटीले नै सम्हालेको छ । साथै नामी कलेजमा अध्ययन गरेर पाउने डिग्रीलाई नेपाल सरकारको शिक्षा मन्त्रालय र त्रिभुवन विश्वविद्यालयले पनि मान्यता दिएको छ। सुरुवातको दिन २०१४ मा नामी कलेज सुरुवात गर्दा ब्याचलरमा ५३ र ए लेभलमा ४० विद्यार्थी थिए । सुरुवाती दिनमा सस्तोमा नेपालमै ब्रिटिश डिग्री पढ्न पाइन्छ भन्दा धेरैले पत्याएनन् । दोस्रो बर्षमा आईपुग्दा कलेजलाई झनै भार पर्‍यो । भूकम्प गएको कारण धेरै कलेजलाई समस्या परेको कलेजका सिनियर म्यानेजर मण्डल बताउँछन् । प्रतीक्षाको फल मीठो हुन्छ भने जस्तै तेस्रो बर्षमा आईपुग्दा कलेजलाई लाभ भयो । अहिले कलेजमा ७ सय भन्दा बढी विद्यार्थी र १ सय भन्दा बढी कर्मचारी कार्यरत रहेको सिनियर म्यानेजर मण्डल बताउँछन् । कलेजमा पढाईसँगै तालिम पनि कलेजले विद्यार्थीहरुलाई अध्ययनसँगै तालिम पनि प्रदान गर्ने गरेको छ । सफ्ट्वेयर ईन्जिनियरिङ्ग पढिरहेका विद्यार्थीहरुलाई आईटी कम्पनीहरुबाट ईन्जिनियरहरु ल्याएर ट्रेनिङ दिने गरेको छ । कलेजले धेरै कम्पनीहरुसँग साझेदारी गरेको छ । नामी कलेजमा पढेका विद्यार्थीहरुले आफ्नो क्षेत्रमा गएर गर्नुपर्ने कामका बारेमा व्यवहारिक तालिम दिने गरिएको छ । पढाई पूरा भईसकेपछी विभिन्न युरोपेली राष्ट्रहरुमा सजिलै प्लेसमेन्ट गराउने कलेजको दाबी छ । साथसाथै नेपालबाट सिधै विद्यार्थीलाई जापानमा प्लेसमेन्ट गराउने ‘नामी’ नेपालकै पहिलो कलेज रहेको छ । नामीमा पढाई हुने बिषयः १. प्लस २ः विज्ञान र व्यवस्थापन २. ए लेभल ३. स्नातक तह अर्थात ब्याच्लरः बिएस्सी (होन्स) कम्प्युटिङ : बिएस्सी (होन्स) सफ्ट्वेयर ईन्जिनियरिङ्ग : बिएस्सी (होन्स) कम्प्युटर नेटवर्क ईन्जिनियरिङ्ग : बिएस्सी (होन्स) ईन्भारोमेन्टल साईन्स : बिबिए ४. स्नातककोत्तर अर्थात मास्टर्सस् : एमबिए कति लाग्छ शुल्क ? कलेजले मध्यम वर्गीय परिवारलाई लक्षित गर्दै आफ्नो मासिक शुल्कहरु तोकेको छ । राम्रो अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको छ । कलेजमा प्लस २ पढ्न २ देखी ३ लाख, ए लेभल पढ्न ५ लाखको हाराहारी शुल्क लाग्छ। अमरदिप मण्डल, सिनियर म्यानेजर, नामी त्यस्तै बिबिए पढ्न ९ लाख, ईन्भारोमेन्टल साइन्स पढ्न ९ लाख, सफ्ट्वेयर ईन्जिनियरिङ्ग तथा नेट्वर्किङ पढ्न ११ लाख, आईटी पढ्न १० लाख, कम्प्युटिङ पढ्न १० लाख र एमबिए पढ्न करिब ५ लाखको हारहारिमा खर्च लाग्ने कलेज व्यवस्थापनले जनाएको छ । विदेशमा एउटै सेमेस्टरमा लाग्ने खर्चले यहाँ अध्ययन पूरा गर्न सकिन्छ । नामीले आगामी दिनमा अझै टेक्निकल कोर्सहरु थप्ने जनाएको छ । ५ वर्षमा कलेजले पाएका अवार्डः – सन् २०१५ मा बेस्ट आईडल क्याम्पस अवार्ड (नर्थ ह्याम्प्टन युनिभर्सिटी) – सन् २०१६ मा बेस्ट राइजिंग कलेज – सन् २०१७ मा मोस्ट प्रोग्रेसिभ स्कुल (ब्रिटिश काउन्सिल) – सन् २०१८ मा मोस्ट क्रियटिभ कलेज (शिक्षालय म्यागजिन)