अल्फाबिटामा एसईई परीक्षा दिएर बसेका विधार्थीलाई नयाँ ढंगले कक्षा सञ्चालन, ब्रिजकोर्समा भर्ना खुला
काठमाडौं । अल्फाबिटाले एसईई परीक्षा दिएर बसेका विद्यार्थी केन्द्रित ब्रिजकोर्स कक्षा संचालनको लागि भर्ना खोलेको छ । कक्षा ११ को कक्षा संचालन हुन २ महिना बाँकी छँदा अल्फाबिटाले ६ हप्ते कक्षा संचालनको लागि भर्ना खोलेको हो । ब्रिजकोर्सलाई कक्षा १० र ११ को पुलको रुपमा मानिन्छ । एसईईपछि कक्षा ११ को विषय छनौटको कुरालाई जोड्न ब्रिजकोर्स एकदमै महत्वपूर्ण रहेको ब्रिजकोर्स अध्ययन गरिसेको विद्यार्थीहरु बताउँछन् । बानेश्वर स्थित अल्फाबिटाले ब्रिजकोर्स कक्षा नयाँ ढंगले सञ्चालन गरिरहेको छ । कक्षालाई पढाईसँग मात्र सम्बन्धित नगराएर अल्फाबिटाले विद्यार्थीहरुको व्यक्तित्व विकास गराउँछ । विधार्थीको बोल्ने शैली, आफुलाई प्रस्तुत गर्ने तरिका, समूहमा बोल्न सक्ने क्षमता बिकास, नेतृत्व बिकास जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको छ । अल्फाबिटाले विद्यार्थीको अभिरुचीलाई ध्यानमा राख्दै संगीत, पेन्टिङ, नृत्य जस्ता अतिरिक्त क्रियाकलाप पनि सिकाउँछ । बिगत २८ बर्ष देखी शैक्षिक परामर्श दिदै आएको अल्फाबिटा नेपालको उत्कृष्ट शैक्षिक परामर्शदाताको रुपमा चिनिन्छ । अल्फाबिटाले सेन्जेभियर प्रवेश परीक्षा, एड्भान्स साईन्स कोर्स, ए लेभल प्रवेश परीक्षा, एडभान्स म्यानेजमेन्ट कोर्स र नर्सिङ प्रवेश परीक्षामा लक्षित गरेर कक्षा संचालन गर्दै आएको छ । विद्यार्थीलाई रुची भएका बिषयको बारेमा राम्रो जानकारी दिने काम पनि गर्दै आएको छ ।
यूनाइटेड सिमेन्ट्सको सामाजिक कार्य, ललितपुरको लेलेमा विधार्थीलाई शैक्षिक सामाग्री वितरण
काठमाडौँ । केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स प्रालिले ललितपुर, लेले स्थितसरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ । हरेक बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गर्नु उनीहरुको अधिकारको विषय हो र यो किसिमको सामाजिक सहयोगले उनीहरुको शैक्षिक स्तरमा टेवा पुर्याउने यूनाइटेड सिमेन्ट्सले जनाएको छ । बैशाख २० गते गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा गोदावरी नगरपालिका वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरीय प्रहरी प्रभाग चापागाउका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत माधवराज तिमिल्सिना, प्रबन्धक हरीकुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतका स्थानीय अभिभावकको उपस्थितिमा सो शैक्षिक सामाग्री हस्तान्तरण गरिएको हो । अघिल्लो महिनामा मात्रै यूनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।
बेलायतको रोयल कलेजले मेडिसिटीमा गर्यो प्रि–कन्फ्रेन्स, चिकित्सा शिक्षाका ६० जना सहभागी
काठमाडौँ । बेलायतको रोयल कलेज अफ फिजिसियनमा एमआरसिपी ग्रयाडुएट हुन इच्छुक चिकित्सहरुले नेपाल मेडिसिटी अस्पतालमा आयोजना गरिएको प्रि–कन्फ्रेन्समा सहभागिता जनाएका छन् । एमआरसिपी भन्नाले मेम्बर अफरोयल कलेज अफ फिजिसियनस हो । द रोयल कलेज अफ फिजीसियनस एडिन्ब्राका प्रमुख प्रा. डेरेक बेलको नेतृत्वमा नेपालमा पहिलो पटक कार्यक्रम आयोजना गरिएको हो । बेरेकले एमआरसिपि ग्रयाडुएट हुन चाहनेहरुलाई यस किसिमका कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा विशेषज्ञता हासिल गर्न मद्दत पुुग्ने जानकारी गराइन् । संसारका विभिन्न स्थानबाट चिकित्सकहरुको परीक्षा लिइने प्रक्रिया सञ्चालन गर्दै आएको रोयल कलेज अफ फिजिसियनले यस पटक नेपालमा समेत यस किसिमको कार्यक्रमको आयोजना गरेको हो । ललितपुरमा स्थित नेपाल मेडिसिटी अस्पतालकमा रोयल कलेज अफ फिजिसियनले आयोजना गरेको प्रि–कन्फ्रेन्समा करिब ६० चिकित्सा शिक्षाका प्रशिक्षार्थी तथा चिकित्सकहरु सहभागी रहेका थिए ।