कारुणिक अवस्थामा मानव सभ्यता
पाटन दरवार क्षेत्र समय आफ्नै गति अघि बढिरहेको थियो । मानिसहरु आ-आपनो काममा दौडधुप गरिरहेका थिए । सन् २०१९ लाई विदाइ गर्दै सन् २०२० को आगमनमा नयाँ वर्ष मनाउन आफ्नो विदाको योजना बनाउदै थिए मानिसहरु । त्यति नै बेला चीनको वुहान शहरका केही मानिसहरुमा रुघा, खोकी, ज्वरो आउन थाल्यो । त्यहाँका मानिसहरुले अघि पनि यस्तो भईरहने गरेकोले सामान्य रुपमा लिईरहेका थिए र उनीहरु स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिएर औषधी सेवन गर्न थाले तर यस पटक निको भएन । उनीहरु झन् झन् थला पर्न थाले । केही मानिसहरुमा बिस्तार बिस्तार श्वास फेर्न पनि गाहृो हुन थाल्यो र केही मानिसहरु यहि कारणले मृत्युवरण पनि गर्न थाले । यसबाट स्वास्थ्य सेवा प्रदायक निकायहरु त्रसित र चिन्तित हुन थाले र यसको बारेमा अध्ययन गर्न थाले । मानिसहरुमा नयाँ कोरोना भाइरसको कारणले त्यस्ता लक्ष्यणहरु देखा परेका र यस भाइरसलाई सखापपारी निको बनाउन रोग लागेको ब्यक्तिको रोग प्रतिरोधी क्षमतामा भर पर्ने र हालसम्म औषधी नरहेको बिषय अध्ययनले पत्ता लाग्यो । साथै यस कोरोना भाइरस एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सजिल्यै सर्न सक्ने देखियो र जीवाणु पनि वाहिरी वातावरणमा पनि धेरै समय बाच्न सक्ने र साथै संक्रमित ब्यक्तिमा भाइरस प्रवेश भई लक्षण नदेखिदा नै अरुमा सार्न सक्ने अवस्था देखियो । यिनै कारणहरुले गर्दा तीन महिना भित्र यस भाइरस विश्वभर फैलिएको छ । यस आलेख तयार पारिरहदा सम्म विश्वका २१ औं लाख मानिसहरु संक्रमित भएका छन् । एक लाख २५ हजार भन्दा बढी मानिसहरु मृत्युवरण गरिसकेका छन् । यहि अवस्था रहेमा करोडौं संक्रमित हुने र लाखौं लाख मानिसहरु मर्नु पर्ने अवस्था देखिन्छ । यसबाट जोगिन संक्रमित ब्यक्तिले प्रयोग गरेका चिज बस्तु नछुनु, संक्रमित ब्यक्तिसँग टाढा रहनु नै उत्तम उपाय हो । त्यसैले मानिसहरु एक अर्काको सम्पर्क तथा सम्सर्गबाट टाढा रहन थाले । यदि कहि कतै छोएको छ भने सुरक्षित रहन साबुन पानीले पटक पटक मिचिमिची राम्रोसँग हात धुन, सेनीटाइजर प्रयोग गर्न, पटक पटक तातोपानी पिउन र मास्क लगाएर मात्र बाहिर हिडडुल गर्न थाले । यतिले मात्र यसको संक्रमण रोकिएन । त्यसैले संक्रमण फैलनबाट जोगिन अहिले विश्वभरका मानिसहरु घरघरमा बन्दी भएका छन् । आज विश्वमा यस कोरोना भाइरस नसुन्ने सायदै होलान् । यसले विश्वका सबै भूगोल र त्यहाँका सबै मानिसहरुलाई एकै पटक भयभित बनाएको छ । मानव विकास क्रममा यो नै पहिलो घटना होला कि विश्वभरका मानिसहरु सबै एकै पटक त्रसित र भयभित भएको । अहिले यसबाट सुरक्षित हुनका लागि मानिसहरुले आफ्नो उद्योग, व्यवसाय, पेशा, काम रोकेर सुरक्षाका उपायहरु अपनाएर घरघरमा सुरक्षित बसिरहेका छन् । यस कोरोना भाइरस बिश्वभर भयंकर महामारीका रुपमा फैलिरहेको छ । आज मानव जीवन बन्दी भएको छ । यसमा मानिसका दुःखहरु पोखिन थालेका छन् । कति मानिसहरु घरपरिवारसम्म पुग्न नपाउदा लामो बन्दीले निराश र हतास भएका छन् । परिणामतः केहि मानिसहरु आफूलाई सम्हाल्न नसकिरहेको अवस्था छ । केही मानिसहरु खानेकुरा सकिएर आफ्नो घर पुग्न लामो पैदल यात्रा गरिरहेका छन् अनि भोक र प्यासले रोइरहेका छन् । कति त नाङ्गो खुट्टा पैदल यात्रा अनी खुल्ला आकासमुनी जंगल तथा बाटोमा जमिनलाई ओछ्यान र आफ्नो पाखुरीलाई सिरानी बनाएर निदाइ रहेका छन् स–साना आफ्ना लालाबालाहरुको साथमा । कति मानवहरु ती अप्ठ्यारामा परेकाहरुलाई सामाजिक दूरी कायम गर्दै सुरक्षाका उपायहरु अपनाएर सहयोग गरिरहेका पनि छन् । लेखक आज विश्व यस भाइरससँग त्राईमान भएको छ । विश्वका शक्तिशाली कहलिएका, स्वास्थ्य सेवा प्रणाली बजबुत भएका, मानव विकास सूचाङ्क उच्च रहेका, सम्मृद्धशाली कहलिएका देशहरुमा समेत दिनानु दिन हजारौ हजारको संख्यामा मानिसहरु मृत्यु पछ्याई रहेछन् । लाग्छ आज इटलीको रोम रोइरहेको छ, संसारको परी फ्रान्सको पेरिस उजाड देखिदै गएको छ, धेरैको सपना अमेरिकाको न्यूयोर्क शहर मशाटघाट झै भएको छ । यस महामारीमा सबभन्दा बढी जोखिम स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले मोलिरहेका छन् । यस्तो कठिन अवस्थामा स्वास्थकर्मीहरु सुरक्षा उपाय अपनाई, सचेत भई दिनरात खटिरहेछन् । कतिलाई त संक्रमणले भेटेको र मृत्युवरण समेत गरेका समाचारहरु आईरहेका छन् । सलाम गर्न मन लागिरहेछ ती हातहरुलाई, जो उच्च जोखिम मोलेर सेवा गरिरहेका छन् । विश्वका प्राय मानिसहरुको मन क्षतबिक्षत भएको छ यतिबेला । विश्वका मानवहरु कल्पना नै नगरेको महामारीसँग जुधिरहेका छन् । यस महामारीले मानव जीवनमा पार्ने असर तथा चुनौतीका बारेमा सोच्दा र घोत्लिदा यो अन्य महामारी तथा अरु बेलामा भएका महामारीहरुसँग तुलना गर्न नै कठिन लाग्यो । किनकी यस महामारीले प्रभाव नपारेको कुनै मानव नै छैन । कुनै न कुनै रुपमा प्रभाव परेको छ । अनि यति चाडो यसको संक्रमण/फैलावट भयो की तीन महिनाको अवधिमा संसारभर गाँज्यो । अति नै तिब्र गतिमा रहेको विकास एक्कासी टक्क रोकिदा सबैतिर एकै पटक ठूला ठूला अप्ठ्याराहरु सामाना गर्नु पर्ने देखियो । यदि यसको औषधी र खोप बन्यो भने पनि त्यो बन्नु भन्दा अगाडि नै विश्व मानव समुदायले ठूलो मूल्य चुकाउनु पर्ने भयो । यस महामारीले कतै मानव सभ्यता नै त सकिने होइन ? मानवका मनमा प्रश्नहरु उब्जिरहेका छन् । भाइरस संक्रमित भएका सबैले मृत्युवरण गरेका छैनन् । धेरै यस भाइरससँग जुधेर तथा भाइरसलाई जितेर बाचिरहेका छन्, त्यो संख्या पनि यस आलेख तयार पार्दासम्म पाच लाख माथि रहेको छ भने धेरै मानिसहरु सुरक्षित भई जोगिईरहेका छन् । यसरी यसले अहिले नै मानव सभ्यता सखाप बनाउदैछ भन्ने अवस्था छैन तर यसले मानव विकास, अर्थतन्त्र, मानव सभ्यता तथा संस्कृति, वातावरण र जीव जगतमा गम्भिर प्रभाव पार्ने देखिन्छ र धेरै चुनौतीहरु सामाना गर्नु पर्ने अवस्था देखिन्छ । अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ । विश्व अर्थतन्त्रमा बारेमा के सोचौ र ? यसले अर्थतन्त्रमा विकराल अवस्था सृजना गर्ने भएको छ । सन् २०१९ अन्ततिर सम्म विश्व व्यापार, उद्योग धन्दाको विकास, त्यसबाट हुने उत्पादन, सेवा तथा वित्तीय क्षेत्र आदि हावाको बेगसरी दौडिरहेको थियो । २०२० मार्चको अन्त्यतिर आईपुग्दा तीन महिनाको अवधिमा एक्कासी टक्क रोकिनु परेको छ । जसले कराेडाैं मानिसहरुको रोजगारी गुमेको छ । बस्तु उत्पादन हुन छोडेको छ । उत्पादित सामाग्रीहरु एक ठाँउमा थन्काउनु परेको छ । यहि अवधिमा धेरै सामाग्रीहरु उपभोग मिति समाप्त भई खान अयोग्य भएका छन् । विश्व यातायात सडक भनौ,आकास भनौ, जल भनौ ठप्प छ । उद्योग ब्यावसायहरु टाट पल्टीने भएका छन् । होटल/पर्यटन सेवा क्षेत्र तथा वित्तिय सुनसान भएका छन् । जसले गर्दा प्रति घण्टा खर्वौ खर्व घाटा भई रहेको छ । यसले विश्व मानव जीवनलाई गम्भिर गरिवीतीर धकेलिएकाे छ । यस अवस्थाले विश्व अर्थतन्त्रमा गम्भिर संकट पैदा गरेको छ । समाजमा गरिवी, भोकमारी र अभाव सृजना गर्ने भएको छ । यसले विश्वका गरिव अविकसित र विकासोन्मुख देशहरु र त्यहाँका नागरिकहरु झनै जोखिममा पर्ने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रमा पनि यस माहामारीले गम्भिर असर पार्ने देखिन्छ । विश्व बैंकले हालै गरेको प्रक्ष्येपणमा नेपालको आर्थिक वृद्धिदर दर १.५ देखी २.८ प्रतिशत मात्र हुने देखाएको छ र अझ यस भन्दा पनि कम हुने भनेको छ । यहाँ पनि विश्व समुदायमा झै सबै ठप्प छन् । जसका कारणले धेरै मानिसहरुले रोजगारी गुमाईरहेका छन् । आफ्ना उत्पादनहरु बजारमा बेच्न पाईरहेका छैनन् । गरीबहरु झनै गरिबीमा भासिने र मध्यम तथा उच्च वर्ग समेत गरिवीमा परिणत हुने अवस्था रहेको छ । नेपालको अर्थतन्त्रका आधारहरु बैदेशिक रोजगारी उच्च जोखिममा परेको छ । त्यसै गरि पर्यटन, व्यापार व्यवसाय धरासायी भएको छ । कृषि फर्महरुको अवस्था त्यत्तिकै नाजुक छ । नेपालमा त अन्तत्वगत्वा राजश्व संकलनमा असर परि राज्य सञ्चालनमा नै कठिनाई हुने अवस्था देखिन्छ । नेपाली समाजमा भोकमारी, अभाव, बेरोजगारी बढ्ने जसले गर्दा हिंशा, अपराध बढ्ने अवस्था रहेको छ । पेरिसकाे कलात्मक दरवार मानवहरुका ठाँउ, परिवेश र सोच अनुसार बिभिन्न सभ्यता र संस्कृतिहरु निर्माण भएका छन् । ती सभ्यता र संस्कृतिहरु डगमगाएका छन् यतिबेला । एक मानव अर्को मानवसँग सम्पर्कसँग भाग्नु परेको छ । जसले सभ्यता र संस्कृति धान्न कठिन भएको छ । मानिसहरुमा निरासा छाएको छ । आस्था, विश्वास र भरोसामा चोट लागेको छ । बेचैन भएका छन् मानिसहरु, आफ्नु बाबु तथा बाजे अनि परम्परा देखि गर्दै आएको कार्य गर्न नपाउँदा । उसलाई लागि रहेको छ उसको देवता रिसाउने हो कि ? कतै अर्को अनिष्ट पो हुने हो कि ? हामीलाई पनि त्यस्तै भएको छ बिस्केट अनि मछिन्द्रनाथको जात्रा गर्न नपाउदा । साच्चै बिरत्तिएका छन् मनहरु । यसले कतै हाम्रा परम्पराहरु, हाम्रा संस्कृतिहरु, हाम्रा सभ्यताहरु मासिने त होइनन् । चुनौती खडा भएको छ । कतै हाम्रा मौलिकता, हाम्रा आस्था/विश्वास, हाम्रा सम्पदा जससँग हाम्रो पहिचान जोडएको छ । तीनहरु कतै नासिने त होइनन् । मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ । मन बलियो बनाएर फेरी कलम दौडाउन प्रयास गर्छु । खै के पो हुने हो ? ती दुर्घदित लासहरुले अनि समुन्द्रि तटमा बिर्सजन गरिएका मानव लास तथा कंकालहरुले वातावरण र जीव जगतको जीवन प्रकृयामा कस्तो असर पार्ने हो ? साहृै कारुणिक छन् कथाहरु । अनी मानवका व्यथाहरु । मानिसहरु यति धेरै मृत्युवरण गर्नु परिरहेका छ कि उनीहरुलाई गाड्नको लागि ठाँउ अभाव देखिदैछ । जलाउनको लागि स्थान अभाव भै रहेको छ । मुर्दाघरहरुमा मानिसको लास माथि लासहरु थोपरिएका छन् । समुन्द्रमा लगेर लास फाल्नु पर्यो भने ! लेख्न पनि कलम रोकिन खोज्छ । मन भारी भएर आउछ । यस महामारीले विश्वभरका मानवको मन चस्काएको छ । महामारीबाट बाँचेका सबैलाई झस्काएको छ । प्रविधि र सूचना सञ्चारको विकासले सबै मानवलाई खबर सुनेर मर्माहात बनाएको छ । आफ्ना प्रियसी गुमेका कथाले मानव मन रसाएको छ । मानव जातीमा आउन सक्ने निराशाले तर्साएको छ । साच्चै भावविहल भएका छौ हामी विश्व मानव समुदाय यतिबेला । महामारी पहिला पहिला पनि भएका रहेछन् । पढ्दा थाहा भयो । तर ती महामारीहरु मानव समुदायले बिर्सिएका थिए । पढे पनि त्यस युग र अहिलेको विज्ञानले गरेको चमात्कार हेरेर केही हुन्न सब समाधान छ मानवसँग भन्ने बलियो भ्रम थियो । अहिले त्यो भ्रम चकनाचुर भएको छ । मानव सभ्यता कुनै दिन कतै बिलय भएर जाने त हैन ? शंका उब्जाएको छ मानव मनहरुमा । यस महामारीले मानव जातीलाई अत्यन्त ठूलो कष्ट दिएको छ । मानिसहरुले प्रियसी गुमाएका छन् । आफ्ना प्यारा अभिभावक बाबा-आमा, हजुरवावा-हजुरआमा गुमाएका छन् । आफ्ना छोरा-छोरी गुमाएका छन् । आफन्त-साथीभाई तथा असल पथ प्रदर्शक गुमाएका छन् । भावनात्मक रुपमा भन्दा साहृै कारुणीक कथा दिएको छ यस महामारीले । मानवलाई सम्हालिन कठिन बनाएको छ । मानिसहरुको मन क्षतबिक्षत बनाएको छ । केवल याद र सम्झनाहरु मात्र रहने बनाएको छ । यति हुदा हुदै पनि, दुख कष्ट र पिडाहरुको बीचमा पनि नयाँ आशाको किरण अनुमान गर्न सकिन्छ । म त आशावादी मान्छे । जस्तो प्रकृतिले हिलो बीचमा कमलको फुल फुल्ने गराएको छ । यसले मानव जातीमा नयाँ सकल्प, कठोर त्याग र उत्कृष्ट इच्छा शक्ति पनि निर्माण गर्दछ । हामीले संसारमा हेर्यौ भने सबैले शुन्यबाट नै उचाई बढाउदै लाने हो । हामी नेपालीहरु चालिस वर्ष अघिसम्म खाद्यान्नमा आत्मनिर्भर थियौं । आज भन्दा तीस वर्ष अघि म विद्यालय शिक्षा लिदै गर्दा हाम्रो खेतबारीबाट हुने उत्पादनले खान पुग्थ्यो र बाबा आमाले केही अन्न बेच्ने पनि गर्नु भएको थियो । त्यस समयमा प्रायः आफ्नो उत्पादन मात्र खाने गरेका थियौ । अहिले हामीले खाने खाद्यान्न उत्पादन नै गर्न छोडेका छौं । विहान र बेलुका पाक्नको लागि सम्पूर्ण रुपमा अरुकोमा भर परेका छौं । उत्पादन गर्नेहरुले पनि ठूलो संख्यामा उत्पादन गरेका छैनन् । हामीसँग प्रसस्त जमिन छ अनी हामीले मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ । चाहेमा सिंचाईको व्यवस्था पनि गर्न सक्छौ । त्यसैले यस महामारीले हामी नेपालीहरुलाई खाद्यान्न, फलफुल, तरकारी, दुध तथा दुध जन्य पदार्थ र माछामासुमा आत्मनिर्भर हुन सिकाउने भएको छ । नेपाली उत्पादन जसलाई हामी प्रयोग गर्दैनौ । अव बाहिरबाट नआउने भए पछि आफ्नो उत्पादन प्रयोग गर्ने हुनेछौ । हामी नेपाली आफ्नो घर मातृभूमी छाडेर प्रवासी हुन मरिहत्ते गरिरहेका हुन्थ्याैं । आफ्नो घर आगन बिर्सिएर पराइकोमा रमाउन थालेका थियौ । अब मातृभुमी फर्किएर यहाँ नै कर्म गर्न थाल्ने भएका छौ । यसले नविनतम, सुन्दर, सम्मृद्ध नेपाल निर्माणमा अवसर हुने देखिन्छ । यसले विश्व मानव जातीलाई गम्भिर सन्देश दिएर जाने भएको छ । मानवमा हुर्किरहेको अर्कमण्यता/घमण्ड घटाउने भएको छ । विज्ञानले सबै जित्न सकिन्छ भन्ने सोचाई तोडिदिएको छ । सबैलाई बिर्सिएर कुदिरहने मात्र दौडि रहने मानवलाई सोच्ने र अरुलाई हेर्ने बनाएको छ । सुविधा र सम्पन्नता हुदैमा मृत्युलाई पर सार्न नसकिने रहेछ भनिरहेको छ । मानव जातीको अन्त्य पो कुनै दिन छ कि भनेर झस्काएको छ । जती बाँचिन्छ खुशीले बाच्न, प्राप्त उपलब्धीमा रमाउन, एक आपसमा मिलिजुली रहन, एक मानवले अर्को मानवलाई सहृदय प्रेम गर्न, मिहिनेत र कर्ममा विश्वास गर्न, हिंशा अनियमितता नगर्न सन्देश दिएको छ । बेथानचोककाे एक दृय । तस्वीर gumante.com बाट आशाको किरण बनेर मानवमा मानवता फर्काईदिने भएको छ । सुविधा र सम्पन्नता सबथोक हो भन्ने मानव हैन रहेछ भन्न थाल्नेछ । माया, प्रेम, मिलिजुली भाव, आत्मियता फर्कने भएको छ । जती जीवित हुन्छन् उनीहरुको लागि नयाँ सोच जन्माएको छ । यसले नयाँ, भिन्न र भाबुक विहानी दिने भएको छ । यसले आफन्त र प्याराहरुको सम्झनामा केही गर्न प्रेरित गर्ने भएको छ । कतै प्रियसीको सम्झनामा स्तम्भ बन्नेछन् , कतै राम्रा कृति, कथा अनि संस्मरण आलेखहरु निर्माण हुनेछन्, कतै शिक्षालय, कतै खुशी बाढ्ने र सम्हालिने पार्कहरु, कतै मनमोहक पोखरी तथा जलकुण्डीहरु, कतै मानव आस्थाका धरोहरहरु यस्तै यस्तै हुनेछ कोरोना महामारी पछि । मानवता फर्किनेछ । याद र सम्झनाहरु कुदिनेछन् । क्रमशः आशा, भरोसाका नयाँ स्तम्भहरु पलाउनेछन् । मानवमा नयाँ आशाका किरणहरु जागृत हुनेछन् । सम्झना अनि यादलाई साहस बटुलेर दिलमा कैद गर्नेछन् र प्रेरणा अनि अठोट बनाउनेछन् । फेरी उनीहरु खुशी हुदै जानेछन् । ती असलहरु जन्मनेछन् । नयाँ मानविय युग, सहृदयपूर्ण युग आउने छ । फेरी नयाँ विहानी हुनेछ । आशा भरोसा र खुशीका किरणहरु लाग्ने छन । बेथानचोक गाँउपालिका -२, काभ्रेपलाञ्चोक [email protected]
आफू बचौं र अरुलाई पनि बचाऔं
विपत्ती कहिल्यै न बाजा बजाएर आउछ न कुनै पूर्व सूचना दिएर आउँछ । यसले नत कुनै धर्म चिन्छ, न कुनै जात, न कुनै धनीलाई चिन्छ न कुनै गरीब यो जति बेलानि आउन सक्छ । सबैभन्दा सचेत प्राणी मानिस भएकाले पनि बरु पूर्व तयारी गरी हामी बच्न सक्छौँ । यो विपत्ती पनि पहिलो पटक हो भन्न मिल्दैन । बरु यस्ता धेरै विपत्तीको सामना गदै विश्व अगाडि बढिसकेको छ । यति बेला बिश्व जगत नै बिषम परिस्थितिमा अर्थात संकटको घडिमा छ । कोरोना भाइरस (कोभिड–१९) को माहामारीले आक्रान्त छ । आमनागरिकहरु त्रसित बनेका छन । करिब डेढ अर्ब जनसङ्ख्या रहेको, आर्थिक हिसाबले दु्त गतिमा दौडिरहेको राष्ट्र चीनलाई नै पहिलो पटक यस माहामारीले आफ्नो पकट क्षेत्र बनायो । चीनको पूर्वी वुहान प्रान्तबाट सुरु भएको कोरोना भाईरस गत पुस (२०१९ डिसेम्बरमा) सबैभन्दा पहिला पत्ता लगाएको यस भाइरसबाट बिश्वभरी बैशाख ५ गतेसम्म मृत्यु हुनेको सङ्ख्या १ लाख ४१ हजार १ सय ८८ रहेका छन् । कोरोना भाइरस (कोभिड –१९) को माहामारीमा आफ्नो ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । यस माहामारीले विश्वलाई नै चुनौति दिएको छ । विश्वका शक्तिशालि मानिने राष्ट्रहरु तनाब अनि चुनौतिबाट गुज्रिरहेका छन् । कोरोना विरुद्ध लड्न हर सम्भब कसरत गरिरहेका छन् । सुरुवाति चरणमा चीनको मात्रै समस्याका रुपमा हेरिको यस माहामारी अहिले विश्वब्यापि रुपमा आतङ्क मच्चाइरहेको छ । सबै भन्दा घातक मानिएको यो रोग अझै फैलदै छ । यसले झन ठूलो माहामारी भयावह मृत्युको रुप लिइरहेको छ । विश्वका शक्तिशाली मानिने राष्ट्रहरु देखि विकासोन्मुख सम्मका राष्ट्रहरु यस माहामारीबाट ग्रसित भएका छन । आज कुनै पनि मुलु विश्वव्यापिकरणले गर्दा कुनै न कुनै हिसाबमा हरेक मुलुकसँग जोडिएर परिपूरक बन्दै आएका छन । एक राष्ट्रले अर्को राष्ट्रलाई सहयोग गर्नुको सट्टा चीनलाई ब्यङ्ग्य गर्ने राष्ट्रहरुले आफ्नो राष्ट्रमा तयारी गरेको भय यस माहामारीले भयावह संकटबाट लड्ने प्रेरणा प्रदान गरेको भए आज बिश्व जगतनै यो त्रासमा बच्नुपर्ने थिएन कि ? लेखक भारतमा समेत संक्रमणको दर निकै नै फैलिदै गएको देखिन्छ । २१ औँ शताब्दिको यो माहामारी कहाली लाग्दो छ । मानिसले प्रकृतिलाई जित्न सबै थोक बनायो । तर अझै पनि मानिस प्रकृतिभन्दा तलनै छ । प्रकृतिलाई जित्न अझै सकेको छैन । कोरोना भाइरस (कोभिड –१९) को माहामारी बाट बच्न अहिले मानिसहरु यस भाइरस सँग युद्ध लडिरहेका छन । यस युद्धसँग लड्न नियन्त्रण गर्न विश्व फाईटर बनिरहेको छ । तर प्नि यसलाई उत्कर्षमा पुर्याउन सकिरहेका छैनन । अहिले विश्वका शक्तिशाली भनिएका देशहरूलाई समेत आफ्नो पकडमा पार्न सफल भएको छ । यो कोरोनाभाइरस कस्तो जीव होला जो मृत्युलाई यती सस्तो अनि सहज बनाइ रहेको छ ? कोरोना भाइरसले सामान्य मानिसलाई मात्र होइन ठूला ठूला शासकहरूलाई पनि छोडेको छैन वेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई समेत संक्रमण पाइएको छ । विश्वलाईनै अहिले यो माहामारीले चुनौति थपेको छ । ठूला–ठूला यन्त्र र वन्दुकको आडमा आफूलाई शक्तिसालिको दम्भ देखाउने देशहरुमा समेत कोरोनाले चकनाचुर बनाईदिएको छ । यो भाइरसले गर्दा विश्वभरनै मानव मानवबीचको दूरीलाई टाडा बनाएको छ । संसारभरि २०० भन्दा बढि देशमा लकडाउनको कारण अरबौ जनसंख्या घरमै बस्न बाध्य भएका छन । विश्वमानव जगत कोलाहलबाट शान्त भएको छ । तर यसले गर्दा संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुरावस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जिने प्रष्टै देखिन्छ । संयुक्त राष्ट्र संघले जनाए अनुसार कोरोना भाइरस महामारीको कारण विश्वभर ५० करोड मानिसहरु गरीवीमा धकेलिने र लाखौ लाख व्यक्तिहरु बेरोजगार बन्ने आंकलन गरेको छ । इन्र्फमेसन सुपर जोनमा मानिसले पाएको विज्ञानको सफलता देखि अन्तरिक्ष माथिको विजयमा पनि आज उयाय बिहिन मनोेदशामा गुज्रिरहेको छ । विश्वले नै यस महामारीले लाखौंको मृत्यु र खर्बौ आर्थिक क्षति व्यहोर्नु परेको छ । लाखौले ज्यान गुमाउनु परेको छ । समस्याको तात्कालिन नियन्त्रण गर्न र दीर्घकालिन समाधानका लागि पनि विश्वलाई नै चुनौति थपिएको छ । संसारमै गम्भीर रुपमा आर्थिक संकट र यसले निम्त्याउने सामाजिक दुराबस्थाको असरको कारण ठूलो मात्रामा गरिवी र भोकमरीको समस्या उब्जीने प्रष्टै देखिन्छ । भारत र चीन नेपालका एकदम नजिकका छिमेकी राष्ट्र हुन । छिमेकी राष्ट्रमा भएका राम्रा तथा नराम्रा गुणहरु नेपालमा सर्नु स्वभाबिक नै हो । नेपाल पनि कोरोना भाइरसको अछुतोबाट बच्न सकेन । नेपाल पनि यस माहारीको उच्च जोखिममा रहेको छ । माघ १० गते नेपालमा पहिलो पटक कोरोना पुष्टि भएको थियो । हालसम्म नेपालमा कोरोना संक्रमण तुलनात्मक रुपमा न्युन नै छ । विदेश तथा छिमेकी देशहरुबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखेर उनीहरुलाई परिक्षण गरी घर समेत पठाएको छ । अझै धेरै व्यक्ति क्वारेन्टाइनमा छन् । सबै सीमा नाकाहरु शिल गरेको भएता पनि अझै थुप्रै व्यक्तिहरु लुकिछिपि नेपाल भित्रिने गरेका छन । ती मानिसहरु धेरै त कोरोना संक्रमित मुलुकहरुबाट नै आएका छन । विकसित देशहरुको तुलनामा नेपालमा यो संख्या निकै कम हुनुमा नेपाल सरकारले समयमै देश पूर्णरुपमा लकडाउन, अन्र्तराष्ट्रिय विमानस्थल बन्द, सीमा नाका शिलबन्द जस्ता निकै सरहानिय प्रयासहरु हुन् । अरु देशहरुबाट नेपाली जनताले पनि धेरै ठूलो पाठहरु सिकि संक्रमण फैलिन नदिन पूर्णरुपमा जनताले इमान्दारीताका साथ लकडाउनको पनि पालना गरिरहेका छन । आम जनाताको केहि यस्तो पनि बुझाई छ कि नेपालीहरुको रोगसँग लड्ने क्षमता छ र कोरोना भाइरस फैलनका लागि नेपालको वाताबरण हावापानी पनि रोक्न मद्दत गर्छ । सरसर्ती हेर्दा विश्वास पनि लाग्दछ । सामान्यतया सरुवा रोगका भाइरसहरु मौसम परिवर्तन हुने समयमा बढी क्रियाशील हुने बैज्ञानिक आधारहरुले पुष्टि गरेको छ । मौसम परिवर्तन हुने समयमै वा गर्मियाममा यस्ता माहामाहारीहरुको जोखिम आफैमा बढि हुन्छ । कोरोना भाईरस कम तापक्रम भएका ठाउँहरुमा व्यापक फैलिएको देखिन्छ कोरोना भाइरस माहामारीको असर नेपालमा पनि आर्थिक, सामाजिक, र सास्कृतिकमा क्षेत्रमा गम्भीर रुपमा असर पर्ने देखिन्छ । र, परिरहेको पनि छ । नेपालको प्रमुख आर्थिक स्रोत पर्यटन, कृषि र रेमिटयान्स भएको हुँदा पनि यो निकै प्रभाबित बनेको देखिन्छ । जसले गर्दा विदेशी मुद्रा आर्जनमा प्रभाव पार्ने देखिन्छ । लाखौँ नेपालीहरु वैदेशिक रोजगारका निमित्त विभिन्न देशहरमा जाने गरेका छन । यो महामारीको कारण सबै देशहरुमा रहेका नेपालीहरु ईमान्दारिपुर्वक आफनै कोठामा लकडाउनमा छन । उनिहरुले खाफ्नो दैनिकि जिबनमा समेत समस्या भोगिरहेका छन भने नेपालमा रेमिटयान्स नपठाउन पाएपछि रेमिट्यान्सले धानेको देशको अर्थतन्त्रमा घाटाको हिसाब किताब गर्न सकिने अवस्था नै छैन । देशले चौतर्फी घाटा बेहोर्दै छ । नेपालमा गम्भीर आर्थिक संकट देखिन्छ । यस्तै नेपालमा रहेका विभिन्न कम्पनी, संघ, संस्था बन्द हुने अबस्थामा पुगेका छन । धेरै व्यक्तिहरु बेरोजगारको चपेटामा पर्ने पनि देखिन्छ । अर्थतन्त्रलाई मजबुत बनाउन र बेरोजगारीको अन्त्य गर्ने उद्देश्यले सरकारले निकै तामझामका साथ उद्घाटन गरेको भ्रमण वर्ष २०२० मा २० लाख पर्यटन भित्रयाउने लक्ष्य लिएको पर्यटन व्यबसाय पनि नराम्ररि प्रभावित भइरहेको छ । नेपाल बहुजाति, बहुसस्कृतिक, बहुभाषिकले धनी राष्ट भएको हुदा पनि विभिन्न ठाँउहरु भ्रमण तथा अबलोकन गर्नका निमित्त पुग्ने आन्तरिक पर्यटनमा देश भित्र कै अनेक स्थानहरूमा देशबासीहरू तथा बिभिन्न ठाँउबाट आएका बाह्य पर्यटक तथा आन्तिरक पर्यटकहरु आ-आफ्नो देशमा फर्किएका छन् । मनोरञ्जनात्मक एवं अन्य उद्देश्यका साथ भ्रमणका लागि पुगेका पर्यटकहरु विभिन्न स्थानहरूमा पुग्दा उनीहरूले यातायातका साधन, होटल, रेष्टुरेन्ट, पसल, सिनेमा हल आदिको प्रयोग मार्ग गर्छन । यी सुविधाहरू स्थानीयले आन्तरिक पर्यटकहरूलाई उपलब्ध गराउँदा विभिन्न किसिमका कार्यहरू गर्नुपर्छ र यसरी विभिन्न किसिमका कार्यहरू गर्दा धेरै जनाले रोजगारी पाएका थिए । देशमा लकडाउन भए सँगै सबै चक्नाचुर भएको छ । देशका राष्ट्रिय गौरवका आयोजनाहरु अलपत्र परेका छन । तीव्र रुपमा भईरहेका पूर्वाधार विकास निमार्णहरु एकाएक रोकिएका छन । ठूला कम्पनीहरु, उद्योग, व्यापार, उत्पादन, विद्यालय, शिक्षालयहरु बन्द छन । देशको सेयर बजार ओरालो लागिसकेको छ । हवाई उडानहरु बन्द छन् । गरीव, मुलुकको सूचीमा रहेको नेपालको अर्थतन्त्रमा निकै ठूलो धक्का परेको छ । नेपालको मुख्य पेसा कृषि भएको र धेरे कृषि पेशामा नै आश्रित रहेको हुदा पनि यतिबेला कृषकहरुले आफ्नो उत्पादित सामानलाई बजारसम् पुर्याउन नपायर ठूलो घाटा बेहोरिरहेका छन । यस माहामारीको डरले कृषकहरुले आफ्नो लगाएको अन्न बालि पनि भित्रयाउन पाएका छैनन । जसले गर्दा बैंकबाट लिएको ऋण र ब्याज तिर्न नसक्ने अवस्था सिर्जना भैरहेकोछ । डडेलधुरामा काेराेना जाँच हुँदै कोरोनाभाइरसले जनमानसमा डर त्रास फैलाएको र यो रोगबारे हामी सबैमा सही ज्ञान पनि हुनु आवश्यक छ । यो रोगको सङ्क्रमण देखापरेको व्यक्ति र अन्य सबैले उचित सल्लाह समयमा नै पाएमा यो रोगले भयानक रूप समेत लिन पाउँदैन । हालसम्म उपचारको उपाय फेला नपरेको कोरोनाको संक्रमण एकबाट अर्को व्यक्तिमा द्रूत गतिमा फैलिइरहेको छ । रोगका बारेमा समुदायमा व्यापक जनचेतना जगाउनुपर्छ । बढी भीडभाडमा नजाने, मुखामुख कुराकानी नगर्ने, अनावश्यक रूपमा घर बाहिर जनसम्पर्कमा नजाने र अनावश्यक यात्रा नगर्ने, जथाभावी नथुक्ने, अन्य अवस्थामा स्वस्थकर बानी व्यवहार अपनाउने, पाखुराको साइडमा खोक्ने वा हाछयुँ गर्ने, अण्डा तथा मासु राम्रोसँग पकाएर मात्र खाने लगायतका जनचेतनालाई व्यापक बनाउनुपर्छ । कोरोनाको कडा महामारी भएको अवस्थामा जात्रा, उत्सव, मेला पर्व, भोजभतेरको आयोजना नगर्ने, स्कुल, कलेज बन्द गर्ने, एक र अर्को व्यक्ति कमसेकम १ मिटरको दूरीमा मात्र बस्ने जस्ता उपाय अबलम्बन गर्न सकिन्छ । रोगको उत्तम उपचार नै अनावश्यक मानव संसर्गमा नियन्त्रण र नियमित व्यक्तिगत सरसफाई हो । यसको रोकथामका लागि भनेर अहिले विश्वभरिनै मानिसको आवागमन र जमघटमा नियन्त्रण गरिएको छ । यो रोगबाट बच्न मास्कको प्रयोग सावधानीपूर्वक गर्नु र पटक पटक हात धुनु नै सबैभन्दा राम्रो रोकथाम र नियन्त्रणको विधि हो । मास्कको पनि सही तरिकाले प्रयोग गरी नष्ट गर्नुपर्छ । रोगका चिह्न र लक्षण देखिनासाथ तुरुन्त जँचाइहाल्न ुपर्छ । त्यस्तै, समयमै रोगको पहिचान गर्ने र रोगी व्यक्तिलाई अलग्गै कोठामा राख्नुपर्छ । सरसफाइमा निकै ध्यान दिनुपर्छ । अनावश्यकरूपले घरीघरी नाक मुखमा हात नलैजाने र व्यक्तिगत आनीबानीमा समेत सुधार गर्नुपर्छ । पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ । सरकारको प्रमुख दायित्वनै आफ्ना नागरीकको जीवन रक्षा गर्नु हो । घातक सरूवा रोगको महामारीको आपतकालिन समयमा संक्रमितलाई बचाउनु र संक्रमण फैलिन नदिनु नै पहिलो र सबैभन्दा महत्वपूर्ण कार्य हुन्छ । तत्काललाई कोभिड–१९ रोगीको उपचार रोगको रोकथाममा केन्द्रित हुनु स्वभाविक भएपनि दीर्घकालमा यो र यस्ता खाले रोगबाट मानव जीवनको रक्षा गर्न यस्ता रोगका मूल कारण र स्रोतहरुको बारेमा विशेष ध्यान दिनु बढी आवश्यक देखिन्छ । पशु, मानव र पारिस्थितिक प्रणाली या प्रकृतिको स्वास्थ्य एक आपसमा बलियोसँग जोडिएको सत्यलाई हामी सबैले बुझ्नु जरूरी छ । जलवायु परिवर्तन, बाक्लो मानव वसोबास मानिस तथा विभिन्न सरसामानको दूर्त आवागमन र ओसारपसारले विभिन्न सरूवा रोगको प्रकोप बढाउन अझ मद्दत पुर्याएको देखिन्छ । वन जंगलको जथाभावी विनास रोक्न जनावर विषेश गरेर जंगली जनावरको मासुको उपभोग तथा ओसारपसारमा नियन्त्रण गर्न जरुरी छ । व्यवस्थित शहरको विकास गर्न सके विभिन्न किसिमका सरूवा रोगको महामारीबाट मानव समुदायलाई सजिलै बचाउन सकिने देखिन्छ । तर, हालको मानव समाजमा प्रकृति माथिको जीत नै मानवको हीत भन्ने सोच हाबी भएको पाइन्छ । मानव जीवनशैली अझ बढी अप्राकृतिक हुँदै गएको देखिन्छ । आफू प्रकृतिको एउटा अंश मात्र हो भन्ने वास्तविकतालाई भुलेर आजको मानव आफ्नै धुनमा पृथ्वीको अधिकांश क्षेत्रको सबैजसो स्रोतको अन्धाघुन्ध दोहन बढेको छ । मानव र प्रकृतिको स्वस्थ सम्बन्धबाट मात्र स्वस्थ्य, सभ्य र संबृद्ध समाजको निरन्तरता सम्बभ छ । त्यसैले मानव जाति र सभ्यताको निरन्तर प्रगतिका लागि प्रकृतिमाथिको हालको मानव सोच र व्यवहारमा परिवर्तन हुनु जरूरी छ । सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ । सर्वसाधारण नागरिकले पनि आ–आफ्नो ठाँउबाट यो कोरोना माहामारी रोकथाम र नियन्त्रणका लागि सरकारका निर्णयहरुको सहिरुपले पालना गरौं । घरमैं बसौं, स्वस्थ्य रहौं । यो महामारी बेलामा जनताको जीउधनको सुरक्षा गर्न सरकारलाई सबैको साथ र सहयोग चाहिन्छ । हालसम्म सरकारको कदमलाई जनसमुदायबाट सहयोग प्राप्त भएकोनै देखिन्छ । अहिलेको सन्त्रासपूर्ण रोगको कारक तत्व कोरोना भाइरस कोभिड–१९ बाट बच्न, रोग छिटो छिटो पत्ता लगाउन र उपचार गर्न सबैले केहि संकल्प लिनुपर्ने देखिन्छ । सर्वप्रथम त मलाई कोरोना लाग्न दिने छैन । यदि मलाई कोरोना लाग्यो भने पनि आफ्नो घरपरिवार छिमेकिलाई लाग्न दिने छैन भन्ने संकल्पका साथ अगाडि बढ्नु पर्नै देखिन्छ । कोरोना सङ्क्रमणबाट प्रभावितहरुलाई हामी सक्दो सहयोग गर्ने छौँ । रोगको शीघ्र रोकथामको अभियानमा सम्पूर्ण व्यक्तिहरुलाई सहभागी गराउनेछौँ । हामीले हाम्रा परिवार, साथी र समुदायलाई कोरोनासम्बन्धी सही सूचना र स्वास्थ्य शिक्षा दिनेछौँ । प्राकृति स्रोत, साधन र मानव श्रमको दोहन र शोषण गरेर कुनै पनि मुलुक समृद्ध र सुरक्षित हुन सकिन्छ भन्ने विश्व प्रभुत्ववादी सोचलाई कोरोनाभाइरस कोभिड–१९ले पराजित गरेको छ । तसर्थ चाइनिज भाइरस मात्र नभनी सबै शक्तिराष्ट्रका शासकहरू एकठाउँमा उभिई मानव जातिको रक्षको निम्ति यस भाइरसको भ्याक्सीन पत्ता लगाई शताब्दिकै ठूलो महामारीलाई जित्नु पर्ने देखिन्छ । बैशाख ५, डडेल्धुरा [email protected]
प्राथमिकतामा व्यक्तिगत सिर्जनशीलता र आत्मनिर्भर समाज
चीनको वुहानमा पहिलो पटक नोभल कोरोनाभाइरस रोगको पहिचान गरिएको थियो। यसलाई हाल कोरोनाभाइरस रोग २०१९ (अर्थात कोभिड-१९) नामाकरण गरिएको छ जसमा ‘को’ ले कोरोना र ‘भि’ ले भाईरस भन्ने जनाउँछ। यस भन्दा पहिले यो रोगलाई ‘२०१९ नोभल कोरोना भाइरस’ वा ‘२०१९-एन-कोभि’ भन्ने गरिएको थियो। कोभिड-१९ भाइरस एक परिवर्तित स्वरुपको भाइरस हो जसलाई सिभियर एक्युट रेस्पिरेटोरी सिन्ड्रम (सार्स) र सामान्य प्रकारका रूघाखोकीसँग पनि सम्बन्धित मानिएको छ। डा. ली वेनलियाङले वुहानमा सबैभन्दा पहिला कोरोनो भाइरस पत्ता लगाएका थिए । एक सङ्क्रमित महिलाको उपचार गर्दा उनलाई पनि यो सर्यो। त्यसैबाटै उनको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले पुष्टि गर्यो । पत्रकार सम्मेलनमा डब्लुएचओका अधिकारीहरुले भने, ‘हामी डा. ली वेनलिङ गुमाएकोमा धेरै दुःखी छौं ।’ बास्तवमा हामीले उहाँलाई गुमायौ। बेलैमा उहाँको सन्देशलाई चीन सरकारले बुझ्न सकेन अनि मृत्युमा दुःखी भयो। भनिन्थ्यो उनी कोरोना भाइरसबारे केही भन्न चाहान्थे तर भन्न पाएनन्। कोरोना महामारीको विश्वव्यापी अवस्था चीनको बुहानबाट सुरु भएको कोरोना भाइरस बेइजिङ, मकाउ, ताइवान हुँदै अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरिया,इटाली ,स्पेन लगाएत बिश्वका अधिकांस देशमा फैलिएर महामारीको रुप लिएको छ। यो लेख तयार गर्दा (अप्रिल १७) सम्म गुगल कोरोनोभाइरस म्याप अनुसार कोभिड -१९ बाट बिश्वमा २,१५३,६२० जना संक्रमित छ्न् भने ५,४२,१४३ उपचार पछि निको भएका छ्न् भने १,४३,८४४ मानिसहरूको मृत्यु भएको छ। अमेरीकामा सबैभन्दा बढि ६,७५,२४३ जना संक्रमित छ्न् भने ५५,५६१ जना रोग उपचार पछि निको भएका छ्न् भने ३४,५६२ जनाको मृत्युु भएको छ। त्यस्तै इटालीमा १,६८,९४१ संक्रमित छ्न् भने ४०,१६४ को उपचार पछि निको भएका छ्न भने २२,१७० को मृत्यु भएको छ ।त्यस्तै स्पेनमा १८५,३०९ संक्रमित छ्न् ७४,७९७ निको भएका छ्न् भने १९,५१६ को मृत्यु भएको छ। यस महामारीले विश्वभरका सबै जसो देशहरूमा व्यापक मानवीय र आर्थिक क्षति गरेको छ। लेखक विश्वका एक के एक धनी राष्ट्रहरु अमेरिका, इटाली,स्पेन लगायत थुप्रै देशहरु कोरोना भाइरसको महामारी रोक्न असफल भएका छ्न। सरुवा रोगले मरिदैन भन्ने यूरोप र अमेरिका कोरोना अघि निरीह भए। अफ़्रिका र एसियाले पनि घुडा टेक्न लागेको छ। उच्च स्तरको स्वास्थ्य सेवा र सुबिधा सम्पन्न देशहरू कोरोना भाइरस सामु शक्तिहिन भएर घूँडा टेक्न बाध्य भएका छ्न् । संसारलाई कोरोनाले यसरी टक्क रोकिदिएको छ। अनि बिज्ञान र प्रविधि छ्क्क परेको छ । जुन काम अरू कसैले गर्न सक्दैन। यद्यपि थुप्रै देश र सयौं बैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको औषधि र खोपको आविष्कारको लागि लागिपरेका छ्न् । तर ठोस परिणाम आएको छैन्। विश्वको अर्थतन्त्र लगातार ओरालो लागेको छ। जसले आर्थिक मन्दी र संकट भित्रिने निश्चित भएको छ। अत्यन्तै धेरै आर्थिक, मानविय र सामाजिक क्षति भएको छ । अझै हुनेवाला छ। कोरोना महामारीले पुँजीवादको पुरानो रूप ध्वस्त होला जस्तो छ । आत्मनिर्भरता र ब्यक्तिगत सिर्जनशिलता अगाडि आएको छ। समाजवादको हालत पनि राम्रो छैन् । आधुनिकवाद, भौतिकवाद र वैज्ञानिक आविष्कार पनि हायल कायल अवस्थामा पुग्दै छन् । विज्ञानको यो मार्ग, हातहतियारको होडबाजी र विश्वव्यापीकरणको अन्त्यको संकेत दिदैछ । तर, इन्टरनेट र सामाजिक सञ्जालको व्यापक विकास भएको छ।प्रभावकारी सूचनाको यूग सिर्जना गरेको छ र खास सन्देश दिएको छ। कोरोना महामारीमा नेपालको अवस्था नेपालमा पहिलो कोरोना संक्रमित आजभन्दा चार महिनाअघि नै चीनबाट आएका एक नेपाली युवामा देखिएको थियो । जो निको भएर घर फर्किएका छ्न्। चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै काठमाडौं आएर ‘सेल्फ क्वारेन्टाइनमा’ बसेकी युवतीलाई चैत्र १० गते सोमबार कोरोना पोजेटिभ देखिए संगै उनी दोस्रो कोरोना संक्रमित हुन् पुगिन्। त्यस्तै नेपालमा तेस्रो व्यक्तिका रुपमा चैत्र ६ गते दुबईबाट काठमाडौ आएका धादिङका युवकमा कोरोना संक्रमणको पुष्टि भयो। त्यस्तै दुबईबाट आएका उपत्यका बाहिरका कैलालीका ३४ वर्षीय एक युवालाई कोरोना पोजेटिभ देखिए सँगै उनी चौथो संक्रमित बने।त्यस्तै बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी १९ वर्षीया बाग्लुङ घर भएकी युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै उनी नेपालको पाचौं संक्रमित भइन्। कैलालीकी ३४ वर्षीया महिला दुबईबाट आएका चौथो संक्रमित व्यक्तिको नातेदार भाउजुलाई कोरोना पोजेटिभ देखिएपछि नेपालमा कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गर्यो। ड्ब्लुएचओका अनुसार यो लोकल ट्रान्समिसन हो। यो लेख तयार पार्दा सम्म नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ उनीहरुको उपचार भइरहेको छ भने चीनबाट आएका एक युवा उपचार पछि निको भएर घर फर्किएका छ्न्। तेस्रो चरण ‘कम्युनिटी ट्रान्समिसन’ हो । ‘कम्युनिटी ट्रान्समिसन’ महामारी पूर्वको अवस्था हो । लेख तयार गर्दासम्म नेपाल तेस्राे चरणामा पुगिसकेको छैन्। यो खुशीको कुरा हो। काठमाडौ को शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपालको सातै प्रदेशमा, कोशी अस्पताल,वीर अस्पताल र अन्यमा कोरोना भाइरसको परीक्षण हुन्छ। नेपालका तीनै तह संघ, प्रदेश र स्थानीय तहका सरकारहरु कोरोना महामारीको रोकथामको लागि कम्मर कसेर लागेको छ्न्। विदेशबाट आएकाहरुलाई सुरक्षाकर्मी र स्थानीय प्रतिनिधिले ट्रेसिङ गरि खोजी खोजी निर्माण गरिएका क्वारेन्टाइन र आइसोलेसन कक्षमा लगेर १४ दिनसम्म निगरानीमा राखिएको छ। उनीहरुको कोरोना परिक्षणको लागि रयापिड रेस्पोन्स टिमले काम गरेको छ। द्रुत परिक्षण संचालन गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.बिकास देवकोटाका अनुसार र्यापिड टेस्टबाट कोरोनाको परिक्षण नेपालको ६९ जिल्लामा गरिएको छ। तीनिहरुको फेरि पिसिआर टेस्ट गरि कन्फम गरिन्छ । नेपालमा अहिलेसम्म १९,४३२ जनाको कोरोना टेष्ट भएको छ भने ४,९०१ जना क्वारेन्टाइनमा छ्न् भने १०३ जना आइसोलेसनमा छ्न् । त्यसमा २४७ जना रेड जोनमा छ्न्। कोबिड-१९ को एन्टिबडि ( आइ जी एम ) टेस्ट गर्न शुरु गरिएको छ। पछिल्लो समय सरकारले लकडाउन थपेर बैशाख २५ गते(सम्पादित) सम्म पुर्याएको छ। अत्यावश्यक बस्तुको आपूर्ति ब्यवस्था मिलाइएको छ भने विपन्न ब्यक्तिहरु, मजदूर र गरिवहरुको विवरण संकलन गरि स्थानीय पालिकाहरुले राहत प्रदान गरिरहेका छ्न्। जसको प्रयोजननार्थ केन्द्र सरकारले हरेक पालिकालाई आर्थिक सहयोग गरेको छ। प्रदेश र स्थानीय सरकारहरुले आफै पनि आर्थिक संकलन गरेका छ्न् र उक्त रकमबाट कोरोना भाइरस कोष स्थापना गरि राहत प्याकेज घोषणा र वितरण गरिरहेका छन्। कोरोनाको महामारीबाट बच्ने उपयाहरु •कोरोना नियन्त्रणको प्रभावकारी रणनीति तयार गर्ने र कार्यक्रमको कार्यान्वयन गर्ने : स्वास्थ्य मन्त्रालय र ड्ब्लुएचओ मिलेर कोरोना भाइरस नियन्त्रणको प्रभावकारी रणनीति तयार गर्ने र कार्यक्रमको कार्यान्वयन गराउनुपर्छ । त्यसको लागि राज्यका संयन्त्रहरुको परिचालन गर्ने ब्यवस्था मिलाउनु पर्छ । जो सरकारले मिलाएको पनि छ। कोरोना संक्रमित देशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्ने काम हुनुपर्छ । संक्रमित भेटिए तत्कालै आइसोलेसनमा राखेर उपचार शुरु गर्ने गर्नुपर्छ । नेपालका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणको रणनीतिलाई थप परिमार्जित गर्दै ‘सिक्स टी’ रणनीति ट्राभल रेस्ट्रिक्सन, टेस्टिङ, ट्रेसिङ, ट्रयाकिङ, ट्रिटमेन्ट र टुगेदर रणनीति लिइएको बताएका थिए। यी रणनीतिहरुलाई वास्तविक कार्यनीति र कार्यान्वयनमा ल्याउनुपर्छ। •श्रोत, सामग्री र जनशक्तिको तयार गरि परिचालन गर्नेः माक्स, पिपिइ,थर्मल गन, टेस्ट किड, र्यापिड डाइग्नेस्टिक किट (आरडीटी) ,पिसिआर टेस्ट मेडिसिन्, क्वारेन्टाइन, आइसोलेसन वार्ड, भेन्टिलेसन जस्ता श्रोत र सामग्रीको तयारी गर्नुपर्छ । जसको लागि आवश्यक रकम आन्तरिक तथा बाह्य श्रोतबाट जोहो गर्नुपर्छ। स्वास्थ र विज्ञ जनशक्ति तयार गरेर राख्नुपर्छ जसको लागि तालिम,गोष्ठी संचालन गर्नुपर्छ । हाम्रो जस्तो मुलुकले चीन, भारत कोरिया, जापान जस्ता देशबाट श्रोत तथा विशेषज्ञको माग गर्नुपर्छ। •लकडाउन,बन्दाबन्दी वा घरबन्दी गर्नेः यो लेख तयार गर्दा सम्म नेपाल, भारत, अमेरिका, स्पेन इटाली जस्ता थुप्रै देशहरू लकडाउनमा छ्न्। केही देशहरूले सेमी लकडाउन गरेका छ्न्।अत्यावश्यक बाहेक सबै जनताहरुलाई घर भित्रै बस्न सुझाइएको छ। विश्व स्वास्थ्य संगठनले लकडाउन नै यो महामारी रोक्ने एउटा प्रभावकारी उपाय भनेको छ । अझ हाम्रो जस्तो गरिव देशको लागि त यो रामबाड नै हुन्छ । •सामाजिक दूरी कायम राख्नेः कोरोना संक्रमण रोक्ने प्रभावकारी विधि हो सामाजिक दुरी कायम राख्नु।अत्यावश्यक सामान किन्दा होस या घरमै बस्दा समेत भौगोलिक दुरी कायम गर्दा कोरोनाको संक्रमणबाट बचिन्छ। •क्वारेन्टाइन ,आइसोलेसन र सेल्फ क्वारेन्टाइनमा नियमपूर्वक बस्नेः संक्रमित देशबाट वा संक्रमितको सम्पर्कमा आएको ब्यक्ती कम्तिमा पनि १४ दिन क्वारेन्टाइनमा बस्नुपर्छ ।क्वारेन्टाइनमा बस्दा अपनाउनु पर्ने नियमहरु पालना गर्नुपर्छ। संक्रमणको आंशका गरिएको ब्यक्तिको स्वाव परिक्षण गरि पोजेटिभ देखिए आइसोलेसनमा राखेर तुरुन्त उपचार शुरु गर्नुपर्छ। आत्मा अनुशासनमा रहेर अरुको सम्पर्कबाट टाडा रहेर कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ। •धैर्य, साहास र उच्च मनोबल राख्नेः धैर्यता,आत्मसंयम र अनुशासन नै कोरोना जित्ने अस्त्र हुन् । हो,सफलताको लागि तीन चिजको आवश्यकता पर्दछ -लगनशीलता, धैर्यता र सकारात्मक सोच। ती मध्ये धैर्यता सफलताको एउटा महत्वपूर्ण कुञ्जी हो। धैर्य धारण गर्ने व्यक्ति एक यस्तो ब्यक्ति हो जसले पक्कै पनि जित्नेछ। अहिले हामीलाई कोरोना भाइरससँग लड्न धैर्यता र संयमता चहिएको छ। भनिन्छ ,मानिस परिस्थितिले होइन मनस्थितिले टुट्छ। त्यसैले मनस्थिति बलियो बनाउनु पर्छ। मनस्थिति बलियो बनाउन धैर्यवान हुनुपर्छ। आत्मविश्वास र आत्मबल उच्च हुनुपर्छ। सकारात्मक सोच राख्ने, सहनशील हुने, बिषय वा घटनालाई छुट्टै दृष्टिकोणबाट हेर्ने, आत्मबिश्वास राख्ने हो भने आत्मबल उच्च भइ कोरोनाबाट बच्न सकिन्छ। •संतुलित भोजन गर्नेः कोरोनाबाट बच्न लागि शारीरिक अभ्यास र खानपानमा ध्यान दिन जरुरी हुन्छ । खानपानमा कार्बोहाइड्रेट, चिल्लो पदार्थ , प्रोटिन, खनिज, भिटामिन, पानीको संतुलित मात्रा मिलाउनु पर्छ। भिटामिन सि को लागि कागती खानुपर्छ। तातोपानी, बेसार, लसुन र अदुवाको सेवन गर्नु राम्राे मानिन्छ। यसले आन्तरिक रोग प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गर्न मद्दत मिल्छ। •विविध पक्षमा ध्यान दिने ः घर आगन सफा राख्नुपर्छ।खासगरी ट्वाइलेट,किचेन,बेडरुममा सेनिटाइजेसन या डिसइन्फेकसन गर्नुपर्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ।टेवल कुर्सी,चाबी धोका फुछेर सफा गर्नुपर्छ। बाहिर गएर आएपछि सावुनले मिचिमिची हात धुने गर्नुपर्छ।हेण्ड सेनिटाइजरले हात धुनुपर्छ। साबुन पानीले हात धुने, माक्स लगाउने, बाहिर भरसक नहिड्ने।हिड्नैपरे एन नाइन्टिफाएभ माक्स लगाएर मात्र हिड्ने।हिड्दा भौतिक दुरी कायम गर्ने। बेला बेला साबुन पानीले मिचिमिची कम्तिमा २० सेकेन्ड हात धुने गर्नुपर्छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले दिएको मापदण्डलाई सकभर आधार बनाएर काम गर्नु पर्छ । संक्रमितको खोजी,उपचारको व्यवस्था र सतर्कताका नियमहरु आत्मसात गर्नुपर्छ। कोरोना महामारीले विश्व समुदायमा ल्याएको चुनौतिहरु कोरोना महामारीले ल्याउने आर्थिक चुनौती पहिलो नम्बरमा हुनेछ। आर्थिक मन्दी हुने हुँदा जनताका आवश्यकता पूर्ती गर्न चुनौती हुनेछ । अझ एसिया र अफ्रिकाका गरिब देशहरु भोकमरी र कुपोषणको चपेटामा पर्नेछ्न् । विकसित देशहरुले अल्पबिकसित देशहरुलाई दिने ऋण र अनुदानमा कटौती गर्नेछ्न् । जसले अल्पबिकसित देशहरूले बजेटमा कटौतीको चुनौती ब्यहोर्नु पर्नेछ । जसको अहिले नै लक्षण देखिसकिएको छ। विज्ञान र प्रविधिका कारण खुम्चिदै गएको रोजगारीमा यो महामारीले गर्दा विश्व बजारमा २.५ करोड रोजगारी गुम्ने आंकलन अन्तराष्ट्रिय श्रम संगठनले गरेको छ। अल्पबिकसित देशका श्रमिकहरुले आफ्नो रोजगारी गुमाउने हुदा रेमिटेन्समा कमी हुन्छ। विश्वले सामाजिक चुनौती पनि खप्नुपर्नेछ। विश्व भरिको शैक्षिक क्यालेन्डर प्रभावित भएको हुनेछ। रोग लागेर निको हुनेहरुको स्वास्थ्यमा खरावी आउने पुनः अर्को स्वास्प्रस्वास सम्बन्धि रोगहरुले सजिलै आक्रमण गर्दैन भन्न सक्ने अवस्था छैन । अहिले दीर्घ रोगिहरुले शारीरिक र मानसिक समस्या भोगिरहेका छ्न्। नियमित उपचार र ओपिडी सेवा बन्द हुदा इतर बिरामीहरु मर्कामा छ्न्। राजनैतिक क्षेत्रले पनि जनताहरुको बिश्वास गुमाउने खतरा छ । व्यवस्था परिवर्तनको चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ । मार्क्सवादी र पुँजीवादी व्यवस्थाको विकल्प खोज्ने सक्ने छ्न्। त्यो पनि सहज भने हुने छैन् । वातावरण संरक्षणको चुनौती पहिल्यै देखिको चुनौती थियो, त्यो झन दोहन हुनेछ र उच्च जोखिम हुनसक्छ। मनोबैज्ञानिक त्रासको वातावरण सिर्जना हुदैन भन्न सकिने छैन् । बालबालिका र वृद्धलाई समस्या ज्यादै भएको छ। मनोरोगीको संख्यामा पनि वृद्धि हुनेछ। नेपालमा अगाडि देखिएका चुनौतिहरु कोरोनाको महामारीले गर्दा नेपालको कूल ग्राहश्थ उत्पादनमा कमी आउने छ । औद्योगिक उत्पादन, कृषि जन्य उत्पादन, होटल तथा पर्यटन व्यवसाय ,यातायात व्यवसाय तथा चलचित्र उद्योगमा गम्भीर चुनौती खडा भएका छ्न्। भन्सार क्षेत्रबाट कम शुल्क संकलन हुने, कर संकलनमा कमी हुने, छुट दिनुपर्ने, ऋण मिनाहा गर्नुपर्ने, राहात प्याकेज दिनुपर्ने हुदा बित्तीय तथा आर्थिक क्षेत्रमा असंतुलन पैदा हुन सक्छ। सामाजिक क्षेत्रमा पनि चुनौती थपिने छ। शैक्षिक क्यालेन्डर लागु हुन नसक्ने अवस्था आएको छ । कक्षा १० को एसईई र कक्षा ११ र १२ को वार्षिक परिक्षा प्रभावित भएका छ्न् । खुद्रा व्यापार तथा कृषिको बजारिकरणका समस्या छन् । अहिले अत्यावश्यक वस्तुको आपूर्तिमा चुनौती देखिएको छ।औषधि ,खाद्यान्न ,कृषिबाली भित्र्याउने तथा थन्काउने चुनौती छ। श्रमिकहरुले श्रम गर्न नपाउँदा उत्पादन र रोजगारी गुम्ने भएको छ। गरिव तथा असाहयहरुलाई भोकमारी र कुपोषणको समस्याले पिरोलेको छ। राहत वितरणमा समेत समस्याहरु पैदा भएका छ्न्। रेमिटेन्सले धानेको अर्थ व्यवस्थामा बिदेशबाट रोजगारी गर्ने मानिस नै नेपाल आएपछि दोहोरो चुनौती थपिएको छ। कोरोना महामारीले विश्वलाई दिएको सन्देशहरु अबका दिनमा विश्व सहकार्य, एकता र भाइचारा प्रगाड हुनुपर्ने देखिएको छ। विज्ञान प्रविधि र तथ्यांकहरुको वास्तविक साटासाट गर्नुपर्ने छ । प्रभावकारी संचारको महत्व बढेर गएको छ। अहिले सबै एकजुट भएर औषधि र भ्याक्सिन पत्ता लगाउनुको विकल्प छैन। हामीले बनाएको मेसिन, हाम्रो आर्थिक, सामाजिक, राजनीतिक व्यवस्था पुनर्विचार गर्नुपर्ने कोरोना कहरले जनाउँ दिएको छ। धनी राष्ट्रहरुको हालत देख्दा अब धनले मात्र सुख र स्वास्थ्य उपलब्ध हुने रहेनछ र त्यसको लागि मानबियता र मानव मूल्यलाई भूल्न नहुने भन्ने कुरा स्पष्ट हुन्छ। यो मात्र होइन धनी राष्ट्रले गरिव राष्ट्रलाई सघाउनु पर्ने पनि देखिन्छ । अबको समाज आत्मनिर्भर र ब्यक्तिगत सिर्जनशीलमा आधारित सरल हुनुपर्छ भन्ने हो । सर्वप्रथम त यसले उच्च भौतिक मूल्यबाट विश्वलाई मानवीय मूल्य तर्फ डोर्याउने छ। हामी जे गर्छौ विश्वका लागि अर्थात पृथ्वी, मानव र ब्रहमाण्ड कै लागि गर्नु पर्छ भन्ने कुरालाई उजागर गरेको छ। अबको समाज आत्मनिर्भर र ब्यक्तिगत सिर्जनशीलमा आधारित सरल हुनुपर्छ भन्ने हो । सर्वप्रथम त यसले उच्च भौतिक मूल्यबाट विश्वलाई मानवीय मूल्य तर्फ डोर्याउने छ। हामी जे गर्छौ विश्वका लागि अर्थात पृथ्वी, मानव र ब्रहमाण्ड कै लागि गर्नु पर्छ भन्ने कुरालाई उजागर गरेको छ। हाम्रो पूर्वाग्रह, घृणा, लालच, लोभ, मृत बिचार, अहंकार, अमानवीय ब्यवहार, सुख्खा खोला, बाझो खेत, प्रदुषित आकाश भोग्ने कि सुनौलो भविष्यको खाका कोर्ने भन्ने कुरा हाम्रो हातमा आएको छ। हाम्रो चेतलाई कोरोनाले खोलिदिएको छ। प्रकृतिको वास्तविक मूल्यबोध गराइदिएको छ। कोरोना महामारीले नयाँ भविष्यको कल्पना गर्न र बिश्व एउटा देश हो भन्ने बोध गरेको छ। सबै धर्मजाती वर्ग र पेशाकर्मी एउटै हुन्, त्यसैले मानवताको लागि एकै ठाउँ उभिन संकेत गरेको छ। हुनपनि के मन्दिर, के चर्च र के मस्जिद सबै बन्द छन् । विज्ञानको भरोसा र अपेक्षामा प्रतीक्षारत छ्न्। यो अवस्थाले आणविक शक्तिसम्पन्न हुनुभन्दा स्वास्थ्य सेवा सुबिधा सम्पन्न, नैतिक र चरित्रबान हुनुपर्ने रहेछ भन्ने सन्देश दियो । मानिसले कुन कुन प्राणीको मासु खान हुन्छ ? वा मासु नै खानु हुन्न कि भन्ने प्रश्न खडा गरिदिएको छ। चिनियाँहरुको अनौठो मासु बजारको प्रतिबन्धको संकेत समेत गरेको हुनुपर्छ । यस महामारीले हामीलाई परनिर्भरताको सिद्धान्त अन्तर्गत वैदेशिक सहयोगमा आधारित विकास प्रणालीको अन्त्यको र आफ्नै स्थानीय उत्पादनले समाज विकासको मार्गमा लम्कनु पर्ने सन्देश दिएको छ। अबको राजनीति, अर्थशास्त्र, समाजशास्त्र, मानवशास्त्र, स्वास्थ्य र शिक्षाले परनिर्भरताको सिद्धान्तमा आधारित आधुनिकतावाद पूर्ण रूपले छोड्नुपर्दछ र आत्मनिर्भर हुनुपर्दछ । अवको भविष्यको नीति राजनीति तथा भौगोलिक सिमा भन्दा पर पुगेको हुनुपर्ने कुरामा यसले सन्देश दिएको छ। हाम्रो पूर्वाग्रह, घृणा, लालच, लोभ, मृत बिचार, अहंकार, अमानवीय ब्यवहार, सुख्खा खोला, बाझो खेत, प्रदुषित आकाश भोग्ने कि सुनौलो भविष्यको खाका कोर्ने भन्ने कुरा हाम्रो हातमा आएको छ। हाम्रो चेतलाई कोरोनाले खोलिदिएको छ। प्रकृतिको वास्तविक मूल्यबोध गराइदिएको छ। विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु कोरोना भाइरसले संसारमा ‘आर्थिक मन्दी’ ल्याउने निश्चित छ । अहिले नै आर्थिक सूचकांकहरु ओरालो लागेको देखिएको छ। अन्तरास्ट्रिय मुद्रा कोषले एसियाको आर्थिक वृद्धि शुन्यमा झर्न सक्ने अनुमान गरेको छ । उत्पादन,व्यापार ,बजार,लगानी र रोजगार का क्षेत्रहरू नराम्ररी प्रभावित भएका छ्न्।तर, यसलाई कसरी डिल गर्ने ? यसबारे विश्वले एकजुट भएर सोच्नुपर्छ र रणनीति बनाउनुपर्ने छ। पर्यावरण, विश्वव्यापी आर्थिक मन्दी तथा महामारीजस्ता ग्लोबल समस्या समाधान गर्न संसारभरिका देश आ-आफ्नो राष्ट्रिय स्वार्थबाट माथि उठेर सहकार्य र एकता गर्नैपर्छ । महामारीविरुद्ध लड्न ग्लोबल गभर्नेन्सको कुनै न कुनै किसिमको स्वरूप बन्नुपर्छ । त्यसको नेतृत्व चीन या अमेरिका कसले लिने भन्ने प्रश्न पनि उठनसक्छ तर मिलेरै त्यसको पनि निश्चित गर्नु राम्रो हुन्छ। नेपालको अर्थव्यवस्था वैदेशिक साहयता, ऋण,अनुदान आदिमा धेरै नै भर परेको छ।कोरोनाको महामारीले बिश्वलाई नै जर्जर बनाएको बेला नेपालको बजेटमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ। नेपालका वर्तमान अर्थमन्त्री युवराज खतिवडा भन्छन्, ‘कोभिड-१९ महामारीले अर्थतन्त्रमा झन्डै दुई खर्ब रुपैयाँको नोक्सानी हुन सक्छ।´ ४० लाख नेपाली वैदेशिक कामदारहरूले पठाउने रेमिटान्सले धानेको देशको आर्थिक अवस्थामा नकारात्मक प्रभाव पर्ने छ।किनकि उनिहरुको रोजगारीमा सिधै प्रभाव पर्छ। कतिको त रोजगारी गुमी सकेको छ। अष्ट्रेलिया र अमेरीकाले नेपाली कामदारहरू र विद्यार्थीहरुलाई घर जान आव्हान गरेको समाचार आएका छ्न् । अर्कोतिर यदि नेपाल सरकारले कृषि नीति राम्रो बनाउने हो र अहिले नेपाल भित्रेका नेपाली कामदारको उपयोग गर्ने हो भने नेपालको अर्थव्यवस्थामा मौलिकतामा आधारित भई आत्मनिर्भरताका लागि अगाडि बढ्ने अवसर समेत हुनेछ। मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु कोरोनाको महामारीले मानव सभ्यता र संस्कृतिमा नकारात्मक असर पारेको छ । मानव कति समय सम्म सुरक्षित रहन सक्छ भन्ने प्रश्न सतहमा आएको छ। कतै इतिहासमा त सीमित हुदैन् डाइनोसर जस्तै। अहिले हाम्रो मन्दिर, चर्च, मस्जिद पनि बन्द छ्न् । हामाले मान्दै आएका चाड पर्व, रितिरिवाज पनि घरभित्रै सीमित भएका छ्न्। कोरोनाले गर्दा लकडाउनमा भएकाले भर्खरै नेपालीहरुले नयाँ वर्ष २०७७ साल हर्षेउल्लासपूर्ण तरिकाले मनाउँन पाएनन्। कोरोनाको कहरले अन्य थुप्रै चाड्बाड मान्न पाइएन्। रमाइलो बाताबरण छैन्। त्रासमय छ। भोलि के हुने भन्ने निश्चित छैन्। मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु मानवजातिको भविष्य उज्ज्वल गर्न विश्व सहकार्य, एकता र भाइचारा हुनुपर्ने देखिएको छ। भविष्यमा हुने जैबिक हतियार निर्माण र प्रयोगमा प्रश्न तेर्सिएको छ। त्यस्तै बम, बारुद, गोला, फाइटर प्लेन र आणविक भट्टी निर्माण गर्न सोच्नुपर्ने छ। किनकी यिनले कुनै न कुनै दिन मानव सभ्यता नष्ट गर्नेछ भन्ने तत्व ज्ञान यो महामारीले दियो। अबको शिक्षा भनेको प्रकृतितिर फर्कने खालको हुनुपर्ने छ। प्रकृति र मानव सम्बन्धलाई प्रगाढ पर्दै लानु पर्ने छ। प्राकृतिक संतुलन, दिगो विकासलाई आत्मसात गर्दै इकोसिस्टमलाई कायम राख्नुपर्ने छ। विज्ञान र प्रविधिको सिमा तोक्नु पर्नेछ। विश्व भरी आचारसंहिता बनाएर लागू गर्नु पर्ने छ। अबको शिक्षा भनेको प्रकृतितिर फर्कने खालको हुनुपर्ने छ। प्रकृति र मानव सम्बन्धलाई प्रगाढ पर्दै लानु पर्ने छ। प्राकृतिक संतुलन, दिगो विकासलाई आत्मसात गर्दै इकोसिस्टमलाई कायम राख्नुपर्ने छ। विज्ञान र प्रविधिको सिमा तोक्नु पर्नेछ। विश्व भरी आचारसंहिता बनाएर लागू गर्नु पर्ने छ। कोरोना भाइरसको खोप तथा औषधिको निर्माणमा सबै देशहरू एकै ठाँउमा आउनुपर्ने छ। हरेक देशहरूले परनिर्भरतालाई कम गर्दै आत्मनिर्भर हुनुपर्ने छ। माक्सबादमा देखिएको शंका, पूँजीवादको बिरोध,अन्तरसम्बन्ध र वर्ग संघर्षमा रुमलिएको हुनाले अर्को नयाँ बैकल्पिक राजनीतिक प्रणाली चाहिने छ, जुन सजिलो छैन् । चुनौतीपूर्ण हुनेछ । रोजगारी सिर्जना गर्ने क्षेत्रको पहिचान र रोजगारी कायम गर्न समेत चुनौतीपूर्ण हुनेछ। वातावरण र जीव जगतमा पर्ने असर कोरोना महामारीका कारण बिश्व लकडाउनमा छ। यतिबेला सडक, घर, भवनमा डिसइन्फेक्सन गरिएको छ। सेनिटाइज गरिएको छ। किरा मार्ने विषाधिहरु दिनहुँ छिटिएको छ, जसले गर्दा हावापानी माटो विषालु भएको छ । सबै जसो मानिसहरू कोठा मै सीमित भएकाले सडक, घर तथा जंगलका जीवजन्तुहरु खासगरी कुकुर, बिराला, चराचुरुङ्गीहरु लोप हुने अवस्था आएको छ । मानवको अस्थित्वमा र स्वास्थ्यमा गम्भीर असर गरेको छ।यसले मानव जीनमा समेत प्रभाव पर्न सक्छ।जसले इकोसिस्टममा गम्भीर असर पर्ने निश्चित छ। अर्कोतिर प्राकृतिक वातावरणमा स्वच्छता कायम भएको छ। जस्तै नदि तथा समुन्द्रको पानी सङ्लो भएको, आकाश खुलेको र कहिल्यै नदेखिएका हिमाल देखिएका छ्न् । यो प्राकृतिले आफ्नो अनुकुलताको लागि रचेको प्राकृतिक कुरा त हैन भन्ने समेत गरेको पाइन्छ। कोरोना महामारी बिरुद्ध सबै देशहरु आफ्नो राष्ट्रको सिमा भन्दा माथी उठेर एकता, सहयोग र सहकार्य गर्दै मानवताको पक्षमा काम गर्ने, आत्मनिर्भरतातर्फ अघि बढ्ने, प्राकृतिक संतुलन बनाइराख्ने र बिद्यामान राजनीतिक,आर्थिक र सामाजिक व्यवस्थाको पुनः बिचार गर्दै सबै राष्ट्रहरु एकै ठाउँमा उभिने हो भने हाम्रो भविष्य सुरक्षित हुन सक्छ।नत्र भन्न सकिन्न । के थाहा ? फेरि यो भन्दा ठूलो महामारी आउँदैन भनेर । अब नयाँ विश्वको सिर्जना गर्ने बेला आएको छ।कोरोना भाइरसले ल्याएको चुनौती र महामारीलाई अवसरमा रुपान्तरण गर्ने बेला भएको छ। यो हाम्रै हातमा छ। सुनपकुवा मा.बि., उर्लाबारी-२ मोरङ [email protected]