सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय

हाल विश्वका सारा मानिस त्रसित देखिन्छन् । कारण अदृष्य किटाणु (कोभिड-१९) अर्थात नोबेल कोरोना भाइरस । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोभिड – १९ नयॉ प्रकरको कोरोना भाइरसको प्रजाति हो । यसको प्रकोप विश्वको २१० वटा  देशमा देख्न सकिन्छ । जसमा करिब २० लाख मानिस यस भाइरसले पीडित छन् भने मैले यो निबन्ध लेख्ने समय सम्ममा करिब १ लख २० हजार मनिसले ज्यान गुमाएका छन । यहि कारण्ले गर्दा त होला विज्ञहरुले कोरोनाको प्रकोपलाई दोस्रो विश्व युद्ध पछिको मानव इतिहासको महत्वपूर्ण र ठूलो घटनाका रुपमा लिएका छन् । त्यसैले कोरोनाको बुझ वा अबुझ बीच उल्टै चेपुवामा परेका मानिसहरु संङकित हुन भने छाडेका छैनन् । यसले खुला रुपमा हरेक देश्को समाजिक, राजनीतिक, स्वास्थ्य, शिक्षा, रोजगार, अर्थतन्त्रसँग जाेडिका पद्धतिहरुलाई समेत अदलबदल पार्न सक्ने देख्न सकिन्छ  । त्यसैले हरेक देशले आफ्नो सीमना भित्र लकडाउनको घोषणा गरेका छन् । यसको असर नेपालमा समेत परेको छ । सुरुसुरुमा विश्वभर कोरोनाको प्रकोप फैलदा त नेपालमा कुनै पनि असर देखिदैनथ्यो । भन्नुको अर्थ नेपाल सरकारले र जनताले नेपालमा कोरोना नलागेकाले होला केही ख्याल नै दिएको थिएन । तर जब एसईई परीक्षा स्थगित भयो तब सबै जना सतर्क हुन थाले । मैले पनि एसईई परिक्षा हुनुभन्दा एक दिन अगाडि मेरो परीक्षा स्थगित हुन्छ भनेर ठाने कि थिइन । किनभने कोरोनालाई मैले पनि गम्भीरतापूर्वक लिएकी थिइन तर पछि भने आफू पनि सतर्क हुन थाले । गाउँ घरतिर पनि हल्ला चलेको थिएन तर दुई दिन पछि देशभर जब सरकारले लकडाउन गरेकाे समाचार प्रकाशति भए तब दशैंको बेला बाहेक अरु बेला कहिल्यै खाली नदेखिने काठमाण्डौं सहर खाली देखियो । सायद मैले यो पहिलो पटक देखेकी थिए। कोरोनाको प्रकोप कम गर्ने काम एक दिन मै हुने होइन । तर हरेक नागरिक आफू सचेत  भइ यसबाट बच्नुपर्दछ । भनिन्छ कि केही कामको थालनी पनि आफैले आजैबाट अहिलेबाट नै गर्नुपर्छ । घरपरिवारमा सकेसम्म बाहिरि मानिस आउन नदिने, बहिर अति आवश्यक बेला मात्र जाने, सबैसँग विश्व स्वाथ्य संगठनले तोकेको दूरी कायम गर्ने गर्नुपर्दछ । साथै, राष्ट्रले पनि यस्तो बेला नयाँ नीति ल्‍याइ त्यसलाई पालना नगर्नेलाई उचित सजायको पनि व्यवस्था मिलाउनु पर्दछ । यसका साथसाथै जनताले पनि इमान्दारितापूर्वक आफ्नो स्वास्थ्य स्थितिको सूचना दिनुपर्दछ । माथि भने जस्तै हरेक दशैको विभिन्न प्रणाली जस्तै अर्थतन्त्र, रोजगार, शिक्षा, राजनीति, संस्कृतिमा कोरोनाले ठूलो प्रभाव परेको छ । जसका करण धेरै चुनौतिहरु देखापर्न थालिसकेका छन् । अहिले विश्वको लागि सबैभन्दा ठूलो चुनौति त कोरोनाको औषधी वा खोप निकल्नु हो । यसका साथ साथै यस्तो बेलमा इन्टरनेटको माध्यमबाट शैक्षिक प्रणाली चल्यो भने वा घरमै बसेर काम गर्न थलियो भने मानव सभ्यता कस्तो होला भन्ने कुरा पनि सोच्न जरुरी देखिन्छ । नेपालको राजनीतिक दलहरुमा ठूलो चुनौति वा खतरा थपिएको छ । कयौं समयदेखि तोडिएको विश्वास कहाँ एक दिन मै पुनर्निर्माण गर्न सकिन्छ र ? तर यहिं चुनौति उनीहरुका लागि ठूलो अवसर हो । यदि यो समयमा जनताकालागि केही नगरिकन बसे भने जनताहरुको मनमा कहिल्यै राजनीतिक दलहरु प्रति विश्वास पलाउने छैन । यतिमात्रै कहाँ हो र ? नेपाल रेमिट्यान्सले धानिएको देश । नेपालको अर्थव्यवस्थाको करिब करिव २५ प्रतिशत  रेमिट्यान्सले  ओगटेको रेकर्ड नै रहेको छ । तर जब कोरोनाको प्रकोप विश्वभर फैलियो तब विदेशिएका लाखौं नेपाली नागरिकहरु नेपाल फर्कन बाध्य भएका छन् । यसले के देखउन सक्छ त  भन्दा जुन पैसाले  (रेमिट्यान्सले) नेपालको आर्थतन्त्रमा धानेकाे थियाे अब तेसले त्यति नओगट्न पनि सक्छ ।  सरकारले नेपालका साना व्यवसायलाई फस्टाउन मद्दत गर्नुपर्दछ।  कृषिमा बढी ध्यान दिनुपर्दछ । लेखक केही मानिसले त कोरोनाले निम्त्यउने अभावलाई २००८ को आर्थिक अभावसँग तुलना गर्न थालेका छन् । यदि विश्वभर आर्थिक अभाव हुन थाल्यो भने हामीले आहिले १०० रुपैयामा किन्ने आलुलाई पछि हजारौ पर्न सक्छ । महँगाई धेरै बढ्ने छ । यस्तो अवस्थमा नेपालले आफू विकासित हुने ठूलो अवसर पाएको छ । जब विश्वमा अभाव बढ्दै जान्छ तब भोकमरीको आवस्था सिर्जना हुन्छ, तर नेपाल कृषि प्रधान देश भएकै कारणले गर्दा यो समयमा कृषिलाई राम्ररी उपयोग गर्यौ भने हाम्रो देश नेपालको नाम विश्वभरफैलने छ । साथै, आम जनताले पनि कृषकहरुको केही गर्न मनोबल बढाउन सक्नुपर्छ । यसो गर्दा नेपालमा भोमरीको अवस्था कहिल्यै आउदैन । यसका साथै नेपालका लागि सबैभन्दा ठूलो चुनौती त नेपालमा कसरी हुन नदिने हो । नेपालभित्र लकडाउनको घोषणा भएपछि पनि महाकाली नदी पारगरि भारतमा बसोबस गर्दै आएका नेपाली नागरिक आफ्नो जन्मथलो नेपाल आएको समाचार त सबैले नसुन्नुभएको त पक्कै पनि छैन होला । यस्तो समयमा खुला सीमानाको समस्याापनि प्रमुख हो । यो महामारीका करण हाम्रो देश्को स्वस्थ्य प्रणलीमा परिवर्तन हुन सक्छ । देश्मा औषधीको अभाव पनि देखापर्न सक्छ । सस्ता पर्ने औषधीको दामले आकाश छुन सक्छ । यो लकडाउनको मुख्य असर त दैनिक ज्याला मजदूर गरी आफ्नो छाक टार्नेहरुलाई परेको छ। अब यो समस्यालाई राज्यले कुन रुपमा लिन्छ त्यो पनि हेर्नु पर्ने कुरा हो । मैले यो निबन्ध लेख्ने समय सम्ममा नेपालमा १६ जनालाई कोरोनाको सङ्क्रमण देखिएको छ । जुन अरु देश्को तुलनामा निकै नै कम हो । यदि हामी नेपालमा सङ्क्रमण नबढियोस् भन्ने चहन्छौं भने आजैबाट रोक्न लाग्नुपर्छ । सरकारले  ट्रेसिङ,  ट्राकिङ, ट्रेसिङ विधि अपनउनु पर्ने आवश्यक छ । यसको नियन्त्रणका लागि सबै क्षेत्र र निकायको अग्रसरता जरुरी छ । केन्द्र सरकारले मात्र नभएर प्रदेश सरकारले पनि आआफ्नो प्रदेशमा उपयुक्त सेवा सञ्चालन गर्नुपर्दछ ।नेपालमा अरु देशको तुलनामा मोबइल तथा इन्टरनेटको प्रयोग व्यापक छ । जसको प्रयोग राष्ट्रिय स्तरमै परिक्षण गरि हुनसक्दछ । हामीले कोरोनाको प्रकोप रोक्न नेपालमा मात्रै नभएर विश्वमा पनि उचित कदम चाल्न जरुरी देखिन्छ । साथै यदि हामी यो भाइरस माथि विजय प्राप्त गर्न चाहान्छौँ भने विश्वव्यापीरुपमा सूचना प्रवह गर्नु आवश्यक छ ।  यो महामारीका करण विश्व त्रसित भएको खण्डमा सबै मानवजाती एक हुनुपर्ने अवस्था देखिन्छ । विज्ञहरु भन्छन् एक आत्मप्रेरित र आत्मसूचित जनसङ्ख्या  अज्ञानी जनसङ्ख्या  भन्दा कयौं गुना प्रभावी हुन्छन् । भविश्यमा कोरोना जस्ता महामारी रोक्न एकता नै आवश्यक हो । मानौं, कोरोना रोकियो रे तर के कोरोना जस्ता अरु महामारी नआउला त ? यो निश्चित छैन । हामी निश्चित छैनौं ।  हामीले सार्स, इबोला र स्वाइन फ्लु जस्ता व्यापक फैलेका महामारी  पछि कोरोना फैलन्छ भनेर सोचेका थिएनौं । यो एउटा ठूलो समस्या हो । महामारी आफैंमा र त्यसले निम्त्याएको आर्थिक अभाव ठूलो समस्या हो ।अब अहिले सबैले मानवताको बारेमा सोच्ने बेला आएको छ । संसारका कैयौ  राष्ट्रवादहरुलाई कोरोनाले चुनौती दिएको छ । कोरोना भाइरसलाई एक समय चिनियाँ भाइरसको नाम दिएका ती मानिसहरु आफ्नै देशमा यस्तो खतर्नाक भाइरस फैलिएपछि हारगुहारको स्थितिमा छन् । विश्वका सबै मानिस बीच एकता हुनुपर्छ । तिनीहरुले एकअर्कालाई विश्वस गर्नुपर्छ । चीनमा बनेको औषधी र उसले कोरोनाको नियन्त्रणमा अपनाएको विधि उसले कुनै स्वर्थ बिना अमेरिका, इटली र स्पेनलगायतका देशलाई भन्न सक्नुपर्दछ । साथै अमेरिका, इटली र स्पेन जस्ता राष्ट्रले पनि चीनमा विश्वस गर्नुपर्ने छ। यो हो एकता, यो हो मेलमिलप । यति मात्रै कहाँ हो र । कोरोनाले मानव सभ्यतालाई नयाँ मोडमा लैजने कुरा खुला रुपमा देख्न सकिन्छ । मैले सुनेको थिए कि कुनै कुरको बानी बसाल्नु छ भने २१ दिनसम्म लगातार त्यो काम गरियो भने बानी बस्छ भनेर । अनि हेर्नुस् त यो कुरा हाम्रो जीवनमा अहिलेको समयमा लागु हुन सक्छ नि । यो लकडाउन भएको २१ दिन भन्दा बढि भएको छ। यो त २१ हप्तासम्म पनि त लम्बिन सक्छ । यतिमा हामी घरमै फलेका सागसब्जी खाने, कसरत गर्ने गर्दा हामीहरु तन्दरुस्त हुन्छौँ । यसले हामीलाई सभ्य बनाउँछ र स्वस्थ पनि । साथै कोरोनाका कारण मानिस बढि सतर्क देखिन्छन् । जबदेखि विज्ञानको राम्रोसगँ विकास हुदैँ गयो तब तब विज्ञानको तथ्यहरुलाई मानिसले आत्मसात गर्दै आए । जस्तै कि सबुनले हात धुदाँ कीटाणुहरू मर्छन् भन्ने कुरा वैज्ञानिकहरुले १९ औं शताब्दीमा पत्ता लगाए। यस कुरालाई मानिसले विश्वास गरे र नियमित साबुन पानीले हात धुन थाले । यो भन्दा आगडि त डाक्टरले पनि शल्यक्रिया गर्दा हात नधोइ शल्यक्रिया गर्थे तर जब साबुन पानीले हात नधुदा हुने असरको पत्ता लाग्यो त्यसपछि बल्ल अफ्नो हात धोए पछि मात्र  शल्यक्रिया गर्न थाले । यसरी सायद मानिस अबदेखि झनै बढी सर्तक हुन सक्छन् । कहाँ यतिमात्र हुनु , लकडउन भएपछि विभिन्न देशमा अझ सम्मकै कम प्रदुषण भएको भनेर समेत मैले सुनेको छु । यसले के दर्शउछ त भन्दा हाम्रो वातावरण अहिले सफा हुदैँछ । कल कारखाना नखुल्दाँ हावा, ध्वनी, पानी प्रदुषण सोच्नै नसक्ने स्तरले कम हुँदैछ । मनौँ न मानव चाहिँ भाइरस अनि कोरोना चाहिँ एन्टिभाइरस । यस्तो पनि त हुन सक्छ । पृथ्वीको धान्ने शक्ति भन्दा जनसंख्या बढी भएपछि  वा मानवले आफ्नो स्वर्थका लागि प्रकृतिको गलत उपयोग गरेकाले पनि त प्रकृतिले सन्तुलन ल्यउनका लागि पनि त यस्तो समस्या मानव जातिले देखेको हुन सक्दछ । सायद, मानवले यो महामारी पछि “म प्रकृतिमा बस्छु । जसरी प्रत्येक कार्यको समान र विपरित प्रतिक्रिया हुन्छ त्यसरी नै  मैले प्रकृतिलाई नकरात्मक होस् वा सकरात्मक होस् असर गरे भने मलाई पनि असर पर्छ” भनेर बुज्यो होला । एक समयमा त कोरोना जीवजन्तुबाट फैलिएको समाचार पनि सुनिएको थियो। जसको प्रतिफल मानिसले जीव जन्तुहरुलाई मानिसको आहरका लागि मार्न अलि अलि  मात्रै भए पनि छाडिएको देखिन्छ । यसले पृथ्वीमा जीवजन्तुहरुको अस्तित्व बचाईदिएको देखिन्छ । अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि  “हामी र हाम्रो विश्व” ।  हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ । अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि  “हामी र हाम्रो विश्व” ।  हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ । आजको जमानामा मानिस राष्ट्रवादमा यति तल्लिन छन् कि उनीहरुले मानवताको भविष्यको बारेमा बिर्सेका छन् । यदि यसरी नै सोच्दै गइयो भने यस्तो संकटले झन् ठूलो संकट निम्त्यउने छ । यद्यपी, हरेक संकट एउटा अवसर हो । भविष्यम कोरोना जस्ता महामारी भारू आए भने त्योसँग लड्न सक्ने अवसर, मानवताका लागि काम गार्ने अवसर, अनेकताका वा मतभेदका कारण आउन सक्ने प्रकोपको बोध गर्ने अवसर तथा विश्व समस्वार्थताको महत्त्वको बारेमा बुझ्ने अवसर । हाम्रा पूर्खाले हाम्रो लागि धेरै काम गरेका छन् । अब हामी हाम्रो सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय आएको छ । त्यसैले राष्ट्रवादी बनी अनेकता तिर जाने कि सबैसँग मेलमिलप गरी विश्व एकता तिर जाने हाम्रो निर्णय हो । र, यो निर्णयले नै कोरोना पछिको विश्व कस्तो होला भन्ने कुरा दर्शाउने छ । साथै, अब यो कसैले पनि नकार्न सक्दैन कि आगामी दिनहरुमा हामीले जस्तो पाइला सार्छम त्यसले हाम्रो विश्वको भविश्यको नक्शा कोर्ने छ । कक्षा १० मा  अध्ययनरत छात्रा जि.एस.निकेतन मा. बि.

भात खाने अवसर र छाेराकाे खुशी

‘लकडाउन’का कारण समस्यामा परेका डोल्पा ठूलिभेरी नगरपालिका स्थानीयवासीलाई चामल, नुन र तेल लगायतका सामग्री वितरण गरिदै । तस्वीरः हेमन्त केसी/रासस आज गोमाने छिटै घर फर्किए। हुन त उनको नाम गोमानसिंह हो। तर गाउँले सबैले गोमाने भन्छन्। उनी गोमानसिंहभन्दा गोमाने नामले बढी परिचित छन् गाउँमा। उमेरले साठी कटेका गोमानेका कपाल सरी दाह्री पनि सेताम्मे फुलेका छन्। गाला चाउरी परेका, हातमा ठेला उठेका र खुट्टाका कुर्कुच्चा खडेरीले फुटेको खेत जस्तै छन्। पहाडको फेदीमा छ उनीहरुको घर। सँधैभन्दा मलिन अनुहार र रित्तो हात। घरबाट निस्केको दुई घण्टामै फर्किएको देखेपछि कार्कीनी अलमल्ल परिन्। जेठो छोरो मुग्लान(भारत) पसेकाे , माइली छोरीको सानैमा बिहोवारी भएको, साइँलीछोरी चाहि गाउँतिर(खेल्न), सानो छोरा(६ वर्षको)लाई बोकेर कार्कीनी बसेकी छन्। बाबा छिट्टै घर आएको देखेर काखको छोरो पनि उधुम खुसी थियो। उ बाबाका हाततिर हेर्दै थियो। सँधै केही न केही बोकेर आउने बाबाका हात रित्ता थिए। तर कुनै प्रतिक्रिया जनाएन। हेरिह्यो मात्रै। कार्कीनी गोमानेको श्रीमती, उनको पनि नाम त जौमति हो। तर गाउँका कसैले नामले बोलाउँदैनन्। उनको नाम नै कार्कीनी भएको छ। ‘लौं बुढा चाडै आयौं त? साहु घरमा थिएनन् क्या? कि काम भएन ? अनुहार पनि निन्याउरो छ त ? के भयो र ? मैले त तिम्लाई खाना पनि पकाइन।’ गोमानेलाई सोधिन्। खासमा गोमाने सँधै बिहानै साहुकोमा काम गर्न निस्कन्थे। गाउँकै बैदार (विष्ट थरका ती साहूलाई सबैले बैदार भनेर चिन्थे) कोमा उनी काम गर्थे। गोमाने झर्किए। ‘तलाई किन चाहियो? म चाडै आऊ कि ढिला ?’ कार्कीनीका कुनै पनि प्रश्नको उत्तर उनले दिएनन्। कार्कीनीको मनले मानेन। फेरि दोहोर्याइन् उही प्रश्न। ‘मैले भनेको सुनेनौं र ? किन बटारिन्छौं ? के भयो भनन ?’ अब भने नभनी सुखै भएन। तर सबै प्रश्नको उत्तर एकै वाक्यमा दिए गोमानेले। लेखक ‘कामै नभए क्यार्नु त नि। गाउँ नै लकडाउन भयो रे।’ अघिपछि पनि कमै बोल्ने गोमानेको स्वभाव कार्कीनीलाई थाहा थियो। काम किन भएन सोध्न मन थियो। तर पनि सोध्ने कष्ट गरिनन्। कुरो बुझेझैं गरिन्। प्रश्न बाँकी थिएर र उत्तर पनि। बरु कुरो अन्तै मोडिन्। ‘लौ अब के गर्ने त? बिहानलाई पकाएको ढिडो पनि सकियो। हाम्ले त खायौं। तिमी क्यार्छौं त ? लौ छोरो बोक। म केही पकाउँछु।’ गोमाने हच्किए। ‘पर्ख पर्ख। का छोरो बोक्नु। खरानी ले त बरु म हात धुन्छु।’ अघिपछि खाना खाँदा मात्रै हात चोख्याउने गोमानेको कुरा सुनेर कार्कीनी छक्कै परिन्। ‘हात धुने रे ? त्यो पनि खरानीले।’ कार्कीनीको कुरा नसकिँदै गोमाने बोले। ‘हो त । गाउँमा कुन चाहि भाइरस पसो रे। काउरोना(कोरोना) कि के नामको। हात त मिचिमिची धुनुपर्छ रे बुढी। त्यही कारणले त साहुको काम भएन। आज मात्रै होइन अब लामै समय काम हुँदैन रे साहुकोमा। कुन देशमा त कति हजार मान्छे मरे रे । हाम्रो गाउँमा पनि मर्छन् रे। देश त लकडाउन भयो रे। साहुले भनेको।’ कार्कीनीले अघिका आफ्ना प्रश्नको उत्तर पनि पाइन्। तर मनमा थप प्रश्न उब्जिए। गाउँमा भाइरस पसो रे। त्यो के हो ? कहाँबाट आयो ? कस्तो हुन्छ ? मान्छेलाई किन मार्छ। कसले पठायो ? तर सोधिनन्। एक लोटा पानी र हातमा खरानी लिएर आइन्। बुढाले मितिमिची हात धोएर भित्र पसे। चुलोमा झिँजा दाउरा ठोस्दै आगो बाल्न थालिन् कार्कीनी। टिनले छाएको गोठ जस्तो (एकै कोठा भएको) छाप्रो धुवाम्मे भयो। गोमाने छोरो समातेर बसे। कार्कीनीले भाडोमा पानी लगाइन् र पोको पुन्तुरो खोतल्न थालिन्। कुना काप्चामा हेर्न थालिन्। ‘के पकाउउँछस् त?’ गोमानेले सोथे। ‘के पकाउनु नि। खानामा सँधै ढिढो, आटो र मकैको रोटीत हो नि। भात खान त चाड आउनु पनि पर्यो नि। खोज्दै छु केही भेटे उमाल्छु।’ कार्कीनी बोलिन् । ‘थोरै आटो (मकैको च्याख्ला) त थियो जस्तो लाग्छ। भेट्दिन त।’ कार्कीनी एक्लै बोलिन्। उनको मनमा भाइरस बारेको प्रश्न खेल्दै थियो। यहि मौकामा बुढालाई सोधिन्। ‘तिम्ले भन्या भाइरस के रै छ ?’ बुढाले झर्किर्दै भने, ‘जे सुकै होस् आफ्नो काम गर न।’ फेरि पनि कार्कीनीले उत्तर पाइनन्। ‘आफ्नो एउटा झुप्रो र आँगन मात्रै छ। थोरै जग्गा जमिन हाम्रो पनि भए खेती गर्न हुन्थ्यो नि। आपतमा खान हुन्थ्यो’ कार्कीनी एक्लै बोलिन्  । गोमानेले कुनै प्रतिक्रिया जनाएनन्। छोराले बाबाको सेतै फुलेको जुँगातिर हेरेर भन्यो, ‘हामी भात खाने हो?’ गोमाने नाजवाफ भए। मनमनै सोचे भात खानलाई दशैं हो र ? तर छोरालाई सान्तवना दिन भए पनि भने,‘भोलि खाने नि त भात।’ माघी (माघे सक्रान्ती) मा खाएको भात छोराले बिर्सैको रहेनछ। ‘अस्ती जस्तै हैं बाबा’ चिची पनि, काखे छाेराेले भन्याे । गोमाने भक्कानिए। तर बोलेनन्। टाउको मात्रै हल्लाएर छोरालाई समर्थन जनाए। बुढिले आटो पकाइन्। नुन मोलेर गोमानेले मिठो मानी मानी खाए। खाने बित्तिकै हिडे गोमाने। ‘कता हिडेको ?’ काकीनीले सोधिन् तर जवाफ आएन। कार्कीनीलाई भाइरसबारे थप कौतुहलता जाग्दै गयो। मेरो बुढाको कामै बन्द गर्ने भाइरस कुन चाहिले गाउँमा पठाएछ। मान्छे पनि मार्छ रे। कस्तो हुन्छ होला यो भाइरस? उनलाई उत्तर नखोजी भएन। उनी पनि निस्किन् छाप्रोमा द्वार (स्याउला र काठले बनाइएको ढोका) लाएर। नजिकै थियो मास्टर(शिक्षक)को घर। उनले सोचिन् यसबारे तिनलाई त कसो थाहा नहोला। मास्टरको घर पुगिन्। मास्टरनी मात्रै भेटिन्। नमस्कारपछि सोधिन, ‘मास्साप कता जानु भएछ त आज ?’ मास्टरर्नीले जवाफ दिइन्, ‘के पढ्न आयौं नि आज?’ मास्टरनीले जिस्काउँदै सोधिन्। उनी बेलाबेलामा अनेक कुरा सोधि रहन्थिन् मास्टरलाई। ‘के जाति भाइरस पसो रेन्त गाउँमा । मान्छे पनि मार्छ रे। मेरो बुढाको त कामै बन्द गरिदियो’ कार्कीनी बोलिन्। भाइरसबारे सबै कुरा थाहा पाएझैं गरी मास्टरनीले भनिन्, ‘कोरोना भाइरस आयो रे गाउँमा। मेरो बुढाले पनि यही कुरा गर्छन्। स्कूल पनि बन्द छन् । टिभीमा यही मात्रै सम्चार आउँछ।’ कार्कीनी ढुक्क भइन्। अब कोरोनाबारेको जिज्ञासा मेट्न पाइने भयो। मास्टरनी कुरा नसकिदै प्रश्न गरिन्। ‘यस्तो ज्यानमारा भाइरस कसले पठाएछ गाउँमा ?’ घरको बारदलीबाट मास्टरनी बोलिन्, ‘हाम्रो गाउँमै आइसक्या त होइन क्या। आउँछ भनेर मानिसहरु तर्सेका। पख म तलै आउँछु।’ उनी तल झरिन्। ‘धेरै कुरा त मलाई पनि के थाहा। बुढाले भनेको र टिभीमा देखेको । भएन यति भने।’ तल पुग्ने बित्तिकै जवाफ दिइन्। ‘अ साच्चै टिभीमा चाहि कहिले आउँछ त?’ उत्सुकताका साथ कार्कीनीले सोधिन्। ‘पख न अब १ बजेको सम्चारमा आउँला। अघिपछि पनि आइराकै हुन्छ। टिभीले आजकाल कोरोना मात्रै भन्छ।’ कार्कीनीले मास्टरनीको घरको चित्तामा हेरिन्। दिउँसोको साढे १२ बजेको रहेछ। पढे लेखेका नभएनि घडी हेरेर समय भने छुट्याउँछिन् कार्कीनी। ‘अब आधा घण्टा त बाँकी रहेछ १ बज्न। १ बजेपछि त पक्कै भन्छ नि टिभीले। लौं आज त नहेरी भएन।’ कार्कीनी एकोहोरो बोलिन्। मास्टर्नीले जवाफ दिइनन्। टाउको मात्रै हल्लाइन् र समर्थन जनाइन्। मस्टर्नी घरधन्दामा लागिन्। कार्कीनीले भने भित्ताको घडी हेर्दै आधा घण्टा बिताइन्। एक बज्नै आट्दा फेरि बोलिन्। ‘मास्टरनी एक बज्न आट्यो त।’ काखमा छोरो पनि करायो, ‘मम्मी (आमा) पानी खाने।’ मास्टरनीले कुनै नसुनी भनिन्, ‘लौ छोरालाई पानी देऊ। यता बसेर हेर। म टिभी खोल्दिन्छु। मेरो त अझैं कति काम छ।’ मास्टरनी फेरि हराइन् काममा। कार्कीनीले चाख लाएर हेरिन् टिभीतिरै। छोरो पनि खुसी भयो। ‘आमा अब फिलम हेर्ने हो।’ पहिले पनि कहिलेकाही मास्टरकै टिभीमा फिलम हेरको थियो छोराले। कार्कीनीले ‘हो’ भन्दै छोरालाई चुप लाग्न भनिन्। घडीको टिकटिक सँगै एक बज्यो। टिभीमा समाचार आयो। मुख्य समाचारमै कोरोना। उनले ध्यान अझैं केन्द्रीत गरिन्। ‘नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो’ देशभर लकडाउन । पाच हजार क्वारेन्टाइनमा, साटी जना आइसोलेसनमा भारतमा मृतकको संख्या बढ्यो अमेरिकामा सबैभन्दा धेरैको मृत्यु हालसम्म डेढ लाखको ज्यान गयो मजदुरलाई राहत वितरण कोरोनाबाट बच्न बारम्बार हात धुने र मास्क लगाउने संक्रमितको संख्या २५ लाख नजिक। यस्तै यस्तै सुनिन् उनले मुख्य समाचारमा। समाचार चाख मानेरै सुनिन्। तर आफ्ना सबै प्रश्नको जवाफ पाइनन्। बरु मनमा थप केही प्रश्न उठे। समाचार सकिनै लाग्दा मास्टरर्नीले टिभी बन्द गरिन्। बारीमा काम गर्न जानु छ हिड ढोका बन्द गर्छु भन्दै उठेर हिँडिन्। कार्कीनी पनि घर फर्किइन्। यति र उति मरे। बारम्बार हात धुने र मास्क लगाउने बाहेकका कुनै कुरा बुझिनन्। बाटोमा घोत्लिदै सोच्न थालिन्। संक्रमित, कोभिड-१९, क्वारेन्टाइन, आइसोलेसन, पोजेटिभ, नेगेटिभ, राहत। एकएक शब्द सम्झिइन् तर कुरोको छेउटुप्पोसम्म थाहा पाइनन्। घर पुग्दा पनि उनलाई तिनै कुराले पीरोल्यो। अब कहाँ गएर जान्नु? कसलाई सोध्नु? मनमनै कुरा गरिन्। दिन बित्यो उनले जवाफ पाइनन्। साँझ पर्यो। बुढा पर्किए। उही निन्याउरो अनुहार लिएर । दिनभरि कता डुल्यौं, साँझलाई खाने कुरा के ल्यायौं ? यो भाइरस के रहेछ ? धेरै कुरा सोध्न मन थियो। तर सोधिनन्। चुलोचौकोमा लागिन्। आगो फुक्ने र धुवा मडारिने बाहेक उपलब्धी केही भएन। छोरो चिच्याइरहेको थियो। साइँली छोरी पनि घर फर्किसकेकी थिइन्। खानलाई आतुर थिए दुबै जना। सानो छोराले घरि चुलोतिर हेर्छ घरि भाडामा। छोरी त अलि बुझ्ने भैसकेकी छिन्। भोक लागेकै भए पनि बालेकी थिइनन्। भोक नलागेको त बुढाबुढीलाई पनि कहाँ छ र ? बिहानको ढिडो बोहक दिनभर कसैले केही खाएका छैनन्। निकै बेरसम्म गोमाने बोलेनन्। सोची रहे। घोत्ली रहे। तनाव, पीडा कार्कीनीलाई पनि थाहा छ तर समाधान कसैसँग छैन। निकै बेर सोचेपछि गोमाने बोले, ‘लौ केही जोहो गर।’ यति सुन्न नपाउँदै कार्कीनी बोली हालिन्। ‘के चाहि पकाउनु हौं। घरमा केही भए पो। बाँकी अलिकति मकैको पीठो छ। रोटी बनाउँदा एकै दिन पुग्दैन। ढिडो बनाउँछु। दुई तीन दिनलाई होला।’ गोमानेले नबोली सहमति जनाए। छोराले ‘ढिडो पो’ बाहेक कसैले केही बोलेनन्। ढिडो पाक्यो। खाए पनि। साँझमा बुढाबुढीको गफगाफ भयो। गोमानेले गाउँकै चौतारीमा दिन बिताएका रहेछन्। त्यहाँ स्वास्थ्य चौकीका डाक्टर (अहेव,गाउँमा सबैले डाक्टर भन्छन्) पनि आएका रहेछन्। त्यहाँ उनले कोरोना बारे सबै कुरा जान्ने अवसर पाएछन्। सबै कुरा बुढीलाई सुनाए। कार्कीनीको दिनभरिको खुलदुली भेटियो। क्वारेन्टाइन, लकडाउन, आइसोलेसन, पोजेटिभ नेगेटिभलगायत सबै कुराको जवाफ पाइन्। आफ्नो गाउँमा उक्त भाइरस आइनपुगेको पनि पत्तो पाइन्। गाउँमा आइहाल्छ कि भनेर सतर्कता अपनाइएको पनि कुरा बुझिन्। गोमानेले सम्झाए। ‘साबुन पानीले हात धोइरहनु पर्दो रहेछ। हामीसँग त छैन। खरानीले धुँदा पनि हुन्छ होला। भिडभाडमा जानु हुँदैन रे। मान्छेबाट मान्छेमा सर्छ रे। मुखमा मास्क लगाउनु भन्थे । त्यो हामीसँग छैन।’ तर अझैं एउटा प्रश्न भने अनुत्तरित नै रह्यो। जसको जवाफ गोमानेले चौतारीमा पनि सुनेनन्। यो भाइरस कहिलेसम्म रहन्छ ? यही कुरा मनमा खेलाउँदै उनीहरु सुते। ००० दिन बित्यो, रात बित्यो। अवस्था फेरिएन। एक हप्ता भैसक्यो बुढाबुढीले राम्ररी खान नपाएको। केही दिन मागेर पनि कट्यो। एक छाकको तीन छाक बनाएर पनि खाए। खाली पेटमा पटुका बाँधेर पनि बसे। तर छोराछोरीलाई मनाउन सकेनन्। भोको पेट हिँडुल गर्न पनि गाह्रो हुनथाल्यो। करिब ८ दिनपछि गाउँमा राहत बाँडियो। २० किलो चामल, दुई किलो दाल, नुन, तुल आदि आदि। हातमा राहतको सामग्री बोकेर गोमाने घर फर्किए। कपडा उही भएपनि थोपडा(अनुहार) बदलिएको थियो। सँधैको मलिन् अनुहारमा चमक थियो। भोकले गलेका गोमाने जोसिला जस्ता देखिन्थे। गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधैं आइरहे हुने। भाइरस नआए सरकारले राहत दिँदैन। आए भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमानेले ‘होइन’ मात्रै भने। धेरै बोलेनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो। कार्कीनी मुसुक्क हाँसिन् मात्रै। सायद मौन समर्थन जनाइन्। छोरी बोलिनन्। घर पुग्नेबित्तिकै चुल्हो बाल्न भने। कार्कीनीले सोधिनन् चामल कहाँबाट ल्यायौं। कसले दियो। हतारहतार चुल्हो बालिन्। घरमा भात दाल पाक्यो। माघीमा भात खाएको छोराले बैशाखको खडेरीमा फेरि भात खान पाउने भयो। छोरी र बुढाबुढीले पनि। केही दिनदेखिको भोको पेटमा भात पस्ने भयो। छोराछोरीमा उत्साह छायो। छोराले सोध्यो, ‘आज कुन तिहार हो बाबा? ‘तिहार होइन। कोरोनाका कारण सरकारले राहत बाँडेको रहेछ। हामी जस्तै खान नपाएकाहरुलाई। त्यहीबाट ल्याएको चामल।’ गोमानेले जवाफ दिए। कार्कीनीले पनि सुनिरहिन्। तर केही बोलिनन्। भात पाक्यो। कार्की परिवारलाई दशैं आयो। टन्न भात खाएपछि कार्कीनीले सोधिन्। ‘यो राहत कति दिनलाई पुग्ला? बाह्र, पन्ध्र दिन। त्यसपछि फेरि दिन्छ रे ? दिए त राम्रै हैं।’ गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधै. आइरहे हुने हैं। भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमाने बोले, त धेरै होइन। ‘होइन होइन।’ कुरा प्रष्ट्याएनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो होला। कार्कीकनी मुसुक्क हासिन मात्रै। छोरी बोलिनन्। ००० राहतको भात खान थालेको पनि हप्ता बित्यो। अब थोरै दिनलाई पुग्ने चामल मात्रै बाँकी थियो। लकडाउन खुलेन। फेरि राहत दिन पनि कोही आएन। अब फेरि के हुने हो ? के खाने हो भन्ने चिन्ताले सताउन थालिसक्यो गोमाने र कार्कीनीलाई। यो भाइरस कहिलेसम्म रहन्छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास पनि दुबै जनाले धेरै गरे। मास्टर, मास्टरनी, मुखिया, चोक, चौतारो वा डाक्टर सकैले जवाफ दिएनन्। ‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’ गोमाने सोच्थे। भाइरस सकिए काम गर्न पाइन्थ्यो। काम गरे खानलाई समस्या थिएन। गाउँमा अझैं पनि कसैलाई केही भएको छैन। ‘किन लकडाउन भनेका होलान्। काम त गर्न दिए पनि हुने नि।’ कार्कीनीले बोलिन। सहमति जनाउँदै गोमानेले थपे। ‘साहुकोमा गएर पनि सोधेको, घर नजिकै नआइजा भन्छन्। काम त के दिन्थे।’ ‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’ सानो छोरो बिचैमा बोल्यो, ‘भाइरस त सँधै रहे हुन्छ। भात खान पाइन्छ।’ बुढाबुढीले कुनै प्रतिक्रिया जनाएनन्। भाइरस र ज्यानकोभन्दा उनीहरुलाई खानको पीरलो छ। फेरि काम गर्न पाइएला कि नपाइएला? सरकारले दोस्रोपल्ट राहत देला कि नदेला भन्ने पीर छ। सारा संसार ध्वस्त होस् वा गाउँमै भाइरस पसोस्। चिन्ता छैन उनीहरुलाई। राहत दिने सरकार नमरोस्। साहुलाई कोरोना नलागोस्। बस उनीहरु यही प्राथना गरिहे।…. [email protected]

नेपालीकाे उत्कृष्ट माैलिकता, उल्टो मानो चल्ला भाेकमरी चल्दैन

काेराेना महामारीपछि बन्दाबन्दीकाे दृष्य । फाेटाेः द्वारिका काफ्ले पृष्ठभूमि/परिचय विश्वले अङ्ग्रेजी नयाँ वर्षको ब्यग्र प्रतीक्षा गरिरहेको थियो । नयाँ वर्षलाई थप उत्सवमय बनाउने तयारी कै अवस्थामा ‘कोरोना भाइरस’ ले आफ्नो असली रुप चीनको बुहान सहरबाट शुरु गर्यो । बुहान सहर विश्व व्यापारमा आफ्नो दर्बिलो उपस्थिति जनाउँदै आएको छिमेकी मित्रराष्ट्र चीनको मध्यभागमा अवस्थित व्यापार तथा पारवहनको अन्तर्राष्ट्रिय केन्द्र हो । मानिसबाट मानिसमा नै स्थानान्तरण हुने उक्त भाइरसलाई चीनमा, छिनछिनमा आवतजावत हुने मानिसको भीड अत्यन्तै अनुकूल बन्यो । कोरोनालाई अल्पकालीन साम्राज्य विश्वव्यापी फैँल्याँउन धेरै समय कुर्नु परेन । नयाँ वर्षको शुरुवातसँगै विश्ववासीमा पसेको कोरोना कहर यो आलेख तयार पार्दासम्म बढ्दो क्रममा छ । सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरमा पहिलोपटक परीक्षणबाट पुष्टि भएको भनिएको कोरोना भाइरसलाई विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ औपचारिक नाम दिएको छ । उक्त भाइरसले अत्याधुनिक र प्रविधिसम्पन्न भनिँदै आएको गतिशील विश्व समाजलाई गम्भिर आघात पुर्याएको छ । विज्ञान–प्रविधि, सुशासन र समृद्वि त्यहीँ गतिशील समाजका चार स्तम्भ हुन् । विज्ञान प्रविधि विकासको, प्रविधि आर्थिक विकासको र आर्थिक विकास सुशासन र समृद्विका आधारशिला हुन् । यी चारै स्तम्भहरुको समूचित विकास भएको समाजलाई गतिशील समाज भनिन्छ । गतिशील समाजको दावा गर्ने धेरै राष्ट्रहरुको हबिगत पटकपटक घटेका दैवी वा प्राकृतिक घटनाले उदाङ्गो पार्दै आएका छन् । यसपटक वैश्विक महामारीको रुपमा प्रकट एउटा सानो अदृश्य जीव कोरोना भाइरसले विश्वव्यापी चर्चासँगै समाजको विद्यमान गतिमा धावा बोलेको छ । विश्वव्यापी अवस्था जोन हप्किन्स विश्वविद्यालयका अनुसार बैशाख ७, बिहानसम्म विश्वका दुई सय दशभन्दा बढी राष्ट्रहरू कोभिड–१९ बाट प्रभावित बनेका छन् । विश्वभरी २३ लाख २९ हजार ५ सय ३९ जनालाई यो भाइरसले सङ्क्रमित तुल्याएको छ । सङ्क्रमित मध्ये १ लाख ६० हजार ७ सय १७ जनाको मृत्यू भइसकेको छ । ५ लाख ९५ हजार २ सय १७ जना निको भएका छन् । १५ लाख ७३ हजार ६ सय ५ विश्व नागरिक भाइरस विरुद्धको लडाइँमा अस्पतालकै शैयामा छन् । बाँकी विश्ववासी मनमा राप र सन्ताप दबाएर घर–घरमा कैदी जीवन व्यतीत गरिरहेका छन् । लेखक कोरोना संक्रमणको गति जुन अनुपातमा तीब्र छ त्यहि अनुपातमा मृत्यूदर तुलनात्मक रूपमा कम छ । अहिलेसम्मको आँकडा अनुसार, कोरोना सङ्क्रमितको मृत्यूदर ३ दशमलव ५ प्रतिशत मात्र छ । त्यस्तै प्रकृतिका अन्य सङ्क्रमण जस्तैः– सार्स र मर्सको मृत्यूदर क्रमशः १० र ३० प्रतिशतमा स्थिर भएको थियो । समकालीन विश्वलाई पिरोलिरहेको यो भाइरसको प्रकोप कहाँ पुगेर टुङ्गिन्छ एकिन छैन । यद्यपी, कोभिड– १९ प्रतिरोधी खोप प्रमाणित हुनासाथ यसबाट मुक्ति पाउने अपेक्षा गर्न सकिन्छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो लेख तयार पार्दासम्म नेपालमा कूल ८ हजार १७ जनामा कोरोना परीक्षण गरिएकोमा ३१ जनाको मात्र रिपोर्ट पोजेटिभ पाइएको छ । त्यसमा पनि २ जना निको भएर घर फर्किसकेका छन् भने मृत्यू हुनेको संख्या शून्य छ । नेपालको भूगोलभित्र मानवीय क्षति शून्य र सङ्क्रमितको सङ्ख्या नगण्य भएपनि नेपाल त्यो भाइरसको दुष्चक्रबाट अछुतो छैन । ‘अनिकालमा बीऊ र महामारीमा जीऊ’ जोगाउनु भन्ने ठेट नेपाली उखान यो पटक पनि चरितार्थ भएको छ । समग्र विश्वकै सुरक्षा के होला ? साझा चिन्ता एकातिर छँदैछ अर्कोतर्फ भाइरसको उद्गमस्थल चीनको निकट छिमेकी एवम् गतिशील समाजका चारै स्तम्भहरूको समेत संस्थागत विकास यथोचित ढंगले भइनसकेको मुलुक नेपालको सुरक्षा चिन्ताले हामीलाई झन बढी पिरलो थपिरहेको छ । सूरक्षा सतर्कता हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ । हाम्रा पीतापूर्खाहरुले बजारबाट ल्याएको नयाँ बस्त्र तथा आभूषण निर्मलीकृत गरेर मात्र प्रयोग गर्न दिन्थे । नयाँ कपडालाई ‘माडी’ पछारेर मात्र लगाउनुपर्छ भन्थे । धारा वा कुवाको पानीमा छप्छप्पी आठ/दशपटक पछारेर घाममा सुकाएपछि मात्र दिन बार हेरेर ती कपडा लगाउनयोग्य मानिन्थ्यो । हामीले सोध्थ्यौं यो नयाँ कपडालाई किन यस्तो गरेको ? भन्थे ‘देशपरेशबाट आएका चीजमा किटाणु हुन्छन्, रोगब्याधी ल्याउँछन् । यसो गर्दा किटाणु नाश हुन्छन्’ । यस्तो चुस्त सुरक्षा सतर्कता अपनाउने हाम्रो मौलिक पद्वतिलाई हामीले नै पुरातन सोच भन्ने आरोप लगायौं । त्यसो गर्न छाड्यौं । अहिले बजारबाट ल्याइएका हरेक बस्तुका प्याकेटलाई पखाल्ने, घाममा सुकाउने वा स्यानिटाइजर छर्किने वाध्यतामा हामी आफैँ आइपुगेका छौँ । गतिशील भनिएको अहिलेको समाज र पुरातन भनिएको पहिलाको समाजको सुरक्षा चाँसो एकपटक नियाल्दा हुन्छ को गतिशील को पुरातन ? भेद आफैँ प्रष्ट हुन्छ । पूर्वीय दर्शनको प्रत्यक्ष प्रभावमा परेका समाजमा कोरोना भाइरसको मात्र होइन इतिहास हेर्नुहोस् अन्य भाइरसजन्य प्रकोपको क्षति तुलनात्मक रुपमा कम छ । पूर्वीय दर्शनले उषाकालको पहिलो प्रहरमै उठ्नु भन्छ । उषाकालमै शौच एवम् ऋषिस्नान सम्पन्न गरि सेवा, सन्ध्या र ध्यान गर्नु भन्छ । जतिपटक शौचालय गइन्छ, त्यति नै पटक शुद्ध हुनुपर्दछ भन्छ । यसको अर्थ पानीसँग बढ्ता खेल्नुपर्छ भनेको हो । कोरोना भाइरसबाट बच्न मिचीमिची पटकपटक हात धुनुहोस्…..’ यस्तै सन्देश अहिले प्रकाशित/प्रसारित हुँदा हामीलाई आधुनिक लाग्ने हाम्रै मौलिक दर्शनले भन्दा पुरातन लाग्ने ? हाम्रै दर्शनमा छ सुरक्षा सतर्कता, अनुसरण गरौँ । हरेक भाइरसको साझा विशेषता हुन्छ, मानिसको रोगसँग लड्न सक्ने क्षमता कमजोर तुल्याइदिनु । नाशवान रोगप्रतिरोधात्मक क्षमता बृद्वि गर्ने उत्तम उपाय एकाग्र चिन्तन हो । ध्यान, जप र योग साधना एकाग्र चिन्तनका साधन हुन् । उदाउँदो सूर्यसँगै तुलसीको मठ र कुसको आसनको ध्यान र जपलाई विज्ञानले पनि अनुकरण गर्नु भन्छ । सूर्य बुद्विका स्वामी, देव हुन् । उदाउँदो सूर्यको राप र ताप दुवै लिनु भन्छ । घाममा पाइने भिटामिन ‘सी’ सम्भावित कोरोना सङ्क्रमणको प्रतिरोधी मानिएको छ । यस्तो पूर्वीय दर्शन दुर्भाग्य हामीलाई पुरातन लाग्छ, ‘इम्युन सिस्टम स्ट्रोङ्ग राख्न साँझ विहान योगा गर्नुहोस्’ भन्यो भने त्यो हामीलाई प्रीय लाग्छ । अहिले हामी अप्ठ्यारोमा छौँ जे प्रीय लाग्छ त्यहि अनुसरण गरौँ आखिर बच्नु त छँदै छ । जसो गर्दा पनि, घुमीफिरी हामी हाम्रै मौलिक दर्शनमा फर्किन्छौँ । नेपाललाई त्यसै वैदिक सभ्यताको शास्त्रीय मान्यता दिइएको होइन् । हाम्रा हरेक प्रचलनमा आधुनिकता र विज्ञान मात्र होइन, विवेक पनि छ । मात्र हामी विवेकले शासित हुने इच्छा राख्दैनौं । हिमालयको काखमा अवस्थित हाम्रो भूगोल ज्ञान, विज्ञान, दर्शन, कला, धर्म, संस्कृति, इतिहास र पारस्परिक भाइचारको बेजोड संगम हो । तपाईंको शरीरको प्रतिरक्षात्मक प्रणाली सुदृढ पार्न तपाईंले तपाईंकै शरीरलाई चलायमान तुल्याउने हो । आफ्नै शरीरलाई आलस्यमा पुर्याउने तपाईंकै खानपान र आनीबानीले हो, अर्कोले होइन । हामीलाई जन्माएको हुर्काएको दर्शनले तामसी चीजको सेवन नगर्नु भन्छ । राम्रोसँग पाक पुगेको सात्विक भोजन ग्रहण गर्नु भन्छ । आफ्नै माटोका अप्रसोधित उत्पादन रितपूर्वक उपभोग गर्नु भन्छ । गृहस्थीमा बढ्ता समय बितोस् भन्छ । भीडभाड कोलाहलमा गइ रमाउनुभन्दा शुद्ध मनसहित भगवानको आराधनामा प्रहर व्यतीत गर्नु उत्तम भन्छ । एकपटक फर्केर हेर्नुहोस् त कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य सङ्गठन, विज्ञ, चिकित्सक एवम् सरोकारवाला सबैले सुझाएका सुरक्षा सतर्कता योभन्दा पृथक कतै भेटिन्छन् कि ? विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको संक्रमण अब अफ्रीकामा विस्तार हुने जानकारी दिएको छ । एउटा अध्ययनले समुन्द्री तटीय क्षेत्रमा अवस्थित शहरहरू कोभिड– १९ को प्रभावबाट बढ्ता प्रभावित बनेका उल्लेख गरेको छ । हामी यो त्रासबाट भने मुक्त छौँ । तर, दक्षिणी छिमेकी मित्रराष्ट्र भारतमा बढ्दो कोरोना भाइरस र उक्त राष्ट्रसँग नेपालको बाक्लो आवतजावत एवम् खुल्लमखुल्ला सिमानाका कारणले हामीले झनै बढी सुरक्षा सतर्कता अपनाउनुपर्ने नै देखिन्छ । प्राकृतिक असन्तुलन सृष्टीको श्रेष्ठ जीव मानवले जे गर्नु हुँदैन त्यहि गर्न उद्वत् हुँदा प्राकृतिक असन्तुलन चुलिँदै जाने हो । कोरोना भाइरसको विश्वव्यापी चर्चा चूँलिनुभन्दा एकाध हप्ता पहिला अष्ट्रेलियाका जङ्गलमा लागेको भीषण आगालागीको लप्कामा लपेटिएर करोडौँ पशुपंक्षीको बाच्न पाउने अधिकार हठात् तोडियो । त्यो विभत्स घटनाबाट बाच्न सफल थप पशुपंक्षी समेत भयावह माननीय सङ्क्रमणको त्रासबाट उन्मुक्ति पाउने निहुँमा मारिए । त्यसै समयको आसपासमा पश्चिम नेपालमा समेत पशुबध भएका र गर्न ठिक्क पारिएका घटना सार्वजनिक भए । पृथ्वीको एउटा टुप्पो अष्ट्रेलिया र अर्को टुप्पो नेपाल–चीन । कोरोना भाइरससँग ती घटनाहरुको कुनै साइनो सम्बन्ध हुन वा नहुन पनि सक्दछ । तर, जीवजगत्को समान स्वार्थ राख्नुपर्ने गतिशील विश्व समाजले त्यस घटनामा त्यति ठूलो मानवीय समवेदना प्रकट गर्ने आवश्यकता ठानेन् । लोभलाग्दो जीवन चुडेर बाच्न पाउने अधिकारबाट बञ्चित भइन्छ कि भन्ने भय अहिले मानिसलाई छ । त्यसैले अदृश्य कोरोना भाइरसको चर्चा–परिचर्चाले विश्वमै साझा आकार ग्रहण गरेको छ । दुःखको कारण मानिसको आफनै स्वभाव हो । स्वभावलाई सुधार्नु बडा कठिन काम हो । मेरा निम्ति मेरो जीवन सर्वाधिक मायावी एवम् महत्त्वपूर्ण लाग्छ । त्यस्तै हुन्छ जीवन बोकेका हरेक प्राणीहरुको पनि । पूर्वीय दर्शनका अनुसार नभोगी नाश नहुने एउटा अप्रीय अनुभव हो ‘पाप’ । हामी सानै छँदा आफू अन्यायमा परियो भने ‘पाप’ धुरीबाट कराउँछ भन्थ्यौँ । यो कली हो, कलीमा पापको दुष्चक्र पनि रफ्तारमा फनफनी घुमिरहन्छ । मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ । सिङ्गो मानव समाजले ढिला गरि बुझ्ने विषय सृष्टिको सम्बन्ध हो । सृष्टिका हरेक प्राणीको एकापसमा साइनो सम्बन्ध पक्कै छ, नत्र यो साझा पृथ्वीमा तिनको अस्तित्व र इतिहास दुवै किन भेटिन्छ ? मानव सम्भ्यता र संस्कृति जति विवेकले शासित हुन्छ त्यति नै समग्र वातावरण र जीवजगत्मा प्रभाव न्यून देखिने हो । मानव मात्रले गर्व गर्ने गतिशील समाजको निर्माणमा यहीँ सृष्टिका हरेक प्राणीहरुको उत्तिकै योगदान छ । मात्र उपभोगको अधिकार मानवले नियन्त्रणमा लिएको हो । एकापसको अस्तित्वलाई मेटाउँदै जाँदा प्राकृतिक असन्तुलन गहिरिन्छ । प्राकृतिक असन्तुलन नै दैवी, प्राकृतिक वा वैश्विक विपत्तीको मुख्य जड हो । यस्ता विपत्तीले लाखौँ करोडौँ अरु निर्दोषको जीवन चुड्छ, चुँडिरहेकै छ । लकडाउनले खुलेको स्वच्छ र निर्मल आकाश देखेर मात्र भएन् । मानिसले मानवीय उद्विकासका विभिन्न चरणहरुमा बिचित्र त्रुटीहरू गर्दै आइरहेको छ । हामीले सधैँ हेक्का राख्नुपर्दछ ‘होचो बलेसीमुनी बास भएको मानिस मुन्टो निहु¥यार मात्र भित्र पस्नु पर्छ ’ । प्रकृतिमाथिको अतिसय दोहन चुनौतीका प्रमुख कारक हुन् । एकले अर्काको अस्तित्व स्वीकार गर्न नखोज्ने स्वार्थलिप्त समकालीन गतिशील विश्व समुदायलाई कोभिड–१९ ले आफ्ना आगाडी थुप्रिएका चुनौतीका चाङ्गलाई एकपटक धैर्यतापूर्वक अवलोकन गर्न मानिसलाई दवाव सिर्जना गरेको छ ।  चुनौती एवम् सन्देशहरू कोरोना भाइरसको सङ्क्रमण एशिया, अमेरिका र युरोप लगायतका राष्ट्रहरूमा फैलिँन थालेयता विश्वका बहुसङ्ख्यक नागरिकहरुको दैनिकी फेरिएको छ । रोजगारी, पेशा–व्यवसाय र काम गुमाउनेको सङ्ख्या करोडौँ छ । विश्वको पहिलो चुनौती ती नागरिकहरुलाई विश्व विकासको मुलधारमा कसरी फर्काउने भन्ने नै हुनेछ । अन्यथा, त्यो मानवशक्ति विभिन्न समाजविरोधी क्रियाकलापहरू जस्तैः– हत्याहिँसा, चोरी–चाकरी, आपराधिक क्रियाकलाप आदिमा आकर्षित हुने प्रवल सम्भावना रहन्छ । अतः मानवीय श्रोतको व्यवस्थापन अत्यन्तै चुनौतीपूर्ण कार्य हो । जो नेपालको हकमा पनि लागु हुन्छ । संक्रमण राेकथापकाे लागि सडकमा नराेधात्मक ग्यास छर्कदै स्वास्थ्य क्षेत्रका जानकारहरुले प्रत्येक डेढ–दुई दशकको अन्तरालमा विद्यमान उपचार पद्वतिले थेग्न नसक्ने नविन र व्यापक रुपमा फैलिँने सङ्क्रामक रोगले विश्वलाई गाज्ने चेतावनी दिएको धेरै भयो । चालु कोरोना भाइरसको महामारीले स्वास्थ्य सेवा संरचनामा आमूल परिवर्तनको सन्देश दियो । हामी गतिशील राष्ट्र हौँ, सुविधा सम्पन्न अस्पतालले नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छौँ भनेर घमण्ड गर्ने अस्पतालहरूको दुरावस्था समेत तेस्रो विश्वले देख्न पायो । २०७२ कै भूकम्पीय विनासको बेला घाइतेको उपचारमा कठिनाई भोगेर पहिलो चेत खुलेको नेपाललाई स्वास्थ्य क्षेत्रको उदार निजीकरण ठीक रहेनछ भन्ने नमिठो सन्देश यो घटनाले दोस्रो पटक प्रवाह गरेको छ । हरेक सरकारले स्वास्थ्य क्षेत्रमा बढी रकम बिनियोजन गर्नुपर्ने वाध्यता खेप्नेछन् । बजेटको सन्तुलन नमिल्दा अर्को क्षेत्र नराम्रोसँग प्रभावित हुने सम्भावनालाई नकार्न सकिँदैन । जवसम्म कोरोना विरुद्धको प्रामाणित खोप पत्ता लागेर सर्वशुलभ हुँदैन तवसम्म विश्वमा एउटा मात्र कोरोना सङ्क्रमित विरामी छ भने पनि विश्वका नागरिकहरुले हिँडडुल, भेटघाट र भोज भतेरमा स्वतस्फुर्त बन्देज लगाउनेछन् । अन्तरदेशीय सम्बन्धका आधारमा चलेका उद्याेग प्रतिष्ठानहरू जस्तैः पर्यटन, होटल, एयरलाइन्स र रेमिट्यान्स व्यवसाय यो कारणले अलि लामै समयसम्म प्रभावित हुनेछन् । नेपालको अर्थ प्रणालीमा यसले थप चुनौती निम्त्याउने छ ।  ठप्प आर्थिक गतिविधि कोरोना भाइरसको उद्गम चीनको बुहान शहर ७६ दिनपछि खुल्यो । विश्वका मुख्यमुख्य व्यापारिक नाका र शहरहरू महिनौँदेखि ठप्प प्रायः छन् । सेवा प्रदायक संघसंस्था, उत्पादनशील उद्याेग धन्दा कलकारखाना, ब्यापार–व्यावसाय सबै उल्टो मानो खाएर बसिरहेका छन् । नेपाल पनि किस्ताबन्दीमा लकडाउन थपिएसँगै सबै व्यवसाय ठप्प छ । बजारको यति लामो र यस्तो सत्राट्टा समकालीन विश्वले अनुभव गरेको थिएन, कामना भावी पुस्ताले पनि गर्नु नपरोस् । बजारको चहलपहल कुनै पनि देशको अर्थतन्त्रको आधारभूत मानाङ्क हो । अनि अर्थतन्त्र सुशासन र समृद्विको । सुशासन र समृद्वि गतिशील समाजको । अर्थतन्त्रको यो ठप्प चक्रीय प्रणालीले पूँजीवादी अर्थतन्त्र उन्मुख विश्वको गतिशील समाजलाई कुझ्ययाँउन धेरै समय लाग्दैन । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले विश्वको अर्थतन्त्र सन् १९३० को महामन्दीपछिकै जटिल अवस्थामा पुग्ने जनाउ दिएको छ । विश्व बैंकले एसियाली अर्थतन्त्र ४० वर्षयताकै सबैभन्दा कमजोर हुने जनाएको छ । विश्वभरका सरकार र सम्बन्धित सबैलाई उक्त प्रकोपको नियन्त्रण र व्यवस्थापन अहिले सबैभन्दा जटिल मुद्दा बनेको छ । विश्व अर्थतन्त्रको भावी स्वरुपमा प्रारम्भिक अड्कबाजी मात्र प्रस्तुत भएका छन् । क्षतिको एकिन तथ्याङ्क आउनै बाँकी छ । परिपूर्तिका उपायहरू पक्कै पनि आउने नै छन् । नेपालको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार साढे ३४ खर्ब रुपैयाँ बराबरको हो । चालु आर्थिक वर्षमा यो आकारलाई सात प्रतिशले बढाएर पुगनपुग ३७ खर्बमा उकाल्ने सरकारी लक्ष्य थियो । अन्य विश्वको तुलानामा कूल अर्थतन्त्रको आकार सानै भएपनि विप्रेषण आप्रवाह एवम् वैदेशिक रोगजारी, पर्यटन, साना तथा मझौला उद्योग र व्यापार तथा वित्तीय क्षेत्रले सरकारी राजश्व संकलनमा मुख्य योगदान पुर्याउँदै आएका थिए । आर्थिक वर्षको अन्तिम त्रैमासिक देख्न नपाउँदै यस क्षेत्रका ठप्प आर्थिक गतिविधिले अव सरकारी लक्ष्य अनुरुपको योगदान दिने सम्भावना शून्य छ । यसर्थ, घरयासी अर्थतन्त्रको संकुचित आकारमा समायोजन हुन हामी तत्काल तयार हुनुपर्दछ । यद्यपी, ढिलो नगरी नेपाली अर्थतन्त्रलाई खास लयमा फर्काउने प्रशस्तै मौका फेरि पनि हामीमा छ ।  विकल्पको बाटो यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् । नेपालीमा एउटा उखान प्रचलित छ, ‘जोगीको कुटीमा सन्यासी पाहुँना’ । हरेक संकटमा हामी हात थाप्छौँ, संयोग अहिले कस्तो छ भने हामी जस्तै संकटमा अरु राष्ट्रहरु पनि धकेलिएका छन् । अव हामीलाई हातमाथि पार्न अप्ठ्यारो छ । अहिलेसम्म प्रयोग गरि नहेरिएको स्वदेशी श्रम, सीप, श्रोत र साधनको समुचित उपयोगको सजिलो विकल्प बाँकी छ । जसले दिगो आर्थिक विकासको अनुपम नमुना विश्वलाई प्रस्तुत गर्ने क्षमता राख्दछ । राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा १५–५९ वर्षसम्मको जनसङ्ख्या ५७ प्रतिशत छ । यसको अर्थ नेपालले जनसांख्यिक संक्रमण पार गरि लाभको अवस्थामा प्रवेश गरेको भन्ने बुझिन आउँछ । यसलाई अंग्रेजीमा ‘बोनस पपुलेशन’ भनिन्छ । नेपालीमा भन्दा पाखुरी बजारेर ज्यान पाल्न सक्ने जनसङ्ख्या भनेर बुझ्दा उत्तम हुन्छ । त्यो के भनेको भने, १५ वर्षको नागरिक ५९ वर्ष नपुग्दासम्म अर्थात चार दशकभन्दा बढी त्यो जनसङ्ख्याले मनग्य उत्पादन पनि गर्न सक्छ र उत्पादित वस्तु खपत गर्न सक्ने क्षमता पनि राख्दछ । घरयासी दिगो आर्थिक विकासका लागि यो अत्यन्तै अनुकूल अवस्था हो । नेपालमा त्यो अवस्था अझै ३ दशक बाँकी छ । तर, दुर्भाग्य के भयो भने त्यो जनसङ्ख्याको अधिक हिस्सा घरपरिवार चलाउने सानो उद्देश्य लिएर सस्तोमा श्रम बेच्न अन्तर्राष्ट्रिय श्रम बजारमा क्रियाशील छ । त्यो जनसङ्ख्यालाई आफ्नै देशको सिमाभित्र फर्काउनुपर्छ भन्ने बहस राष्ट्रिय मुद्दा हो, हामी धेरै बोल्नु पनि अनर्थ होला । अहिलेको महामारीले त्यस्तै कम्तीमा पनि १५ लाख श्रमिकको वैदेशिक रोजगारी संकटमा पुगेको छ । पर्यटन उद्योगबाट ११ लाख श्रमिक विस्थापित हुँदै छन् । हवाई क्षेत्रको अरु थपिन्छ । विदेश जान ठिक्क परेका पनि यतै रोकिन्छन् । अब त्यो श्रम शक्तिलाई राज्यले कृषि औजार, बीऊ–बिजन, मल आदि अनुदानमा उपलब्ध गराएर तपाईंहरुले छाडेपछि बाँझिएका जमिन फोर्नुहोस् । परम्परागत कृषिलाई आधुनिक कृषिमा रुपान्तरण गर्नुहोस् भन्न निसंकोच सक्नुपर्छ । पटकपटकको नेपाली अनुभवले यो भन्छ, यसो फेरि पनि हुँदैन । एक त राज्यले त्यो संयन्त्र तयार गर्नै भरपुर समय लगाउँछ । अर्को हामी पनि झट्ट तयार हुँदै हुँदैनौँ । ‘भोकाएकाले भन्छ डाँडा वारी खाउँ, अघाएकोले भन्छ डाँडा पारी खाऊला’ भने जस्तै हुन्छ । राज्यले भन्नेछ पख्नुहोस् काम हुँदै छ, श्रमिकलाई परिवार कसरी पाल्ने पिरलोले च्याप्दै लग्छ । फेरि उही चक्र रोहोरिन्छ, अलिक मुनासिव आम्दानी हुने वैदेशिक रोजगार । ख्याल गर्नुपर्ने अर्को कुरा के छ भने वैदेशिक रोजगारीको विकल्प यो महामारीले सदाका लागि निमिट्यान्न पार्दैन । महामारीको क्षतिपूर्तिका लागि द्रुत आर्थिक विकास हाम्रा दाजुभाइलाई सस्तैमा भएपनि रोजगारी दिने हरेक रोजगारदाता मुलुकहरुको उच्च प्राथमिकता हुनेछ । नेपालीको लगन र उच्च इमान्दारिता नेपाल वाहेकका अरु देशमा बेच्न अप्ठ्यारो छैन् । सबै विकल्प बन्दै भएपनि हामी ढुक्क भए हुन्छ, यो महामारीले नेपाल र नेपालीलाई भोकमारी जस्तो दयनीय अवस्थामा पुर्याउँदैन । लकडाउन अवधिमा देश विदेशबाट घर फर्केकाले केहि न केहि पसिना त आफ्ना खेतबारीमा चुहाएकै छन् । त्यो योगदानको प्रतिफल स्वरुप मौसमले साथ दियो भने यसपटकको कृषि उत्पादन बढ्नेछ । भएकाले नभएकालाई दिने, एैँचो–पैँचो विनिमयका धेरै माध्यम हाम्रो मौलिक अर्थप्रणालीले सिकाएकै छ । त्यसैमा नेपाली समुदायको पारस्परिक सद्भाव अहिलेसम्म कतै चुकेको छैन । उन्नती प्रगतिको बाँकी मुद्दा पहिला बाचौं र बचाउँ संसारमा अरू विकल्पका बाटा भेटिन्छन् । सन्दर्भ सामग्रीहरूः १) पूर्वीय दर्शनको पुनर्व्याख्या– डा. प्रमोद ढकाल २) कोरोनाबिरुद्व वैश्यिक लडाइँ– डा. रवीन्द्र पाण्डे, गोरखापत्र वैशाख ६ ३) Joshn Hopkins University & Medicine https://coronavirus.jhu.edu/ ४) नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय https://covid19.mohp.gov.np/#/ ५) श्रीमद्भागवत रहस्य– अनुवादक ढुण्डीराज कोइराला ६) कोरोना संकट र सहर– डा. पीताम्बर शर्मा, नयाँ पत्रिका वैशाख ६ ७) International Monetary Fund https://www.imf.org/external/index.htm  ८) The world Bank https://www.worldbank.org/ ९) प्रकृतिमाथि मानव जातिले मच्चाएको महामारी, यादव देवकोटा कान्तिपुर वैशाख ६ १०) World Health Organization https://www.who.int/ ११) National Population & Housing Census 2011- National Report टिव्टरः@rajupaudel44 जैमिनी नगरपालिका– ९,  बागलुङ् हाल– टोखा–काठमाडौं