कोभिडले आमाबाबु गुमाएका बालबालिकाले मासिक ३ हजार भत्ता पाउने
काठमाडौं । कोभिड संक्रमणबाट आमाबाबु गुमाएका बागमती प्रदेशभित्रका बालबालिकाले प्रदेश सरकारबाट मासिक भत्ता पाउने भएका छन् । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कोभिडका कारणले आमाबाबु दुबै गुमाएका बालबालिकाको पालन पोषण र शिक्षाको लागि मासिक ३ हजार रुपैयाँ भत्ता दिने जानकारी दिए । यस्तै, अन्य कुनै पनि कारणले आमाबाबु दुबै गुमाएका बालबालिकाले मासिक २ हजार रुपैयाँका दरले सरकारबाट भत्ता पाउने भएका छन् । यस्तै, बागमती प्रदेश सरकारले सांसदको लागि प्रदान गर्दै आएको प्रदेश पूर्वाधार विकास कार्यक्रम (प्रदेश सांसद विकास कोष) खारेज गरिदिएको छ । सो कार्यक्रम खारेज गरी कोभिड लगायत संक्रामक रोग नियन्त्रण र रोकथामको लागि स्वास्थ्य पूर्वाधार विकासमा लगानी गर्ने व्यवस्था मिलाइएको मन्त्री ढुंगेलले जानकारी दिए । यस्तो कार्यक्रमका लागि बागमती प्रदेशले २ अर्ब ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रदेश १ द्वारा शिक्षामा १ अर्ब १९ कराेड बजेट विनियाेजन
काठमाडाैं । प्रदेश १ ले शैक्षिक क्षेत्रकाे उत्थानकाे लागि कुल १ अर्ब १९ कराेड बजेट विनियाेजन गरेकाे छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङ लिम्बुले आर्थिक वर्ष २०७८/७९ काे बजेट प्रस्तुत गर्दै यस्ताे जानकारी दिएका हुन् । प्रदेश सरकारले प्रस्तुत गर्ने यो चौथो बजेट हो ।
मदनभण्डारी प्रतिष्ठानले पायाे तीन विधामा स्नातकसम्म पढाउने अनुमति
वाग्मती । वाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्यसम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई जनस्वास्थ्यमा २०, फार्मेसीमा ३० र मेडिकल ल्याबटेक्नोलोजीमा ३० सिट अनुमति दिएको छ । प्रतिष्ठानलाई जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउनका लागि अनुमति प्राप्त भएको प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईंले जानकारी दिए । स्थापनाको छोटो अवधिमा नै अनुमतिका लागि आवश्यक पर्ने मापदण्ड पुरा गरेको उनले जानकारी दिए । उनका अनुसार अनुमति प्राप्त गरेका सबै विषयको अध्ययन गर्ने विद्यार्थीमध्ये प्रदेश सरकारले ७५ प्रतिशतलाई निःशुल्क अध्यापन गराउने छ । यस सम्बन्धी प्रदेश सरकारले नीतिगत निर्णय गरेर सम्बन्धित निकायमा पठाइसकेको उनले बताए । प्रतिष्ठानले अब पहिलो शैक्षिकसत्रमा अनुमति प्राप्त गरेको तीन विधामा अध्यापन सुरु गराउने छ ।