वसुधैव कुटुम्बकम

कोरोना माहामारी विश्वव्यापी अवस्था विभिन्न कालखण्डमा पृथ्वीमा विभिन्न समस्याहरु मानव लगायत अन्य जीवहरुलाई आईलागेका ईतिहास छन । जस्तैः प्राकृतिक प्रकोप भूकम्प,माहामारी, बाढी पहिराे, सुनामी, विश्व युद्ध, डायनोसर लोप हुनु आदि । पृथ्वीमा सर्वश्रेष्ठ कहलिएको मानवजातीले आप्नो स्वार्थपूर्ती गर्न निरन्तर प्रकृतिसँग खेलवाड गरेको परिणाम स्वरुप समय समयमा प्रकृतिले यस्ता विपत्तीहरु र्सिजना गर्दछ । आजको २१ औं शताब्दीमा विश्वव्यापीकरण फस्टाई रहेको बेला मानिसले कल्पनै नगरेको र सोच्नै बाध्य हुने गरी सन २०१९ को अन्ततिर विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको देश चीनको वुहान प्रान्तमा जनावर (सि फुड मार्केट) बाट कोरोना भाईरसको जन्म भयो । हाल उक्त भाईरसको नाम विश्व स्वास्थ संगठनले कोभिड-१९ राखेको छ । विश्वका देशहरु एक आपसमा अन्तरनिर्भर रहेकोले तथा यो एउटा सरुवा रोग भएकोले एड्स, क्यान्सर भन्दा पनि मानव जातीका लागि ज्यादै खतरा सावित हुदै गएको छ । विश्वका आर्थिक रुपमा सम्पन्न, स्वास्थ सुविधा सम्पन्न भएका विकसित देशहरुको लागि कोरोना ज्यादै शक्तिशाली सावित भएको छ । धनी, गरिव, धर्म सम्प्रदाय, वर्णबीच भेदभाव नगरी विश्वलाई एकै साथ आक्रमण गरी मानिसले कल्पनै नगरेको तेस्रो विश्व युद्धको झल्को दिने गरि मानव जीवनलाई त्राहिमाम पारेको छ । विश्वका धेरै देशका सरकारले कोरोना भाइरसको संकट मोचनको लागि देशलाई बन्दाबन्दी गर्ने अवधारणा अघि सारी मानिसलाई घरभित्रको पिजडामा बस्न बाध्य बनाए । शक्ति दम्भ, अभिमान बाकेर बसेका विश्वका शासकहरु कोरोना माहामारी संग झुक्न बाध्य भएका छन्। एकातिर मानिस आफनै कर्मले निम्त्याएको फल भोग्दैछ भने अर्कोतिर प्रकृतिमा जीवजन्तु रमाईरहेका छन । विश्वका धेरै देशहरुका शहरहरु बन्द अवस्थामा छन, खाली सडकमा जीवजन्तु हिडन थालेका छन, मानिस भित्रै बसेर भए पनि स्वच्छ स्वास फेर्दै छ, गंगा, अमेजन, नील, कोशी जस्ता नदी स्वच्छ भई वगिरहेका छन भने उद्योग, गाडी मोटर बाट निस्कने प्रदूषण कम भएर ओजन तह पनि सफा हुदै गएको छ साथै सडक, रेल,हवाई दुर्घटनामा समेत कमी आएको छ । यसबाट मानिसले धेरै कुरा सिक्न सक्छ र सिक्नु पर्दछ । विश्वका केही देश बाहेक सबै देशहरुमा कोरोना माहामारीको त्रास छ, बैज्ञानिक, स्वास्थकर्मी यस माथि विजय प्राप्त गर्न अहोरात्र लागि रहेका छन । हाल विश्वभर दैनिक औसत ५ देखि १० हजार मानिस कोभिड १९ बाट मृत्युवरण गरिरहेका छन । मानव जीवन संकटमा परि कतै लोप त हुदैन भन्ने आशंका गर्न थालिएको छ । अमेरिका, युरोप, एसिया सबैतिर कोरोनाको सन्त्रास भए पनि धेरै विरामी उपचार पछि निको भईरहेकोले आशालाग्दो अवस्था पनि छ र छिटै विश्वले यो माहामारी माथि विजय हासिल गर्ने आशा गरिएको छ । लेखक विश्व समुदायमा ल्याएका चुनौतीहरु कोभिड-१९ ले माहामारीको विश्वव्यापी रुप लिए पछि सरकारहरुले गरेको बन्दाबन्दीले विश्व अर्थव्यवस्थामा ठुलो हलचल ल्याई दिएको छ । धेरै मजदुर, किसान, साना उद्योगी, मध्यम वर्गलाई यसले प्रत्यक्ष असर पारेको छ । यसले विश्व समुदाय सामु निम्न चुनौतीहरु देखा परेका छन् ः श्वव्यापी रुपमा फैलिएको माहामारीबाट हुन सक्ने मानवीय क्षती लाई रोक्न उचित कदम चाल्नुपर्ने,  मजदुर वर्ग , किसान, उद्यमी लगायत श्रमजीवि वर्गको हकहितको रक्षा गर्दै रोजिरोटीको व्यवस्था गर्नु ,  विश्व अर्थव्यवस्था सुर्धान कृषि, व्यापार, पर्यटन, श्रम बजार जस्ता क्षेत्रहो लागि राहत प्याकेज घोषणा गर्नु,  आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक विकास कायम राख्नु,  वित्तिय क्षेत्र सुधारका कार्यक्रम घोषणा गर्नु,  बैदेशिक रोजगारी व्यवस्थित गरि देशहरुबीचको दैत्य सम्बन्ध कायम राख्नु,  मानव जीवन सहज तुल्याउन, माहामारी नियन्त्रण गर्न र भरपर्दो स्वास्थ सेवा प्रदान गर्न अन्य शीर्षकको बजेट कटौती गरेर पनि विपद व्यवस्थापन कोषको व्यव्स्था गर्ने  माहामार िनियन्त्रण गर्न खोप, औषधी लयागतमा खोज अनुसन्धान गर्नु,  माहामारी लगायत अन्य विपद संग जुध्न अल्पकालिन, मध्यकालिन र दीर्धकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्नु पर्ने,  माहामारीको कारण विश्वमा उत्पन्न हुनसक्ने भोकमरी रोक्न कदम चाल्नु पर्ने,  यस्तो संकटकालिन अवस्थामा बढन सक्ने आतंकवाद, बन्यजन्तु तस्करी, लागुऔषध कारोवार, अपहरण, महिला हिंसा, घरेलु सिहंसा जस्ता अपराध नियन्त्रण गर्नु,  सकारात्मक मनोविज्ञान तयार गरी बालबालिका, जेष्ठ नागरीक को संरक्षण गर्नु,  कोरोना माहामारीबाट उत्पन्न हुन सक्ने र अन्य रोगहरु नियन्त्रणमा ध्यान दिनु, तत्काल सबै पक्षको लागि उपयुक्त राहात प्याकेज ल्याउनु आदि चुनौती विश्वका सरकार सामु देखिन्छन । माहामारीले विश्व समुदायलाई दिएका सन्देशहरु कोभिड १९ ले विश्व समुदायलाई धरै असर गरे पनि यसले मानव तथा विश्व जगत लाई निम्न सन्देशहरु दिएको छः बसुधैव कुटुम्बकम भावना भावना जागृत गराएको छ । प्रत्येक देशलाई अप्प दिपो भवः अर्थात अत्यावशकीय कुराहरुमा आत्मनिर्भर बन्नु पर्ने पाठ सिकाएको छ । प्रकृति अनुकुल हुने गरी विकास कार्य गर्नु पर्ने र सबै जीवजन्तु, वनस्पतिको संरक्षण गदै दिगो विकास गर्नु पर्ने । विभिन्न नविनतम सोच, खोज अनुसन्धान, प्रकृति संरक्षण आदि भावनाको विकास गर्नुपर्ने । देशहरुबीच अन्तरनिर्भता रहेकोले विश्व एक भएर विश्व सरकार संचालन गरी हरेक समस्यामा हातेमालो गरी अगाडी बढनु पर्ने । विश्वमा सामाजवाद, पुँजीवाद वा अन्य वाद कुन उपयुक्त छ विश्व मन्चले बहसको विषय बनाउनु पर्ने । सामाजिक संजाल, सूचना प्रविधि, व्यवसायको सामाजिक उत्तरदायित्व, डिजिटल विश्वको महत्वको बोध गराएको छ । प्राकृतिक शक्ति सामु मानविय दम्भ,घमण्ड, हिंसा, धन, रसायनिक हतियार तथा मानवीय स्वास्थ नै धन हो भन्ने उखान चरितार्थ पुनः चरितार्थ गरि दिएको छ । बच्ने उपायहरुः माहामारी कोरोना संक्रमणबाट बच्न र बचाउन विश्व स्वास्थ संगठन, विश्व व्यापार संगठन, अन्य अन्तराष्ट्रिय संघ संगठन, सरकारहरु,नागरीक, सबैले सचेत हुनु जरुरी छ । सरकारले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना तर्जुमा गरि कार्यान्वयन गर्ने, सरकारले नागरिकलाई यस बारे समयमै सावधानीका उपाय, बच्ने उपाय बारे जानकारी गराउने, नागरिकले आफनो कर्तव्य सम्झी राज्यले अवलम्बन गरेको नियम पालना गर्ने, स्वास्थ्य सुविधामा सुधार र स्वास्थ्य बिमा लागु गर्नु पर्ने, संचार माध्यम तथा सामाजिक संजालले सुचनामुलक, मनोरञजनात्मक र सकारात्मक भुमिका निर्वाह गर्नु पर्ने । प्रत्येक नागरीकले सम्यक आहार, सम्यक बिहार, सरल जीवलशैली, योग, ध्यान, आध्यात्मिक चेतनाको विकास गरि सकारात्मक सोच लिई रोग लाग्न नदिने तर्फ सचेत रहने । गरिब, मजदुर, असहाय,जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तीलाई घरमै स्वास्थ सेवा लगायत आवश्यक सेवा प्रवाह गर्ने । कोरोना नियन्त्रणको लागि विश्वमा सफल मानिएका बन्दाबन्दी विधी तथा सामाजिक दुरी कायम राख्ने र सकेसम्म सबैमा परिक्षण गर्ने विधि सरकारले अवलम्बन गरि नागरिकले पालन गर्ने । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पर्ने प्रभावहरु कोरोना विश्वभरि फैलिरहेकोले नेपाल पनि यसबाट अछुतो रहन सकेन । विश्व तथा नेपाली अर्थतन्त्रमा निम्न प्रभावहरु पर्न सक्छनः विश्वका आर्थिक शक्ति राष्ट्रहरुको आर्थिक बृद्धिमा संकुचन आउन सक्ने तथा नेपालमा आर्थिक बृद्धि २ प्रतिशत भन्दा कम हुने विश्व बैंकद्धारा प्रक्षेपण गरिएको, उद्योग, कलकारखाना, खानी, निर्माण बन्द भएको तथा विकास कार्यमा संकुचन ल्याउने, व्यापार, व्यवसाय, पर्यटन, होटल व्यवसायमा सुस्तता, नेपालको बैदेशिक रोजगारमा कटौती आई बेरोजगारी बढन सक्ने साथै रेमिटान्समा कमी आई मध्यम वर्गलाई समस्या पर्ने, बिदेशी मुद्रा संचितिमा कमी तथा शोधनान्तर अवस्थामा कमी, शेयर कारोवारमा कमी, बितीय क्षेत्रमा संकूचन आई वितिय स्थायित्वमा कमि आउन सक्ने, कृषि, उद्यम, उत्पादन क्षेत्रमा संकुचन आई भोकमरी सिर्जना हुन सक्ने, बेरोजगारी, माग र आपूर्ती बीच असन्तुलन तथा मुद्रास्फीति बढने, खेलकुद, मनोरन्जन, शैक्षिक क्षेत्र, फिल्म क्षेत्र आदिमा सुस्तता आउने, नेपालीको प्रति व्यक्ति आय तथा क्रयशक्तिमा कमि आउने, नेपालको अवस्था र देखिएका चुनौतीहरु विश्व व्यापी रुपमा फैलिएको कोरोना माहामारीबाट नेपाल पनि अछुतो रहन सकेन । आफनै छिमेकमा कोरोना संक्रमण फैलिदा समेत यसको रोकथामको पुर्व तयारी हुन सकेन यद्यपी ढिलै भए पनि नेपाल सरकारले बन्दाबन्दीको निर्णय लिई सबै अन्तराष्ट्रिय सीमा बन्द गरी स्वस्थ्य सेवा तथा परिक्षण कार्यलाई तिब्रता दिएको छ । तीनै तहको सरकार सकृय भएर लागि परेको छ । नेपालमा सर्वप्रथम माघ ९ गते चीनबाट नेपाल आएका बिद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको थियो । हाल नेपाल सरकारले स्वास्थ्य क्षेत्रमा सुधार, जनशक्तीमा बृद्धि, जनचेतनामा बृद्धि, विश्व स्वास्थ्य संगठनले दिएका सुझाव तथा निर्धारण गरेका मापदण्डको पालना गरेका कारण एसियाली देशहरुमा संक्रमण बढी फैलिए पनि नेपालमा भने कोरोना संक्रमणका चार अवस्था मध्ये दोस्रो चरणमा रहेको र यसलाई यत्तीमै सिमित गर्न सके मानवीय क्षती न्युन हुने देखिन्छ । नेपाल सामु यसका निम्न चुनौतीहरु हुन सक्दछनः मानवीय क्षती हुन नदिने तथा यसलाई रोकथाम गर्न स्वास्थ्य परिक्षणको दायरा बढाउने, स्वास्थ्य सामाग्री,उपकरण, सेवा बृद्धि गर्ने र बन्दाबन्दी लगायत अन्तराष्ट्रिय सीमामा विश्वभर प्रकोप नियन्त्रण नहुन्जेल सम्म सील गरि कोरोना रोकथामको लागि हरसंम्भव प्रयास गर्नु, स्वास्थ्य सेवामा व्यापक सुधार गरि स्वास्थकर्मी, सुरक्षाकर्मीलाई उत्साहित गर्नु, अर्थतन्त्रको सुधारका लागि सबै क्षेत्र समेटिने गरि राहत प्याकेज घोषणा गर्नु, बैदेशिक रोजगार तथा रेमिटान्स आय कायम राख्नु, सीमा घुसपैठ, बन्यजन्तु ओसारपसार, घरेलु हिंसा नियन्त्रण लगायत अन्य अपराध नियन्त्रण गर्नु, कृषि क्षेत्र नै नेपाली अर्थतन्त्रको मेरुदण्ड भएकोले यसको लागि बजार व्यवस्थापन तथा अुनुदान घोषणा गर्नु, विभिन्न क्षेत्रमा रोजगारी सृर्जना गरि स्वदेशी उत्पादनमा बृद्धि गर्नु, बिदेशमा रहेका नेपालीको सुरक्षा गर्नु, पर्यटन प्रर्बद्धन गर्नु, निर्माण कार्य अगाडी बढाउनु,सहस्राब्दी लक्ष्य हासिल गर्नु, कारागार व्यवस्थापन, मानव अधिकार संरक्षण गर्नु आदि चुनौती रहेका छन । मानव सभ्यता र संकृतिमा पार्ने असरहरु र मानवजातीको भविश्यमा थपिएका चुनौतीहरु मानिस पनि प्रकृतिको एक उपहार र सर्वश्रेष्ठ प्राणी मानिन्छ । मानिसको प्रकृति प्रतीको व्यवहारले आफनै भविश्य संकटतर्फ उन्मुख गराएको छ । यस्तै माहामारी फैलिएमा र प्रकृति माथिको दोहन नरोकिएमा निकट भविश्यमै मानव अस्थित्व संकटमा पर्ने अनुमान गर्न थालिएको छ । भूकम्प, बाढी पहिरो,सुनामी, अन्य रोगहरुले निश्चित भागको मानव सभ्यतालाई असर गरे पनि कारोना जस्ता माहामारीले सिंगो मानव सभ्यता संस्कृति, मानिसले आर्जन गरेको ज्ञान तथा सिकाई नै संकटमा पर्ने खतरा बढेको छ भने मानिस सचेत भई विवेक प्रयोग गदै अगाडी बढनु पर्ने, जनसंख्या नियन्त्रण, रसायनिक तथा बिषादी हातहतियारको सहि प्रयोग गर्नु पर्ने सकारात्मक शिक्षा पनि प्राप्त गरेका छन अर्थात विज्ञानका उपलब्धीको सहि प्रयोग गर्नुपर्ने संस्कृतिको पनि विकास हुन सक्छ । मानिसले चन्द्रमा, मंगल ग्रह, सगरमाथा माथि विजय देखि समुद्रमा बस्ती बसाउने कार्य गरेपनि प्रकृति अनुरुप कार्य गर्न नसकेमा बैज्ञानिक चमत्कारले पनि बिपद संग मुकावला गर्न कठिन हुने गतिलो उदाहरण बनेको छ कोरोना माहामारी । अवको विश्व एक भएर समस्या संग जुध्न नसकेमा विकास कसका लागि र किन भन्ने प्रश्न उठन सक्छ र एक ठाउँमा संकट आउदा मानिस तथा सम्पुर्ण विश्वसमुदायलाई नै चुनौती बन्न सक्छ । वातावरण र जीवजगतमा पर्ने असर मानवीय क्रियाकलाप तथा प्राकृतिक विपदले वातावरण तथा जीवजगतमा सकारात्मक तथा नकारात्मक प्रभाव पर्न सक्छ । कोरोना माहामारीको कारण धेरै देशहरुले गरेको बन्दा बन्दीले प्रकृतिमा जीव जन्तु स्वतन्त्रपुर्वक रमाएका, नदीमा स्वच्छ पानी बगेको, स्वच्छ हावा श्वास लिन पाएको, ओजोन तह सफा हुदै गएको, आकाशले धेरै पछि आफनो असली रुप देख्न पाएको, मानिसले पनि आफनो कारण प्रकृतिमा असर परेको सोच विचार गर्ने मौका पाएको र यो पृथ्वी अन्य जीव जगतको पनि हो र यसलाई भविश्यको लागि संचक्षण गर्नु पर्ने महसुस गरेकोले वातावरण तथा जीव जन्तुमा सकारात्मक असर पर्ने देखिन्छ भने आफनो स्वार्थपूर्ती मात्र गरे सबैको अस्थित्व संकटमा रहेको नकारात्मक असर देखिन्छ । यसप्रकार मानवले नेतृत्व गरेको पृथ्वीमा सचेत प्राणीको हिसावले जीव, बनस्पती, जलचर थलचर सबैको अस्तित्व संरक्षण गर्दै अगाडी बढनु पर्दछ । विज्ञानको देन मानवजातीको हितमा भएकोले यसको दुरुपयोग गर्नु हुदैन । अन्तराष्ट्रिय संघ संस्था, माहाशक्ति राष्ट्रहरुले पृथ्वीलाई जीवन्त राख्न विवेकशील नियम लागू गर्नु पर्दछ र आपत विपत तथा यस्ता माहामारी माथि विजय प्राप्त गर्न विश्व एकजुट भई वशुधैव कुटुम्बकमलाई आत्मसात गर्नुपर्दछ ।   शुक्लाफाँटा नगरपालिका, ११ कंचनपुर ।

नेतृत्वको दृढ इच्छा शक्तिकाे खाँचाे

  १७ नोभेम्बर २०१९ मा चीनको बुहान सहरमा देखिएको (साउथ मर्नीङ चाइना पोस्ट अनुसार ) कोरोना भाइरसको संक्रमणले  यति ठूलो रुप लेला भन्ने सायदैले सोचेका थिए । यो आलेख तयार पार्दा सम्म कोरोना भाइरसको संक्रमण बिश्वका २१० देशहरूमा फैलिसकेको छ। २३ लाख ४७ हजार ८१५ जना यो भाइरसबाट संक्रमित भइसकेका छन् भने १ लाख ६१ हजार १२८ जनाले यहि भाइरसका कारण ज्यान गुमाइ सकेका छन् । ६ लाख ५ हजार ७१५ जना उपचार पश्चात निको भएका छन् भने ५५हजार १४६ को अवस्था अझै गम्भीर छ। कुल संक्रमितको ९७ प्रतिशत अथार्त १५ लाख २८ हजार ८२५ जना अझै उपचाररत छन् । अमेरिकामा मात्र संक्रमितको संख्या ७ लाख ३८ हजार ९२३ पुगेको छ भने ३९ हजार १५ जनाले ज्यान गुमाइसकेका छन् ।अमेरिका पछी युरोपेली देशहरू इटालि, स्पेन,फ्रान्स र बेलायतमा कोरोनाका कारण ठूलो मानवीय क्षती भएको छ। एसियालि मुलुकबाट फैलिएको भए पनि यो आलेख तयार पार्दा सम्म अमेरिका र युरोपेली मुलुकको तुलनामा एशियाली देशहरूमा संक्रमित र मानवीय क्षति कम छ। चाइना, ईरान, दक्षिण कोरियामा कोरोनाको प्रभाव बढी देखिएको छ भने पछिल्लो समयमा छिमेकी मुलुक भारतमा पनि यसको प्रभाव बढदो छ। हाल सम्म भारतमा १६ हजार ३६५ जनामा कोरोना संक्रमण देखिएको छ भने ५१२ जनाले ज्यान गुमाइ सकेका छन् । नेपालमा ३१ जनामा संक्रमण देखिएको छ भने हाल सम्म कसैले पनि यो भाइरसका कारण ज्यान गुमाउनु परेको छैन।तर खुल्ला सिमा र प्रयाप्त परिक्षण नभएको हुँदा संक्रमित बढ्ने आँकलन गरिएको छ। छिमेकी देश चीनमा देखा परि फैलिएको कोरोना भाइरसबाट हाम्रो देश नेपाल पनि अछुतो छैन । हाल सम्म ३१ जनामा यो भाइरसको संक्रमण पुष्ठि भैसकेको छ।त्यसमा अधिकांश बिदेशबाट आएकाहरुमा संक्रमण देखिएको छ। केहि उपचार पछि निको भएर फर्किएका छन् । चैत १० बाट घोषणा गरिएको लकडाउन बैशाख १५ सम्म लम्ब्याइएको छ । नेपालमा संक्रमितको सङ्ख्या र छिमेकी मुलुक भारतको अवस्थालाई हेरि लकडाउन खुल्ने र लम्बिने हुनसक्छ। बढ्दै गएको संक्रमितको सङ्ख्यालाई मध्यनजर गर्दै नेपाल सरकारले भारत तिरको खुला सिमानामा कडाइ गरेको छ। खुला सिमाना कै कारण नेपालमा कोरोनाको चुनौती बढ्दो छ। ३१  संक्रमित मध्य १६ जना भारतीय नागरिक रहेको प्रमाणित भएको छ। संक्रमण नियन्त्रणका लागि लकडाउन प्रभावकारि बनाउन सरकारले जनचेतना जगाउने र सुरक्षाकर्मी परिचालन गर्ने कार्यलाई तीव्रता दिएको छ। कोरोना भाइरसको उपचारको लागि बिश्वमा कुनै पनि भ्याक्सिन उपलब्ध छैन । तसर्थ यसको संक्रमणबाट जोगिनु नै पहिलो प्राथमिकता भएको हुँदा सामाजिक र शारीरिक दुरि कायम गर्नु , साबुनपानीले राम्रो संंग हात धुनु, माक्स र स्यानीटाइजर प्रयोग गर्नु, स्वस्थ खाना खानु,प्रसस्त पानी पिउनु ,नियमीत शारीरिक ब्यायाम गर्नु नै कोरोना भाइरसबाट बच्ने उपाय हुन भने लक्षण देखा परे स्वास्थकर्मीको सल्लाह अनुसार उपचार गर्नु पर्ने हुन्छ। कोरोना भाइरसको महामारी जस्तै बिश्वमा अन्य भाइरसले पनि विभिन्न समयमा बिश्व समुदाय माथि चुनौती नथपेको होइन । तर आजको आधुनिक बिश्व र बिज्ञानको युगमा देखापरेको यो महामारीले बिश्व समुदाय माथि थप चुनौती थुपारेको छ। यसले प्राकृतिक चुनौतीमाथि बिश्वको आज सम्मको प्रयासलाई निरर्थक र अपुग साबित गरिदिएको छ।आधुनिक बिश्व र चलायमान समाज अनि त्यो समाजको सार्वजनिक स्वास्थ प्रणाली निकम्मा जस्तै साबित हुनु कम चुनौतीपूर्ण पक्कै होइन । यसले भबिस्यमा आइपर्ने प्राकृतिक र जैविक महामारी ,बिश्व समुदायमा पर्ने त्यसको असर, बिश्वको सार्वजनिक स्वास्थ प्रणालि अनि बित्तीय र खाद्य चुनौतीको पर्खाल खडा गरिदिएको छ। बिश्वमा कुनै पनि बेला प्राकृतिक महामारीले ठूलो रुप ग्रहण गर्न सक्ने । त्यसका लागि हाल म्मको प्रयास अपुग रहेको  हुँदा बिश्वब्यापी रूपमा अझ प्रयास र तयारी गर्नु पर्ने देखिन्छ । र सार्वजनिक स्वास्थ र साबधानीका कमिकमजोरि औंल्याउदै त्यस प्रति सजग रहनु पर्ने सन्देश पनि कोरोना महामारीले बिश्व समुदायलाई दिएको छ। विकासशिल राष्टमा बस्ने ६ अर्ब जनताको अवस्था उकास्न २.५ ट्रिलियन डलरको आवश्यकता संयुक्त रास्ट्र संघले औंल्याएको छ। यो महामारीको प्रभाव लामो समयसम्म रहे बिश्व अर्थतन्त्र झन तहसनहस हुने पक्का छ। हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकको जग यो महामारीले कमजोर बनाउने निश्चित छ। चीन-अमेरिका ब्यापार युद्धबाट आंशिक त्रसित बिश्व अर्थतन्त्रलाई कोरोना भाइरसले गर्लम्म ढालेको छ। यो भाइरसले महामारीको रुप लिने संकेत गर्दै बिश्व स्वास्थ संगठनले फेब्रुअरी ११ मा बिश्व स्वास्थ संकट काल घोषणा गर्यो। भने अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जियावाले मार्च २७ मा बिश्वब्यापी आर्थिक मन्दीको घोषणा गरिन। द्रुत गतिमा फैलीरहेको यो भाइरसकै कारण बिश्वका अधिकांश मुलुक लकडाउनमा छ भने बिश्वका आर्थिक गतिविधि ठप्प प्रायः छन। उद्योग, पर्यटन, ब्यापार, सेवा, कृषि, बित्त, मनोरञ्जन, खेलकुद र हवाई सेवा लगाएत सम्पूर्ण व्वसाय लकडाउनले थलिएका छन् । गत वर्षको तुलनामा बिश्वको जिडिपि ३ प्रतिशतले खुम्चने र एशियाली अर्थतन्त्र ४० बर्ष यताकै कम हुन सक्ने कुरा आइएमएफले औंल्याएको छ। विकशीत राष्ट्र नै यो महामारीको चपेटामा परेको हुँदा आफ्नै अर्थ ब्यवस्था उकास्न ठूलो धनराशी खर्च गर्नुपर्ने हुँदा त्यसको अप्रत्यक्ष असर विकासशिल रास्ट्रमा पर्ने देखिन्छ । कोरोनाको महामारीले गर्दा बिश्वमा १९ कराेड ५० लाख ब्यक्तिले आफ्नो जागीर गुमाउने कुरा आइएलओका निर्देशक गाइ राइडरले उल्लेख गरेका छ्न । यसले विकासशिल राष्ट्रलाई नराम्ररी गाँँज्ने देखिन्छ । विकासशिल राष्टमा बस्ने ६ अर्ब जनताको अवस्था उकास्न २.५ ट्रिलियन डलरको आवश्यकता संयुक्त रास्ट्र संघले औंल्याएको छ। यो महामारीको प्रभाव लामो समयसम्म रहे बिश्व अर्थतन्त्र झन तहसनहस हुने पक्का छ। हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकको जग यो महामारीले कमजोर बनाउने निश्चित छ। भूकम्प र त्यसपछिको अघोषित भारतीय नाकाबन्दीले थलिएको नेपाली अर्थतन्त्रलाई कोरोना महामारी तगारो बनेर तेर्सीएको छ। कोरोनाका कारण कुल जिडिपिको ३२ प्रतिशत अथार्त ११ खर्ब १४ अर्ब ८१ करोड ॠणमा डुबेको हाम्रो मुलुक झन ॠणमा डुब्दै जानेछ। वैदेशिक रोजगारीको ठूलो हिस्सा गुमेसँगै रेमिटेन्समा संकुचन आउने छ। वार्षिक ८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्र्याउने मुलुकको आर्थिक मन्दीसँगै वार्षिक १ खर्ब भन्दा बढी रेमिटेन्स घटने देखिन्छ । बिश्व  बजारमा तेलको मुल्य घटने क्रम जारी रहने र कोरोना संक्रमण लामो समयसम्म रहिरहने हो भने तेल उत्पादक राष्ट्रहरुसँग जोडिएको हाम्रो रेमिटेन्सको सम्बन्धमा झन दरार देखापर्न जान्छ। वैदेशिक रोजगारीमा रहेका ४५ लाख नेपाली मध्य अधिकांश नेपालीको भबिस्य तिनै रास्ट्र संग जोडिएको छ।जसको कारण बैंकहरुमा तरलता देखापर्छ भने सामाजिक समस्या पनि पैदा हुने गर्छ। आर्थिक वृद्धि दर खुम्चिदा यसले हाल निरपेक्ष रूपमा रहेको १८.७ प्रतिशत  र बहुआयामिक रूपमा रहेको २८.६ प्रतिशत, गरिबी १० प्रतिशतमा झार्ने सरकारी लक्ष्यमा नराम्रो प्रभाव पार्ने देखिन्छ । हाम्रो देशको ८० आर्थिक क्रियाकलाप छिमेकी देश भारत र चीनसँग हुने हुँदा ती देशहरुमा समेत कोरोनाको असर बढी देखिँदा त्यसको सिधा असर हाम्रो अर्थतन्त्रमा पर्न जान्छ। रेमिटेन्स र ॠणमा अडिएको अर्थतन्त्र, पुरातन कृषि प्रणाली, ठूलो अन्तरको ब्यापार घाटा, सीमित वैदेशिक लगानी, रुग्ण उद्योग ,कमजोर प्रशासनिक संयन्त्र र बढ्दो भ्रष्टाचार रहेको हाम्रो देशको अर्थतन्त्रमा कोरोनाको प्रभाव लामो समय सम्म नरहला भन्न  सकिन्न  । यसरी बिश्वब्यापी आर्थिक मन्दीले बिश्वको आर्थिक संरचनामा नै हलचल पैदा गर्ने निश्चित छ।यसले आयातित संकारमा आश्रित बिश्व समुदायमा खाद्य सुरक्षाको संकट देखा पर्न सक्ने चेतावनी पनि बिश्व खाद्य संगठनले दिएको छ। कोरोना संक्रमणले आउँदो दुई बर्षमा बिश्वको कुल ग्राहस्थको नौ खर्ब डलर नस्ट गर्ने र २०२२  अघि बिकशित देशहरू पहिलेकै अवस्थामा पुग्नसक्ने पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले औंल्याएको छ। तसर्थ विश्व अर्थतन्त्रमा कोरोनाको महामारीले ठूलो असर पार्ने देखिन्छ । विश्वब्यापी रूपमा स्वास्थ सेवामा खर्च हुने ३.५५ ट्रिलियन डलरमा ५ बिलियन डलर ठगी र भ्रष्टाचार हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ। यो रोक्नु अर्को चुनौती हो। जसले स्वास्थ क्षेत्रको गुणस्तरलाई कमजोर बनाउन मद्दत गर्छ। कोरोना महामारीले गर्दा अर्थतन्त्रमा मात्र होइन मानव सभ्यता र संस्कृतिमा पनि ठुलो प्रभाव पारेको छ। बिश्वमा मानव जातीको  सभ्यता र संकृतीको इतिहास लामो छ। विभिन्न जाती र धर्मसँग मात्र होइन भोगोलको आधार पनि मानव सभ्यता र संकृतिको प्रगाढ सम्बन्ध छ। महामारीले गर्दा ती क्रियाकलापहरु ठप्प प्रायः छन् । नेपालको परिप्रेक्षमा पनि हाम्रो समाजमा विद्यमान थुप्रै चाडपर्ब र धार्मिक क्रियाकलापमा यसले असर पारेको छ। साथै मानव जातीको भविष्य कति सुरक्षित छ त ? भन्ने प्रश्न पनि यो कोरोना महामारीले खडा गरिदिएको छ। भविष्यमा कतै मानव जाती नै पृथ्वीबाट  लोप हुने अवस्था त आउने होइन भन्ने आशंका पनि यो महामारीले पैदा गरिदिएको छ। तसर्थ भविष्य देखा पर्न सक्ने प्राकृतिक विपत्तिको चुनौतीलाई पनि यो महामारीले छर्लङ्गग्याएको छ। साथै कोरोना र यी जस्ता अन्य प्रकोपका कारण जातीय, क्षेत्रीय र धार्मिक हिंंसा भड्कन सक्नेतर्फ पनि केही घटनाले सचेत गराएको छ । उदाहरणको लागि अमेरिका र बेलायतमा एशियाली मुलका ब्यक्ति र तिनको सम्पत्ति माथिको हमलालाई लिन सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण चुनौती चाहिँ मानव स्वास्थ माथि देखा परेको छ। त्यसमा पनि सामुदायिक स्वास्थ प्रणालीको आवश्यकतालाई यो महामारीले इंगित गरेको छ। विश्वब्यापी रूपमा स्वास्थ सेवामा खर्च हुने ३.५५ ट्रिलियन डलरमा ५ बिलियन डलर ठगी र भ्रष्टाचार हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ। यो रोक्नु अर्को चुनौती हो। जसले स्वास्थ क्षेत्रको गुणस्तरलाई कमजोर बनाउन मद्दत गर्छ। नेपालको सन्दर्भमा अहिलेको संकटबाट पार पाउन नेतृत्वको दृढ इच्छा शक्ति, प्रशासनिक चुस्तता, प्रभावकारी कार्ययोजना र त्यसको कार्यन्यन महत्त्वपूर्ण पाटो हो । त्यसमा पनि सामुदायिक स्वास्थ र कृषि कार्ययोजनालाई विशेष  महत्त्व दिनु पर्ने देखिन्छ । कृषिप्रधान देश भयता पनि नेपालले वार्षिक १ खर्ब  ९५ अर्ब जतिको कृषिजन्य बस्तु आयात गर्ने गर्छ। कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्ययोजनाहरु ल्याउन सकिन्छ । जसमा राज्यको लगानी , यान्त्रिकिकरण , तालिम ,ऋण , बजारीकरण र नाफाको सुनिश्चितता प्रमुख हुन् ।यसबाट ब्यापार घाटा त कम गर्न सकिन्छ नै  ठूलो बेरोजगारी समस्यालाइ पनि संबोधन गर्न सकिन्छ । र अर्को महत्त्वपूर्ण कुरा विभिन्न समयमा देखिने खाद्य संकट लगाएत महामारीमा पनि कृषि उपजले ठुलो टेवा दिन्छ। उदाहरणको लागि ९० को दशकमा सोभियत संघमा देखापरेको राजनीतिक परिवर्तन संगै त्यहाँँ आर्थिक मन्दी देखा परेको थियो ।  समाजवादी अर्थ ब्यवस्थाबाट  पुजीवादी अर्थ ब्यवस्थामा प्रवेश गर्दा देखिएको डामाडोल अवस्थालाई मजबुत कृषि प्रणालीकै कारण रुसले बेलैमा  नियन्त्रणमा लिन सक्यो। त्यसैले त औद्योगिक रास्ट्र भएर पनि चीन र अमेरिका कृषिमा पनि मजबुत छन् भने इजरायल जस्तो देशले पनि कृषिलाई विशेष महत्त्व दिएको छ। त्यसैले यी र यस्ता विभिन्न समस्या र चुनौतीहरुबाट पाठ सिक्दै भबिस्यको सुनौलो रेखा कोर्न द्रुढ संकल्पका साथ हालेमालो गर्नु नै आजको टट्कारो आवश्यकता हो। बिदुर ८,नुवाकोट [email protected]

देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ

प्रकृति अहिले बिरामी परेको छ । उसलाई केहि समय आराम अनि शान्तले श्वास फेर्न स्वच्छ हावा चाहेको अवस्था छ ।अर्थात मानव स्वार्थी क्रियाकलापबाट पृथ्वी दुषित बनेको छ । गहिरिएर बुझ्नु पर्दा प्रकृतिले वास्तविक भाइरसलाई संशोधन गरेको अवस्था भनेर बुझ्न सकिन्छ । जब पृथ्वीमा विकासको नाममा विनाश हुँदै जान्छ, जसले विश्वकै अस्थित्वलाई धरापमा पार्दछ । यस्तो कठिन परिस्थितिमा प्रकृतिले आफुलाई रिचार्ज गर्न अर्थात स्वस्थ रहन र सम्पुर्ण मानव जातिलाई भयानक घट्नाबाट बचाउन यस्ता विभिन्न कदमहरु चाल्नु पर्ने अवस्था आउछ । जसलाई प्राकृतिक प्रकोप भनेर चिनिन्छ । भुकम्प, आगलागी, सुनामी, रोगब्याधी जस्ता प्राकृतिक प्रकोपबाट बेला बेलामा मानव जातिले ठुलो  परिमाणमा धन जनको क्षति ब्यहोर्नु पर्दछ । मानव सभ्यताको इतिहास हेर्दा महामारीको संक्रमणबाट पनि करोडौ मानवीय क्षति भएको पाइन्छ । मानव जातिले यो भन्दा पहिले धेरै वटा महामारीको सामना गर्नु परेको थियो । ब्ल्याक डेथ नामक महामारीबाट सबै भन्दा बढी १३ करोड माथिले ज्यान गुमाउनु परेको थियो । यस रोगको संक्रमणले सन १४४७ देखि १३५३ सम्म तान्डब मच्चाए, करिब छ बर्षको अन्तरालमा यसबाट युरोपको एक तिहाइ जनसंख्या बिनाश भएको थियो । सन १५२० मा फैलिएको बिफरले पटक पटक गरि हालसम्म ५ करोड भन्दा माथिको ज्यान लिइसकेको छ । त्यस्तै, हैजाले १० लाख भन्दा बढिको मृत्यु भएको अनुमान गरिएको छ। सन १८८८ मा हैजाबाट काठमाडाैंमा मात्र ९ हजारको ज्यान गएको थियो जुन बेला यहाँको जनसंख्या ५० हजार थियाे । स्पेनिस फ्लु नामक महामारीले पाँच करोडको ज्यान लिएको थियो । एचआईभी एड्सबाट तीन करोड बीस लाख जतिको ज्यान गएको तथ्यांक छ । त्यस्तै एसियन फ्लु, सार्स कोरोना, स्वाइन फ्लु, दादुरा आदि महामारीले पनि लाखौको ज्यान गएको थियो । सन २०१४ देखि २०१६ सम्म फैलिएको इबोला भाइरसलाई सबैभन्दा अन्तिम महामारीको रुपमा लिन सकिन्छ । महामारीको तथ्यांक अनुसार उच्च मानवीय क्षति भएको महामारीहरुमा ब्लाक डेथ, बिफर, स्पेनिस फ्लु, एचआईभी एड्स, एशियन फ्लुलाई मानिएको छ । विगतका धेरै जसो महामारीहरु जनावरबाट सरेको देखिन्छ । विश्व मानव सभ्यताको इतिहास केलाउदा जस्तोसुकै महाबिपत्तिमा पनि मानव जातिले लडेर जीत हासिल गरेको देखिन्छ तसर्थ एकाइसौं शताब्दीको खोज प्रविधिको युगलाई प्रयोग गरि ढिलो चाडो  प्रकृतिको नियम, प्रक्रिया अनुसार मानव जातिले यस महामारीलाई पार गरि पुनः सामान्य जीवनमा फर्कनेछ । लेखक जुनसुकै घट्नाको पछाडी राम्रा नराम्रा दुबैपक्षबाट हाम्रो भविष्य जोडिएको हुन्छ। चाहे त्यो सानो होस् या कोरोना संक्रमण जस्तो  बिकराल परिस्थिती जसले विश्वलाई नै हल्लाइ दिएको छ। आजको चुनौतीलाई अबका दिनहरुमा नयाँ सोच, खोज र बिकल्पका साथ लाग्ने हो भने हाम्रो भविष्यमा नयाँ पालुवा पलाउने छ। सन २०१९ डिसेम्बरमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस महामारीलाई विश्व स्वास्थ्य संगठनले कोभिड-१९ नाम दिएका छन् र यसलाई विश्व महामारीको रुपमा घोषणा गरेको छ। यो कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो जुन यो भन्दा पहिले मानव जातिमा भेटिएको थिएन । यस किसिमको भाइरस मानवीय सम्पर्कबाट सजिलै सर्दछ । यो रोग हावाबाट सर्ने नभएता पनि संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युं गर्दा निस्कने छिटाबाट यसको भाइरस  नजिकको व्यक्तिमा सर्दछ। यस संक्रमणको विरुद्धमा हालसम्म भ्याक्सिन वा औषधि पत्ता लागेको छैन । सुरुमा सामान्य रुघाखोकी जस्तै लक्षण देखिने, लगातार सुख्खा खोकी लाग्ने, १०४ डिग्रीफरेनहाइट वा सो भन्दा बढी ज्वरो आउने जस्ता लक्षणहरु देखापर्छ, रोग गहिरिएर श्वास फेर्न गार्हो हुने र यसले मृगौलामा समेत नराम्रो असर पार्दछ । यसबाट बच्न बेला बेलामा राम्रोसँग साबुन पानीले हात धुने र भौतिक दुरि कायम राख्नु नै यसको प्राथमिक उपाय हो । आज कोरोना भाइरसको संक्रमणबाट विश्वमा नै हाहाकार मच्चिएको छ। यसले विज्ञानलाई नै चुनौती दिएको छ । विश्वका कतिपय देशहरु लकडाउनमा छन् । यति धेरै मानिसहरुलाई एकै चोटी लकडाउनमा पारेको पहिलो पल्ट हो । यो लेख तयार पार्दासम्म विश्वका करिब २०९ देशहरुमा यो संक्रमण फैलिसकेको छ। विश्वमा १९ लाख २६ हजार भन्दा बढी संक्रमित एक लाख १९ हजार भन्दा बढिको मृत्यु निको भएका ४ लाख ५२ हजार भन्दा माथी आजसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा भएक छन जहाँ ५ लाख ८७ हजार भन्दा माथि संक्रमित २३ हजार भन्दा बढीको मृत्यु भै सकेको छ। छिमेकी देश भारतमा समेत यो रोगको संक्रमण १० हजार नाघिसकेको छ भने ३ सय ३९ भन्दा बढीको मृत्यु भै सकेको छ। यो मृत्यु हुने र संक्रमणको प्रकृया दिनानुदिन बढ्दै छ । सन १८८८ मा हैजाबाट काठमाडाैंमा मात्र ९ हजारको ज्यान गएको थियो जुन बेला यहाँको जनसंख्या ५० हजार थियाे । स्पेनिस फ्लु नामक महामारीले पाँच करोडको ज्यान लिएको थियो । एचआईभी एड्सबाट तीन करोड बीस लाख जतिको ज्यान गएको तथ्यांक छ । त्यस्तै एसियन फ्लु, सार्स कोरोना, स्वाइन फ्लु, दादुरा आदि महामारीले पनि लाखौको ज्यान गएको थियो । युरोपेली देशहरुमा यसको संक्रमण फैलने गति तीब्र छ। यस महामारीको उच्च चपेटामा परेका देशहरुमा अमेरिका, इटाली, फ्रान्स, स्पेन, जर्मनी, बेलायत आदि छन् । यसको संक्रमणको प्रकृति हेर्दा विश्वमा ठूलै संख्यामा मानव क्षति हुने आशंका गर्न सकिन्छ। आफन्त गुमाउनु पर्ने पिडा संगसंगै एकाइसौं शताब्दीको मानव स्वतन्त्रताको परिवेशमा लामो समयसम्म लकडाउनको अवस्थाले विश्व नै अस्तब्यस्त अनि जनजीवन कष्टकर बनेको छ । संक्रमणको अवस्था हेर्दा विश्व कतिसम्म थुनेर बस्नु पर्ने हो यसको आँकलन गर्न सकिने अवस्था छैन । शुरुको संक्रमणको अवस्थामा चीनमा मात्र हुँदा विश्व स्वास्थ्य संगठन लगायत अन्य मुलुकहरुले त्यति गम्भीरतापूर्वक लिएका थिएनन् । जसले पुर्व तयारीको जोहो गर्न नसक्दा अमेरिका, इटाली जस्ता सम्पन्न योग्य देशहरुले ठूलो संख्यामा मानव क्षति सहनु परेको छ। कति देशहरुले यस  महामारीलाई सरकार एवम् जनताले गम्भीरतापूर्वक नलिदा ती देशहरुले ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ। सम्बन्धित विशेषज्ञहरुले यसलाई तेस्रो विश्व युद्धको संज्ञा समेत दिएका छन् । यस संक्रमणको अवस्थाको छाप कहिलेसम्म भन्ने अनुमान गर्न सकिने अवस्था छैन . त्यसैले विश्वले ठूलो संकट झेल्नु पर्ने देखिन्छ। इटाली, अमेरिका जस्ता पर्याप्त स्रोत, साधन, जनशक्ति भएका देशहरु पनि कोरोना भाइरसको अगाडी झुक्नु परेको अवस्थाले विकाशोन्मुख देशहरुमा संक्रमण फैलियो भने समस्या भयावह हुनसक्ने संकेत देखिन्छ । संक्रमणले प्रत्यक्ष रुपमा मानवीय क्षतिका साथसाथै अबको विश्वमा आर्थिक, राजनैतिक, सामाजिक, शारीरिक, मानसिक, नैतिक क्षेत्रमा नराम्रो धक्का लाग्नेछ। विश्वमा उधोग कलकारखाना व्यापार ठप्प भएको अवस्था छ । लकडाउनको अवस्था लामो समयसम्म रहेमा संसारभरि आवश्यक सामाग्रीको बिस्तारै कमि  हुँदै जानेछ । सामानको मुल्य आकाशिने छ । मानिसमा पुंजीको कमि भइ आवश्यकता जोहो गर्न गाह्रो  हुनेछ जसले भविष्यमा गरीबी, बेरोजगारी, पारिवारिक समस्या, सामाजिक कलह बढ्ने छ। आवश्यकता परिपुर्तिका लागी चोरी, डकैती जस्ता अपराधिक कृयाहरु बढ्नेछन् । नैतिकताको  हनन् हुनेछ यसरी लामो समयसम्म संक्रमणको तनावमा रहनु पर्दा रोग प्रतिरोधात्मक शक्ति कमी भै विभिन्न रोगका शिकार हुनु पर्नेछ । मानिसहरुमा आत्मबल घटेर पहिलेको जस्तो काम गर्न सक्ने सामर्थ्य हुने छैन । यस्तो परिस्थितिमा मानसिक रोगी बन्ने धेरै संभावना छ जसले स्वास्थ्यमा नकारात्मक असर परि अर्थतन्त्रमा नराम्रो झट्का लाग्नुका साथै अन्य क्षेत्रमा पनि यसको छाप पर्नेछ । विश्व नै त्रसित भैरहेको अवस्थामा विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना संक्रमणको उच्च जोखिममा छ भनिरहँदा शुरुमा सरकार एवम् आम मानिसहरु कति पनि चिन्तित थिएनन् । हाम्रो भौगोलिक अवस्था, खानपान, दैनिक जीवन चर्याको कारण नेपालीलाई संक्रमण हुँदैन, हामी त वीर गोर्खाली पो हो त भन्ने टिका टिप्पणी, व्यंग्य गरिरहँदा नेपाल पनि यस संक्रमणको दायरामा पर्यो । फ्रान्सबाट नेपाल फर्किएकी एक महिलामा कोरोना संक्रमित भन्ने समाचारबाट सरकार बिउँझियो अनि तत्कालै चैत ११ गतेबाट एक हप्ता लकडाउनको घोषणा गरियो।यो भन्दा पनि पहिले चीनबाट नेपाल आएको एक पुरुषमा पनि संक्रमण देखिएको थियो । यो लेख तयार गरुन्जेल नेपालमा संक्रमित संख्या १६ पुगेको छ जसमा एक जना निको भै सकेको अन्य पन्ध्र जना उपचारको क्रममा छन् । खुशीको कुरा अहिलेसम्म महामारी नेपालमा नियन्त्रण भन्दा बाहिर गएको छैन यसो भन्दैमा भाइरस विरुद्धको पर्याप्त स्रोत, साधन,पद्दती, जनशक्ति नभएको हाम्रो जस्तो मुलुक ढुक्क भएर बस्ने अवस्था छैन । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा प्रशासनिक स्तरमा रहेका नीति, निर्माताहरुको योग्यता, कुशलताको कमी, पूर्वतयारी वा अति आवश्यक सामाग्री जोहो गर्न नसकिनु, छिमेकी मुलुक भारतसँगको खुल्ला सिमानाबाट आफ्नो देश फर्केकाहरुलाई संक्रमणको उचित व्यवस्था नहुनु, चोर बाटो अपनाएर नेपाल भित्रिनु जस्ता कारणहरुबाट नेपाल उच्च जोखिममा रहेको संभावना भएकोले देशले ठूलो चुनौतीका साथ सतर्कता अपनाउनु पर्ने देखिन्छ । यदि महामारी  फैलियो भने यहाँ नियन्त्रण गर्न सक्ने अवस्था छैन स्थिति भयावह हुनसक्छ । कतिपय विदेशबाट आएकाहरु क्वारेन्टाइनमा बस्न नमान्ने सो ठाउंबाट भाग्ने नमुना जाँच नगरी घरैमा लुकेर बस्ने जस्ता कृयाकलापबाट पनि समस्याले डरलाग्दो रुप लिने होकि भन्ने आशंका गर्न सकिन्छ । यसका लागि सरकारले क्वरेन्टाइनमा बस्नेहरुलाई उचित बन्दोवस्त, व्यवहार, सरकारको नीति नियमको सहि जानकारी, सरकारका हरेक काम कुराको पारदर्शीता आदि कुराहरूमा ध्यान दिन सके चुनौती केहि हदसम्म कम गर्न सकिन्छ । भारतबाट भित्रिएका नेपालीहरुलाई साथै लामो दुरिमा आफ्नो गाउँ फर्केकालाई उचित व्यवस्थापन, व्यवहार गर्न नसक्दा यसले अझ बढी संक्रमणको त्रास र देशमा आक्रोशको स्थिति देखा पर्न सकिन्छ । विश्व नै आर्थिक मन्दीमा परेको बेला नेपाल अछुतो रहन सक्दैन । नेपाल कृषि प्रधान देश, अहिलेको समय बाली रोप्ने, भित्र्याउने बेला हो। आजको परिस्थितिमा किसानले बीउ,मल पाउन सकिने अवस्था छैन । त्यस्तै बारीमा  उत्पादित वस्तु खेतमै कुहिएको अवस्था छ भने अर्कोतिर बजारमा सामान नपाउँदा काला बजारी, महंगाई बढेको छ । त्यस्तै अर्को पक्षबाट यो वर्षमा बाली लगाउन पाएनन् भने आउदो सालको लागि खाद्यन्नको अभावका साथै यो कर्ममा लागेका सम्बन्धीत सम्पूर्ण कृषक, व्यापारी, ढुवानीकर्ता, उद्याेग चलाउने मालिक अनि यस भित्र काम गर्ने मजदुरहरुको जागिर गुम्दछ। प्रत्यक्ष रुपमा कृषि ,व्यापार, खाद्यान्न, उद्योग, बैंक, जागीर, शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा धक्का पुग्दछ । जस्तै, एक किसानको उखु उत्पादनमा समस्या आउने बितिक्कै चिनी उधोग बन्द गर्नुपर्ने स्थितीसंगै त्यहाँ भित्रका मजदुरहरुले काम पाउँदैनन् । यसरी मानिसहरु रोजगार बिहिन र गरिबीमा धकेल्ने छ । लामो समयसम्म काम नगरे आफुमा सञ्चित मुद्रा सकिँदै जाने तर आवश्यक बढेको हुन्छ । यो अवस्थामा आम जनता गरिब  हुनु भनेको देश नै गरिब हुनु हो । दैनिक ज्याला मजदुरी गर्नेहरुको जीवन निकै कष्टकर बनेको स्थितिमा लामो समयसम्म यो अवस्था रहेमा सरकार एवम् आम जनताले कहिलेसम्म खानपानको व्यवस्था गर्न सकिने भन्ने विषयमा पनि सोच्नु पर्ने देखिन्छ । त्रासयुक्त परिस्थितिमा बस्नु पर्दा नेपालीहरुमा शारीरिक, मानसिक अस्वस्थ भै पहिलेको जस्तो अवस्थामा काम गर्न नसकी आम्दानीमा-हास आउने छ । जसले प्रत्यक्ष रुपमा अर्थतन्त्रमा धक्का लाग्ने छ । भिजिट नेपाल २०२० को तयारीका साथ जुटेका ठूल ठुला होटल, होमस्टे, रिसोर्टका संचालकका लगानी कामदारहरु लगायत पथ प्रर्दशकहरुले रोजगारी गुमाउनु परेको छ । अबका दिनहरुमा विदेशिएका युवाहरु देशमै फर्किदा बेरोजगारीको समस्या झन उत्पन्न हुनेछ । आर्थिक स्थिती कमजोर हुने वितिक्कै सामाजिक, शारीरिक, शैक्षिक, नैतिक स्तरमा स्वतः गिरावट आउने छ । लामो समयसम्म हाम्रा बालबालिका शिक्षाबाट बञ्चित हुनु पर्दा बालबालिकाको सिकाइमा न्युनतम असर आउनेछन् । जस्तै, बालकहरु सिकाईमा अलमलिनु, ढिला सुस्ती आउनु, पढ्ने बानी हट्नु आदि, यो परिस्थिती कहिलेसम्म हुने कुनै यकिन गर्न नसकिने अवस्थामा विद्यार्थीहरु झन पछिल्तिर धकेलिने छन् । भविष्यका जनशक्तिलाई घाटा हुनु भनेको सिंगो राष्ट्रकै अर्थतन्त्रमा नकारात्मक असर पर्नु हो । सरकारी तहमा बसेकाहरुले तत्कालीन समस्या संगसंगै पछि आइपर्ने  संकटलाई पनि मध्यनजर  गरि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य आदि महत्वपूर्ण पक्षमा संवेदनशील भई काम गर्नु पर्ने देखिन्छ । यसका लागि बाली नाली लाउने, भित्र्याउने किसानहरुलाई स्थानीय प्रशासनको निगरानीमा सुरक्षित दायरामा राखी आवश्यक बीउ,मल उपलब्ध गराइ काममा लगाउन सकिन्छ जसले आगामी दिनहरुमा खाद्यान्नको हाहाकारलाई न्यून गर्न सकिन्छ। विद्यार्थीहरुको भविष्य एवम् देशकै जनशक्तिलाई बचाउन सम्भव भएसम्म रेडियो, टेलिभिजन, ईन्टरनेटको माध्यमबाट पाठ्यक्रम एवम् अन्य सिकाइलाई निरन्तरता दिनु पर्दछ । नेपालमा सरकारी स्तरबाट कोरोना  नियन्त्रणका कामहरु निकै कछुवा गतिमा भैरहँदा संक्रमणका लागि चाहिने अति आवश्यकीय सामान सरकारले जोहो गर्न सकेको अवस्था छैन । देशमा संक्रमण एक महिना हुन लाग्दा पनि आवश्यक सामाग्रीहरु ल्याउने कुराहरुमा विवादमै सरकार अल्झिएको देखिन्छ । राष्ट्रलाई संकट परेकोबेला यस्ता नीति, नियम बनाउने सरकारी पक्षका व्यक्तिहरु बढी संवेदनशील हुनुपर्नेमा आजसम्म त्यस्ता प्रभावकारी कामहरु सरकारी स्तरबाट भएको  देखिएको छैन । जहाँ समस्या त्यहाँ समाधान अवश्य छ । कुनै पनि घट्नाको जन्मसँगै पतनको निश्चित छ । संसारमा थिर केही पनि छैन यो यथार्थ बिगतका महामारीको इतिहासले पनि देखाउँछ। हामी यो बिपत्तिमा एक अर्काको मुख ताक्नु भन्दा पनि आफै नै सतर्क हुनुपर्दछ । आजको विषम परिस्थितिमा हामी माथि आइपरेका साझा समस्यालाई पार गर्न सर्वप्रथम त संक्रमण नहुनका सजकताहरु अपनाएर अनुशासित भएर घरैमा बस्नु सिवाय अर्को विकल्प छैन । त्यस्तै आफू बाचौं र अरुलाई बचाउको धारणालाई मनन गरि यो स्थितिमा अरुको पीडा बुझेर सक्दो सेवा, सहयोग गर्ने हो भने हामीले यस महामारीलाई नियन्त्रणका साथै अन्य समस्यामा परेका आम जनतालाई उन्मुक्त गर्न सकिन्छ । यसको ज्वलन्त उदाहरणमा महाबीर पुन एक हुन उहाँले आफ्नै प्रयासबाट पी.पी.ई. बनाई  बितरण गरिरहेका छन् । हाल महामारी सन्दर्भमा संकटमा परेका विभिन्न समस्याहरुलाई सरकार एवम् व्यक्तिगत तवरका कामहरुमा अझ बढी संवेदनशील, मानवताका साथ लागि परे देशले साझा रुपमा संकटलाई पार गर्न सकिने देखिन्छ । ज्याला मजदुरी गरेर खानेलाई सरकारको तहबाट र स्थानिय प्रयासबाट राहत वितरण भैरहेको छ । यस सर्हानीय काममा जनताले ठूलो सहयोग गरिरहेका छन् । कहिँ लामो दूरिमा गाउँ जानेहरुको लागि खानेकुरा, पानी पूर्ति गरेर होस् या मनकारी नेपालीहरुले कोरोना संक्रमण कोषमा पैसाबाट सहयोग गरेर त कहिँ  भारतबाट आफ्नै देश भित्रिने क्रममा सिमानामा रोकिएका नेपालीलाई खानपिन, बस्ने सुबिधा दिई नेपालीले आफ्नो वास्तविक परिचय दिएका छन् । आजको परिस्थितिमा सरकारी पहलबाट अति संवेदनशील भएर यसका लागि  पर्याप्त गुणस्तरीय सामाग्री, उचित व्यवस्थापन, योग्य जनशक्तीलाई प्रभावकारी ढंगमा लान सक्नु पर्दछ । त्यस्तै, आम जनताले पनि यसरी नै अरुको पिडामा मानवताको दायित्व निभाउँदै जाने हो भने यो महामारीको रोग र यसबाट निम्त्याएको भोगबाट हामी उम्कन सक्छौं । सरकारी निकायले संक्रमण प्रभावित देशहरुबाट आएकालाई अनिवार्य स्वास्थ्य जाँच गर्नु पर्ने कुरामा बेलैमा ध्यान पुर्याउन नसकेता पनि हाल उनका परिवार उनीहरुसँग सम्पर्कका ब्यक्तिहरुमा कोरोना जांच अगाडि बढाइ रहेको पाइन्छ। सरकारले लक्षण देखिए पश्चात् भन्दा पनि शंकाको दायरामा परेकाहरुलाई नमुना जांच गर्दा अझ बढी प्रभावकारी हुनेछ। सरकारको तर्फबाट बेलैमा लकडाउनको घोषणा साथै जनताहरुले पनि यसमा सहयोग,समर्थन गरेको हुंदा आजसम्मको तथ्यांक हेर्दा सशंकित  हुनुपर्ने देखिदैन । अहिलेको परिस्थितिमा तत्कालीन संकटको सामनासंगै लामो समयसम्म यो परिस्थिति रहेमा आगामी दिनमा यसले नराम्रो छाप छोड्ने अवस्थालाई पनि त्यति नै ध्यान दिनु पर्ने हुन्छ । तसर्थ सरकारी तहमा बसेकाहरुले तत्कालीन समस्या संगसंगै पछि आइपर्ने  संकटलाई पनि मध्यनजर  गरि आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य आदि महत्वपूर्ण पक्षमा संवेदनशील भई काम गर्नु पर्ने देखिन्छ । यसका लागि बाली नाली लाउने, भित्र्याउने किसानहरुलाई स्थानीय प्रशासनको निगरानीमा सुरक्षित दायरामा राखी आवश्यक बीउ,मल उपलब्ध गराइ काममा लगाउन सकिन्छ जसले आगामी दिनहरुमा खाद्यान्नको हाहाकारलाई न्यून गर्न सकिन्छ। विद्यार्थीहरुको भविष्य एवम् देशकै जनशक्तिलाई बचाउन सम्भव भएसम्म रेडियो, टेलिभिजन, ईन्टरनेटको माध्यमबाट पाठ्यक्रम एवम् अन्य सिकाइलाई निरन्तरता दिनु पर्दछ । यो कोरोनाको सम्बन्ध मानव सभ्यतासँग जोडिएको हुँदा यसले मानवसभ्यता, संस्कृतिमा सिधै प्रभाव पार्दछ । मानिसको जीवन प्रतिको  सोच, शैली संस्कार लगायत जीवनलाई हेर्ने कोण नै बदल्ने छ जस्तै युरोपेली संस्कार अंकमाल गर्ने, हात मिलाउने संस्कारबाट नमस्कारको प्रचलन अपनाउने छन् । स्वार्थी, लोभ, बिलासिताले बिनाश ल्याउछ भन्ने सत्यतालाई आत्मबोध गरि सामान्य जीवनयापन गरी सुखको अनुभुति गर्नेछन् । यान्त्रिक मानव प्राकृतिक युगमा बदल्ने छ । सभ्यताले नै कांचुली फेर्ने कुरामा दुई मत छैन । विश्वकै राजनितिक, आर्थिक, सामाजिक,आदि इत्यादि क्षेत्रमा उथलपुथल हुनेछ। केही समय जीवन अकाल्पनिक भएपनि विस्तारै नैतिक, प्राकृतिक, भावानात्मकताको बिकाश भै एउटा स्वच्छ आदर्श  समाजको रुपमा सम्वृद्ध विश्वको निर्वाण हुनेछ । लामो समयसम्म एक साथ ठूलो  परिमाणमा उद्याेगगधन्दा, यातायात ठप्प हुँदा पृथ्वी दुषित हुनबाट जोगिएर सन्तुलितमा आउने छ । ग्लोबल इको सिस्टममा सुधार आउनेछ । पृथ्वी पुनः हराभरा हुनेछ। कयौं जीवहरुले आश्रय पाउने छन् । जीवहरुको संख्यामा वृद्धि हुनेछन् । स्वार्थीपनले आफैलाई पतन गराउछ भन्ने सत्यताको बोध गरि मानव आफूले गरेको कर्मको पाठ सिक्नेछन र पैसा भन्दा जीवन अनि आफन्त ठूलो भन्ने आत्मबोध गरी भावानात्मक सम्बन्धलाई जोड दिनेछन् । अँध्यारो रात पछि सुनौलो बिहानी आउँछ भने झै यस महामारीले पनि मानव जातिलाई उद्दार गर्नेछ । प्रकृतिले मानव सभ्यताको अस्थित्वलाई बचाउन चालिरहने यस्ता कदमहरुले वास्तवमा विभिन्न पक्षबाट राम्रो भएको स्वीकार्नु पर्दछ । लामो समयसम्म एक साथ ठूलो  परिमाणमा उद्याेगगधन्दा, यातायात ठप्प हुँदा पृथ्वी दुषित हुनबाट जोगिएर सन्तुलितमा आउने छ । ग्लोबल इको सिस्टममा सुधार आउनेछ । पृथ्वी पुनः हराभरा हुनेछ। कयौं जीवहरुले आश्रय पाउने छन् । जीवहरुको संख्यामा वृद्धि हुनेछन् । स्वार्थीपनले आफैलाई पतन गराउछ भन्ने सत्यताको बोध गरि मानव आफूले गरेको कर्मको पाठ सिक्नेछन र पैसा भन्दा जीवन अनि आफन्त ठूलो भन्ने आत्मबोध गरी भावानात्मक सम्बन्धलाई जोड दिनेछन् । जस्तोसुकै शक्तिशाली योग्य सम्पन्न देशले पनि झुक्नु परेको उदाहरणले मृत्यु सबैको लागि समान भन्ने महसुस मानव जातिले गरेको छ । यान्त्रिक रुपमा प्रवेश गरेका मानिसलाई संवेदनशील भइ पारिवारिक, सामाजिक, प्राकृतिक सुखमा फर्किन प्रकृतिले आग्रह गरेको बुझिन्छ । साथै, अब पछिका जीवनलाई नयाँ सोच, सुधारका रुपमा शुरूवात गर्ने अवसरको रुपमा अगाडी बढ्नु पर्ने बोध गराइएको छ । कर्म गर्ने सक्षम युवाहरुलाई आत्मियता, राष्ट्रियताको आत्मबोध गराई भौतिक सुखलाई बिर्सेर आफ्नै देशमा  कर्म गरेर खुशी पाउन्छ भन्ने महसुस गराइएको छ । आउँदा दिनहरुमा हाम्रो देश नेपालले कृषि प्रधान देश उपनामको सार्थकता पाउनेछ। देशमा स्मार्ट सिटी होइन स्मार्ट कृषिको विकास हुनेछ । खेतीयोग्य जमिनले पुनः न्याय पाउने छ । घरेलु उत्पादन साथै उपभोगमा प्राथमिकता दिइने छ । अति आवश्यक औषधि अन्य सामानमा देशकै जडिबुटी, कच्चापदार्थको सदुपयोग हुनेछ। जसले नेपाली मुद्रा बाहिर जाने छैन । कोरोनाले हामीलाई एक किसिमबाट करुणा थपिदिएको छ । युरोपेली देशको संक्रमणको तीब्र गतिलाई बुझ्दा स्वार्थी, बिलासिता जीवनको लागी घाटक रहेछ भन्ने कुरा बिदेशिएका, शहर पसेका युवाहरुले मनन गरि आफ्नै गाउँ-ठाउँमा फर्कि खेतीपातीमा लागेर आफुलाई एवम् कृषि कार्यलाई मजबुत गरि सिंगो देशलाई नै मजबुत बनाउने छ । सम्पूर्ण विश्व लगायत हाम्रो देश नेपालले पनि एउटा स्वच्छ, आदर्शको समाज निर्माण गर्ने छ ।