समृद्धि र वर्वादीकाे दोबाटोमा उभिएकाे नेपाल
कोरोनाको कहरले विश्व आक्रान्त छ । यसले शक्तिशाली र ठूला रोजगारदाता देशहरु अझ बढी समस्यामा फस्दै गएका छन् । अमेरिकादेखि अष्ट्रेलियासम्म, नर्वेदेखि नाईजेरियासम्मको अवस्था उस्तै छ । कोरोना अब फगत एक स्वास्थ्य समस्या मात्र रहेन । यसले आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक समस्याको रुप धारणा गर्न थालिसक्यो । जसमध्ये सबैभन्दा ठूलो असर आर्थिक क्षेत्रमा देखिएको छ । विश्वको आधा भन्दा बढी जनसंख्या औपचारिक वा अनौपचारिक रुपमा बन्दाबन्दीमा परेको एक महिना नाँघीसक्योे । यसले विश्व अर्थतन्त्रलाई ध्वस्त बनाउदै लगेको छ । अप्रिलको पहिलो सातासम्ममा संयुक्त राज्य अमेरिकामा रोजगारी गुमाउनेको संख्या एक करोड ६८ लाख पुगेको थियो । अमेरिकी सरकारले अप्रिल ९, २०२० मा सार्वजनिक गरेको एक विवरण अनुसार यो सन् १९४८ पछिको सबैभन्दा ठूलो संख्या हो । साथै अप्रिल महिना भरिमा बेरोजगारीको दर १५ प्रतिशतबाट उकालो लाग्ने प्रक्षेपण गरिएको छ । कोरोनाको कारण संसारमा बेरोजगारीको संख्या आकाशिदै छ भने ठूलो संख्यामा नागरिक गरिबीको रेखामुनि पुग्दैछन् । एक तथ्यांक अनुसार भारतमा मात्रै ४० करोड जनसंख्या गरिबीको रेखामुनि फस्न पुग्ने देखिएको छ । अक्सफार्मले भर्खरै सार्वजनिक गरेको एक प्रक्षेपण अनुसार कोरोनाको कारण विश्वभर ५० करोड गरिब थपिने सम्भावना छ । यदि कोरोनाको संक्रमण लम्बियो भने विश्वको सात अर्ब ८० करोड जनसंख्या मध्ये आधा भन्दा बढी गरिबीको रेखामूनी पुग्ने अक्सफार्मको आँकलन छ । जसमध्ये एक तिहाई दक्षिण एसिया र सब सहारा अफ्रिकामा मात्रै हुन सक्ने देखिएको छ । हुन पनि सबैभन्दा ठूलो आर्थिक क्रियाकलाप मानवको गतिशिलता घुमफिर, आवातजावतसँग आश्रित छ । कोरोनाले हवाईजहाज, यातायात, होटल, अतिथि सत्कार जस्ता व्यवसाय धरासायी बन्न पुगेका छन् । खेलकुद क्षेत्र अस्तव्यस्त छ । मनोरञ्जन क्षेत्र कोमामै पुगेको छ । यसको अर्थ कोरोनाको संकट नाकटीय रुपमै समाधान भएपनि त्यसले विश्वमा गहिरो आर्थिक संकट छाडेर जाने पक्का छ । जुन तत्काल तंग्रिहाल्ने देखिदैन । औद्योगिक तथा सम्पन्न भनिएका देशहरुलाई पनि तंग्रिन कम्तीमा पनि अबको एक दशक लाग्न सक्छ । कोरोनाले हवाईजहाज, यातायात, होटल, अतिथि सत्कार जस्ता व्यवसाय धरासायी बन्न पुगेका छन् । खेलकुद क्षेत्र अस्तव्यस्त छ । मनोरञ्जन क्षेत्र कोमामै पुगेको छ । यसको अर्थ कोरोनाको संकट नाकटीय रुपमै समाधान भएपनि त्यसले विश्वमा गहिरो आर्थिक संकट छाडेर जाने पक्का छ । वर्तमान विश्वअर्थव्यवस्था थला बस्नु भनेको सन् १९८० बाट सुरु भएको नवउदारवादी अर्थव्यवस्था माथि बलिया प्रश्न खडा हुनु हो । करिब चार दशकदेखि निस्फिक्री विश्व अर्थव्यवस्थालाई निर्देशित गर्दै आएको नवउदारवादी घोषणापत्र “वासिंङटन कन्सेन्सस” को औचित्य माथि यतिबेला बलिया औला ठडिएका छन् । सन् २००८ को आर्थिक मन्दीले पनि भत्काउन नसकेको बजारको एकाधिकारलाई कोरोनाले ठूलो धक्का दिईरहेको छ । कोरोनापछि बजारको हालीमुहालीलाई नियमन गर्दै राज्य र बजारको सहकार्य सहितको नयाँ मोडलको विश्व अर्थव्यवस्था विकसित हुने अलिया आधारहरु देखिदै छन् । लेखक नवउदारवादी अर्थव्यवस्थाको जगमा सुरु भएको विश्वव्यापीकरणले नेपाली युवालाई वैदेशिक रोजगारी दिलाएको हो । आर्थिक वर्ष सन् २०१८/१९ मा मात्रै नेपालमा ७ खर्ब ८४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । नेपालको कुल ग्राहस्थ्य उत्पादनमा करिब ३१ प्रतिशत यसको योगदान रहेको छ । आर्थिक सर्वेक्षण सन् २०१८/१९ अनुसार ४३ लाख ५६ हजार ४१५ युवा जनशक्ति वैदेशिक रोजगारीमा रहेका छन् । यसको करिब ३०.९ प्रतिशत मलेसिया, २७.४ प्रतिशत कतार, २०.१८ प्रतिशत साउदी अरब, १३.११ प्रतिशत दुवई, ३.२५ प्रतिशत कुवेत, १.१९ प्रतिशत बहराईन, ०.९ प्रतिशत कोरिया, ०.८१ प्रतिशत ओमान, ०.३९ प्रतिशत लेवलानमा गएका छन् । बाँकी अन्य विभिन्न देशमा रहेका छन् । यसमा भारतमा गएका कामदारको संख्या जोडिएको छैन । यस बाहेक सीमित संख्याका उच्च घराना नेपालीका सन्तान युरोप, अमेरिका, अष्टेलिया जस्ता देशमा उच्च शिक्षाको नाममा प्रवासिएका छन् र उतै घरजम गरेर बसेका छन् । नवउदारवादको उदयसँगै खुलेको विश्व रोजगार बजार नै कोरोनाले तहसनहस पारेपछि त्यसको प्रत्यक्ष असर नेपालमा पर्नेनै छ । महामारी लम्बिदै जाँदा नेपाली कामदारको प्रमुख गन्तव्य रहेका देशका पूर्वाधार निर्माण, कलकारखाना, उद्योगधन्दा, पर्यटन, मनोरञ्जन लागयतका क्षेत्र बन्द प्रायः छन् । कोरोन पछि तत्काल यी पूर्ववत अवस्थमा सञ्चालन हुने अवस्था देखिन्न । अझै लामो समय मानिसको आवतजावत र घुमफिर पहिलाकै अवस्थामा हुदैन । यसबाट पर्यटन, यातायात, घुमफिर, मनोरञ्जन, खेलकुद क्षेत्रका रोजगारीका अवसर खुम्चिने निश्चित छ । त्यसैले विदेशमा रहेका ठूलो संख्याका नेपालीले आफ्नो रोजगारी गुमाउँदैछन् । हवाईजहाजको उडान सहज भएसँगै यी मध्ये ठूलो संख्याका नेपाली अब स्वदेश फर्किन्छन् । समृद्ध देश बनाउनको लागि एउटा ठूलो अवसर हाम्रो अगाडी खडा भएको छ । राज्यले अग्रसर भएर विदेशबाट फर्किएका युवा जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा स्वरोजगार बनाउन सकिन्छ । तत्काल उद्योग कलकारखानामा स्थापना गरेर रोजगारी दिन सकिने अवस्था छैन । त्यसैले कृषिलाई व्यवसायिकरण र यान्त्रिकीकरण गरेर रोजगारीको अवसर सृजना गर्न सकिन्छ । नेपाल सरकारकै अर्को एक तथ्यांक अनुसार हरेक वर्ष करिब ५ लाख युवा रोजगार बजारमा प्रवेश गर्दछन् । यी नयाँ व्यक्तिलाई त रोजगारी उपलब्ध गराउन असहज भईरहेको अवस्थामा विदेशबाट फर्किने व्यक्तिपनि थपिएपछि ठूलो संकट आउने प्रष्ट छ । यद्यपी नवउदारवादी अर्थव्यवस्थामा आईरहेको संकट, राज्य र बजारको सहकार्य सहितको कल्याणकारी पुँजीवादको उदय हुने केहि प्रष्ट संकेतको बीचमा नेपालले आफूलाई आवश्यक तयारी गर्ने हो भने समृद्ध देश बनाउनको लागि एउटा ठूलो अवसर हाम्रो अगाडी खडा भएको छ । राज्यले अग्रसर भएर विदेशबाट फर्किएका युवा जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा स्वरोजगार बनाउन सकिन्छ । तत्काल उद्योग कलकारखानामा स्थापना गरेर रोजगारी दिन सकिने अवस्था छैन । त्यसैले कृषिलाई व्यवसायिकरण र यान्त्रिकीकरण गरेर रोजगारीको अवसर सृजना गर्न सकिन्छ । तर यी जनशक्तिलाई उत्पादनमूलक क्षेत्रमा लगाउनेगरी ठोस योजना र रणनीति बनाउन सकिएन भने नेपालको ईतिहासमा अहिलेसम्म नभोगिएका ठूला संकट र अप्ठ्याराका दिन सुरु हुनेछन् । जसले सामाजिक समस्यामात्र सिर्जना गर्दैनन् राजनीतिक उथलपुथलको पनि कारक बन्न पुग्नेछन् । कृषिमा परनिर्भरताः हालको अवस्था नेपाललाई कृषि प्रधान देश मानिन्छ । यहाँका ६० प्रतिशत भन्दा बढी मानिस कृषिमा आश्रित छन् । तर कृषि गुजारामुखी छ । यति ठूलो संख्याका नागरिक संलग्न कृषिले बाँकी ४० प्रतिशत जनताको लागि पनि खाद्यान्नको परिपूर्ति गर्न सकिरहेको छैन । नवउदारवादको कार्यान्वयनसँगै आउने केहि ऋण र अनुदानको आशामा “वासिंङटन कन्सेन्सस”लाई अक्षरस पालना गरेको नेपालले बस्तु र सेवाको उत्पादन, विनिमय, वितरण सबै बजारलाई जिम्मा छाडिदियो । उत्पादनबाट हात झिक्यो । अनि निरिह बन्न पुग्यो । बजारको अनुगमन गर्न र गुणस्तर कायम गराउन समेत सकेन । बजारको ध्यान त नाफा कमाउनेमा जाने नै भयो । नेपालमै उत्पादन गर्ने भन्दा आयात गरेर ठूलो हिस्सा नाफा कमाउनेमा बजार केन्द्रित भयो । परिणामतः विगतमा आत्मनिर्भर भएको कृषि क्षेत्रमा समेत नेपाल डरलाग्दो गरि परनिर्भर हुन पुग्यो । निर्यात व्यापार निकासी प्रवर्द्धन केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २० अर्ब रुपैयाँ भन्दा बढीकोे गहु, धान मकै जस्ता खाद्यान्न आयात भएकाे छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्रै करिब साढे ५ अर्बको स्याउ र करिब २ अर्ब ५० करोडको आलु आयात भएको छ । आर्थिक वर्ष २०७४/७५ मा ७८ करोड ७७ लाख भन्दा बढीको सुन्तला र २ अर्ब १३ करोड रुपैयाँ बराबरको प्याज नेपाल आयात भएको देखिन्छ । प्रत्येक वर्ष १० अर्ब रुपैयाँ बराबरको अनार र ५० करोड रुपैयाँ भन्दा बढीको हरियो धनिया आयात हुन्छ । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भियातनामबाट मात्रै करिब १७ लाख किलो माछा र युक्रेनबाट ७२ लाख १७ हजार ३ सय १० किलो कच्चा सन फ्लावरको तेल नेपाल आयात भएको देखिन्छ । देशको कुल गार्हस्थ उत्पादनमा २९ प्रतिशत भन्दा बढी योगदान कृषिको रहेको छ । अथाहा उत्पादनको सम्भावना भएरपनि राज्यले लत्तो छाडिदिदाँ नेपाल डरलाग्दो व्यापार असन्तुलनको दलदलमा फसिरहेको छ । सन् १९६० को दशकसम्म नेपालले दक्षिण एसिया मात्र नभई कोरिया सहित अन्य देशमा चामल निर्यात गरिरहेको थियो । अहिले तस्वीर बदलिएको छ । कृषि मन्त्रालयको एक तथ्यांक अनुसार प्रत्येक महिना २ अर्ब भन्दा बढी रुपैयाँको चामल आयात हुदै आएको छ । कृषि मन्त्रलायको एक तथ्यांक अनुसार हाल ४१ लाख भन्दा बढी परिवार कृषिमा आश्रित छन् । अधिकांश गुजारामुखी कृषिमा व्यस्त छन् । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको एक तथ्यांक अनुसार नेपालको कुल ४१ लाख हेक्टर खेतीयोग्य जमिन मध्ये १० लाख हेक्टर बाझो रहेको छ । यसैगरी सिंचाई सुविधा पुगेको मध्ये २६ लाख हेक्टर जमिनमा मात्र खेतीपाती भईरहेको छ । अहिले यसको तस्वीर बदल्ने मौका आएको छ । तात्कालिक कार्यसूची माथिका तथ्यांकलाई मिहिन रुपमा विश्लेषण गर्ने हो भने नेपालमा उर्वर खेतबारीलाई बाझै छाडेर प्रवासिएका युवा नेपाल फर्किनु यतिबेला नेपाललाई समृद्ध बनाउनको लागि कोशेढुंगा बन्न सक्छ । यति बेला देश विद्युतमा करिब करिब आत्मनिर्भर भईसकेको छ । मध्यपहाडी लोकमार्गले पहाडी जिल्लालाई एक आपसमा जोडि दिएको छ । सडक सञ्जाल देशका अधिकांश स्थानीय तहमा पुगिसकेका छन् । संघीयता कार्यान्वयनसँगै सम्पूर्ण स्थानीय तहमा बैकिंग सेवा पुगिसकेको छ । हात हातमा मोबाईल छ । घर घरमा ईन्टरनेट सेवा पुग्ने क्रममा छ । आधा घण्टा हिडेर हरेक बच्चा विद्यालय पुग्छन् । एकघण्टाको दुरीमा स्वास्थ्य चौकी भेट्न सकिन्छ । भौतिक तथा सामाजिक पूर्वाधारको हिसाबले नेपाल यतिबेला बलियो बनिसकेको छ । अब यसमा टेकेर उत्पादनमुखी ढंगले व्यवसायिक कृषि सुरु गर्ने आधार बनेको छ । अर्थात हाल विदेशबाट भईरहेको दैनिक उपभोग्य बस्तुको आयातलाई प्रतिस्थापन मात्र गर्न सक्ने हो भने देश निर्माणको मेरुदण्ड तयार हुन्छ । विदेशबाट फर्किने युवालाई रोजगारी दिलाउन सकिन्छ । यसको लागि राज्य र बजारको सहकार्य सहितको पुँजीवादी अर्थव्यवस्थालाई नेपालले अबलम्बन गर्न सक्छ । जसमा राज्य या बजारको बहसलाई छाडेर दुवैको सहकार्यमा आर्थिक गतिविधि गर्ने आधार तय गर्दछ । देश बनाउनको लागि युवा जनशक्ति चाहिन्छ । विदेशमा रहेका युवा जनशक्ति आफ्नो देशमा फर्किनु समृद्ध नेपाल निर्माणको लागि महत्वपूर्ण अवसर हो । अदक्ष वा अर्धदक्ष कामदारको रुपमा विदेश पुगेका युवा केहि सिप, केहि पुँजी, केहि आत्मविश्वास र केहि सपनासहित नेपाल फर्किदैछन् । उनीहरुसँग भएको यो पुँजीलाई देश निर्माणमा उपयोग गर्नु आजको आवश्यकता हो । देश बनाउनको लागि युवा जनशक्ति चाहिन्छ । विदेशमा रहेका युवा जनशक्ति आफ्नो देशमा फर्किनु समृद्ध नेपाल निर्माणको लागि महत्वपूर्ण अवसर हो । विगतमा कतिपय रोजगारीको अभावमा र कतिपय देखासिकीमा विदेशिए । अदक्ष वा अर्धदक्ष कामदारको रुपमा विदेश पुगेका युवा केहि सिप, केहि पुँजी, केहि आत्मविश्वास र केहि सपनासहित नेपाल फर्किदैछन् । उनीहरुसँग भएको यो पुँजीलाई देश निर्माणमा उपयोग गर्नु आजको आवश्यकता हो । यसको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बजारसँगको सहकार्यमा तत्काल केहि पहलकदमी लिनुपर्दछ । पहिलो, विदेशबाट फर्केका युवाको विषयगत दक्षता सहितको सूची संकलन गर्नुपर्दछ । विदेशबाट नेपाल फर्किएका कतिपय युवाले पूर्वाधार निर्माणको काम सिकेका छन् । कतिपय व्यवसायिक कृषि तथा पशुपालनको सिप सिकेका छन् । कतिपय पर्यटन सम्बन्धी ज्ञान हासिल गरेका छन् । कतिपय होटल व्यवसाय, रेष्टुरेण्ट सञ्चालनको ज्ञान तथा सिप सिकेका छन् । कतिपय सूचना प्रविधि सम्बन्धी सिप सिकेका हुन सक्छन् । विदेशबाट फर्किने हरेक युवाको स्पष्ट र ठोस तथ्यांक राखेर उनीहरुको क्षेत्रगत विशिष्ट क्षमतालाई पहिचान गरी सूची तयार पार्नु नेपाल सरकारको पहिलो प्राथमिकता रहनुपर्दछ । दोस्रो, यहि बीचमा यस्ता विषयगत क्षेत्रमा विशिष्ट ज्ञान भएका विज्ञहरुको समूह निर्माण गर्नु पर्दछ । यस्ता विषयगत समूहले नेपालमा ति विषयगत क्षेत्रमा कहाँ के कस्ता सम्भावना छन् ? त्यसमा विदेशबाट फर्किएका व्यक्तिलाई कसरी काम गराउन सकिन्छ भन्ने स्पष्ट र ठोस नीति, रणनीति र कार्ययोजना निर्माण गर्नुपर्छ । अर्थात अनार खेती, आलु खेती, सुन्तला खेतीको सम्भावना कहाँ कहाँ हुन सक्छ ? बाख्रापालन, गाई तथा भैसीपालन तथा अन्य पशुपालनको सम्भावना कहाँ हुन सक्छ ? पर्यटनमा कुन कुन स्थानमा के कस्ता परियोजना सुरु गर्न सकिन्छ ? जस्ता सुक्ष्म सवाल समेतलाई समेटेर स्पष्ट र ठोस कार्ययोजना बनाउनुपर्दछ । यसमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्टिय योजना आयोग र नेपाल उद्योग वाणिज्य महासंघ लगायतका निकायहरुसँग सहकार्य तथा समन्वय गर्नुपर्दछ । मन्त्रालयले तथ्याङ्क संकलन गर्ने र उक्त समूहहरुले आआफ्नो क्षेत्रको नीति, रणनीति तथा कार्ययोजना बनाउने काम सँगसँगै गर्नु पर्छ । तेस्रो, यस बीचमा विदेशबाट फर्किएका हरेक युवालाई केकस्ता सहयोग आवश्यक पर्दछ भन्ने पहिचान भईसकेको हुनेछ । यसपछि युवालाई आवश्यक पर्ने सहयोगको लागि मन्त्रालयले पहल कदमी गर्नु आवश्यक छ । अर्थात कतिपय युवालाई पैसाको आवश्यकता हुन सक्छ । त्यस्ता युवालाई ऋण वा अनुदानको व्यवस्था गर्न अर्थ मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, नेपाल राष्ट्र बैंक लगायतसँग सहकार्य गर्नु पर्दछ । कतिपयलाई प्राविधिक ज्ञानको अभाव हुन सक्छ । यसको लागि सिटिईभिटी, सिप विकास तालिम केन्द्र आदिसँग सहकार्य र समन्वय गर्नु पर्दछ । कतिपयलाई बजारको बारेमा थाहा नहुन सक्छ । कृषि मन्त्रालयले उद्योग वाणिज्य संघ लगायतका निकायहरुसँगको सहकार्यमा यसको जिम्मा लिन सक्छ । कतिपयलाई जमिन आवश्यक पर्न सक्छ । भूमिसुधार मन्त्रालयले स्थानीय सरकारसँगको समन्वयमा यसको समाधान गर्न सक्छ । जडिबुटीको उत्पादन तथा प्रशोधनको लागि बन मन्त्रालयसँग समन्वय गरेर काम गर्न सक्छ । सिंचाई तथा विद्युतीकरणको लागि उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले यसको समाधान गर्न सक्छ । यसको लागि संघीय, स्थानीय सरकार र प्रादेशिक गरी तीनै तहको सरकारले यसमा समन्वयात्मक रुपमा सँगै सहकार्य र समन्वय गरिरहनुपर्छ । चौथो, युवालाई उत्पादनमूलक क्षेत्रमा संलग्न गराएसँगै स्थानीय तथा प्रादेशिक सरकारले नीजि क्षेत्रसँगको सहकार्यमा उत्पादित सामाग्रीको प्रशोधन गर्ने उद्योग कलकारखानको स्थापनाको लागि ठोस कदम चाल्नुपर्दछ । अर्थात गहु उत्पादनमा लाग्ने युवाले गहुँ उत्पादन गरिसकेपछि स्थानीय तहमै बिक्री गर्ने स्थल तयार भईसकेको हुनुपर्दछ । त्यसरी संकलित गहुँलाई आटा वा मैदा बनाउने मिलको व्यवस्था स्थानीय तहमै गर्नुपर्छ । सकिन्छ भने विस्कुट, पाउरोटी उद्योग पनि स्थापना गर्न सकिन्छ । यसको प्याकिङ गरी स्थानीय बजारमा वा अन्य बजारमा पुर्याउने गरी तयारी गर्न सकिन्छ । टमाटार उत्पादन भईसकेपछि यसको अचार तथा केचप वा सस, आलुको आलु चिप्स, जुनार, सुन्तलाको जुस, स्याउको चाना र जुस बनाउने फ्याक्ट्री पनि स्थानीय तहमै स्थापना गर्नुपर्छ । यसको लागि स्थानीय तथा प्रदेश सरकारले स्थानीय उद्योग वाणिज्य संघ तथा सहकारीहरुसँग, स्थानीय उद्योगी व्यापारीसँग साझेदारी तथा समन्वयको विभिन्न मोडलहरुको विकास गर्न सक्छन् । यसले एकातिर उत्पादित सामाग्रीहरु खेर जाने अवस्था हुदैन भने अर्कोतर्फ स्थानीय तहमै रोजगारीका व्यापक अवसरहरु सृजना हुनेछन् । पाँचौ, यी र यस्ता काम भईरहँदा यसलाई बजारीकरण गर्ने तथा विदेश निर्यात गर्नको लागि आवश्यक पर्ने बजारीकरणको कामको लागि नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासंघ लगायतले द्रुतगतिमा काम गर्नु पर्दछ । यसैगरी सूचना प्रविधिसँग सम्बन्धित ज्ञान हासिल गरेर फर्किएका युवाले यस्ता कामको लागि आवश्यक पर्ने प्राविधिक ज्ञानदेखि बजारीकरण, जस्ता विभिन्न सवालमा आवश्यक पर्ने आधारभुत सूचना प्रवाह गर्ने किसिमका मोबाईल एप्स बनाउने जस्ता काम गर्न सक्छन् । अर्थात बाख्रापालन गर्ने किसानले केहि समस्या भोगेमा मोबाईल एप्सकै सहयोगमा प्राथमिक उपचार गर्न सक्ने अवस्था बनाउनुपर्छ । कृषि, पशुपालन, पर्यटन तथा अन्य व्यापार व्यवसाय देखि मानिसको आधारभुत सेवा सुविधा र सरकारी सेवा सुविधा पनि सुचना प्रविधिसँग जोड्ने संस्थागत पहल गर्नु आवश्यक छ । छैठौ, यी सबै काम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नेतृत्वमा गर्दा उत्तम हुन्छ । यदि मन्त्रालयबाट यो सबै काम गर्न सम्भव छैन भने सम्पूर्ण मन्त्रालय तथा निकायहरुसँग समन्वय गर्ने र कार्यान्वयन गराउने विशेष अधिकार सहित “स्वदेशी रोजगार प्रवर्द्धन बोर्ड” गठन गर्न सकिन्छ । यस बोर्डले नेपालमा रोजगारीका सम्बन्धमा थप पहल कदमी के कस्तो गर्न सकिन्छ भन्नेमा मात्र आफूलाई केन्द्रीत गरि काम गर्ने दायित्व दिनुपर्दछ । हरेक संकट अन्त्यसँगै हरेक व्यक्ति या देश यस्तो दोबाटोमा पुग्छन् जहाँबाट एउटा बाटो समृद्धि र अर्को बाटो विपन्नताको गन्तव्य पुर्याउन कुरेर बसेका हुन्छन् । विपन्नताको गन्तव्य बोकेको बाटो हिडन सजिलो र समृद्धिको बाटो अप्ठ्यारो हुन्छ । यदि हामी सजिलोको पछि लाग्यौ भने झन् झन् विपन्नता र परनिर्भरताको दलदलमा भासिने छौ । यदि जोखिम नै मोलेर भएपनि अवसरको बाटोमा लाग्यौ भने त्यसले हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाई दिन्छ । अन्त्यमा एउटा सत्य कुरा के हो भने हरेक संकटले केहि पिडा अनि अथाहा सम्भावना बोकेर आएको हुन्छ । सन् १९८० को दशकको अन्त्यमा रसिया टुक्रिदा भर्खर क्याम्पस पढ्न त्यहाँ पुगेका पुँजीविहिन उपेन्द्र महतो जस्ता व्यक्तिहरुलाई अरबपति बन्ने बातावरण बन्यो । सोहि समयमा उदारबजारको नीतिलाई चीनले अबलम्बन गरेपछि ज्याक्मा जस्ता सामान्य शिक्षक खर्बपति बन्ने वातावरण बन्यो । दोस्रो विश्वयुद्धमा भोगेको नरसंहारको पिडाले जापानलाई विश्वमै सम्पन्न देश बनाईदियो । हरेक संकट अन्त्य सँगै हरेक व्यक्ति या देश यस्तो दोबाटोमा पुग्छन् जहाँबाट एउटा बाटो समृद्धि र अर्को बाटो विपन्नताको गन्तव्य पुर्याउन कुरेर बसेका हुन्छन् । विपन्नताको गन्तव्य बोकेको बाटो हिडन सजिलो र समृद्धिको बाटो अप्ठ्यारो हुन्छ । यदि हामी सजिलोको पछि लाग्यौ भने झन् झन् विपन्नता र परनिर्भरताको दलदलमा भासिने छौ । यदि जोखिम नै मोलेर भएपनि अवसरको बाटोमा लाग्यौ भने त्यसले हाम्रै जीवनकालमा देशलाई समृद्ध बनाई दिन्छ । कोरोनाले नेपाललाई त्यस्तै समृद्धि र वर्वादीको दोबाटोमा पुर्याउने छ । यदि अवसरको बाटोलाई रोजेर राज्यले बजारसँगको सहकार्यमा आवश्यक नीति, रणनीति तथा कार्यनीति बनाउँदै स्वदेशमै रोजगारीको आधार तय गर्यो विश्व व्यवस्थामा जे सुकै फेरवदल आएपनि या उस्तै रहे पनि हामी आत्मनिर्भर बन्न सक्छौ । रोजगारीका व्यापक अवसर सृजना गर्न सक्छौ । दैनिक उपभोग्य वस्तु तथा खाद्यान्नमा भएको परनिर्भरतालाई मात्र अन्त्य गर्नेगरी काम गर्ने हो भने नेपाल छोटो समयमै मध्यमस्तरीय आम्दानी भएको देशमा रुपान्तरण हुनेछ । अन्यथा अहिले जे लाई उपलब्धी र सफलता भनि रहेका छौ यी सबै हेर्दा हेर्दा आँखै अगाडी ढल्ने छन् । अब सफलता वा वर्वादी के रोज्ने शासकको हातमा छ । [email protected]
पूर्वीय दर्शन उदाउँदै, निभेकाे चुलाे बल्दै
द्रुत गतिमा विकास, विस्तार, विभिन्न आविस्कार तथा आणविक हतियार आदिद्वारा विश्वका शक्तिशाली राष्ट्रहरुबीच शक्ति प्रदर्शन भईरहेको बेला अकस्मात विश्व संकटमा परेको छ र आज पुरै विश्वको लडाई कोरोना (कोभिड १९) संगै भईरहेको छ । विश्वका हर कुना कुना यो संकटबाट अछुतो छैन । त्यसैले यसलाई २१ औं शताब्दिको विश्वव्यापी महासंकट भन्दा पनि फरक नपर्ला । पृथ्वी एउटा साझा थलो भन्ने भनाईलाई सार्थकता दिंदै प्रकृतिले पूरै पृथ्वी वासीलाई एउटा साझा समस्यामा पारेको छ, त्यो हो कोरोना महामारी । गत डिसेम्बर २०१९ देखि चीनको वुहान शहरबाट सुरु भएको कोभिड १९ भाइरसले विश्वका २१० राष्ट्रहरुलाई प्रभाव पारिसकेको छ । चीनबाट फैलिएको यो भाइरस ईटाली, अमेरिका, फ्रान्स, स्पेन, अष्ट्रेलिया हुदै सम्पूर्ण देशहरुमा तिव्र रुपमा महामारीको रुप लिइरहेको छ । चीनमात्र नभई विश्वका गुणस्तरीय चिकित्सा पद्दति कहलिने राष्ट्रलाई समेत कोरोेना भाइरसले चुनौती दिएको छ । अमेरिका जस्तो विज्ञान प्रविधि, स्रोत साधन, चिकित्सा,आविस्कार सबै कुरामा अब्बल, आर्थिक रुपमा शक्तिशाली कहलिएको राष्ट्रमा चीनमा धेरै गुणा बढी महामारी फैलिएको अवस्था छ । यस्तै आपतकालिन स्थिति अन्य ठूला तथा साना राष्ट्रहरुले पनि सामना गरिरहेका छन्, जसका कारण पूरा विश्व नै आज बन्दाबन्दी अर्थात लक डाउनको स्थितिमा छ । यस चुनौतीसंगै शक्तिशाली राष्ट्रको परिभाषा भने कोरोना महामारीले बदलि दिएको छ । २०७२ सालको भूकम्पको कारणले एक वर्ष पुरै आर्थिक संकटको सामना गर्नुपरे लगत्तै भारतबाट लगाइएको नाकाबन्दी र कोरोना महामारीलाई हेर्दा नेपालले २०७० को दशकमा नै ३ वटा संकट भोग्नु परेको छ । कोरोना संक्रमण फैलिरहंदा विश्वमान चित्रमा २४ जनवरी २०२० सम्म नेपालमा कोही पनि कोरोना संक्रमित देखिएका थिएनन् तर विश्वव्यापिकरणको युगमा पर्यटनको आकर्षक गन्तव्य रहेको नेपालमा संसारभरका मानिसहरुको आवातजावत हुने, साथै विश्वका सबै मुलुकमा पुगेका नेपालीहरु स्वदेश फर्किन थाल्ने प्रकृयाले यस रोगको संक्रमणबाट नेपाल पनि अछुतो रहन सकेन । फलस्वरुप २०७६ साल माघ १० गते नेपालमा पहिलो कोरोना संक्रमित फेला पर्यो । त्यससंगै नेपालमा कोरोना फैलिने आशंकाले नेपाल सरकार र नेपाली जनतालाई सतर्कताको सन्देश पुगिसकेको थियो । चैत्र १० गते फेरि पनि दोश्रो कोरोना संक्रमित फेला परेसंगै नेपाल सरकारले आफ्नो तर्फबाट सतर्कताका योजनाहरु तुरुन्त कार्यन्वयनमा ल्याउँदै सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाइ उडानहरु २०७६ साल चैत्र ११ गतेबाट अनिश्चित कालका लागि स्थगित गर्ने निर्णय गर्यो । चैत्र ११ बाट सिंगो देशलाई नै लक डाउन गर्ने नेपाल सरकारको निर्णयले महामारी तिव्र रुपमा फैलन भने पाएको छैन । सरकारले जनताप्रतिको जिम्मेवारी तथा उत्तरदायित्वलाई शिरोपर गरी देशमा अत्यावश्यक दैनिक उपभोग्य सामग्रीको सहज उपलब्धता, खाद्यान्न, ग्यास, औषधि उपचारका सामग्रीहरुको आपूर्तीलाई सहज बनाउन स्थानीय निकायहरुलाई निर्देशन समेत दिएको छ । साथै लक डाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरुले पनि ए टि एम, समय मिलाएर शाखाहरु खोली जनतालाई नगद झिक्न सहज बनाईरहेका छन् भने नगदरहति कारोबारलाई प्राथमिकता दिंदै मोबाईल बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग, कनेक्ट आई पि एस जस्ता सुविधाहरु निःशुल्क उपलब्ध गराई प्रविधिको अधिकतम् उपयोग गराउन सफल भएका छन् । लेखक लक डाउनको घोषणासंगै नेपाल सरकारले विमानस्थल बन्द गर्ने, सीमा नाकाहरु बन्द गर्ने, सम्पूर्ण परीक्षाहरु स्थगित गर्ने, ठाउँ ठाउँमा अस्थाई स्वास्थ्य उपचार केन्द्रहरु स्थापना गरी साधारण ज्वरो जाँची कोरोनाको लक्षण देखिएका बिरामीलाई आ-आफनो जिल्लाहरुमा स्थापना गरिएका क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाइएको छ । सरकारले महामारी फैलिनु अगाडि नै चालेका कोरोना संक्रमण रोकथामका कदमहरु एवं प्रयासहरुलाई नेपाली जनताले मुक्तकण्ठले प्रशंसा गरेका छन् । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० घोषणा गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्राउने योजनालाई स्थगित गरेकाे छ । नेपालमा हालसम्म कोरोना संक्रमण तिब्र रुपमा फैलिन नपाए तापनि ३० चैत्रसम्म प्राप्त तथ्याँक अनुसार कोराना संक्रमितको संख्या १३ पुगेको छ भने एक व्यक्ति उपचार पछि निको भई घर फर्किएका छन् र हालसम्म यस संक्रमणबाट मृत्यू हुनेको संख्या शुन्य छ । विश्व स्वास्थ्य संगठनले महासंकटको स्थिति घोषणा गरेसँगै विभिन्न संचार माध्यमबाट मानिसलाई स्वास्थ्य सम्बन्धि जनचेतना जगाउने कार्य हरेक क्षेत्रबाट यथासम्भव प्रयासहरु भईरहेका छन् । श्वासप्रश्वासबाट सर्ने रोग भएकाले कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्युंँ गर्दा यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । कोरोनाको प्रारम्भिक लक्षणहरुमा सुख्खा खोकी लाग्ने, ज्वरो आउने, घांटी दुख्ने, मांशपेशी दुख्ने, सास फेर्न समस्या हुने आदी हुन् । साथै विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका बिरामीबाट पुष्टि भए अनुसार कोरोना संक्रमितमा खानाको स्वाद र गन्ध थाहा पाउने क्षमता ह्रास भएर जान्छ । विश्वमा हालसम्म यसको कुनै पनि औषधि पत्ता नलागे तापनि साधारण स्वास्थ्य सम्बन्धि कुराहरुमा सचेत भई अनुशासित भएमा यो संक्रमणले सजिलै प्रभावित बनाउन सक्दैन । कोरोना संक्रमणबाट बच्न निरन्तर मास्क लगाएर हिंड्ने, साबुन पानीले बारम्बार हात धुने, स्यानटिाईजरको प्रयोग गर्ने, रुघाखोकी लागेका मानिसको छेउछाउ नजाने, हाच्छ्युं गर्दा मुख छोप्ने साथै भिडभाड हुने ठाउमा नजाने जस्ता साधरण कुराहरुमा ध्यान पुर्याएमा कोरोनाबाट बच्न सकिन्छ । कोरोना संक्रमणले बढी मात्रामा बृद्धबृद्धा तथा साना बालबालिकाहरुलाई चाँडै प्रभाव पार्ने भएकाले आ-आफ्नो घर परिवारका सदस्यहरुलाई सुरक्षित राख्न घर बाहिर ननिस्की स्वास्थ्यप्रति सचेत रहन सबैमा आग्रह गरिएको छ । कोरोना संक्रमणले विश्वलाई स्वास्थ्य सम्बन्धी चुनौति मात्र होईन प्रविधिमा पनि चुनौति दिएको छ । सन् २०२० अप्रिल १२ सम्मको डब्लुएचओको तथ्याङ्क अनुसार विश्वमा १७,९६,२९८ जना कोरोना संक्रमित रहेका छन् भने विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११०,०२६ पुगेको छ , जसमा ४१२,०७० जना सफल उपचार पछि घर फर्किएका छन् । कोरोना संक्रमण रोक्न विश्वका विभिन्न देशहरुमा गरेको लक डाउन र कर्फ्यूको कारणले उत्पादन तथा व्यापार ठप्प रहेको छ । जसको प्रत्यक्ष असर विश्वको अर्थतन्त्रमा परी विश्वको अर्थतन्त्र १० वर्ष पछि धकेलिन पुगेको छ । आईएमएफले सन् २००८ को विश्वव्यापी आर्थिक संकटभन्दा पनि ठूलो संकटको सामना हाल विश्वले गरिरहेको अनुमान लगाएको छ । विश्व बजार ठप्प भएसँगै धेरै राष्ट्रहरुले तरलता अभावको समस्या भोगिरहेका छन् जसका लागि आईएमएफले आवश्यक तरलता पूर्ति गर्ने तयारी पनि गरिरहेको छ । विश्व नै एउटा घर भन्ने भनाईसँगै विश्वव्यापीकरणले आफ्नै गति लिईरहेको बेला अचानक लक डाउनको स्थितिले देशको पर्यटन व्यवसाय मारमा परेको छ । राष्ट्रको ठूलाे हिस्सा पर्यटन व्यवसायबाट आर्जन हुने भएकाले सम्पूर्ण देशहरुको राष्ट्रिय आयमा असर परेको छ । एक अध्ययन अनुसार इतिहासकै उच्च विन्दुको बेरोजगारि समस्या आज विश्वको शक्तिशालि राष्ट्र अमेरिकाले भोग्ने बताइएको छ । यसरी कोरोना महामारीले बेरोजगारि, गरिवी , पर्यटन व्यवसायमा चुनौती, स्वास्थ्य सम्बन्धि चुनौती जस्ता धेरै चुनौतीहरु विश्वलाई दिएको छ । नेपालको लागि भने २०७२ सालको भूकम्प थिलथिलो बनाएको अर्थतन्त्र मज्जाले तङ्ग्रिन नपाउँदै भारतले नाकाबन्दी लगाएपछि झनै कष्टकर भईरहेको अवस्था थियो । ती दुई संकटबाट माथि उठ्न नपाउँदै विश्वव्यापी रुपमा फैलिएको माहामारीको सामना गर्नु नेपाल जस्तो सानो अर्थतन्त्र भएको विकासोन्मुख राष्ट्रका लागि धेरै ठूलो चुनौती भएको छ । नेपाल एक पर्यटकीय स्थल भएकोले सरकारले पर्यटन व्यवसायलाई प्राथमिकता दिई पर्यटन व्यवसायबाट अर्थतन्त्र माथि उठाउन सन् २०२० लाई नेपाल भ्रमण वर्ष २०२० लागू गरेको थियो तर यो कोरेना महामारीले लक डाउनको स्थिति सिर्जना भएसँगै पर्यटन व्यवसाय पनि प्रभावित बनेको छ । २०७२ सालको महाभुकम्प पछि विश्वसामु नेपाल भ्रमण गर्न सुरक्षित छैन भन्ने सोचलाई चिर्दै नेपाल पर्यटन प्रवर्धनमा योजनाबद्ध तरिकाले अघि बढेको थियो । विश्वका अन्य राष्ट्रको तुलनामा कोरोना संक्रमितको संख्या नेपालमा हालसम्म कम मात्र देखिएको र नेपाल सरकारबाट समयमा नै चालेका कदमले नेपाल आजसम्म पनि सुरक्षित राष्ट्रकै रुपमा परिचित छ । नेपाल एक विकासोन्मुख राष्ट्र हो जहां धेरै जनसंख्या गरिवीको रेखामुनि छन् । कोरोना महामारीले सिर्जना गरेको लक डाउनले नेपालमा बेरोजगारीको सिर्जना हुनुका साथै गरिवी बढ्ने देखिएको छ । किसानहरुबाट उत्पादित सामानहरु बजार अभावका कारण त्यसै नष्ट भएर जाने , निर्यात ठप्प हुने साथै कलकारखाना, व्यापार व्यवसाय ठप्प हुने भएकाले राजस्व संकलन नहुने एवं विकासका परियोजनाहरु पनि धेरै वर्षपछि धकेलिने भएका छन् । अतः देशले ठूलो आर्थिक संकटको सामना गर्नुपर्ने देखिन्छ । महामारीसँग जुध्न आवश्यक मास्क, स्यानीटाईजर, भ्यान्टिलेर , पिपिई जस्ता सामान र औषधिहरु अमेरिकाले चीनबाट आयात गरिरहँदा चीनलाई व्यापार युद्धमाथिको बिजयी शुरुवाती संज्ञा दिइएको छ । मानविय संवेदना, मानविय स्वास्थ्यलाई बेवास्ता गरी सारा विश्व नै शक्ति प्रदर्शनको होडबाजीमा चलिरहेका बेला यो महामारीले मानवता र स्वस्थ्य समाजको महत्वलाई छर्लङ्ग बनाएको छ । चीन र अमेरकिाको व्यापार युद्धले विश्वको अर्थतन्त्रमा प्रभाव पारिरहेको बेला शुरुवातमा चीन एक्लैले यो महामारी बिरुद्ध लडाई गरी संक्रमणको संख्या कम गर्दै कोरोना महामारीलाई आफ्नो अर्थतन्त्र उकास्ने अवसर बनाएको छ । उता अमेरिकामा भने चीनमा भन्दा ४ गुणा बढि महामारी फैलिंदै अर्थतन्त्र थिलथिलो बनेको छ । महामारीसँग जुध्न आवश्यक मास्क, स्यानीटाईजर, भ्यान्टिलेर , पिपिई जस्ता सामान र औषधिहरु अमेरिकाले चीनबाट आयात गरिरहँदा चीनलाई व्यापार युद्धमाथिको बिजयी शुरुवाती संज्ञा दिइएको छ । मानविय संवेदना, मानविय स्वास्थ्यलाई बेवास्ता गरी सारा विश्व नै शक्ति प्रदर्शनको होडबाजीमा चलिरहेका बेला यो महामारीले मानवता र स्वस्थ्य समाजको महत्वलाई छर्लङ्ग बनाएको छ । आणविक आक्रमणका लागि तयार भईरहेका तथा हात–हतियार र गोलि–बारुदको आडमा शक्ति प्रदर्शन गर्ने विश्वका शक्तिशाली राष्ट्रहरुलाई प्रकृतिले घरभित्र बन्धन बनाएर शक्तिहीनताको बोध गराएको छ । विश्व स्वास्थ्य संगठनका लागि पनि निकै ठूलो चुनौती बनेको कोरोना संक्रमणले विश्वलाई नै एकताको सन्देश, भातृत्वको भाव साथै अनुशासनको पाठ पढाएको छ । चीनको वुहान शहरबाट शुरु भएको महामारीले सम्पूर्ण विश्वलाई नै आक्रान्त बनाई आर्थिक संकट निम्त्याएको छ । आईएमएफले २००८ को आर्थिक संकटभन्दा ठूलो आर्थिक संकटको संज्ञा दिएको कोरोना महामारीले विश्वको कुल ग्राहस्थ उत्पादन घटाउने जनाएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार सन् २०१९ को सुरुमा विश्वको कुल ग्राहस्थ उत्पादन ३.४५ प्रतिशतले वृद्धि भएको थियो तर विश्वका दुई शक्तिशाली राष्ट्रहरु चीन र अमेरिकाको व्यापार युद्धका कारण सन् २०१९ मा विश्वको कुल उत्पादन २.९५ मै सिमित रह्यो । व्यापार युद्धपछिको कोरोना आतंकले विश्वको कुल ग्राहस्थ उत्पादन स्वभाविक रुपमा नै तल झर्ने अनुमान लगाउन सकिन्छ । पूर्वीय दर्शनकाे महत्व भनिन्छ सबै विज्ञानको स्रोत नै बेद हो । तसर्थ, कोरोना भाईरसको औषधि हालसम्म पनि पत्ता लगाउन नसकेको चिकित्सा जगतमा नै पौराणिक सभ्यता र मानवीय अनुशासनमा बस्नु सिवाय अन्य विकल्प नै नरहेको देखिन्छ । मानव जातिले प्रकृतिको संरक्षण गर्ने साथै प्रकृतिमा उत्पादित हरेक बस्तु तथा सेवाहरुको उपभोग विवेकपूर्ण र मितव्ययी तरिकाले गर्नुपर्ने ज्ञान कोरोना महामारीले सिकाएको छ । नेपाल लगायत दक्षिण एसियाका धेरै राष्ट्रहरुमा मानिसको सभ्यता, संस्कृति र ईतिहास मिल्दोजुल्दो पाईन्छ । विश्वको मानचित्रमा पूर्वीय संस्कृति परम्परा अनि सभ्यताले आफ्नो एउटा छुट्टै महत्व राख्दछ । पश्चिमी मुलूकहरु भने विज्ञान, प्रविधि तथा आविस्कारहरुमा नै अब्बल देखिन्छन्। तसर्थ यी मानव सभ्यतालाई नियाल्ने हो भने हाल फैलिएको महामारीले पूर्विय धर्म, संस्कृति, वैदीक सत्य आदीलाई फेरी ब्यूंझाएको आभास भएको छ । भनिन्छ सबै विज्ञानको स्रोत नै बेद हो । तसर्थ, कोरोना भाईरसको औषधि हालसम्म पनि पत्ता लगाउन नसकेको चिकित्सा जगतमा नै पौराणिक सभ्यता र मानवीय अनुशासनमा बस्नु सिवाय अन्य विकल्प नै नरहेको देखिन्छ । मानव जातिले प्रकृतिको संरक्षण गर्ने साथै प्रकृतिमा उत्पादित हरेक बस्तु तथा सेवाहरुको उपभोग विवेकपूर्ण र मितव्ययी तरिकाले गर्नुपर्ने ज्ञान कोरोना महामारीले सिकाएको छ । कोरोना संक्रमितसँग हात मिलाउँदा पनि कोरोना संक्रमण फैलिने डरले विश्वभरि नै पूर्विय अभिवादनको पद्धती नमस्कार लाई प्रयोगमा ल्याएइएको छ । हिन्दु धर्मग्रन्थ अनुसार पूजापाठ, हवन मन्त्र उच्चारणबाट प्रकृतिमा भएका जिवाणु, किटाणुहरु नष्ट भई वातावरण पवित्र बनाउने धार्मिक मान्यतालाई अपनाउंदै विश्वका कुना कुनामा यज्ञ हवन अनि मन्त्र जप गरेको पाइयो । पौराणिक कालमा हाम्रा पूर्खाहरुले आफैंले उब्जाएका खानेकुरा खाने, आफैँले बनाएको लुगा लगाउने, आफ्ना धर्म संस्कार संस्कृतिमा रमाउने, आयूर्वेदिक औषधिहरुको प्रयोग गरि ठूला भन्दा ठूला रोगहरु निको पार्ने साथै घर बाहिर निक्लिए पश्चात शारिरिक शुद्धि, आचरण र दैनिकीका यस्ता अनेकन पाठहरु सिकाएका थिए । मानव सभ्यताको विकास आधुनिकीकरणसँगै मानिसहरुले आफ्ना सभ्यता बिर्सिंदै गएको अवस्था थियो । नेपालको सन्दर्भमा हेर्ने हो भने फेरि हामीलाई त्यही रमणीय गाउँमा रमाउन फर्काएको छ, त्यही रोटि, ढिंडो, गुन्द्रुक र सिंकी खाई परिवारसँग रमाउन सिकाएको छ । उर्वर भूमि बाँझो छोडी शहर अनि विदेश पलायन भएकाहरुलाई फेरि पनि कोदालो र हलो थमाइदिएको छ । पेट्रोलियम पदार्थ र ग्याँसको अभावसँगै गाउँघरमा निभेका चुलोहरु फेरि पनि बल्न थालेका छन् । अहिलेको समायमा मानसिको हरेक आहार विषदिले भरिएको कारण मानिसको रोग प्रतिरोधात्मक क्षमता नष्ट हुँदै गईरहेको कारण कोरोना संक्रमण देखिएका व्यक्तिहरु चाँडै मृत्यु वरण गर्न पुगेका छन् । त्यसैले मानव जातिको खानपिन शूद्ध बनाई शारिरिक स्वस्थ्यमा ध्यान पुर्याउनुपर्ने देखिएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने फेरि हामीलाई त्यही रमणीय गाउँमा रमाउन फर्काएको छ, त्यही रोटि, ढिंडो, गुन्द्रुक र सिंकी खाई परिवारसँग रमाउन सिकाएको छ । उर्वर भूमि बाँझो छोडी शहर अनि विदेश पलायन भएकाहरुलाई फेरि पनि कोदालो र हलो थमाइदिएको छ । गाउँघरमा निभेका चुलोहरु फेरि पनि बल्न थालेका छन् । कोरोना संक्रमणले पारेको सकारात्मक प्रभावमा एउटा क्षेत्र भनेको वातावरण मात्र हो । बढ्दो जनसंख्या, सडकमा सवारी साधनको बढ्दो चाप, उद्योगधन्दा, कलकारखाना आदि कारणले निम्त्याएको वायू प्रदुषण, जल प्रदूषण आदि विश्वभरि नै चलेको लक डाउनको कारणले नियन्त्रण भएको छ । करिब साढे सात अर्बको मानिसको जनघनत्व थामिरहेको पृथ्वी प्रदूषण र रोगको थलो बनिरहेको थियो । सम्पूर्ण पशुपंक्षी तथा प्राणीको साझा बासस्थान रहेको पृथ्विमा मानिसको मात्र राज चलिरहेको थियो । कोरोना महासंकटले विश्वको अर्थतन्त्रमा ठूलो आर्थिक चुनौती दिए तापनि यसको कारणले ओजन लेयर खिइने क्रम नियन्त्रणमा आएको छ भने मानिसलाई अनुशासनको पाठ समेत सिकाएको छ । त्यसैले कोरोना महामारी विश्वका लागि अभिशाप बने पनि वातावरण र प्रकृति संरक्षणका लागि भने बरदानको स्वरुप प्रस्तुत भएको छ । [email protected]
आम्दानी शुन्य हुँदै, चुनाैति अझ थपिदै
कोरोना महामारीको विश्वव्यापी अवस्था विश्व नै स्तब्ध भएको छ, सेकेण्ड सेकेण्डमै लाखौ मानिसहरुको आवतजावत, लाखौं संख्यामा उडिरहने हवाईजहाजहरु आज ठप्प रहेको अवस्था छ जसको कारण हो एक सुष्म भाइरसको उत्पत्ति । जुन हालसालै मात्र प्रकट भएको भाइरस जसलाई नामांकरण गरिएको छ नोवेल कोरोना भाईरस अर्थात कोभिड १९ । सन् २०१९ डिसेम्बरको अन्तिम सातामा चीनको वुहान सहरमा सर्वप्रथम एक महिलामा संक्रमण देखिए संगै उनको मृत्यु भए पश्चात पत्ता लागेको त्यो भाईरस जनवरीको पहिलो हप्तासम्म पुग्दा धेरै मानिसहरुमा संक्रमण भईसकेको थियो । त्यही क्रममा झनझन बढ्दै गएपछि सो भाइरसको अनुसन्धान हुँदा उक्त भाइरस कोरोना भएको प्रष्ट पारे र विश्वलाई जानकारी दिईयो । हुँदा हुँदै दिन प्रतिदिन यस भाइरसको संक्रमण बढ्दै गई मृत्यु हुने क्रम बढ्न थाल्यो र जनवरीको तेस्रो हप्तातिर पुग्दा उक्त भाइरसबाट धेरै मानिसहरुमा संक्रमण हुनबाट बचाउन चीनको संरकारले वुहान सहरलाई लकडाउन गर्यो । त्यो समयमा चीनको नयाँ वर्षको समय थियो जुन बेलासम्म बुहानबाट धेरै संख्यामा मानिसहरुले वुहान सहर छाडिसकेको थियो । ती मानिसहरुलाई पनि जहाँ जहाँ गएको हो त्यही त्यही नै स्वयं आईसोलेसनमा बस्नको लागि आह्वान गरिएको थियो । जुन बेलासम्म चीनको सवै प्रान्तमा सो भाइरसको संक्रमण भईसकेको थियो । त्यही समयमा अन्य देशहरुले यसलाई सामान्य र चीनमा मात्र संक्रमण हुने अन्दाज लगाईरहेका थियो भने फेब्रेवरीको १५ सम्म पुग्दा चीनमा ७५ हजार मानिसहरुमा संक्रमण भई हजारौं मानिसहरुको मृत्यु भईसकेको थियो भने विश्वको अन्य मुलुकहरुमा पनि फैलिसकेको थियो र विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई महामारीको रुपम घोषणा पनि गरिसकेको थियो । यसैबेला चीनमा विभिन्न प्रान्तमा लकडाउन गरी थप संक्रमित हुनबाट रोक्न सक्यो भने विश्वका अन्य मुलुकहरुले त्यसलाई सामान्य ठानी बेवास्ता गरिरह्यो र हाल संक्रमितको संख्या र मृत्यु हुनेको संख्या चीनको भन्दा धेरै गुणा भईसक्यो । यो लेख तयार गर्दै गर्दा २०७७ बैशाख १ गते सोमवारसम्म विश्वमा २१० राष्ट्रहरुमा गरी १८,५३,१५५ जनामा यो भाइरसले संक्रमण गरिसकेको छ भने १,१४,२४७ जनाको मृत्यु भईसकेको छ । वल्र्डमिटर्स डट इन्फो/कोरोनाभाइरसको वेवसाइटको तथ्यांक अनुसार प्रमुख संक्रमण भएका र बढी मृत्यु भएका १० राष्ट्रहरु को तथ्यांक निम्नानुसार रहेको पाइन्छ । उल्लेखित तथ्यांक अनुसार हालसम्म सबभन्दा बढी संक्रमित र मृत्यु भएको देशमा अमेरिका भएको छ जहाँ छ,टण्,द्धघघ जनाको मानिसहरु संक्रमित र द्दद्द,ज्ञज्ञछ जना मानिसहरुका मृत्यु भईसकेको छ भने कोरोना भाइरसको संक्रमण शुरु भएको देश चीन बढी मृत्युको हिसावले सातौ स्थानमा रहेको छ । यसबाट चीनले यस संक्रमणलाई नियन्त्रण धेरै सफलता हासिल गरेको देख्न सकिन्छ । नेपालको अवस्था विश्वमा मै महामारीको रुप लिईसकेको कोरोना भाइरस संक्रमण शुरुभएको देश चीनको देक्षिणतिरको सिमानमा रहेको हाम्रो देश नेपालमा धेरै समय पछि अर्थात चीनमा देखा परेको ३ महिना पछि मात्र मार्च २२ (चैत्र ९) मा देखापरेको थियो । जुन संक्रमण सर्वप्रथम चीनवाट फर्केका व्यक्तिमा देखापरेको थियो र पछि उपचार पश्चात घर फर्किसकेको छ भने त्यसै गरी अप्रिल ४ (चैत्र २२) गतेसम्म जम्मा ९ जना व्यक्तिमा संक्रमण भईसकेको छ भने हालसम्म पनि कोही व्यक्ति पनि कोरोनाको संक्रमणले मृत्यु भएको छैन । जो ९ जना व्यक्ति मध्ये ८ जना विदेशवाट फर्केका मानिसहरु विदेशवाटै संक्रमण भई आएको छ भने १ जना सोही व्यक्तिको परिवार रहेको कारणले स्थानिय संक्रमण भएको छ । विश्वका विकसित मुलुकहरुले गरेको हेलचक्राईवाट संक्रमितको संख्या दिनप्रतिदिन गुणात्मक रुपमा वृद्धि भईरहेको कुरालाई मध्यनजर गरी नेपालमा चैत्र ११ गते ३ चोटी गरी ३ हप्ताको लकडाउन गरिसकेको छ । साथै अन्तराष्ट्रिय हवाई उडानहरु वन्द गरेको विदेशवाट आउने मानिसहरुको रोकावत गर्नुका साथै आन्तरिक हवाई तथा सडक आवगमन पनि वन्द गरि एक ठाउँको मानिस अर्को ठाउँमा जान नपाउने बनाएको छ किनकी नेपालमा संक्रमण भईसकेपछि त्यसलाई रोकथाम गर्न प्रयाप्त मात्रामा स्वास्थ्य सुविधा नभएको कारणले धेरै समस्या हुने देखिएकोले संक्रमणवाट बच्न र बचाउन सवैभन्दा राम्रा उपाय भनेको स्वयं सुरक्षित हुने हो । यसको लागि घरमै वसी स्वास्थ्यको ख्याल गरी सावुनपानीले हात राम्ररी धुने, स्यानिटाइजर प्रयोग गर्ने, वाहिर निस्कनु पर्यो भने मास्क प्रयोग गर्ने, हात नमिलाउने, कहि कतै नांगो हातले नछुने, पन्जा लगाउने जस्ता सामान्य स्वास्थ्यका कुराहरुको जानकारी प्रत्येक घर, समाजमा जनचेतनाको रुपमा पु¥याएको देखिन्छ । जसले गर्दा मानिसहरु सो को पालना गरिरहेको छ । जसले गर्दा कोरोनाको संक्रमण हुनवाट जोगिरहेको छ । नेपालमा कोरोना संक्रमण हुनवाट बच्नको लागि गरिएको प्रयास विश्वले नियालिरहेको छ जुन अत्यन्तै उपयुक्त भएको देखिन्छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले कोही पनि संकालागेका, क्वारेन्टाइनमा, आइसोलेशनमा वसेको मानिसहरुको कोरोना संक्रमण जाँच गर्ने काम शुरु गरिसकेको छ र सो जाँचलाई वढिभन्दा वढि मात्रामा गरेको खण्डमा यसको संक्रमणको जोखिमवाट मुक्त हुनुका साथै कोही व्यक्तिमा कोरोना संक्रमण भएको शंका उपशंका गर्नु पर्ने छैन । आज सम्मको सही प्रयास र संयमितले नेपालमा थप कोरोना संक्रमण हुन नसक्ने आशा गर्न सकिन्छ तर नेपाल भारतको सीमा लकडाउन सकेर पनि केही समयसम्म पूर्ण बन्द गरिरहनु पर्ने देखिन्छ । लेखक बच्ने उपायहरु कोरोना भाइरसको संक्रमणवाट बच्न या रोक्नको लागि हालसम्म पनि कुनै औषधि या सूई बनिसकेको छैन । विभिन्न राष्ट्रहरुले औषधीको लागि धेरै अनुसन्धानहरु गरिरहेका छन् तर पनि सफल पाउन सकिरहेका छैनन् फलत यसको संक्रमण हुनवाट वच्ने सवैभन्दा राम्रो उपाय भनकै सामाजिक दुरीको पालना गर्ने, घरवाट निस्कदा वजार जाँदा कहिकतै खुल्ला हातले नछुने र घरमा फर्केपछि नियमित रुपमा सावुनपानीले हात धुने, मुख, नाक, आँखामा नछुने, व्यक्तिगत स्वास्थ्यमा ध्यान दिने, प्राकृतिक खानपानमा ध्यान दिने, नियमित शारीरिक व्यायाम गर्ने, तातो पानी खाने, भिटामिन सी जन्य फलफूल, तरकारी खाने, मासु, अण्डा खाँदा राम्ररी पकाएर खाने, चिल्लो बोसोयुक्त खानेकुराहरु नखाने, बजारवाट किनेर ल्याएको फलफूल, तरकारी राम्ररी पखाल्ने र घरमै मात्र बसिरहने जसले गर्दा कुनै पनि चिरपरिचित व्यक्तिहरुसंग भेटघाट हुन पाउँदैन र कोरोनाको संक्रमणको जोखिमवाट बच्न सकिन्छ । विश्व समुदायमा ल्याएका चुनौतिहरु भविष्यका दिनहरुमा पनि केही समयसम्म एक व्यक्तिले अर्को व्यक्तिलाई शंका उपशंका गर्ने वानी पर्ने जाने देखिन्छ भने कुनै पनि ठाउँमा निधक्कसाथ जाने, घुम्न सक्ने छैन जसले गर्दा धेरै समयसम्म मानिस मानिसबीच, स्थान स्थानबीच, सामाज र राष्ट्रबीच सामाजिक दूरी कायम रहने देखिन्छ । विज्ञानको चरमा विकास हुँदा हुँदै पनि आज मानिसहरु प्रकृतिवाट टाढा हुँदै अप्राकृतिक खानपान, रहनसहन लगायत कृयाकलापले गर्दा वेलावेलामा ठूलासाना संकटहरुको सामना गर्नु परिरहेको छ । यसैको एउटा उदाहरण हो हालैको कोरोना भाईरसको संक्रमण । जुन आज विश्वको एउटा चुनौतीको रुपमा मानव सभ्यता नै संकटमा पर्ने अवस्था सृजना भई आज विश्वलाई नै स्तव्ध बनाईदिएको छ । आज विश्वमा जतिसुकै भौतिक बस्तु या सुविधाको विकास भए पनि उक्त संक्रमणलाई रोक्न वा निर्मुल पार्न सफल हुन सकेको छैन । जसले सम्पूर्ण मानवजगतलाई भयवित पारेको छ । यस संक्रमणले विश्वका मानिसहरुबीच सामाजिक भयत्रास ल्याइदिएको छ । भविष्यका दिनहरुमा पनि केही समयसम्म एक व्यक्तिले अर्को व्यक्तिलाई शंका उपशंका गर्ने वानी पर्ने जाने देखिन्छ भने कुनै पनि ठाउँमा निधक्कसाथ जाने, घुम्न सक्ने छैन जसले गर्दा धेरै समयसम्म मानिस मानिसबीच, स्थान स्थानबीच, सामाज र राष्ट्रबीच सामाजिक दूरी कायम रहने देखिन्छ । नेपालमा अगाडि देखिएका चुनौतिहरु विश्वका विकसित देशको तुलनामा नेपालको स्वास्थ्य सेवा तथा सुविधाको त्यति राम्रो र सुविधा सम्पन्न भएको छैन । जसले गर्दा कुनै पनि संक्रमणहरु फैलिएको खण्डमा देशले धान्न पनि गाह्राे हुन्छ । नेपालमा पर्याप्त मात्रामा अस्पताल, औषधि, उपकरण, ल्याव, डाक्टर, नर्स, प्राविधिक नभएकोले गर्दा देशको सवै ठाउँमा सम्मान रुपमा राम्ररी स्वास्थ्य सुविधा दिन सम्भव छैन । आज कोरोना संक्रमण नेपालमा फैलिएको भए त्यसलाई रोकथाम गर्न कुनै पनि हालतमा सकिंदैन । यसबाट सम्वन्धित पक्षलाई यस महामारीले ठूलो पाठ सिकाएको छ । देशमा रहेका अस्पतालहरुलाई आधुनिकरण गरि व्यवस्थित बनाउने, प्रयोगशालाहरुलाई आवश्यक उपकरणहरुको व्यवस्था गर्ने, औषधि लगायत स्वास्थ्य सुविधालाई आवश्यक उपकरण, साधनहरुको आवश्यक रुपमा भण्डार गर्ने, आपतकालिन अवस्थामा कुनै पनि स्वास्थ्य सेवाको आवश्यक हुँदा त्यसको पूर्वकालिन व्यवस्थापन गरिराख्ने र त्यसको नेटवर्किङ गरिराख्ने हाम्रा देशको चुनौतीको रुपमा रहेका छन् भने त्यसबाट शिक्षा लिनु पर्ने देखिन्छ । नेपालले विश्वलाई दिएको सन्देशहरु विश्वका कैयन विकसित देशहरु अनुशासित नभएका कारण आज कोरोना संक्रमणको ठूलो मारमा परिरहेका छन् । जसबाट मानविय, भौतिक, सामाजिक, आर्थिक क्षति व्यहोरिरहेका छन् । आज विश्वका विकसित मुलुकहरुलाई नेपालले ठूलो पाठ सिकाएकाे छ भने समयमै लकडाउन गरेर देशका नागरिकलाई कोरोना संक्रमण हुनबाट बचाएका छ, जुन विश्वलाई दिएको ठूलो तथा महत्वपूर्ण संदेशको रुपमा लिन सकिन्छ । विश्वका कैयन विकसित देशहरु अनुशासित नभएका कारण आज कोरोना संक्रमणको ठूलो मारमा परिरहेको छ । जसवाट मानविय, भौतिक, सामाजिक, आर्थिक क्षति व्यहोरिरहेका छन् । यसको असर धेरै समयसम्म भईरहने देखिन्छ । सामाजिक दुरीको कायम गर्न नसक्नु, संक्रमण भईसक्दा पनि आफ्नो स्वास्थ्यमा ख्याल नराख्नु, कुनै सावधानी नगर्नु नै विश्वमा कोरोना संक्रमणको व्यापक रुपमा फैलिरहेको देखिन्छ । विश्व अर्थतन्त्र र नेपाली अर्थतन्त्रमा पार्ने प्रभावहरु विश्वभरि नै महामारीको रुपमा फैलिएको यो कोरोना भाइरस संक्रमणले नेपाल या कुनै देशको अर्थतन्त्रलाई मात्र प्रभाव नपारिकन सारा विश्वकै अर्थतन्त्रलाई नराम्रोसंग प्रभाव पार्ने देखिन्छ । सारा विश्व नै ठप्प पारेको अवस्थामा सम्पूर्ण मानिसको क्रियाकलाप नै बन्द भईसकेपछि त्यसबाट हुने आर्थिक गतिविधिहरु पनि स्वतः नै ठप्प हुने स्वभाविकै छ । विश्वभरिको कलकारखाना, उद्योगधन्दा, उत्पादन लगायत होटल, यातायात, हवाई व्यवसायहरु सबै बन्द भए पछि त्यसबाट हुने आयआर्जनहरु पनि सबै शुन्यमा जाने स्वभाविकै छ । यसबाट हरेक व्यक्ति, संस्था, समाज, देश र सारा विश्वमा नै नकारात्मक असर पर्ने देखिने छ । नेपालको सन्दर्भमा प्रायः जसो सबै सामानहरुको विदेशी देशहरुमा आयातमा भर पर्ने देशमा त धेरै भन्दा धेरै आर्थिक समस्या हुने देखिन्छ । यो भाइरसको संक्रमण सकिए पछि यसले प्रत्येक व्यक्तिहरुको आर्थिक क्षेत्रमा नराम्रोसंग असर पर्ने त छदैछ भने समाज, संस्थाहरु, राष्ट्रहरुमा पर्नाले विश्वकै अर्थतन्त्रमा नराम्रो गरी असर पार्ने देखिन्छ । विश्वमा भएका ससाना उद्योग, कलकारखाना देखि सम्पूर्ण व्यवसायहरुमा आर्थिक मन्दि आउनुका साथै प्रत्येकको आयस्रोतमा कमि हुने देखिन्छ जसले गर्दा आगामी दिनहरुमा आर्थिक कारोवारको गिरावट आउनुका साथै विभिन्न सामानहरुको प्रयोगमा कमि हुनुका साथै उत्पादनमा समेत ह्रास आउने छ । यो संक्रमणको प्रभाव भविष्यमा धेरै समयसम्म हुने देखिन्छ जसले गर्दा प्रत्येक मानिसहरुको आयस्रोतमा समेत कमि हुन गई क्रयशक्तिमा कमिआई उत्पादन हुने सामानहरुको प्रयोगमा समेत कमि भई आर्थिक कारोवारमै ठूलो समस्या हुने देखिन्छ जसले गर्दा विश्व अर्थतन्त्रमा नराम्रो असर हुने देखिन्छ । मानव सभ्यता र संस्कृतिमा पार्ने असरहरु विश्वमा महामारी रुपमा संक्रमण भईरहेको कोरोना भाइरसले गर्दा हरेक क्षेत्रमा असर पर्ने यथावत छदैछ । यस महामारीवाट वच्न सामाजिक दुरी कायम गर्ने सिलसिलामा एक व्यक्तिले अर्को व्यक्तिको सम्पर्कमा दुरी कायम गर्नु पर्ने हुन्छ । जसको फलस्वरुप यो संक्रमण धेरै अवधिसम्म हुने सक्ने भएकोले गर्दा मानिसहरु एक आपसमा सम्पर्कमा रहने लगायत समूहमा वस्ने, एक ठाउँवाट अर्को ठाउँमा जाने, जात्रापर्व, चाडवाड गर्ने कामहरुमा पनि अवरोध हुने देखिन्छ । जसले गर्दा नेपाल जस्तो विविध संस्कृती, चाडवाड, रहनसहन, खानपान भएको देशमा यी कृयाकलापहरु पूर्ण रुपमा वन्देज हुने जस्तो देखिन्छ । कुनै पनि समुदायहरुको जमघट, भेला, नजिक जाने गर्दा संक्रमण हुने या एकआपसमा संक्रमणको शंकाउपशंका गर्ने वानी पर्न जाने देखिन्छ भने सो कारणले कुनै पनि जमघट, भेला, जात्रा, पर्व नै नहुन सक्ने देखिन्छ । जसले गर्दा हजारौं वर्ष देखि मानि आएको संस्कृती, संस्कारहरुमा नै असर पर्ने देखिन्छ भने हजारौं वर्ष देखिको मानव सभ्यता मै प्रश्न चिन्ह खडा गरिदिने सम्भावना देखिन्छ । मानिसहरुको जन्म देखि मृत्युसम्म गरिने संस्कार तथा भोजभतेरहरुमा उपस्थित हुन पनि मानिसलाई हिचकिचाहत हुने देखिन्छ । यी सवै प्रकारका नकारात्मक क्रियाकलापहरुले गर्दा मानव सभ्यता र संस्कृतिहरुमा यो महामारीले नराम्रोसित असर पार्ने देखिन्छ । मानवजातिको भविष्यमा थपिएका चुनौतिहरु कोरोना भाइरसको संक्रमण विश्वलाई स्तब्ध पारेको अवस्थामा हरेक क्षेत्रमा नकारात्मक असर तथा थप चुनौति हुन स्वभाविकै हो । जसको कारणले अबका दिनहरुमा मानवजातिले भविष्यको लागि नौलो किसिमले सोच्नु पर्ने बाध्यता बनाई दिएको छ । यस संक्रमण पछिका दिनहरुलाई सकारात्मक साेचबाट अगाडि बढाउनु पर्ने पाठ सिकाएको छ । आफ्नो स्वास्थ्य, प्राकृतिक खानपान, रहनसहन लगायत सरसफाईलाई प्राथमिकता साथ समाज, समुदाय, राष्ट्रमा सकारात्मक रुपले प्रत्येकले साेचमा परिवर्तन गर्नु पर्ने अनुभुति हुने देखिन्छ । मानवजातिले स्वास्थ्य क्षेत्रमा प्रतिकुल व्यवस्थापन तथा हरदम तयारीको अवस्थामा हुनु पर्ने, आवश्यक पर्ने स्वास्थ्य साधन, प्रयोगशाला, औषधी, उपकरण लगायत यावत सामानहरुको भण्डारण गरिराख्नु पर्ने साथै व्यवस्थापन पक्षमा पनि यसको तयारी अवस्थामा हुनु पर्ने शिक्षा लिनु पर्नेछ । त्यसका साथै नागरिकहरुको सम्पूर्ण तथ्याङ्गहरुको विवरण सम्वन्धित निकायहरुमा हुनु पर्ने, एक ठाउँवाट अर्को ठाउँमा वसाई सरेको तथा भ्रमण लगायत कामको सिलसिलामा आएका व्यक्तिहरुको विवरण पनि सम्वन्धित निकायहरुमा हुनु पर्ने देखिन्छ । जसले गर्दा कुनै पनि आपतकालिन अवस्थामा कुनै व्यवस्थापन गर्न सजिलो हुने देखिन्छ । त्यसैले अबका दिनहरुमा सो कामहरुमा पनि ध्यान दिन सकेको खण्डमा हामी कुनै पनि महामारीलाई सजिलैसित जित्न सक्ने छ । भविष्यमा मानवजातिमा विभिन्न प्रकारका चुनौतिहरु हुने सम्भावना आउने देखिन्छ जस्तै स्वास्थ्य सेवा सुविधा, खानपान समस्या, प्राकृतिक दृश्यालोकनमा समस्य, घुमफिर, भेटघाट आदि । वातावरण र जीवजगतमा पर्ने असर कोरोना भाइरसको संक्रमणवाट जोगाउन विभिन्न प्रकारका किटनाशक औषधिको स्प्रे गरिरहेको पाइन्छ त्यसले कोरोन भाइरसलाई भन्दा अन्य किराहरुलाई असर गर्नुका साथै मानव स्वासप्रश्वास पनि नकारात्मक असर पर्ने देखिन्छ भने वातावरणीय चक्रलाई समेत हानी नोक्सानी पुर्याउने छ । मानव जीवजगत र वातावरण वीच एकआपसमा राम्रो सम्वन्ध हुनु अत्यन्तै जरुरी छ । हामीले वातावरणलाई सँधै अनुकुल हुने क्रियाकलाप मात्र गर्नु पर्दछ । आज विश्वमा वातावरण प्रतिकुल क्रियाकलापले गर्दा कोरोना संक्रमणको महामारी फैलिएको देखिन्छ । यसरी मानवले प्रकृतिलाई भुलेर अप्राकृतिक रहनसहनका साथै विभिन्न क्रियाकलाप गर्दा नै वेलावेलामा विभिन्न किसिमका महामारीको अवस्था सृजना भईरहन्छ । हामी सवैले सँधै सकेसम्म वातावरण अनुकुलमा रही विभिन्न क्रियाकलापहरु गर्नु पर्दछ । आज फैलिरहेको कोरोना महामारीले अवका दिनमा मानवजीवनमा यसवाट ठूलो असर पर्नुका साथै वातावरणमा पनि नकारात्मक असर पर्ने देखिन्छ । कोरोना भाइरसको संक्रमणवाट जोगाउन विभिन्न प्रकारका किटनाशक औषधिको स्प्रे गरिरहेको पाइन्छ त्यसले कोरोन भाइरसलाई भन्दा अन्य किराहरुलाई असर गर्नुका साथै मानव स्वासप्रश्वास पनि नकारात्मक असर पर्ने देखिन्छ भने वातावरणीय चक्रलाई समेत हानी नोक्सानी पुर्याउने छ । यदि कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा विरामीहरुलाई अत्यधिक मात्रामा उपचारमा प्रयोग गरिने साधनहरुको फोहोर व्यवस्थापन राम्रो संग गर्न सकिएन भने पनि यसले वातावरणमा नराम्रो संग असर गर्ने देखिन्छ । यस्ता प्रकारका क्रियाकलापवाट धेरैभन्दा धेरै वातावरणलाई प्रत्येक्ष रुपमा प्रतिकुल असर हुने देखिन्छ । हाल विश्वमा सम्पूर्ण क्रियाकलाप र आवतजावत पनि वन्द भएको अवस्थामा वातावरणमा दूषित धुलो धुवाको प्रदुर्शन धेरै कम भई आकास नै निलो देखिएको छ भने भविष्यमा संक्रमणको जोखिम कम हुँदै गएपनि पछि सवै क्रियाकलापहरु संचालनमा आउँदा फेरी वातावरणमा एकैचोटी नराम्रो प्रर्दुशनले फेरी मावनजातिमा ठूलो असर पर्ने देखिन्छ । त्यसैले अवका दिनमा मानवजातिले वातावरणलाई ध्यानमा राखि हरेक क्रियाकलाप गर्नु पर्ने देखिन्छ । यस कोरोना महामारीलाई जित्नको लागि एउटै मात्र उपाय छ सुरक्षित तरिकाले घरमा बस्ने हो । भूगोल केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर [email protected]