विद्यार्थीले एआईमा माइक्रोडिग्री र कम्प्यटर ईन्जिनियरिङ्गमा स्नातक डिग्री पाउने, पीसीपीएस कलेजले ल्यायाे नयाँ कार्यक्रम
काठमाडाैं । पीसीपीएस कलेजले बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं सफ्टवेयर इन्जीनिरीङ्गका साथै एआईमा माइक्रोडिग्री पनि प्रदान गर्ने गरी नयाँ कार्यक्रम शुरु गरेको हो । फ्युजमेशिन्सको सहकार्यमा शुरू गरिएकाे उक्त कार्यक्रम आर्टफिशियल इंटेलिजेन्स (एआई) को सिकाईको लागी माइक्रोडिग्री टिएम कार्यक्रम एक तत्वरीक शिक्षण कार्यक्रम हो । यो कार्यक्रम अमेरीकाका अग्रणी विश्वविद्यालयहरुका प्राध्यापकहरु र आर्टफिशियल इंटेलिजेन्स (एआई) उद्योगमा संलग्न विषेशज्ञहरुद्वारा तयार पारिएको हो । मेशिन लर्निङ्ग (एमएल) डिप लर्निङ्ग (डीप लर्निङ)को मुख्य उद्देश्य स्नातक डिग्रीको साथै आर्टफिशियल इंटेलिजेन्स (एआई) मा दक्ष बनाउनु हो । यस साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीले बीएससी (आनर्स) कम्प्युटर साइन्स एवं साफ्टवेयर इन्जीनिरीङ्ग को साथ साथै फ्युजमेशिन्सको आर्टफिशियल इंटेलिजेन्स (एआई) मा माइक्रोडिग्री पनि प्राप्त गर्ने छन् । माइक्रोडिग्री कोर्ष विश्वव्यापी प्रविधी उद्योगको परिर्वतनशील माग र आवश्यकतालाई ध्यानमा राखेर डिजाईन गरिएको कोर्ष हो, फ्युजमेशिन्सका संस्थापक तथा सिइओ प्रा. डा. समीर मास्के भन्छन्- ‘नेपाल र विश्वभर एआई ईन्जिनियरहरुको बढ्दो माग पुरा गर्नाकोलागी कलेज र विश्व विद्यालयहरुले एआई कोर्ष समावेश गर्न आवश्यक छ । तर्सथ हामी पीसीपीएस कलेजसगँ यो कदम चालेर निकै सकारात्मक ढंगबाट अगाडी बढेका छौं ।’ ‘यस साझेदारी अन्तर्गत विद्यार्थीहरुले एआईमा माइक्रोडिग्री कोर्षको साथै कम्प्यटर विज्ञान र सफ्टवेयर ईन्जिनियरिङ्गमा स्नातक डिग्री प्राप्त गर्नेछन् । दुई उन्नत पाठ्यक्रमहरु मेशिन लर्निङ्ग र डिप लर्निङ्ग माइक्रोडिग्रीकाे हिस्साको रुपमा प्रस्ताव गरिएको छ । यो पुरा भएपछि, हामीले विद्यार्थीहरुलाई ईन्टर्नसीप र प्लेसमेन्टकोलागी थप सहयोग गर्नेछ ।’, पीसीपीएस कलेजका अध्यक्ष पंकज जालानले बताए । युनिभर्सिटि अफ बेडफोर्डसायर, बेलायतबाट सम्वन्धन प्राप्त ‘पीसीपीएस कलेज’ले स्नातक स्तरको विएस्सी, अनर्स इन कम्प्युटर साइन्स एण्ड सफ्टवेयर इन्जिनियरिङ्ग र ब्याचलर इन बिजनेस एडमिनिष्ट्रेसन कार्यक्रमहरु अध्ययन अध्यापन गराउँदै आएको छ । टाइम्स युकेको रैकिङ्क अनुसार १३० वर्ष पुरानो युनिभर्सिटि अफ बेडफोर्डसायर विश्वको उत्कृट १००० विश्व विद्यालय मध्य एक हो । यो विश्व विद्यालयमा १२० मुलुकको २२ हजार विद्यार्थी अध्ययनरत छन् । यो विश्व विद्यालयको कार्यक्रमहरु चीन र भियतनाम लगायत मध्य पुर्व, युरोप, दक्षिण पुर्व एशिया लगायतका अन्य देशहरुमा संञ्चालित छ । यो विश्व विद्यालयबाट अध्ययन गरेका ९२ प्रतिसत विद्यार्थीहरुले ६ महिनामै काम गर्न थाल्छन वा उच्च अध्ययन तिर लाग्छन् । आर्टफिशियल इंटेलिजेन्स(एआई) र मेशिन लर्निङ्ग(एमएल)मा ज्ञान र सीप भएका जनशक्तीको विश्व भरी नै ठुलो माँग रहेको छ । कृतिम बुद्धिमताले विश्वव्यापी अर्थतन्त्रलाई रुपान्तरीत गर्ने भएको हुनाले एआईमा दक्ष जनशक्ती संसार भरी नै उच्च प्राथमिकतामा पर्ने गरेका छन् । तथ्याकं अनुसार एआईमा दक्ष जनशक्तीको माग विगत तिन वर्षमा दोब्बर भएको छ भने रोजगार पोस्टिङ्गहरु ११९ प्रतिशतले वृद्धि भएको छ । अर्थात यी विषयहरुमा दक्षता हासिल गरेका व्यक्तिहरुले आफुलाई सजिलै बजारमा स्थापित गर्नसक्ने छन् ।
किंग्स् कलेज र मिट भेन्चर्सबीच सहकार्य गर्ने सम्झौता
काठमाडाैं/ व्यापार तथा व्यवस्थापन शिक्षामा अग्रणी किंग्स् कलेज र सिंगापुरस्थित मिट भेन्चर्सबिच आज सहकार्य सम्बन्ध स्थापना भएको छ । उद्यमशिलताको क्षेत्रमा बृहत अनुभव एव श्रोतयुक्त यी दुई संस्थाहरुले उद्यमशिलता एवं नवप्रबर्तनको अवधारणालाई राष्ट्रिय मात्रै नभइ क्षेत्रीयस्तरमै कार्यान्वयन तथा प्रवद्र्धन गर्ने उदेश्यसहित यस सहकार्य सम्झौतामा हस्ताक्षर गरिएको हो । “मिट भेन्चर्ससँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित भएका छाैं । यस सम्झौताले नेपाली स्टार्टअप तथा अधिक संख्याका उद्यमीहरुलाई अन्तराष्ट्रिय मेन्टरबाट मेन्टरसिप हासिल गर्ने, अन्तराष्ट्रिय बजारको अन्वेषण गर्ने तथा अन्तराष्ट्रिय लगानीकर्ताहरुसँग गाँसिने अवसर प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छाैं,” कलेजका प्रधानाध्यपक नरोत्तम अर्यालले भने । सम्झौता अनुसार किंग्स् कलेजले मिट मेन्चर्सलाई नेपालका साथसाथै दक्षिण एसियाका आशा लाग्दा स्टार्टअपसमक्ष पहुँच हासिल गर्न सघाउनेछ । यसका साथसाथै कलेजले उसका विभिन्न अनुसन्धान तथा इन्क्युबेशन कार्यक्रममार्फत यस क्षेत्रबाट हासिल भएका ज्ञान तथा उत्कृष्ट अभ्यासहरुलाई मिट मेन्चर्ससँग साझा गर्नेछ । यसैगरी, आज भएको सहकार्य सम्झौताअनुसार मिट मेन्चर्स्ले नेपाली तथा दक्षिण एसियाली स्टार्टअपहरुका लागि लगानी सहायता हासिल गर्ने अवसर प्रदान गर्नेछ । यसका साथसाथै नेपाली विद्यार्थीहरुले मिट मेन्चर्स् तथा उसका सहायक कम्पनीहरुबाट उद्यमशिलताका परियोजनाहरुमाथि मेन्टरसिप हासिल गर्नका साथसाथै उनीहरुलाई सिंगापुर तथा दक्षिणपूर्वी एसियामा आयोजना हुने उद्यमशिलता तथा नवप्रवर्तनमा आधारित कार्यक्रम तथा प्रतिस्पर्धाहरुमा सहभागी हुन समेत अवसर प्राप्त गर्नेछन् । “नेपालसँग सम्झौता गरिएको यो नै हाम्रो पहिलो सहकार्य हो,” मिट भेन्चर्स्का तर्फबाट फराह फिराडसले जानकारी दिँदै भनिन्, “उद्यमशिलताको विकास तथा प्रबद्र्धनको सवालमा हरेक मुलुकका आ–आफ्नै विशेष क्षमता हुन्छन् । आजको २१औं शताब्दीमा यस सुन्दर राष्ट्रबाट भोलीका दिनमा के–कस्ता उद्यमीहरु जन्मन्छन् भनेर हेर्न हामी निकै उत्साहित छाैं ।” एसिया क्षेत्रभित्र कार्य संचालन गरिरहेको मिट भेन्चर्स कर्पोरेट स्टार्टअफ इनोभेसन कम्पनी हो । कर्पोरेट क्षेत्रअन्तर्गतको नवप्रवर्द्धन र स्टार्टअपलाई सफलरुपमा स्थापित गर्न सघाउनु यसको मुख्य उदेश्य रहेको छ ।
३४ उपसचिव सरुवा भए, को कहाँ ? (सूचीसहित)
काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ उपसचिवको सरुवा गरेको छ । मंगलबार २५ र बुधबार ९ जना उपसचिवको स्थानीय तह र प्रदेशमा सरुवा गरिएको छ । अधिकांशलाई स्थानीय तहको प्रमुख प्रशाकीय अधिकृत बनाएर पठाइएको छ ।