प्राडा थापाकाे ‘इन्जिनीयर अफ इन्जिनीयरिङ एजुकेशन’ प्रकाशित

काठमाडाैं । नेपालमा इन्जिनीयरिङ क्षेत्रको विकास, विस्तार तथा यसका विविध आयाम समेटिएको प्रा डा भोला थापाद्वारा लिखित ‘इन्जिनीयर अफ इन्जिनीयरिङ एजुकेशन’ अङ्ग्रेजी पुस्तक बजारमा आएको छ । काठमाडौं विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रा डा थापाले नर्वेली प्रा डा इन्गे योहान्सनलाई मुख्य पात्र बनाएर लेखेको पुस्तकमा काविविको इन्जिनीयरिङ कार्यक्रमको प्रारम्भदेखि अहिलेसम्मको विकासलाई समेटिएको छ । पुस्तकमा नर्वेमा आफ्नो विधामा इन्जिनीयरिङ शिक्षालाई शिखरसम्म पु¥याएका प्रा योहान्सनलाई नेपाल ल्याएर काविविलाई सघाएको र मार्गदर्शन गरेको योगदानको सेरोफेरो छ । काविविका पूर्वउपकुलपति डा सुरेशराज शर्माले पुस्तक ऐतिहासिक रहेको जनाउँदै प्रायः इन्जिनीयरिङ र चिकित्सा विषय पढ्नेहरु अध्यापन पेशाभन्दा विकासका अन्य फाँटतिर जान चाहने क्रम विकासोन्मुख देशहरुमा मात्र नभई अन्यत्र पनि भएको जानकारी दिए । डा सीताराम अधिकारीले नेपालको इन्जिनीयरिङ शिक्षाको सङ्क्षिप्त ऐतिहासिक झलक पुस्तकमा पढ्न पाइने बताएका छन् । काठमाडाैं विश्वविद्यालयकाका पूर्वरजिष्ट्रार प्रा डा भद्रमान तुलाधरले पुस्तकमा काविवि इन्जिनीयरिङ शिक्षाको शुरुआत, विकास, विस्तार, सुदृढीकरणको इतिहास र यसमा अहम् भूमिका खेलेका संस्थापक, शिक्षकहरु र इन्जिनीयरका बारेमा चर्चा गरिएको बताए । सिन्टेफ इनर्जीका भाइस प्रेसिडेन्ट पिटर स्टोइयाले पुस्तकमा नेपालको इन्जिनीयरिङ क्षेत्रको विकासको सन्दर्भलाई सान्दर्भिक ढङ्गले उठान गरिएको उल्लेख गरे । लेखक प्राडा थापाले आफूले अनुभव र अनुसन्धानको विषयलाई पुस्तकमा समेट्ने कोसिस गरेको बताउँदै विश्व बैंक, एसियाली विकास बैंक र पूरै सरकार लाग्दा पनि शुरु नभएको इन्जिनीयरिङको शैक्षिक कार्यक्रम काविविमा शुरु हुँदा र सञ्चालन हुँदाको इतिहास महत्वपूर्ण हुनसक्छ भनेर पुस्तक तयार पारिएको जानकारी दिए । प्रकाशक समा थापाले पुस्तकमा काठमाडौँ विश्वविद्यालयको इन्जिनीयरिङ विषयको शुरुआत र त्यसले नेपालमै पारेको प्रभावलाई उधिनेको बताए । प्रा डा थापा काविवि मेकानिकल इन्जिनीयरिङ विभागका प्राध्यापक हुन् । लेक्चररबाट अध्यापन शुरु गर्नुभएका थापाले असिस्टेन्ट प्रोफेसर र एसोसिएट प्रोफेसर हुँदै प्राज्ञिक क्षेत्रमा लामो यात्रा तय गरेका छन् । उनी विभागीय प्रमुख, डिन, रजिष्ट्रार र कार्यवाहक उपकुलपतिको जिम्मेवारीमा रहेर प्रशासनिक योगदानसमेत दिँदै आएका छन् । उनले नर्वेजियन युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट सन् २००४ मा मेकानिकल इन्जिनीयरिङ विषयमा विद्यावारिधि गरेका छन् । यसअघि प्रा डा थापाको ‘इन्जिनीयरिङ शिक्षाका इन्जिनीयर’ पुस्तक प्रकाशनमा आइसकेको छ । रासस

गोकर्णेश्वरका १६ सामुदायिक विद्यालयमा निःशुल्क पुस्तक

काठमाडाैं । गोकर्णेश्वर नगरपालिकाका १६ सामुदायिक विद्यालयमा कक्षा ३ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क पुस्तक वितरण गरिएको छ । समाजसेवीत्रय दीपकुमार भण्डारी, डा लक्ष्मण आचार्य र धनप्रसाद लामिछानेको पहलमा नगरपालिकामा रहेका १६ सामुदायिक विद्यालयलाई पुस्तक हस्तान्तरण गरिएको होे । हस्तान्तरणका अवसरमा समाजसेवीत्रयले एक स्वरमा सानै कक्षाबाट पठनपाठन संस्कृति शुरु गरिए मात्र त्यसको दीर्घकालीन प्रभाव पर्ने धारणा राखे । करिब छ लाखको लागतमा कक्षा ३ सम्मका विद्यार्थीका लागि कक्षाकोठामा नै राख्ने गरी जीवनोपयोगी पुस्तक उपलब्ध गराइएको समाजसेवी भण्डारीले बताए । विज्ञबाट छानिएका पुस्तकको अध्ययनसँगै स–साना विद्यार्थीको जीवनमा सकारात्मक परिवर्तन आउनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । शिक्षाविद्समेत रहनुभएका डा आचार्यले विद्यार्थीमा पठन संस्कृति बढाउनका लागि शिक्षक शिक्षिकाको इमान्दार प्रयास उत्तिकै जरुरी रहेको बताए । विद्यार्थीको स्तरअनुसारको पुस्तक पढ्न दिनुपर्नेमा अहिलेसम्म त्यसो हुन नसकेको आचार्यको भनाइ थियो । अर्का समाजसेवी लामिछानेले शैक्षिकस्तरको अभिवृद्धिबिना समृद्ध समाजको परिकल्पना गर्नै नसकिने बताए । नगरपालिकामा मङ्गलबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल, शिक्षा शाखा प्रमुख विजयप्रसाद आचार्यलगायतले विद्यार्थीमा पठन संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरे । सामुदायिक विद्यालयबाट शुरु गरिएको अभियान फलदायी हुनेमा आफूहरु आशावादी रहेको समाजसेवीत्रयको विश्वास छ । सहयोगी मन सामुदायिक अध्ययन केन्द्रको संयोजकत्वमा भएको कार्यक्रम नगरपालिकाले आयोजना गरेको हो । रासस

ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतको वर्किङ भिसाको अवसर

काठमाडौं । थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुलेबेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातकतह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो । कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावितभइरहेको बेलाब्रिटिस कलेजमाहाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने भएका हुन् । विद्यार्थीहरुले नेपालमा एकदेखि दुई वर्षसम्म अध्ययन गरेपछि बेलायत स्थानान्तरणको सुविधा प्राप्त गर्ने कलेजले बताएको छ । बेलायत सरकारले विश्वभरीका प्रतिभावान् विद्यार्थीहरुलाई भित्र्याउने योजनाअन्तर्गत स्नातकतहको पढाई गरिरहेकाहरुको लागि विशेष योजना ल्याएको हो, जसअन्तर्गत नेपालबाटब्रिटिस कलेजमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले पनि सहजै बेलायत स्थानान्तरण गर्ने छन् । हाल ब्रिटिस कलेज बेलायतको प्रख्यातमध्येको दुई विश्वविद्यालयहरु ‘द युनिभर्सिटीअफ वेष्टइंग्ल्याण्ड (युडब्लुई) तथालिड्स बेकेट युनिभर्सिटी (एलबीयु)को सम्बन्धनमा नेपालमा संचालन भइरहेको छ । युडब्लुई तथा एलबीयुबाट स्नातक तह पास गरेपछि ब्रिटिस कलेजले स्नातकोत्तर तहको लागि स्थानान्तरण गर्ने र यससँगै विद्यार्थीले दुई वर्षसम्मको लागि वर्किङ भिसाको अनुमति पनि प्राप्त गर्नेछन् । दुई वर्षसम्मको अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् । यदी वर्किङ भिसामा विद्यार्थीहरुले ५ वर्षसम्म काम गरेको खण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति (आईएलआर)प्राप्त गर्नेछन् । कोरोना महामारी फैलिइहेको बेला परिवार तथा स्वास्थ्यको ख्याल राख्दै शिक्षाबारे सही निर्णय लिने समय यहीभएको भन्दै कलेजले हालको समयमा पनि गुणस्तरिय शिक्षा प्रदान गरिरहेको बताएको छ । कोरोना महामारीकै कारण हाल बेलायत लगायत विश्वका अधिकांश देशमा रोजगारीको अवसर निकै कम भएको अवस्थामा केही वर्ष नेपालमा नै अध्ययन गरेर पुनः रोजगारीको पर्याप्त अवसर भएपछि विदेश जानु उत्तम हुने कलेजको विश्वास छ । आफ्नो भविष्यको लागि सही निर्णय लिने समय यही भएको र परिवारसँगै बसेर विश्वस्तरिय शिक्षा, बेलायतको विश्वविद्यालयको डिग्री साथै बेलायमा नै कामगर्ने अवसर प्राप्त हुने हुँदा ब्रिटिस कलेज नै विद्यार्थीहरुको लागि उत्तम विकल्प भएको कलेजले बताएको छ । कलेजले बीबीए (हन्स),बीएस्सी (हन्स)कम्प्युटिङ एण्डबीएस्सी (हन्स)तथाहस्पिटालिटी विजनेश म्यानेजमेन्ट(बीएचएम) अध्ययन गर्ने विद्यार्थीहरुले यो अवसर प्राप्त गर्ने कलेजको भनाई छ ।