मानवीय अस्तित्व विरुद्धकाे काँडेतार र नेपालले अबलम्बन गर्नुपर्ने बाटाे
विषय प्रबेश मानवीय अस्तित्वबिरुद्ध बल्झिएका अनेक काँडेतारहरुलाई ज्ञान, विज्ञान, वुद्धि र विवेकले सहजै पन्छाउँदै अगाडि बढिरहेको मानव समुदाय आज कोरोना महामारीको भयाभह असरबाट गुज्रिरहेको छ । कुनै पनि रोगव्याधी नियन्त्रणको दायराबाट बाहिर गई धेरै स्थानमा वा देशमा तीब्र रुपमा फैलिएर धेरै मानिसहरु नराम्ररी प्रभावित भएको वा धेरैको ज्यान गएको अवस्था नैं महामारी हो । पछिल्लो समयमा चीनको वुहान प्रान्तमा सन् २०१९ को अन्त्यतिर फेला परेको कोरोना भाइरसको नयाँ प्रजाति सार्स कोभ–२ को मानवीय आक्रमणबाट उत्पन्न भएको रोग कोभिड– १९ ले विश्वव्यापीकरणसँगै विश्वका लाखौं लाख मानिसहरुमा फैलिई थुप्रै मानिसहरुको ज्यान लिएर विश्वव्यापी महामारीको अवस्था सिर्जना गरेको छ, जसलाई नैं हामीले कोरोना महामारी भन्ने गरेका छौं । कुनै पनि महामारीले प्रभावित समुदायको पुनर्संरचना गर्ने भएकोले यस महामारी पश्चात् समस्त विश्व कसरी अगाडि बढ्ला भन्ने विषय यतिखेर विश्वभरका आम जनमानसमा चासो र चिन्ताको विषय बनेको सन्दर्भमा कमजोर अर्थतन्त्रसहित अतिकम विकसित मुलुकको रुपमा रहेको हाम्रो देश नेपालको भविष्य अब कस्तो होला र कस्तो बनाउन सकिएला भन्ने विषय हामी सम्पूर्ण नेपालीहरुको लागि महत्वपूर्ण विषय बन्न पुगेकोले हाम्रो भविष्यको रुपमा यहाँ नेपालको भविष्यलाई लिनु सान्दर्भिक देखिन्छ । विश्वको समग्र अवस्था कोरोना महामारीले गर्दा आज विश्वभर सिङ्गो मानव समुदाय डगमगाएको छ । यस महामारीको कारण आज विश्वमा हरेक दिन हज्जारौं मानिसहरुले ज्यान गुमाउने गरेका छन् । लाखौं लाख मानिसहरु कोरोना भाइरसबाट संक्रमित बनेर आइसोलेसनमा छटपटाईरहेका छन् । सन् २०२० को अप्रिल १८ सम्म विश्वमा करिब तेइस लाख मानिसहरु कोरोनाबाट संक्रमित बनेको देखिन्छ भने तीमध्ये करिब एक लाख साठी हजारले ज्यान गुमाएको र करिब छ लाख मानिसहरु उपचारपछि निको भएको देखिन्छ । महामारीसँगै यतिखेर विश्वमा अरबौं/खरबौं रकमको लगानीमा स्थापित उद्योगधन्दाहरुको उत्पादन ठप्प भएको अवस्था छ । कैयौं मानिसहरुका आय आर्जनका बाटाहरु बन्द भएका छन् । व्यापारिक मार्ग साँघुरिएको छ । विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । सुनौलो भविष्य बोकेर विद्यालय जाने बालबालिकाहरुको अध्ययनमा व्यवधान खडा भएको छ । खेलकुद जगतको महाकुम्भ पर धकेलिएको छ । सम्पूर्ण मानिसहरु गुप्तबासको कोठरीमा धकेलिएका छन् । विज्ञान र प्रविधिको चमत्कार यतिखेर विवशताको मैदानमा तड्पिंदै छ । विश्वको अति वैभवशाली राष्ट्र अमेरिका आज कोरोना महामारीको कारण कठिनाई र चित्कारको भूमरीमा परेको छ । त्यहाँको अर्थतन्त्रमा ठूलो विचलन पैदा भएको छ । यूरोपका विकसित मुलुकहरु फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी, स्वीटजरल्याण्ड आदि समेत सोही अवस्थाबाट गुज्रिरहेका छन् । विश्वव्यापीकरणको वर्तमान अवस्थाले गर्दा लगभग विश्वका सबै देशहरुमा फैलिइसकेको कोरोना महामारीबाट आज हाम्रो देश नेपाल पनि नराम्रोसँग प्रभावित बन्न पुगेको छ । नेपालको अवस्था लेखक नेपालमा सर्वप्रथम सन् २०२० को जनवरी २४ मा काठमाडौंमा एकजना व्यक्तिमा यो भाइरस देखिएको थियो । त्यसपछि तुरुन्तै नेपाल सरकारले अन्तराष्ट्रिय उडानलाई सीमित गर्दै छिमेकी मुलुक भारतसँगको सीमानाकामा कडाइ गरेर विदेशबाट आउने सबै मानिसहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्दै चेक जाँच गर्ने लगायतका प्रभावकारी कदम चालेको भए यहाँ शायद अहिलेको अवस्था आउने थिएन होला । तर त्यसो हुन नसकेपछि त्यसको करिब दुई महिनापछि अर्को व्यक्तिमा कोरोना पोजिटिभ देखियो र सरकारले त्यसपछि मात्र लकडाउन तथा अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगायतको कदम चाल्यो । तर त्यतिखेरसम्म विदेशबाट धेरै व्यक्तिहरु नेपालमा कोरोना लिएर आइसकेको अवस्था रहेछ । हाल नेपाल सरकारले मुलुकभर लकडाउन गरि कन्ट्याक्ट ट्रेसिङ अन्तर्गत विदेशबाट नेपाल आएका तथा कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान गर्दै ती व्यक्तिहरुलाई क्वारेन्टाइन तथा आइसोलेसनमा राख्दै मुलुकका विभिन्न स्थानमा प्रयोगशालाहरु स्थापना गरि कोरोना परीक्षणलाई तीब्र बनाएको छ । यस क्रममा वि.सं. २०७७ साल बैशाखको पहिलो सातासम्म नेपालमा कोरोना संक्रमित व्यक्तिको संख्या ३१ पुगेको छ भने तीमध्ये ४ जना व्यक्ति संक्रमणबाट मुक्त भइसकेको देखिन्छ । छिमेकी मुलुक भारतसँगको सीमानाबाट अझैं पनि धेरै मानिसहरु लुकीछिपी नेपाल आउने गरेको हुँदा यस अवस्थाले थप जोखिम निम्त्याएको छ । कोरोना महामारीको कारण हाल नेपालमा जताततै त्रासमय वातावरण देखिएको छ । कोरोनाको आशंकामा ज्वरो तथा रुघाखोकीसहितका अन्य विरामीले पनि आइसोलेसनमा ज्यान गुमाएका छन् । स्कुल तथा क्याम्पसहरुमा पठनपाठन ठप्प भएको छ । मुलुकको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । मुलुकको आम्दानीको एक प्रमुख पक्ष पर्यटन व्यवसाय ठप्प छ । नेपाल भ्रमण वर्ष २०२० लाई रद्द गरिएको छ । मानिसको भविष्य कोर्ने विभिन्न प्रतियोगितात्मक परीक्षाहरु स्थगित गरिएका छन् । मुलुकको विकास निर्माणका कामहरु बन्द भएका छन् । मानिसहरुको दैनिकी फेरिएको छ । वैदेशिक रोजगारको लागि विदेशमा गएका नेपालीहरु उतै बेरोजगार बनेका छन्, जसले गर्दा मुलुकको अर्थतन्त्रको प्रमुख पक्ष विप्रेषण रोकिएको छ । गरीब तथा मजदूर वर्गहरु खान लाउन नपाएर भोक भोकै मर्नुपर्ने अवस्था सिर्जना भएको छ । मानिसहरुको डर र त्राससँगै मानिस मानिसबीचको सामीप्यता हटेको छ । विभिन्न मेला पर्व समारोह आदिमा मानिस जम्मा भएर रमाईलो गर्ने चलनमा तुषारापात भएको छ । जसले गर्दा हाम्रो सामाजिक मूल्य मान्यतामा प्रतिकूल प्रभाव पर्दै मानवीय सम्बन्धमा समेत रुपान्तरण आउन थालेको छ । मानिसको पहिचान अब सामाजिक प्राणीबाट समेत रुपान्तरण हुन लागेको महसुस यतिखेर गर्न सकिन्छ । कैयौं मानिसहरुका आय आर्जनका बाटाहरु बन्द भएका छन् । व्यापारिक मार्ग साँघुरिएको छ । विश्वव्यापी आर्थिक मन्दीको अवस्था सिर्जना भएको छ । सुनौलो भविष्य बोकेर विद्यालय जाने बालबालिकाहरुको अध्ययनमा व्यवधान खडा भएको छ । खेलकुद जगतको महाकुम्भ पर धकेलिएको छ । सम्पूर्ण मानिसहरु गुप्तबासको कोठरीमा धकेलिएका छन् । विज्ञान र प्रविधिको चमत्कार यतिखेर विवशताको मैदानमा तड्पिंदै छ । महामारीको सकारात्मक प्रभाव यो भयाभह अवस्थाले सम्पूर्ण मानवजातिलाई विभिन्न सन्देशहरु पनि दिएको छ । मानिसको जीवनशैलीमा हुने रुपान्तरणको एक प्रमुख कारक तत्वको रुपमा महामारीलाई लिने गरिन्छ । अहिलेको यो कोरोना महामारीले मानिसलाई सरसफाईमा विशेष ध्यान दिनुपर्ने कुरालाई सिकाएको छ । त्यसैगरी विश्व सबैको साझा घर भएकोले मानिसहरु सबै भावनात्मक रुपमा एकजुट हुनुपर्ने, मानवीय अस्तित्व बचाईराख्न मानिसहरु समय र अवस्था अनुसार संघर्ष गर्न सक्नुपर्ने, संसारभर रहेका मानिसहरु समान भएकोले एकले अर्काको राय, सल्लाह, सुझाव आदिलाई सकारात्मक तरिकाले अबलम्बन गर्दै मानिसले शक्ति तथा क्षमताको घमण्ड गर्न नहुने कुरा हामी सबैलाई यो महामारीले सिकाएको छ । यो महामारीको कारण सबै मानिसहरुले जीवन दर्शनलाई उचित तरिकाले बुझेका छन् । मानिसहरु देशप्रेमको भावनाले ओतप्रोत भएका छन् । महामारीलाई नियन्त्रणमा लिन विश्वका धेरै देशमा गरिएको लक डाउनको कारण वायुमण्डलीय प्रदूषणमा उल्लेख्य मात्रामा कमी आएको छ । विश्व समुदाय तथा नेपालका चुनौतिहरु हाल कोरोना महामारी विश्वमा दिन प्रतिदिन झन झन तीब्र रुपमा फैलिइरहेको छ । यसको फैलावटको बढ्दो दर र यसको कारणबाट भएको मानवीय मृत्युदरलाई तलको ग्राफमा देखाइएको छ । यस चित्रलाई विश्लेषण गर्दा शुरुमा कछुवाको गतिमा बढिरहेको यो महामारी हाल खरायोको गतिभन्दा पनि बढी तीब्र गतिमा फैलिइरहेको महसुस गर्न सकिन्छ । जसले गर्दा यो महामारीविरुद्धको भ्याक्सिन पत्ता नलागेसम्म यसलाई रोकथाम गर्नु निकै कठिन हुने देखिन्छ । त्यसैले यस महामारीविरुद्धको भ्याक्सिन पत्ता लगाई जतिसक्यो चाँडो महामारीलाई रोकथाम गर्नु यतिखेरको विश्व समुदायमाझ ठूलो चुनौतिको रुपमा देखिएको छ । भ्याक्सिन पत्ता लाग्ने कुरो अहिले नैं ठोकुवा गरेर भन्न नसकिने भएकोले यतिखेर विश्वभरका आम मानव समुदायले विभिन्न प्रवर्वद्धनात्मक र निरोधात्मक उपायहरु अबलम्बन गरेर यो महामारीलाई थप फैलिन नदिनु नैैं यस महामारीलाई नियन्त्रण गर्ने एक प्रभावकारी उपाय हो । तर विभिन्न उपायहरु अबलम्बन गर्दा गर्दै पनि यो महामारीको गति झन झन तीब्र हुँदा यतिखेर समस्त विश्वले लक डाउन, कन्ट्याक्ट ट्रेसिङ र परीक्षण विधिलाई थप प्रभावकारी बनाई यो महामारीलाई नियन्त्रणमा राख्नु अर्को चुनौति बनेको छ । त्यसैगरि महामारीको कारण विश्वमा अर्थतन्त्र निरन्तर खस्कँदै गइराखेको हुँदा खस्किंदो अर्थव्यबस्थालाई माथि उकास्नु पनि समस्त विश्वका लागि अर्को चुनौति देखिएको छ । समस्त विश्वका चुनौतिहरु नैं यतिखेर नेपालका पनि चुनौतिहरु हुन् । यो महामारी छिट्टै नियन्त्रणमा आउने संकेत नदेखिएको यस परिवेशमा नेपालजस्ता गरीब देशहरुमा यस महामारीबाट गरीब तथा विपन्न वर्गहरु रोगले भन्दा भोकले मर्ने अवस्था आएकोले महामारी नियन्त्रणको लागि गरिएको लक डाउन सँगै यो महामारी नियन्त्रणमा नआउन्जेल गरीब तथा विपन्न वर्गलाई उचित राहत दिनु र जनताका लागि आधारभूत आवश्यकताहरु पूर्ति हुने वातावरण बनाउनु नेपालको लागि अर्को एक विषेश चुनौति बनेको छ । नेपालको अबको बाटो यसरी कोरोना महामारीको भयाभह असर तथा सन्देशसँगै हाम्रो मुलुकको भविष्य कता जाने हो भन्ने कुरा अन्यौलमा परेको देखिन्छ । यो महामारीले कतिसम्म असर गर्ला अहिले नैं एकिन गरेर भन्न सकिने अवस्था छैन् । महामारीको अवस्था अन्त्य भएपछि अहिलेको महामारीबाट पाठ सिक्दै नयाँ ढंगबाट अगाडि बढ्नुको विकल्प छैन् । यतिखेर मुलुकको अवको मार्गबारे चर्चा गर्नुपर्दा सर्वप्रथम यो महामारीलाई जतिसक्यो चाँडो अन्त्य गर्न प्रयास गर्नु जरुरी देखिन्छ । हालसम्म कोरोना भाइरसविरुद्धको भ्याक्सिन पत्ता लागि नसकेकोले यस अवस्थामा निरोधात्मक र प्रवर्द्धनात्मक उपायहरु अवलम्बन गरेर यो महामारीलाई थप फैलन नदिने र संक्रमित व्यक्तिको उचित उपचार र निगरानी राख्नु जरुरी हुन्छ । यसका लागि लकडाउन तथा अन्तराष्ट्रिय उडानमा केही समयको लागि प्रतिबन्ध लगाई कन्ट्याक्ट ट्रेसिङ अन्तर्गतका कार्यहरु गर्दै मुलुकभर विभिन्न स्थानमा प्रयोगशालाहरु तथा क्वारेन्टाइन र आइसोलेसन ब्लकको स्थापना गरेर मानिसमा कोरोना संक्रमणको परीक्षणलाई तीब्र बनाउनु जरुरी हुन्छ । परीक्षण कार्यमा विश्वसनीय परीक्षणको दायरालाई सकेसम्म बढाउनु जरुरी हुन्छ । यसमा मानिस आंफै पनि सचेत र सजग हुनु जरुरी हुन्छ । तोकिएको समयमा विदेशबाट आएको व्यक्ति आंफै क्वारेन्टाइनमा बसेर सरकारको सम्पर्कमा आउने, कोरोना परीक्षण गराउने गरेमा कोरोना संक्रमण थप फैलिन पाउँदैन् । यसका साथै सरसफाईमा उचित ध्यान दिई समय समयमा साबुन पानीले हात धुने, खोक्दा वा हाच्छ्यूँ गर्दा रुमालले मुख छोप्ने, अत्यावश्यक काम नभई घरबाहिर नजाने, जानैपरेमा वा अन्य व्यक्तिको नजिक पर्दा मास्क लगाउने र भीडभाड नगर्ने, सामाजिक दुरी कायम गर्ने लगायतका उपायहरु अवलम्बन गरेर हामीे कोरोना भाइरसको आक्रमणबाट जोगिन सक्दछौं । महामारी रोकथामका कार्यसँगै गर्नुपर्ने अन्य कार्यहरु कोरोना महामारीको रोकथामका विभिन्न कार्यहरुसँगै नेपाल सरकारले गर्नैपर्ने अन्य कामहरुबारे अब चर्चा गरौं । लकडाउनको समय आम नागरिक तथा जनता आफू भएको स्थानबाट बाहिर जान नमिल्ने अवस्था भए पनि सरकारको लागि भने त्यस्तो अवस्था कायम हुनु हुँदैन् । नागरिकको लागि संकटको बेलाको एकमात्र प्रभावकारी साथी सरकार नैं हुने गर्दछ । त्यसैले यस अवस्थामा सरकार सुरक्षित तरिकाले जनताका घर दैलोमा जानु जरुरी हुन्छ । हाल नेपालका गरीब तथा मजदुर वर्गहरु भोक भोकै मर्नुपर्ने अवस्था आएको छ । यस अवस्थामा त्यस्ता वर्गहरुको लागि राहतका कार्यक्रमहरु गर्नु जरुरी हुन्छ । नेपाल सरकारले स्थानीय सरकारमार्फत राहत वितरण गर्दै आएको त छ, तर राहत वितरण प्रक्रियालाई व्यवस्थित गर्न सकेको छैन। राहत वितरणका लागि मानिसहरुलाई एकै ठाउँमा बोलाएर एकै समयमा वितरण गर्दा झन भीडभाड बढेर कोरोना संक्रमणको थप त्रास सिर्जना भएको अवस्था यतिखेर देखिन्छ । स्थानीय सरकार जनताको नजिकको सरकार भएकोले यसलाई आफ्नो क्षेत्रका जनतामध्ये को को वास्तविक रुपमा गरिब र पिछडा वर्गमा पर्दछन्,थाहा हुने भएकोले त्यस्ता जनताको घर दैलोमै पुगेर स्थानीय सरकारले अत्यावश्यक राहत वितरण गर्नुपर्ने देखिन्छ, जसले गर्दा वास्तविक रुपमा गरिब र मजदूर वर्गका मानिसले राहत प्राप्त गर्दछन् । त्यसै गरि यतिखेर अधिकांश नेपाली कृषकहरुले उत्पादन गरेका तरकारी तथा फलफूलहरु बजार नपाएर त्यतिकै कुहिएर जाने गरेका छन् । यस अवस्थामा स्थानीय सरकारले कृषकको घर दैलोमै गएर कृषकहरुबाट उत्पादित सामाग्रीहरु आफैले खरिद तथा संकलन गर्ने र तिनलाई सुरक्षित तरिकाले निश्चित स्थानमा भण्डारणको ब्यवस्था गरेर उपभोक्ताहरुलाई फोन सम्पर्कको माध्ययमबाट अर्डर गर्न सकिने व्यवस्था मिलाई त्यसरी अर्डर आएपछि उपभोत्ताको घरदैलोमै कृषि उपज उपलब्ध गराईदिने प्रबन्ध गर्नु आवश्यक देखिन्छ । यसरी यतिखेर नेपालमै उत्पादित कृषि उपजको विक्री वितरण स्थानीय सरकारले गर्दा मुलुकको कूल गार्हस्थ उत्पादनमा अन्य क्षेत्रको योगदान कम भएपनि कृषि क्षेत्रले गरेको योगदानमा भने कुनै कमी आउँदैन् । झन यसबाट आम नागरिकको सरकारप्रतिकोे विश्वसनीयतामा अभिवृद्धि र संघीयताको समेत वास्तविक अभ्यास हुन जाने देखिन्छ । त्यसैगरि यस महामारीको समयमा विभिन्न बैंक तथा वित्तिय संस्थाहरुबाट कर्जा लिएर कुनै व्यवसायमा हालसालै मात्र आवद्ध भएका व्यक्तिको व्यवसाय पनि धरासायी हुने अवस्था आएको छ । यस अवस्थामा क्रणीहरुले तिर्नुपर्ने व्याज निश्चित समयसम्म छुट गरी उनीहरुलाई विस्तारै सुरक्षित तरिकाले व्यवसायमा संग्लग्न हुने वातावरण तयार गर्नु जरुरी हुन्छ । त्यसैगरि दूर सञ्चारका माध्यमहरुमध्ये टेलिफोन तथा मोबाइल फोन र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले पनि ग्राहकको लागि सापटी वा निश्चित अवधिसम्मको निशुल्क फोन/इन्टरनेट सेवा उपलब्ध गराउनु आवश्यक हुन्छ । यी सबै कार्यका लागि सरकारले उचित कानूनी व्यवस्था गर्नु जरुरी हुन्छ । लक डाउनको समय लामो भएमा विद्यार्थीहरुको अध्ययनमा पनि व्यवधान खडा हुने भएकोले यसो हुन नदिन विभिन्न तहका विद्यार्थीहरुको अध्ययनलाई अनलाईनमा आधारित बनाउनु जरुरी छ । हाल नेपालमा करिब ५६ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको हुँदा अनलाईन अध्ययनबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ । त्यसैगरी यतिखेर होम डेलिभरी सहितको अनलाईन व्यापारलाई पनि बढाउनु आवश्यक छ । कोरोना महामारीको अहिलेको विश्वव्यापी अवस्था हेर्दा यो महामारी छिट्टै रोकिने सम्भावना नभएकोले यस अवस्थामा सरकारले सुरक्षित बनेर नागरिकका न्यूनतम आधारभूत आवश्यकताहरु पूर्ति हुने व्यवस्था गर्न आवश्यक वातावरण तयार गनुपर्ने देखिन्छ । यसका लागि सरकारले कृषकहरुलाई सुरक्षित तरिकाले कृषि कर्ममा संग्लग्न गराउन सक्छ । कृषकहरुलाई विभिन्न आधुनिक औजार तथा उपकरणहरुको व्यबस्था गरेमा थोरै जनशक्तिले सुरक्षित तरिकाबाट धेरै उत्पादन गर्न सक्दछन् । लक डाउनको समय लामो भएमा विद्यार्थीहरुको अध्ययनमा पनि व्यवधान खडा हुने भएकोले यसो हुन नदिन विभिन्न तहका विद्यार्थीहरुको अध्ययनलाई अनलाईनमा आधारित बनाउनु जरुरी छ । हाल नेपालमा करिब ५६ प्रतिशत जनतामा इन्टरनेटको पहुँच पुगेको हुँदा अनलाईन अध्ययनबाट धेरै विद्यार्थीहरु लाभान्वित हुने देखिन्छ । त्यसैगरी यतिखेर होम डेलिभरी सहितको अनलाईन व्यापारलाई पनि बढाउनु आवश्यक छ । महामारी पूर्णरुपमा नियन्त्रणमा आइसकेपछिको बाटो यो महामारी पूर्णरुपमा नियन्त्रणमा आईसकेपछि सर्वप्रथम महामारीले तहसनहस पारेको अर्थव्यबस्थाको पुनर्संरचनातिर लाग्नु आवश्यक हुन्छ । वैदेशिक रोजगारीको सन्दर्भमा अहिले “अर्काको भर, उत्ताना पर” भन्ने नेपाली उखान चरितार्थ भएको हुँदा भावी दिनहरुमा जतिसक्यो चाँडो वैदेशिक रोजगारीको विडम्बनालाई अन्त्य गरेर स्वदेशमै रोजगारीका व्यापक अवसरहरु सिर्जना गर्नु अति आवश्यक छ । यसका लागि महामारी पूर्णरुपमा नियन्त्रणमा आईसकेपछि नागरिक तथा सरकार मिलेर हाम्रो मुलुकको भविष्यलाई देहायबमोजिमको बाटोमा लैजानु जरुरी देखिन्छ । १) कृषि क्षेत्रको विकास बहुसंख्यक नेपालीहरु कृषि पेशामा आबद्ध छन्, तर विडम्बना, यो क्षेत्रको उत्पादकत्व अति न्यून भई यहींको उत्पादनले नपुगेर बार्षिक करिब १३ अरब बराबरको चामलमात्र तथा बार्षिक करिब २ खरब बराबरको कृषिजन्य बस्तुको आयात नेपालले गरिराखेकोले अवस्था छ । अधिकांश भागमा खेतीयोग्य जमिनहरु बाँझै छन् । तराइका थुप्रै खेतीयोग्य जमिनहरु बस्तीमा परिणत भइरहेका छन् । बहुसंख्यक नेपालीहरु आश्रित रहेको कृषि क्षेत्रको विविधीकरण, व्यावसायिकरण र आधुनिकीकरण गर्न सकियो भने कृषि पेशाको उत्पादकत्व बढ्न गई कृषिजन्य बस्तुको आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धन हुने तथा कृषि पेशामा सबैको आकर्षण बढ्न जाने र रोजगारीको अवसरमा वृद्धि भई आर्थिक समृद्धिको ढोका खुल्ने देखिन्छ । यसका लागि हामीले मुलुकभर विभिन्न ठाउँको माटो परीक्षण गर्दै त्यस्तो ठाउँमा उब्जाउयोग्य विविध बालीको आधुनिक प्रविधि तथा यन्त्र उपकरणको प्रयोग गरेर खेती गर्नका लागि तथा कृषियोग्य जमिनमा बस्ती विकास नगरेर व्यावसायिक कृषि गर्नका लागि उचित कानुनी व्यबस्था गर्नु जरुरी छ । त्यसैगरी हामीले विकासको एक महत्वपूर्ण पक्ष कृषि कसरी हुन सक्छ भन्ने सम्बन्धमा विश्व बैंकले सन् २००८ मा प्रकाशित गरेकोे विश्व विकास प्रतिवेदनमा उल्लेख गरेको ढाँचालाई आधार लिंदै कृषि विकासको मार्गमा अगाडि बढ्न सक्छौं, जुन ढाँचालाई तलको चित्र २ मा देखाईएको छ । कृषि विकासको पोलिसी डाइमण्ड यस चित्रलाई उक्त प्रतिवेदनले पोलिसी डाइमण्ड भनेर भनेको छ । यसको मुख्य आशय कृषिलाई विकासको प्रमुख माध्यम बनाउन कुनै पनि देशको सरकारले उचित आर्थिक, राजनीतिक तथा सामाजिक वातावरण तयार गरी कृषि विकासको कामलाई विभिन्न चार भागमा बाँडेर हरेक कामलाई सफल बनाउन उचित नीतिगत व्यबस्था गर्नुपर्ने रहेको छ । अब उक्त उल्लेखित चार भागमा गर्नुपर्ने कामबारे चर्चा गरौं । कृषिलाई व्यावसायिक तवरले सफल बनाउन सर्वप्रथम कृषि उत्पादन गर्नेहरुको लागि बजार पँहुच बढाउनु जरुरी हुन्छ । कृषि कर्ममा संग्लग्न भयो, तर उत्पादित सामानको बजारमा पँहुच छैन् भने त्यसको केही अर्थ रहँदैन् । नेपालको सन्दर्भमा हेर्दा हुम्ला, जुम्ला लगायत विभिन्न ठाउँमा उत्पादन हुने फलफूल तथा तरकारीको सोझै बजार पँहुच छैन् । त्यसैले उत्पादित सामानको स्थानीय तहमै संकलन र भण्डारणको व्यबस्था गर्ने र आवश्यकताअनुसार स्थानीय मूल्य समेत तोक्न सरकारले उचित नीतिगत प्रबन्ध गर्नु जरुरी हुन्छ । त्यसैगरी यस प्रतिवेदनमा प्रभावकारी भ्याल्यू चेनको स्थापना गर्नुपर्ने कुरालाई औंल्याइएको छ । भ्याल्यू चेन भनेको एउटा पूर्ण बस्तु उत्पादनको लागि विभिन्न उप केन्द्रहरुमा उप उत्पादन गर्ने व्यबस्था गर्ने र सबैलाई एकै ठाउँमा ल्याई पूर्ण रुपको बस्तु बनाउने कुरासँग सम्बन्धित छ । आज विश्वका ठूला – ठूला बहुराष्ट्रिय कम्पनीहरुले यही तरिका अपनाएर न्यून मुल्यमा अधिकतम उत्पादन गर्ने गरेका छन् । कृषि प्रणालीमा पनि यो तरिकाको प्रयोग गर्दा उत्पादनमा राम्रो प्रभाव पर्दछ । प्रभावकारी भ्याल्यू चेनको व्यबस्थापछि साना–साना किसानहरुको काम न्यून लागतमा अधिकतम उत्पादनमुखी बनाउनमा सहजता आउँछ, जसलाई माथिको चित्रको दोस्रो भागमा देखाइएको छ । त्यसैगरी तेस्रो भागमा निर्वाहमुखी कृषि प्रणालीमा सुधार गरी जीवीका उकास्ने कुरालाई दर्शाइएको छ । यसका लागि कृषकहरुलाई विभिन्न उन्नत बींउ, बीजन, मल इत्यादिको व्यबस्था गर्ने र नयाँ नयाँ प्रविधिलाई कृषि क्षेत्रमा प्रयोग गर्न कृषकहरुलाई प्रोत्साहन गरी कृषिलाई व्यावसायिक बनाउनु जरुरी हुन्छ । त्यसैगरी चौंथो भाग रोजगारी बढाउने कुरासँग सम्बन्धित छ । कृषकहरुको सीप विकास गर्दै कृषिमा संग्लग्न परिवारका हरेक सदस्यको सीमान्त उत्पादकत्वलाई ध्यानमा राखि कृषिमा बढी भएको जनशक्तिलाई ग्रामीण कृषिसँग सम्बन्धित अन्य क्षेत्र जस्तै कृषिजन्य उद्योग, व्यापार आदिमा संग्लग्न गराई हरेक व्यक्तिको आयस्तरमा वृद्धि गर्न सकिने कुरा यस चरणमा पर्दछ । यी चारओटै चरणको सफलतापछि गरीबी विनाको व्यावसायिक कृषि तथा अन्य आम्दानीमुलक व्यवसायको बढोत्तरी भई मुलुकको चौतर्फी विकासको ढोका खुल्छ । त्यसैले नेपालको समग्र विकासको लागि शुरुमा गर्नुपर्ने काम भनेकै कृषि क्षेत्रको विविधीकरण, व्यावसायिकरण र आधुनिकीकरण हो । यसो गर्न सकियो भने नेपालको लागि देखिएकोे वैदेशिक रोजगारीको विडम्बनालाई समेत अन्त्य गर्न सकिन्छ । २) गैर कृषि क्षेत्रको विकास माथि उल्लेख गरिएझैं हामीले कृषि क्षेत्रको विकास गरिसकेपछि नागरिकको आयस्तरमा उल्लेख्य मात्रामा सुधार भएमा उनीहरुले विस्तारै आफ्नो आम्दानीको स्तरअनुसार अन्य क्षेत्रहरु जस्तै मझौला तथा ठूला उद्योग आदिमा लगानी गरेर त्यसबाट थप आय आर्जन तथा ज्ञान हासिल गर्दछन् । त्यसपछि मुलुकको राजस्वमा समेत वृद्धि हुँदै क्रमिक रुपमा विकासका गतिविधिहरु बढ्दै जान्छन् । यस क्रममा सरकारले विभिन्न पूर्वाधार विकासका क्षेत्रमा लगानी गर्दै नागरिकलाई पनि त्यस्ता क्षेत्रमा लगानी गर्न उचित प्रोत्साहन गर्नु जरुरी हुन्छ । गैर कृषि क्षेत्रको विकास अन्तर्गत मुख्य रुपमा जलविद्युत क्षेत्रको विकासमा सरकारको पहिलो प्राथमिकता हुनु जरुरी देखिन्छ । हाल प्रस्तावित ठूला जलविद्युत आयोजनालाई जतिसक्यो चाँडो शुरु गरेर सम्पन्न गर्न सकेमा विद्युत व्यापार गरी मुलुकको अर्थतन्त्र समृद्ध हुन जाने देखिन्छ । त्यसैगरि सरकारले पर्या पर्यटन, साहसिक पर्यटन जस्ता पर्यटकीय सम्भावनालाई भरपूर उपयोग गर्दै विभिन्न उद्योगधन्दाहरुमा स्वदेशी तथा विदेशी लगानीलाई उचित स्थान दिनु जरुरी हुन्छ जसले नेपालको समग्र विकासको सम्भावित चेन गर्दा अहिले तहसनहस भएको अर्थतन्त्रको उचित विकास हुन सक्छ र अर्थतन्त्र नैं समग्र विकासको आधारशीला भएकोले अर्थतन्त्रको विकास भएमा सहज रुपमा सार्वजनिक सेवामा प्रभावकारीता आई गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा, यातायात, सञ्चार, प्रविधि लगायतका क्षेत्रको विकास भई मुलुकको सर्वाङ्गीन विकासमा उल्लेख्य योगदन हुन्छ, जसलाई सँगैको चित्रमा देखाइएको छ । निष्कर्ष भनिन्छ, विपत्ति बाजा बजाएर आउँदैन् । अब भविष्यमा अहिलेको जस्तो महामारी फेरि जतिखेर पनि आउनसक्ने सम्भावनालाई ध्यान दिंदै अव सरकारले मुलुकमा इमेल, इन्टरनेटको पँहुच सम्पूर्ण भू–भागमा पु¥याएर शिक्षा प्रणालीलाई अनलाइनमा आधारित बनाउँदै जान र अनलाइन व्यापारको विकास र विस्तार गर्न उचित कानुनी तथा नीतिगत व्यबस्था गर्नु आवश्यक छ । त्यसैगरी सूचना तथा सञ्चार प्रविधिको उचित विकास गर्दै विद्युतिय शासनको मान्यताअनुरुप सार्वजनिक सेवाहरुलाई अनलाईनमा आधारित बनाउँदै जानु जरुरी छ । यसो गर्न सकियो भने भविष्यमा यस्तै खालको महामारी आएमा जीवन निर्वाहलाई सहज बनाउन सकिन्छ । यो सँगै अवको भविष्यको समृद्धिको ढोकाको रुपमा रहेको कृषि क्षेत्रको विकास र समृद्ध नेपाली अर्थतन्त्रको मार्गको रुपमा रहेको जलविद्युतको विकास गर्दै मुलुकको सर्वाङ्गीन विकास गर्न सकिने भएकोले यसतर्फ अगाडि बढ्नु अपरिहार्य देखिन्छ । [email protected]
नसाेचेकाे वर्तमान र भविष्यकाे बाटाे
भन्दा, लेख्दा र भोग्दा पनि सपना लाग्न थालेको छ–यर्थाथता । कसले अनुमान गरेको थियो होला र विद्यालय, कलेज महिनौंदेखि बन्द हुनेछन । कर्मचारीलाई घरमै बसेर सेवा दिन अनुरोध हुनेछ । सरकारी कार्यालयका काम महिनौंदेखि ठप्प हुनेछन् । प्रवेशिका, लोकसेवा लगायत परीक्षा अनिश्चितकालीन बन्द हुनेछन् । सरकारले मुलुकमा बन्दाबन्दीको घोषणा गर्नेछ र अवज्ञा गर्नेलाई कारबाही गर्नेछ । परिवारको सुनौलो सपना पासपोर्टमा देखि विदेश उड्नेहरू स्वदेश फर्किन चाहे पनि पाउने छैनन । महामारी रोक्न गरिएका अवलम्बनले सीमामा अलपत्र पर्दा घर फर्किन नपाई विदेशी भूमिमा अलपत्र पर्दा महाकाली नदी तरेर घर फिर्ने गैरकानूनी बाटो रोज्न बाध्य हुनेछन । वर्षौदेखि श्रीमान कुरी बसेकी एक नवविवाहित महिला श्रीमान परदेशबाट घरदेश आउँदा समेत नजिक नआउनु रोग सर्न सक्छ, एक्लै दुई हप्ता पल्लो कोठामा सुत्नु भन्ने छे । ठूला अस्पतालमा समेत बहिरङ्ग कक्ष बन्द हुनेछन । बिरामी देख्दा डाक्टर तर्सिनेछन र भन्नेछन पिपिइ नभइ स्वास्थ्य सेवा दिन सकिन्न । नेपाल सरकारको प्राथमिकता १ मा परेको खोप कार्यक्रम समेत भीडभाडबाट संक्रमण रोक्न भन्दै बन्द हुनेछ । फ्लाेरेन्स बन्ने सपनाका साथ अघि बढेकी इटालीकी एक नर्स रोग लागेपछि अरुलाई नसरोस् भनेर सुसाइडल नोट लेखी देह त्याग गर्नेछिन । लोकतान्त्रिक मुलुकको सरकारले समेत विश्व महामारीबाट बच्न भन्दै नागरिकको स्वतन्त्रताको हकमा बन्देज लगाउन बाध्य हुनेछ र प्रतिपक्षको समेत पूर्ण समर्थन प्राप्त गर्ने छ । यहाँ न त वैज्ञानिकको अविष्कारले काम गरेको छ न त ज्योतिषको भविष्यवाणी । विश्व महामारीसँग जुध्न विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार गर्नुपरेको छ लकडाउन । लकडाउन ।। लकडाउन ।।। मानिसको रहरले नभै कोरोनाको कहरले । तपाई मेरो नजिक कोही व्यक्ति भएमा झट्ठ हेर्दा नचिनिने कतिपयमा रोग भएपनि लक्षण नदेखाउने त कतिलाई सामान्य असर त कतिलाई सिकिस्त बनाईदिने मानिस र पशुमा संक्रमण गराउन सक्ने मौसमी रुघाखोकी, स्वाईन फ्लु आदिसँग मिल्दोजुल्दो लक्षण देखाउने, सुख्खा खोकी लाग्ने, ज्वरो आउने (१००.४ डिग्री फरेनहाइट भन्दा बढी ), सास फेर्न निकै गाह्रो हुने, टाउको दुख्ने जस्ता लक्षण देखाउने एक भाइरस चीनको वुहान प्रान्तमा उत्पत्ति भएको मानिने नोभेम्बर १९ मा कोभिड १९ न्वारन भएको कोरोना नामले सुपरिचित भाइरसले विश्वमा सन्त्रास सिर्जना गरेको छ । यसले संक्रमण गराउन बालक, वृद्ध भन्दैन । अनि युवा, युवती कसैलाई छोड्दैन तर जेष्ठ नागरिक, प्रतिरक्षा प्रणाली कमजोर भएका ब्यक्ति, दम, मधुमेह, मुटु रोगीलाई निकै असर पुर्याउँछ । हाच्छ्यु गर्दा थुक र छिटाको माध्यम सर्ने, हावाबाट संक्रमण फैलने यो रोगको विशेषता रहेको छ । धातु कपडा, पैसा, मानिसको शरिरमा आदिमा केही घण्टादेखि केही दिन बाँच्न सक्ने वैज्ञानिक अनुसन्धान बताउँछ । हात मिलाउँदा र शरीर स्पर्श गर्दा पनि यो रोग सर्ने गरेको पुष्टि भएको छ । याे लेख तयार गर्दासम्म काेराेनाबाट नेपालमा कसैको मृत्युको दुुखद् खबर सुन्नु नपरेको भएतापनि विश्वमा मुलुक हेरि संक्रमित मध्ये २.६ प्रतिशत देखि १४ प्रतिशतसम्म मृत्यु भएको भएको तथ्यांक बताउँछ । लेखक यो पंक्ति लेख्दासम्म कोरोना संक्रमित विश्वभर २३ लाख ३२ हजार ७२७ छन् भने कूल मृत्यु १ लाख ६० हजार ७९१ भएको छ भने ६ लाख १२९ निको भैसकेका छन । संक्रमित मध्ये सामान्य अवस्थामा ९६ प्रतिशत छन् भने जोखिमपूर्ण अवस्थामा ४ प्रतिशत छन । वर्ड मिटरका अनुसार अमेरिका, स्पेट, इटाली, फ्रान्स, जर्मनी, बेलायत, चीन लगायत देशमा उच्च संक्रमण र मृत्यु भएकाे देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा बैशाख ७ गतेसम्म आरडिटी र पिसिआर गरी ८०१७ को परीक्षण गरिएकोमा ७९८७ मा संक्रमण देखिएको छैन । ११७ जना आइसोलेसनमा छन । ३१ मा संक्रमण देखिएकोमा २ जना निको भैसकेका छन भने २९ जना उपचारत छन । वैदेशिक रोजगारमा गएकामध्ये युएइमा १८ नेपाली संक्रमित छन भने ४ जना निको भए र १ को मृत्यु भैसकेको छ । त्यसैगरी साउदी अरबमा ४ संक्रमित भएकोमा ३ जना निको भैसकेका छन । कुवेतमा १५ जना संक्रमित छन । मलेसियामा १ संक्रमित भएकोमा १ जना निको भैसकेका छन । कोरोनासँग जुध्न जनस्वास्थ्य र प्रशासनिक विधि अवलम्वन गर्नु जरुरी छ । विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको विधिको प्रयोगले कोरोना संक्रमण कम गर्न सहयोग पुर्याउँछ । जसअनुसार बेलाबेलामा कम्तिमा २० सेकेण्ड मिचिमिचि हात धुने वा अल्कोहल भएको सेनिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने, हात मिलाउनुको सट्टा नमस्कार गर्नुपर्दछ । सरकारले तोकेको लकडाउन अवधिभर अत्यावश्यक काम बाहेक काममा ननिस्कने गरेर रोगको संक्रमण फैलिनबाट रोक्न सकिन्छ । विदेशबाट फर्केका, रोगको संक्रमणको सम्भावना भएका, रोगीसँग सम्पर्कमा रहेका व्यक्ति, उपचार गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले अनिवार्य रूपमा स्वास्थ्य परीक्षण गराउनु जरुरी छ । विदेशबाट फर्केका ब्यक्ति कम्तिमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्दछ । कुनै शंका लागेमा सरकारले उपलब्ध गराएको हटलाइन नम्बरमा सम्पर्क गर्ने वा स्वास्थ्य संस्थामा सम्पर्क गर्न सकिन्छ । युद्धमा कमाण्डरको आदेश पालना नगरेमा जतिसुकै शक्तिशाली फौज भएपनि पराजय भोग्नु पर्ने हुन जान्छ । कारण कमाण्डर र लडाकुको रणनीतिको तादाम्यता मिल्दैन । ठीक त्यस्तै यो महामारीमा विश्व स्वास्थ्य संगठन, सरकार, चिकित्सक, नर्स, स्वास्थ्यकर्मीको आदेश पालना नगरेमा रोग फैलने तीव्र सम्भावना भएकाले उनीहरुको आदेश पालना गर्दै स्व स्फूर्त अनुशासनमा बसेमा रोगको संक्रमण फैलन रोकिन सक्छ । राज्यले प्रशासनिक विधिमा संक्रामक रोग नियन्त्रण ऐन, २०२० को पूर्ण कार्यानयन गर्नुपर्छ । रोगको संक्रमणबाट रोक्न सरकारले लकडाउन गरेतापनि अत्यावश्यक खाद्य पदार्थ पाइने ठाउँमा देखिने भीड, स्थानीय तहबाट वितरण गरिने राहत कक्षमा देखिने भीड, छोटो समयका लागि भएपनि खुलेका बैंकमा एकै जनाले सयौँलाई सेवा दिनुपर्ने बाध्यता, कोरोनाका शंकास्पदलाई उपचार गरेको चिकित्सक र स्वास्थ्यकर्मीले अन्यलाई समेत उपचार गर्नुपर्ने बाध्यता, लुकीछिपी चोरबाटोबाट खुला सीमानाका कारण छिमेकी मुलुकबाट प्रवेश गरेका संख्या अनि मुल सडकमा मानिस नदेखेपनि शाखा सडकको संख्याले लकडाउन कार्यान्वायनमा समस्या तेर्सिएको छ भने महामारी फैलिन्छ भने डर सबैमा छाएको छ । महामारीमा आहातका लागि राहत वितरण भन्दा नामवीर र दानवीर कहलिन सामाजिक संजालमा फोटो पोस्टिन आउनेको जमात अनि भोकले उर्लेको सडकको भीड देख्दा पनि महामारी फैलाउलान कि भनेर सबैलाई सशंकित पारेको छ । विश्व परिदृश्य हेर्दा तथ्यांक केलाउँदा विश्व स्वास्थ्य संगठनको सिफारिस अनुसार लकडाउनको पूर्णपालन गरेको मूलुकमा संक्रमण दर न्युन रहेको छ भने लकडाउन नगरेको मूलुकमा संक्रमण दर र मृत्युदर उच्च रहेको छ । लकडाउन नगरिएको चिकित्साशास्त्र र विज्ञान प्रविधिमा फड्को मारेको मूलुक अमेरिकामा मृत्युदर र संक्रमण दर हालसम्मकै उच्च रहेको पाइएको छ । संक्रमण र मृत्युदर उच्च भएका मुलुकमा अमेरिका , इटाली , स्पेन , फ्रान्स ,बेलायत, बेल्जियम , इरान , चीन भएको उदाहरणबाट पनि शक्ति सम्पन्न मुलुकलाई समेत कोरोनासँग जुध्न फलामका च्युरा चपाउनु ुसरह सिद्ध भैसकेको छ । प्राकृतिक नियन्त्रण ,खोपको विकास वा नयाँ केश विश्वबाट शुन्यमा नझरेसम्म लकडाउनको अन्य विकल्प देखिएको छैन भने विश्व स्वास्थ्य संगठले समेत लकडाउन हटाउन नहतारिन विभिन्न मुलुकलाई सुझाव दिएको छ । कोरोनाले महामारी लिन थालेको चार महिना भयो । चीनमा लकडाउन भएको तीन महिना हुन आँटिसक्यो । नेपालमा पनि चैत्र ११ देखि सुरु भएर मिति थप भैरहेको छ । दैनिक ज्यालादारी गर्ने र हुँदा खानेको अवस्था बारे सोच्नुपर्ने कुरा उठ्न थालिसकेको छ । सात दिन हिंडेर घर फर्किनुपरेको मजदूरको कारुणिक समाचार दैनिक सुन्न विवश छौँ । अब यसको समाधानका दीर्घकालीन उपायबारेमा समालोचना गर्नु जरुरी देखिएको छ । यसले विश्वमा आर्थिक मन्दिको खतरा देखिएको छ । धेरैको रोजगारी गुम्ने डरले सताइरहेको छ । ठूला अस्पतालमा बहिरङ्ग सेवा समेत बन्द हुँदा अन्य रोगको संक्रमणको सम्भावना आँकलन गर्न थालिएको छ । अब यसको ब्यबस्थापन नयाँ शीराबाट सोच्नु जरुरी छ । विश्वको आर्थिक वृद्धि घट्ने देखिन्छ भने मुद्रास्फितिले आकाश चुम्ने आँकलन अर्थविद्ले गरेका छन् । मुख्य आयस्रोत विप्रेषण भएको मुलुकमा अन्य मुलुकले रोजगारी कटौति गरेमा के हुने भन्नेमा समेत सबैमा चासो र चिन्ता बढेको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार ११६ श्रम गन्तब्य मुलुकमा ४१ लख कामदार रहेका छन । अनौपचारिक बाटो र अवैध रुपमा गएकालाई समेत जोड्दा करिब ६५ लाख हुन आउँछ । जसमध्ये ८६ प्रतिशत कामदार मलेसिया र खाडीका ८ देशमा रहेका छन ।यी मुलुक कोरोनाको उच्च जोखिममा भएकाले त्यहाँ रोजगारी कटौति भए श्रमिक र आश्रितको भविष्यमा प्रश्न चिह्न खडा हुनेछ । खाडी मुलुकमा तेलको मूल्यको गिरावटले थप आर्थिक संकट झेल्नु परेको छ । नेपाल राष्ट बैंकको आ व २०७५।७६ प्रतिवेदन अनुसार कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान २५.४ प्रतिशत रहेको छ । मासिक रुपमा ७३ अर्ब भित्रिने गरेकोमा मुहान सुक्दा के हुने भन्ने प्रश्न पनि अनुत्तरित छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर ३ प्रतिशतसम्म ऋणात्मक (अघिल्लो वर्षभन्दा कम) हुने तथा नेपालको साढे दुई प्रतिशतसम्म वृद्धि हुने आँकलन गरेको छ । विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षमा सबैभन्दा कमजोर हुनका साथै नेपालको आर्थिक वृद्धि पनि दुई दशमलव आठ ननाघ्ने प्रक्षेपण गरेको छ । लकडाउन जति नै लम्बिन्छ समस्या झन टड्कारो पर्ने देखिन्छ । दोस्रो विश्वयुद्धले संयुक्त राष्ट संघको स्थापना भए जस्तै कारोना महामारीले आत्मनिर्भरताको सन्देश दिएको छ । जलवायु र वातावरणमा सकारात्मक परिवर्तन आएको छ । प्रदुषण उल्लेखनीय मात्रामा घटेको छ । सडक दुर्घृटनामा कमी ल्याएको छ । क्लोरोफ्लोरो कार्वनको उत्सर्जनमा उल्लेखनीय मात्रामा कमी ल्याएको छ । दोस्रो विश्वयुद्धले संयुक्त राष्ट संघको स्थापना भए जस्तै कारोना महामारीले आत्मनिर्भरताको सन्देश दिएको छ । जलवायु र वातावरणमा सकारात्मक परिवर्तन आएको छ । प्रदुषण उल्लेखनीय मात्रामा घटेको छ । सडक दुर्घृटनामा कमी ल्याएको छ । क्लोरोफ्लोरो कार्वनको उत्सर्जनमा उल्लेखनीय मात्रामा कमी ल्याएको छ । कार्वन ब्यापारबाट मनग्य लाभ लिन सक्ने अवस्था सिर्जना गरेको छ । विभिन्न अध्ययन अनुसन्धानको अवसर मिलेको छ । लामो समयसम्म विछोडिएको परिवारको मिलनको आभास भएको छ । प्रतिद्धन्दी मुलुक मिलेका छन । सरकार पक्ष र प्रतिपक्ष एकजुट भएकाछन । सबै जनतालाई समान स्वास्थ्यको आवश्यकता पर्ने आभास भएको छ । धनि उपचारमा विदेश जाने गरीब उपचार नपाई विचल्ली पर्ने अवस्था कोरोनाले सिर्जना गरेन सबैलाई समान आवश्यकता सिर्जना गरी सरकारी अस्पतालमा लगानी गर्नुपर्ने अवस्था सिर्जना गर्यो । मिसाइल अस्त्र शस्त्रमा लगानी गर्ने मात्र हैन स्वास्थ्य क्षेत्रमा लगानी बढाउनपर्ने कुरामा आवश्यकता महसुस भयो । सार्वजनिक निजी साझेदारीमा वास्तविक आवश्यकता जोड दियो । विदेशमा श्रम गर्नुमा इज्जत सम्झिनेलाई देशमा केही गर्नुपर्छ भन्ने आवश्यकता बोध भयो । मातृभूमि प्रतिको स्नेह बढेर गयो । देशको कूल बजेटको १० प्रतिशत स्वास्थ्य छुट्याउनु पर्ने मापदण्ड हुँदा पनि वर्षेनी बजेटमा ३–४ प्रतिशत मात्र छुट्याउने गरेकोमा स्वास्थ्यमा लगानी गर्नुपर्ने आवश्यकता बोध भयो । अख्तियार, राजस्व, अदालत, संसद सेवा आदिमा उत्प्रेरणा भत्ता दिन तयार तर स्वास्थ्यमा जोखिम र उत्प्रेरणा भत्ता दिन हात कमाउनेहरू स्वास्थ्य क्षेत्रको आवश्यकता बोध गरी उत्प्रेरणा भत्ता दिन सहमत भए तर कार्यान्वायन यो पंक्ति लेख्दासम्म बाँकी छ । विद्युतीय माध्यमबाट सार्वजनिक सेवा दिनुपर्ने आवश्यकता बोध भयो । कृषि क्रान्तिमा जोड दिनुपर्ने बहस सुरु भयो । लामो समयसम्म गतिरोध विहिन बनेको सार्कमा सबै मुलुक एक जुट भए । सार्क स्तरीय कोभिड १९ कोष स्थापना हुने भएको छ, जसमा भारतले १० मिलियन , श्रींलंका ५ मिलियन, पाकिस्तान ३ मिलियन, माल्दिभ्स, बंगलादेश साढे एक मिलियन, नेपाल १ मिलियन, अफगानिस्तान १ मिलियन र भुटान शुन्य दशमलव १ मिलियन जम्मा गर्न प्रतिवद्धता जनाएका छन । लामो समयसम्म लकडाउन रहदा मुलुक कुनै पनि कार्य नगरी बन्दि अवस्थामा रहन सक्तैन । यस अवस्थामा विभिन्न जनशक्तिलाई उत्पादनमूलक कार्य आर्थिक उपार्जन र आर्थिक वृद्धिका कार्यको योजना बनाउन, शासकीय सुधारका अवधारणा पेश गर्न, अध्ययन अनुसन्धानमा समय खर्चिन सकिन्छ । जुन कार्य कोठामै बसी लकडाउनको पालना गरेर गर्न सकिन्छ । सार्वजनिक निकायका अभिलेख ब्यबस्थित र डिजिटाइजेसन गर्ने, विद्युतीय शासनको कार्यान्वयन हरेक कार्यालयमा लागू गर्न फ्रेमवर्क तयार गर्ने, हरेक कार्यालयको संगठन संरचनाको रणनीतिक दस्तावेज तयार गर्ने लगायत गरेर घरबन्दी अवस्थामा राखेर पनि काममा लगाउन सकिन्छ । सरकारी कर्मचारीलाई यी लगायत यावत काममा लगाइ लकडाउन अवस्थामा समेत फाइदा लिन सकिन्छ । हिलेका युवा हलो समाई हिलोमा हुत्तिएर कृषि उत्पादन गर्न चाहदैनन् । यसका लागि आधुनिक प्रविधिको माध्यमबाट अघि बढाउन जरुरी छ । हामीले नयाँ सोच बनाउनु जरुरी छ । अनि प्रतिज्ञा गर्नुपर्ने छ। कृषियोग्य भूमि बाँझो रहने छैन । कुनै नदी अनुपयोगी हुनेछैन । लोकसेवा आयोग, विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायत सबैजसो सरकारी र गैरसरकारी निकायले विद्युतीय सेवा मार्फत सेवा प्रदान गरेको अनुभव संगाल्दै विद्युतीय कारोबार ऐन २०६३ ,सूचना प्रविधि नीति २०५७ को कार्यान्वयन गर्दै अगाडि बढ्नु जरुरी छ । अब यही मौकालाई सदुपयोग गर्दै कागजविहिन सरकारको परिकल्पना साकार पार्ने अवसरको रूपमा लिन सकिन्छ । विद्यालय र कलेजका पाठ्यक्रम अनलाइन मार्फत विकास गरेर सुरुवात गर्नुपर्ने हुन्छ र लामो समय विद्यार्थी कक्षाकोठा बाहिर भएमा विग्रने सक्ने अवस्थालाई नजरअन्दाज गरी खुला विश्वविद्यालयले थालनी गरेको जस्तो दूर शिक्षा कार्यक्रम सबैले प्रयोग गर्नुपर्दछ । विद्युत प्राधिकरणको अनुसार दैनिक ११०० मेगावट विद्युत खपत हुनेमा हाल ८०० मेगावट मात्र खपत हुने गरेको छ । वृहत जलविद्युत आयोजना निर्माणका चरणमा समेत रहेकाले विद्युतीय उपकरणमा जोड दिनुपर्ने जसले गर्दा उर्जा संकटको सामना गर्नुपर्ने छैन । वातावरण प्रदुषण कम गर्न मद्दत गर्नेछ । हामीले रेमिट्यान्सको आधारमा मुलुकको आर्थिक वृद्धि गर्नु अस्थायी ब्यवस्थापन मात्र हो । गाउका जमिन श्रम शक्तिको अभावमा गाउका जमिन परिवार नियोजन गर्न विवश भै अनुत्पादक बनेका छन भने अर्को तर्फ गरीबी र भोकमरी हाम्रो सामू रहेको यथार्थतालाई विश्लेषण गर्दै अघि बढ्र्नु जरुरी देखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि, मत्स्यपालन, खानी, उद्योग विजुलीको योगदान करिब ३५ प्रतिशत रहेकोमा यसको योगदान बढाएर ४५ देखि ५५ प्रतिशत सम्म गराउन सकिन्छ । अहिलेका युवा हलो समाई हिलोमा हुत्तिएर कृषि उत्पादन गर्न चाहदैनन् । यसका लागि आधुनिक प्रविधिको माध्यमबाट अघि बढाउन जरुरी छ । हामीले नयाँ सोच बनाउनु जरुरी छ । अनि प्रतिज्ञा गर्नुपर्ने छ। कृषियोग्य भूमि बाँझो रहने छैन । कुनै नदी अनुपयोगी हुनेछैन । निजी क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लगानीमैत्री वातावरण सरकारले सिर्जना गर्नुपर्छ । एनआरएनलाई लगानीको लागि प्रोत्साहन गर्नुपर्नेछ । यसले पारिवारिक सम्बन्धमा विचल्ली ल्याएको र पैसा कमाउन जाँदा पैसा आउने बाकसमा थुप्रै लास आएको घटनाबाट सिक्दै कोरोनाको कारण श्रम बजारमा कामदार कटौति भएपछि पनि समस्या नहोस भनी संघ, प्रदेश र स्थानीय तहले योजना बनाउनुपर्छ । यस अवधिमा तथ्यांक संकलन गरी कार्ययोजना बनाएर उद्योग, पर्यटन, औषधि उत्पादनमा लगानी गरी रोजगारीको अवसर सिर्जना गरेर आफ्नै माटोमा श्रम र सीपको प्रयोग गर्ने कार्य गर्नुपर्छ । मुलुक आत्मनिर्भर बन्नेछ । यस अवधिमा श्रम र सीप यस्ता कुरामा खर्च गरेर कोरोनाको कहर सँगै नयाँ युगको सुरुवात गर्ने अवसरको रुपमा लिनुपर्नेछ । नेपालगन्ज ४, बाँके हालः ललितपुर नेपाल
आत्मनिर्भरताको बाटोमा
संसारमा भीमकाय ह्वेलदेखि सूक्ष्मातिसूक्ष्म जीवहरू अस्तित्वमा छन् । स्वजीवी र परजीवी अनेक जीव अस्तित्वमा छन् । कति सूक्ष्म जीव हाम्रै शरीरभित्र छन् कति बाहिर । जीवको सम्बन्ध कुनैसँग अति मित्रवत् छ भने कतिपयसँग शत्रुवत् । आफ्नो मस्तिष्कको प्रयोग गरी अन्य जीवलाई वशमा राखी आफूअनुकूल प्रयोग गर्न मानिस सक्षम छ । मानिसको विश्वविजयको यो यात्रामा समयसमयमा मानव जातिकै अस्तित्वमाथि धावा बोल्ने गरी अनेक सङ्कट आउँदै गएका छन् । प्रकृति र जीवनमा सन्तुलन कायम राख्ने जीवनशैलीलाई निरन्तरता नदिँदा विभिन्न कालखण्डमा ठूलो जनसङ्ख्या अकाल मृत्युको चपेटामा पर्दै आएको छ । प्रत्येक १०० वर्षमा मानव अस्तित्वमा ठूलो चुनौती दिँदै विभिन्न महामारी हुने गरेको ऐतिहासिक तथ्यले देखाउँछ । मानवीय आविष्कारलाई नै असफल सिद्ध गर्दै चुनौतीका रूपमा यस प्रकारका महामारी फैलिने गरेका छन् । संसारका अन्य प्राणीलाई आफ्नो वशमा पार्दै संसारमा शासन गरिरहेको मानिसलाई अहिले नाङ्गो आँखाले देख्न नसकिने सूक्ष्म भाइरसले हायलकायल तुल्याएको छ । यो कुनै अमुक राष्ट्र वा भौगोलिक क्षेत्रको नभई सिङ्गो मानव जाति र समग्र भूगोलकै चुनौतीका रूपमा आएको छ । यसको नियन्त्रणमा त अवश्य नै मानव जाति सफल रहला । समय कति लाग्ने भन्ने मात्रै हो । महामारीपछिको विश्वको स्थिति कस्तो बन्छ भन्ने कुरा यतिबेला सबैको चिन्ता र चासोको विषय बन्न पुगेको छ । स्वयं महामारी कुन स्तरसम्म फैलन्छ भन्ने टुङ्गो नभएको अवस्थामा त्यसपछाडिको स्थितिको आँकलन गर्न सहज छैन । यद्यपि कोरोना भाइरससँगै विश्वमा देखिएका घटना परिघटनाले समग्र विश्वस्थितिमा आमूल परिवर्तन आउने कुराको स्पष्ट सङ्केत भने गरेका छन् । कोरोना सङ्क्रमण र यसको विस्तार सन् २०१९ डिसेम्बर महिनाको अन्तिम हप्ता चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरसले अहिले सारा विश्व आफ्नो कब्जामा लिएको छ । दिनहुँ मृत्युको आँकडा बढ्दै गइरहेको छ । यसबाट हुने सम्भावित मानवीय क्षतिको पूर्वानुमान अहिल्यै गर्न सकिने स्थिति छैन । पछिल्लो समय विश्वको महाशक्ति राष्ट्र अमेरिकामा यसको सङ्क्रमण तीव्र छ । थालनीका दिनमा चीनप्रति पेचिलो बन्नु, विश्व स्वास्थ्य सङ्गठनले गरेको आग्रह नटेर्नु र रोकथामका आवश्यक तयारीमा ढिलाइ गर्नु आदि कारणले अमेरिकाले ठूलो क्षति व्यहोर्नुपरेको हो । अहिले अमेरिका मर्माहत छ । युरोप थला परेको छ । कोभिड–१९ भाइरसको अकल्पनीय सङ्क्रमणले विश्वलाई ध्रुवीकरण गर्ने सङ्केत देखिएको छ । लेखक कोरोनाको सङ्क्रमण के कारणले भयो भन्ने तथ्य पत्ता लागिसकेको छैन । यद्यपि यसको प्रमुख कारण मासुजन्य खाद्यपदार्थको उपभोग नै हो भन्ने प्रारम्भिक अध्ययनको निष्कर्ष छ । यसको सङ्क्रमण ज्यामितीय आकारमा वृद्धि हुँदै गएको छ । अन्य भाइरसहरू कुनै एक हावापानीमा बढी सक्रिय भएको पाइन्थ्यो भने यो भाइरस जुनसुकै हावापानीमा पनि सक्रिय भएको पाइएको छ । लण्डनको चिसोदेखि अरब राष्ट्रको तातोसम्म यसको फैलावट उत्तिकै तीव्र छ । कोभिड–१९ ले फोक्सोमा सङ्क्रमण हुने र श्वासप्रश्वासमा कठिनाइ भई बिरामीको मृत्यु हुन्छ । खासगरी रुघा (सिँगान) तथा खोकी (खकार)का माध्यमले यसको सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलन्छ । त्यसैले यसको सङ्क्रमण पहिचान गर्न र्याल र खकारजन्य पदार्थको परीक्षण गरिन्छ । यसकारण सिँगान र खकारजन्य पदार्थबाट टाढा रहेर नै यसबाट बच्न सकिन्छ । यसको सङ्क्रमणबाट बच्नका लागि विश्व स्वास्थ्य सङ्गठनले केही विशिष्ट उपायहरू (आधारभूत सुरक्षाका उपायहरू) सुझाएको छ । ती उपायहरूमा नियमित रूपमा हात धुने, सामाजिक दूरी कायम राख्ने, नाक, मुख, आँखा नछुने, आदि छन् । अन्यत्रबाट आएका मानिससँग टाढै बस्ने, शारीरिक सक्रियता र सामाजिक सक्रियता(भौतिक) नगर्नु नै यसबाट बच्ने प्रमुख उपाय हुन् । विश्व स्वास्थ्य सङ्गठन, स्वास्थ्यकर्मी र सरकारले दिएका सूचना तथा निर्देशनको पूर्ण पालना गरी यसको जोखिमबाट बच्न सकिन्छ । विश्वव्यापीकरणको यो समयमा आत्मनियन्त्रण अत्यन्त कठिन कुरा हो, चाहे त्यो व्यक्तिका हकमा होस् वा राष्ट्रका हकमा । त्यसैले त चीनको वुहान प्रान्तमा पत्ता लाग्नासाथ सचेतना अपनाउँदा अपनाउँदै पनि यो विश्वभर डढेलोकै गतिमा फैलियो । अहिले विश्वभर विनाशको ताण्डब देखाएको छ । डढेलोलाई सानै आकारमा नियन्त्रण गरेमा त्यो फैलन नपाएझैँ कोरोनालाई पनि प्रारम्भिक चरणमै रोक्न सकेमा व्यापक क्षति हुन पाउँदैन । यो तथ्यलाई अझै पनि प्रारम्भिक अवस्थामा रहेका विश्वका दर्जनौँ राष्ट्रले ध्यान दिँदै कार्यान्वयन गर्नु आवश्यक छ । चीनको वुहान क्षेत्रको मृत्युको आँकडा अझै पनि बढिरहेको छ । चीनलगत्तै सङ्क्रमण देखा परेपछि सुरुमै नियन्त्रणमा राख्न सकेको दक्षिण कोरियामा निको भएका ९१ जनामा फेरि सङ्क्रमण देखिएको छ । यसले एकपटकको सङ्क्रमणलाई जित्दैमा कोरोनामाथिको विजय सम्भव नभएको नयाँ तथ्य फेला परेको छ । विश्वका २३२ राष्ट्रमध्ये २२६ राष्ट्रमा यसको सङ्क्रमण फैलिसकेको छ । विश्वको कुनै कुनो यसको सङ्क्रमणबाट जोगिन सकेको देखिँदैन । मानिसको शरीरमा बसेर भ्रमण गर्ने भएका कारण यो भाइरस अति छिटो विश्वव्यापी बन्यो । यसका लागि पासपोर्ट भिसा केही नचाहिने भएकाले पनि यसले निर्वाध विश्वभ्रमण गरिरहेको छ । ठोस औषधी पत्ता नलागिसकेको अवस्थामा पूर्वसावधानीसहितको सङ्क्रमण रोकथाम नै एक मात्र उपाय हो । स्वास्थ्य वैज्ञानिकहरू यसकोे औषधी पत्ता लगाउन अहोरात्र खटिरहेका छन् । स्वास्थ्यकर्मीहरू बिरामीको उपचारका लागि सक्रिय छन् भने सामाजिक अभियन्ताहरू रोकथामका लागि दिनरात खटिरहेका छन् । उपचारकै क्रममा सयौँ स्वास्थ्यकर्मीले ज्यान गुमाइसके भने हजारौँ आफैँ सङ्क्रमित बने । जर्मनी, नेदरल्यान्ड, अष्ट्रेलिया लगायतका केही देशले यसको सङ्क्रमणलाई नियन्त्रण गर्दै मृत्युदर न्युन राख्ने कार्यमा सफलता हासिल गरेका छन् । यसभन्दा बढी हालसम्म अन्य कुनै प्रयास सार्थक बन्न सकेका छैनन् । चीनले कोरोना नियन्त्रणका क्रममा प्राप्त अनुभवबाट विश्वका विभिन्न देशमा स्वास्थ्यकर्मी एवम् स्वास्थ्य उपकरण पठाएर सहयोग गरिरहेको छ । अमेरिकामा सङ्क्रमण फैलिन थाल्दा रुसले अमेरिकालाई र अहिले रुसमा सङ्क्रमण फैलिरहँदा अमेरिकाले एकअर्कालाई उपकरण सहयोग गरिरहेका छन् । मानवीय सङ्कटसँग विश्व एक भएर मात्र जुध्न सम्भव भन्ने सन्देश यो र यस्ता आपसी सहयोगले प्रमाणित गरेका छन् । विश्वबन्धुत्वको भावना फेरि एकपटक विश्वव्यापी बनेर आएको छ । यो समग्र मानव जातिको अस्तित्वसँग जोडिएर गरिएको सबैभन्दा सार्थक पहल हो । कोरोनाको विश्वव्यापी प्रभाव र नेपाल कोरोना भाइरसको उद्गम थलोका रूपमा रहेको चीन र हाल सबैभन्दा बढी असर परेको मुलुकका रूपमा अमेरिका दुवैको अर्थतन्त्रमा यसले गम्भीर असर पार्ने प्रारम्भिक अध्ययन र प्रतिवेदनले देखाएका छन् । चीनमा यसको प्रभाव केही मत्थर भइसकेकाले चीनको अर्थतन्त्रमा ठूलो गिरावट नआउने प्रक्षेपण गरिएको छ । विश्व बैँकले मार्च २ मा गरेको आर्थिक प्रक्षेपणले विश्वको कुल ग्राहस्थ उत्पादन सन् २०१९ मा २.९ रहेकोमा सन् २०२० मा २.४ मा झर्ने देखाएको छ । चीन, भारत, जापान, दक्षिण कोरिया, अष्ट्रेलियालगायतका अत्यन्त सीमित राष्ट्रको ग्राहस्थ उत्पादनमा केही गिरावट आउने बताएको छ । यसबाहेक विश्वका अन्य राष्ट्रमा भने भारी गिरावट आउने बैँकको प्रक्षेपण छ । अमेरिकाको कुल ग्राहस्थ उत्पादन २.३ बाट १.९ मा झर्ने प्रक्षेपण बैँकको छ । विश्व बैङ्कले दक्षिण एसियाली क्षेत्रको आर्थिक गिरावट विगत ४० वर्षयताकै सर्वाधिक न्यून हुने जनाएको छ । पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन । विश्व बैँकको प्रक्षेपणको यो आँकडाले पनि कोरोना भाइरसको महामारीले विश्वको अर्थतन्त्र थला पर्ने देखाएको छ । चलायमान अर्थतन्त्र सीमिततातर्फ उन्मुख हुने सम्भावना प्रबल छ । उत्पादनमुखी अर्थतन्त्र रहेका राष्ट्रमा यसले त्यति धेरै असर नपारे पनि वितरणमुखी, सेवामुखी र व्यापारमुखी अर्थतन्त्र भएका राष्ट्रमा भने यसको अत्यन्त नकारात्मक असर पर्ने देखिन्छ । नेपालको भूराजनीतिक अवस्थिति अत्यन्त संवेदनशील छ । नेपालका दुई छिमेकी राष्ट्रको जनसङ्ख्या साढे दुई अरबभन्दा बढी छ । चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हुनु र भारत पनि आर्थिक विकासमा उदीयमान रहनु नेपालका लागि अवसर र चुनौती दुवै हो । नेपालको अर्थतन्त्र रेमिट्यान्स र आयातीत वस्तुमा लगाउने भन्सारमा निर्भर छ । कृषि उत्पादन निरन्तर ओरालो लागिरहेको छ । औद्योगिक विकासको क्रम दयनीय छ । सेवा क्षेत्रको उचित विकास छैन । जलस्रोत र पर्यटनबाट अपेक्षाकृत आम्दानी गर्न सकेको छैन । देशका सम्भावनालाई यथार्थमा बदल्नका लागि वैज्ञानिक नीति तथा योजना आवश्यक हुन्छ । नेपालका अधिकांश योजना कागजमै सीमित छन् । वैदेशिक सहायता प्राप्त गर्नका लागि मात्रै योजना बनाउने गरेको जस्तो देखिन्छ । मनसुनी हावापानीका कारण नेपालको सबैभन्दा ठूलो सम्भावनाको क्षेत्र कृषि हो । सरकारी योजनामा भने कृषि कहिल्यै पहिलो प्राथमिकतामा परेन । नेपालले प्रत्येक वर्ष चालीस अर्बभन्दा बढी रुपैयाँको कृषिजन्य वस्तु आयात गर्छ । यही एउटा उदाहरणले नेपालका सम्भावना र योजनाबीचको बेमेल प्रष्ट पार्छ । जलस्रोतको विकास, कृषिजन्य उद्योग, पर्यटन, जडीबुटी खेती (औषधी उद्योग), पशुपालन आदि नेपालको आर्थिक विकासको सम्भावना बोकेका क्षेत्र हुन् । सरकारी तथ्याङ्कअनुसार हाल ५० लाख युवा विदेशमा छन् । सरकारी तथ्याङ्कमा नरहेकाहरूसमेतको यो सङ्ख्या करिब ७० लाख रहेको अनुमान छ । देश विकासका लागि उपलब्ध स्रोत र साधनको समुचित परिचालनका लागि युवा जनशक्ति आवश्यक छ । देशनिर्माणको आधार युवाको ठूलो सङ्ख्या विदेश हुनुले हाम्रो परनिर्भरताको हद प्रष्ट्याउँछ । सरदरमा नेपालका प्रत्येक घरको कम्तीमा एक जना विदेशमा छ । विदेशिनेको सङ्ख्या बढ्नासाथ सुखको लोभमा सहरतिर बसाइँसराइँ तीव्र छ । अनावश्यक उपकरणको उपभोगले आकाश छोएको छ । उर्बर भूमि बस्तीमा परिणत भएको छ । पसिना र परिश्रमलाई घृणा गर्ने गलत संस्कार नेपालीमा बसेको छ । जीवनशैली नै निष्क्रिय भएपछि शारीरिक र मानसिक रोगको शिकार बन्छ मान्छे । वैदेशिक अनुदान सरकारले सदुपयोग गरेको पाइँदैन । भ्रष्टाचारले राज्यसंरचना थिलथिलो छ । जनताको जीवनशैली र सरकारको योजना दुवै उत्पादनमुखी छैनन् । जनतादेखि नेतासम्म सबैले निष्क्रिय र सुविधाभोगी जीवनशैली रोजेपछि परनिर्भरताको केन्द्रका रूपमा देश परिणत भएको छ । नेपालीको जीवनशैलीको कोल्टेफेराइ सम्पूर्णतः परनिर्भर, निष्क्रिय र भ्रष्ट आचरणयुक्त बन्दै गएको छ । सामाजिकता हराउँदै गएको छ । यी सबै यथार्थले नेपाल कोरोनासँग जुध्न पनि अन्य राष्ट्रकै सहयोग कुर्नुको विकल्प छैन । कोरोनापछिको विश्व कोरोनाले विज्ञानलाई ठाडो चुनौती दिएको छ । तत्कालीन आवश्यकता पूर्ति गर्दै जाने र यथासम्भव अवसरलाई छोपिहाल्ने मनोवृत्तिमा मानव जाति लाग्दै गयो । पृथ्वी आँखाले देख्न सकिने र नसकिने सबै प्रकारका जीवको साझा घर हो । मानवीय गतिविधिले पृथ्वी उसकै लागि मात्र सिर्जित भएको ठान्दै यहाँका स्रोतसाधनको चरम दोहन गरिरह्यो । यसले प्राकृतिक असन्तुलन बढायो । अर्कातिर राष्ट्र राष्ट्रका बीचको अस्वस्थ प्रतिस्पर्धाले मानवीय अस्तित्व नै सङ्कटग्रस्त छ । खाद्यन्य सहायता लिन लाममा बसेका बंगलादेशका महिला र बालबालिका ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्’ यो मन्त्रले संसारका सबै प्राणीको सुख र अमनचैनको कामना गरेको छ । यो कामना भनेकै मानवजातिलाई सबै प्राणीको हितमा आफ्नो तन र मन समर्पण गर भनेको हो । ‘कर्मेषु फल मापेषु’ को भावनाअनुसार कर्म (जगत्का प्रति आफ्ना कर्तव्य निर्वाह) गर्दै जाने तर फलको आशा नगर्ने हो । मानिस भने उल्टै फलकेन्द्रित हुँदै गएकाले तन र मनभन्दा धनलाई प्राथमिकता दियो । संसारभर सम्पत्ति र शक्तिको होडबाजी चल्दै गयो । दया, करुणा, सहयोग, मेलमिलाप जस्ता मानवीय र सामाजिक भावना हराउँदै गए । यी भावनाको साटो घमण्ड, ईर्ष्या, रिस, वैमनस्य आदि अमानवीय भावना विकास भए । विश्वबन्धुत्व र सहअस्तित्व लत्याइए । फलस्वरूप विश्वमा प्रकारप्रकारका महामारी फैलिरहेका छन् । मान्छेको हेलचर्क्याइँले विश्वको हावापानीमा परिवर्तन भयो । यसले पृथ्वी नै सङ्कटमा पर्ने सम्भावना नजिकिँदै छ । मानिसले आफ्नो सुखका लागि पृथ्वीका कति प्राणीहरूको अस्तित्व नै नामेट पारिदियो । यसले पारिस्थितिक प्रणाली बिगार्यो । हिजो फैलिएका हैजा, औलो, मलेरिया, प्लेग लगायतका महामारीहरू यसै शृङ्खलाका एक एक उदाहरण हुन् । आध्यात्मिक दृष्टिले हेर्ने हो भने पनि महाभारतमा अर्जुनलाई श्रीकृष्णले भनेका छन् –“परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्, धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।” जबजब धर्म र प्रकृतिमाथि सङ्कट आइपर्छ तब तब धर्म (अधिकार र कर्तव्यको तालमेल) रक्षा गरी दुष्टलाई दण्ड दिन म आइपुग्नेछु । डार्बिनको विकासवादले प्राकृतिक छनोटको सिद्धान्त अगि सारेको छ । पृथ्वीमा प्राणी सङ्कटमा पर्दा त्यसको रक्षार्थ विविध अवतारमा ईश्वर आई रक्षा गर्ने कुरा वेद–पुराण, कुरान, त्रिपिटक र बाइबलमा समेत उल्लेख छ । कोरोना महामारीले विश्वको अर्थतन्त्र, सामाजिकता, व्यापार, राजनीति, विकास निर्माण आदि विविध क्षेत्रमा ठूलै उथलपुथल ल्याउने देखिन्छ । यो महामारीले चलायमान विश्व ठप्प छ । दगुरिरहेका मान्छेका भीड पक्षाघातले थला पारिदिएको छ । मानव सभ्यता एउटा बिन्दुमा आएर अडिएको छ । अब कता जान्छ, सहजै आँकलन गर्न सकिँदैन । कोरोना आतङ्क साम्य भएपछि विश्वको विकासले कोल्टे फेर्ने निश्चित छ । आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ । यसले मानिसको सोच्ने शैलीमा पनि परिवर्तन ल्याउने छ । आत्मकेन्द्रित बन्दै गएको मानिसका गतिविधि प्रकृति केन्द्रित हुँदै जाने, धमिला नदीहरू सङ्लिने, सहअस्तित्वको भावना विकसित बन्दै जाने सम्भावना छ । विश्वव्यापीकरणमा भन्दा स्थानीयकरणमा जोड दिने क्रम बढ्ने देखिन्छ । आत्मनिर्भरताको परिभाषा फेरिँदै जानेछ । सेवामुखी अर्थतन्त्र केही समय शिथिल बन्नेछ भने उत्पादनमुखी अर्थतन्त्रले विश्वको नेतृत्व गर्दै जानेछ । उदारवाद र लोकतन्त्रका मान्यताहरू केही मत्थर बन्दै राष्ट्रवादी विचार राजनीतिमा हाबी बन्ने देखिन्छ । बहुलवादको साटो एकतन्त्रीय शासन लोकप्रिय बन्दै जानेछ । टाढा हेर्न छोडेर नजिक ध्यान दिने क्रम विकास हुनेछ । संयुक्त राष्ट्रसंघ जस्ता संस्थाको कार्यशैली र योजना सम्पूर्णतः फेरिँदै जानेछ । सार्कजस्ता क्षेत्रीय सङ्गठनहरू थप प्रभावकारी बनेर देखिनेछन् । महाशक्ति राष्ट्र हराएर क्षेत्रीय शक्ति राष्ट्र बलिया हुँदै जानेछन् । विश्व एक वा दुई ध्रुवीय नरही बहुध्रुवीयता कायम हुनेछ । राष्ट्रहरू देशभित्रका सम्भावनाको खोजीमा केन्द्रित हुनेछन् । यसले स्थानीय प्रविधिको विकासमा तेस्रो विश्व केन्द्रित हुनेछ । परम्परागत जीवनशैलीको वैज्ञानिक व्याख्या हुनेछ र परिमार्जन गर्दै लगिनेछ । अर्थतन्त्र साटो स्वास्थ्यलाई केन्द्रमा राखेर राज्य सञ्चालित हुनेछन् । धेरै देशमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रहरूमा राज्यको स्वामित्व कायम हुँदै जानेछ । स्वास्थ्य विषयलाई पाठ्यक्रममा उच्च महत्वकासाथ राखिनेछ । आयुर्वेद विज्ञानको महत्ता बढ्दै जानेछ । जडीबुटी खेती र यससँग सम्बन्धित उद्योगधन्दाहरू विश्वव्यापी रूपमा फस्टाउनेछन् । विश्वलाई गाउँ ठानिएको वर्तमान जीवनशैली गाउँलाई नै विश्व ठान्नेतर्फ उन्मुख हुने सम्भावना बलियो छ । तात्क्षणिक नकारात्मक असर कोरोनाको महामारीले मानवीय क्षति ठूलो नभए पनि नेपालमा यसको गम्भीर असर पर्नेछ । वैदेशिक रोजगारमा गएका अधिकांश नेपालीहरू फर्कनेछन् । वैदेशिक अनुदानमा ठूलो गिरावट आउनेछ । फलस्वरूप राज्यकोषले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था सिर्जना हुनेछ । कर्मचारीको ठूलो सङ्ख्या कटौती गर्न स्वयं सरकार र निजी क्षेत्र बाध्य हुनेछन् । बेरोजगारीको वृद्धिले समाजमा आपराधिक क्रियाकलाप नबढाउला भन्न सकिँदैन । यसको रोकथाम गर्न नसकेको खण्डमा नेपालमा यस महामारीबाट मर्नेको सङ्ख्या धेरै हुनेछ । सहरकेन्द्रित जनसङ्ख्या गाउँकेन्द्रित हुने सम्भावना प्रबल छ । विश्व निशस्त्रीकरणतर्फ मोडिने सम्भावना छ । हिटलर शैलीले मुन्टो निहुर्याएर बुद्ध, गान्धी र मण्डेला शैलीले शिर ठाडो पार्नेछ । मानव जातिले प्रकृति र अन्य प्राकृतिक जीवलाई माया गर्न थाल्नेछ । प्राकृतिक सन्तुलनका लागि वृक्षारोपण कार्यले तीव्रता पाउनेछ । केही समयका लागि मात्रै भए पनि मानिसका सुविधाभोगको चाहना साँघुरिनेछन् । राष्ट्र प्रतिरक्षात्मक अर्थतन्त्रमा केन्द्रित हुनेछन् । कृषिकेन्द्रित अर्थतन्त्र र स्वास्थ्यकेन्द्रित जीवनशैली मूल परिवर्तनका रूपमा देखा परेका हुनेछन् । नेपालीहरू आफ्ना स्रोत र साधन खेर फालेर समुद्रपारि हामफाल्ने क्रम घट्दै जानेछ । पर्यटनमा ठूलो गिरावट आउनेछ । होटल तथा रेष्टुरेन्टको व्यापार पनि कम्तीमा एक वर्ष शिथिल हुने छ । नेपालको भविष्य हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ । कोरोना महामारी सिङ्गो मानव जातिका लागि अभिशाप त अवश्यै हो । यद्यपि हरेक सङ्कटले नयाँ अवसर पनि बोकेर आएको हुन्छ । सम्भावना पहिचान गरी राष्ट्रनिर्माणमा लागु गर्न भने सक्नुपर्छ । स्वतन्त्रताको अधिक उपयोगले कोरोना सङ्क्रमण फैलिएको स्वतः सिद्ध छ । स्वतन्त्रताका सीमा निर्धारण हुनेछन् । प्रकृतिप्रेम नै शान्ति र दीर्घकालीन समृद्धिको मुख्य आधार बन्नेछ । दिगो विकासका अवधारणाले विकास निर्माणका कार्यमा दह्रो उपस्थिति जनाउनेछन् । हरेक राष्ट्रका लोपोन्मुख कला र संस्कृति मुर्झाएर आउनेछन् । पुर्ख्याैली जीवनशैली फेरि एकपटक सर्वप्रिय बन्नेछ । इतिहासको अध्ययन नयाँ शिराबाट थालनी हुनेछ । पारिवारिक र राष्ट्रिय एकता कायम हुनेछ । नेपालका परम्परागत जीवनशैली, खानपान, पहिरन, चाडबाड, ओखतीमुलो आदि विविध विषयको ज्ञान प्रवाहमा उल्लेख्य वृद्धि हुनेछ । सनातन रीतिरिवाजका सबल पक्ष केलाउँदै हावापानीअनुकूल जीवनशैलीकोे निरन्तरतामा भावी पुस्तालाई लगाउने अवसर प्राप्त हुनेछ । स्वास्थ्य नै धन हो भन्ने कुरा मानव जीवनशैलीको मूल आधार बन्न सक्छ । दैनिक उपभोग्य वस्तुको स्थानीय उत्पादनबारे व्यापक अध्ययन, अनुसन्धान गरी कार्य प्रारम्भ हुनेछ । शिक्षा क्षेत्रमा पनि कृषिकेन्द्रित विभिन्न जनशक्ति उत्पादन गर्ने गरी पाठ्यक्रम परिमार्जन गर्न सकिन्छ । कृषि क्षेत्रको दक्ष जनशक्तिलाई राज्यले खास महत्व दिएर राष्ट्रिय उत्पादन बढाउनेतर्फ जोड दिँदै जानेछ । यसो गरेमा हामी कृषिमा परनिर्भर बन्नु पर्दैन । गाँसको आवश्यकता परिपूर्ति गर्न अरूसँग हात फैलाउनु नपरेपछि अन्य आवश्यकता परिपूर्तिमा आत्मनिर्भर बन्ने योजना र अवसरको खोजी स्वतः बढ्न थाल्छ । वैदेशिक रोजगारप्रतिको आकर्षणमा कमीले युवा जनशक्ति आफ्नै देशको विकासमा केन्द्रित गर्ने अवसर सरकारलाई प्राप्त हुनेछ । उनीहरूको श्रम, सीप र पसिना राष्ट्रनिर्माणमा लगाउने उपयुक्त अवसर यही हो । कोरोना महामारीपछिका दस वर्ष नै नेपालले राष्ट्रनिर्माणको स्वर्णयुगका रूपमा प्रयोग गर्न सक्नेछ । यतिबेला विश्व फुट्ने नभई जुट्ने समय हो । विश्व एक भएर मानवताको रक्षा गर्ने र विश्व भ्रातृत्व कायम गर्नेतिर लाग्ने समय हो । संयुक्त राष्ट्र संघमार्फत सबै राष्ट्रले सामूहिक निर्णय गरी सशस्त्रीकरणमा गर्दै आएको खर्च प्रकृति र मानव स्वास्थ्य संरक्षणमा लगाउने सामूहिक अभियानको थालनी गरिहाल्नुपर्छ । जनसहभागिता नै विकासको प्रमुख आधार हो । स्थानीय सरकारले जनताको वर्ग निर्धारण गरी रोजगारीका अवसरको प्राथमिकीकरण सहजै गर्न सक्छ । जनसहभागितामा आधारित योजना तर्जुमा गर्दै साना तथा मझौला उद्योगको प्रवद्र्धनमा स्थानीय सरकार केन्द्रित बन्नुपर्छ । सरकार मेरो/हाम्रो हो भन्ने आभास जनतालाई दिलाएर स्थानीय सरकारका योजना तथा कार्यक्रममा जनसहभागिताको सुनिश्चितता कायम गर्न सक्छ । यो समयलाई आन्तरिक सुदृढीकरण र भावी समृद्धिका वस्तुपरक एवम् वैज्ञानिक योजना निर्माणमा समावेशीता अपनाउँदै सर्वपक्षीय विकासको दरिलो जग खन्ने उपयुक्त अवसरका रूपमा परिणत गर्नुपर्दछ । यसले संघीयता सबल बनाउनेछ । कोरोना महामारीपछि नेपाल सभ्यताको स्वर्णयुगमा प्रवेश गर्न सक्ने प्रशस्त आधारहरू छन् । नेपालको जनसाङ्ख्यिक संरचनामा युवाको आधिक्य छ । अबको दश वर्षपछि नेपालमा युवाहरूको भन्दा वृद्धहरूको सङ्ख्या बढी हुँदै जाने जनसाङ्ख्यिक संरचना तयार हुनेछ । तसर्थ यही समयमा देशको सर्वाङ्गीण विकासको दह्रो जग बसाल्न सकिन्छ । विश्वको विकास देखेर लोभिने सम्पूर्ण नेपालीलाई विकास आफैँले गरेमा सम्भव छ भन्ने दृष्टान्त प्रस्तुत गर्ने अवसरको रूपमा कोरोना महामारी उपस्थित छ । हालसम्मका राजनीतिक उपलब्धिलाई सामाजिक, सांस्कृतिक, आर्थिक, प्राविधिक एवम् सर्वाङ्गीण विकासमा उपयोग गर्ने बेला यही हो । तसर्थ मैलिएको राजनीति सङ्ल्याएर सभ्यतानिर्माणको थालनी गर्न युवाहरूले सशक्त राजनीतिक हस्तक्षेप गर्ने बेला पनि यही हो । विकास, राजनीति र संस्कृति जगेर्नामा युवाहरूको सशक्त हस्तक्षेप गरी आफ्नो देश आफैँ बनाउने कार्यको थालनी हुनेछ । दोस्रो विश्वयुद्धपछि ध्वस्त जापान कुनै विदेशीले गएर बनाएको होइन । नेपाल पनि नेपालीहरू मिलेर विकास गर्न सकिन्छ र सक्नुपर्छ । यसो गर्न सकेमा अहिले हुर्कँदै गरेको पुस्तामा स्वदेशका सम्भावना यथार्थमा बदल्ने सङ्कल्प विकास हुन्छ । यसले आत्मनिर्भरता सुनिश्चित हुन्छ भने पछिल्लो पुस्तामा देशप्रेमको भावना प्रगाढ बन्दछ । हाम्रोलाई नभई राम्रोलाई प्राथमिकतामा राखी विधिको शासनलाई जोड दिने गरी राजनीतिक संस्कारको काँचुली फेर्न जरुरी छ । कोरोना महामारीले नेपालका लागि यो अवसरको ढोका पनि पूर्ण रूपमा खोलिदिएको छ ।