सेञ्चुरी बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पोखरा म.हा.न. पा. २६ स्थित श्री लक्ष्मी मा.वि.लाई स्वच्छ पानी पिउनको लागि पानी ट्यांङ्की प्रदान गरेको छ । उक्त सहयोग बैकका बजार व्यवस्थापक शेखर वस्ताकोटी तथा गण्डकी प्रदेश प्रमुख रमेश बन्जाराले विद्यालयका प्रध्यानापक र सञ्चालक समितीलाई हस्तान्तरण गरेका हुन् । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ । यसरी, बैंकको अन्य जानकारीका लागी बैंकको वेबसाइट डब्लुडब्लुडब्लु डट सेञ्चुरी बैंक डट कम डट एनपि तथा बैंकका शाखा कार्यालयहरुमा सम्पर्क राख्न  सकिन्छ ।

एनसीसी बैंकद्वारा टिच फर नेपाललाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । एनसीसी बैंकले  काठमाण्डौ जिल्लाको टिच फर नेपाललाई यहि भदौ २९ गते रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक एनसीसी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बन्दना पाठकले टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत शिशिर खनाललाई हस्तान्तरण गरेकी  हुन् । सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीता वृद्धि गर्नको निम्ति बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत  टिच फर नेपाललाई उक्त रकम उपलब्ध गराईएको हो ।

सानिमा बैंक पोखराले विद्यालयको खाजा अभियानलाई गर्यो ६ लाख आर्थिक सहयोग

काठमाडौँ । सानिमा बैंक पोखरा शाखाले कालिका माध्यमिक विद्यालयद्वारा संचालित विद्यालय खाजा अभियानलाई रु. ६ लाख रुपैया आर्थिक सहयोग गरेको छ । उक्त खाजा अभियान अन्तर्गत विद्यालयले दैनिक १२५ भन्दा बढी बालबालिकहरुलाई खाजा खुवाउँदै आएको छ । बाल दिवसको अवसरमा विद्यालयद्वारा आयोजित एक कार्यक्रममा बैंकका गण्डकी प्रदेश प्रमुख भावुक तण्डुकारले कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम गिरीलाई सो रकमहस्तान्तर गरेका हुन् । सोही कार्यक्रममा विद्यालय खाजा अभियानका अध्यक्ष बासुदेव अधिकारीले खाजा अभियानको प्रभावले विद्यालयमा उल्लेखनीय विद्यार्थी भर्ना भएको र शैक्षिक गुणस्तरमापनि धेरै सुधार आएको बताए । बैंकका शाखाप्रबन्धक बिरेन्द्रलाल श्रेष्ठले भविष्यका कर्णधारहरु शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित नहुन भनि विद्यालयले गरेको सामाजिक कार्यलाई आर्थिक सहयोग गर्ने अवसर दिएकोमा खुशी व्यक्त गरे । सानिमा बैंकले सामाजिक उत्तरदायित्वलाई बहन गर्दै विगत७बर्ष देखि उपत्यकाबाहिरका शाखाहरुबाट हरेक बर्ष २ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेको जनाएको छ ।