जीवन बीमाले गरे पौने २ खर्ब रुपैयाँको व्यवसाय, नेपाल लाइफकाे सबैभन्दा धेरै

काठमाडौं । जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०८१/८२ मा पौने २ खर्ब रुपैयाँको व्यापार गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले गत वर्ष १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।  गत आवमा बीमा कम्पनीहरूले आर्जन गरेको बीमा शुल्क अघिल्लो आवको तुलनामा १६.०५ प्रतिशतले बढी हाे । बीमा कम्पनीहरूले आवमा १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए। बीमा प्राधिकरणका अनुसार असारमा मात्रै २२ अर्ब ७० करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।  नेपाल लाइफकाे सबैभन्दा धेरै व्यापार गत आव २०८१/८२ मा सबैभन्दा धेरै व्यापार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा छ । गत आवमा नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आव २०८०/८१ को तुलनामा १७.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो वर्षमा कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले १६.७७ प्रतिशतले व्यापार बढेको छ ।  लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले गत आवमा १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको व्यवसाय १०.०४ प्रतिशतले बढेको हाे । अघिल्लो आवमा कम्पनीले १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । हिमालयन लाइफ इन्स्योरेन्सले गत आवमा १७ अर्ब ६६ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । अघिल्लो आवमा कम्पनीले १६ अर्ब ६० करोड ८० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । त्यस्तै गत आवमा सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ, एशियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । त्यसैगरी सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ७ अर्ब ६९ लाख रुपैयाँ, मेट लाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । 

निर्जीवन बीमाको व्यापार ६.७७ प्रतिशतले बढ्यो, २ कम्पनीको व्यापार खस्कियो

काठमाडौं । गत आर्थिक वर्ष २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्बभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले २८ लाख ६४ हजार ९४५ वटा बीमालेख जारी गरेर ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् । आव २०८१/८२ मा बीमा कम्पनीहरूले आर्जन गरेको व्यापार अघिल्लो वर्षको तुलनामा ६.७७ प्रतिशतले बढेको छ । कम्पनीहरुले आव २०८०/८१ मा २८ लाख ४९ हजार ९३४ वटा बीमालेख जारी गर्दै ४१ अर्ब १७ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । सबैभन्दा धेरै व्यवसाय भित्र्याउनेमा शिखर अगाडि गत आवमा शिखर इन्स्योरेन्सले सर्वाधिक व्यापार भित्र्याएको छ भने व्यापार वृद्धिको हिसाबले भने नेपाल इन्स्योरेन्स अगाडि रहेको छ । समीक्षा वर्षमा शिखर इन्स्यारेन्सले ५ अर्ब ७९ करोड ४२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको । जुन अघिल्लो वर्षको तुलनामा ५.९२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।  धेरै व्यवसाय भित्र्याउने दोस्रो कम्पनीमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) रहेको छ । सलिकोले गत आवमा ५ अर्ब २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीले आफ्नो व्यवसाय ४.४७ प्रतिशतले बढाएको छ । तेस्रो धेरे व्यवसाय आर्जन गर्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्यारेन्स रहेको छ । सिद्धार्थ प्रिमियरले गत आवमा ४ अर्ब ३१ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.१९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षमा कम्पनीले ४ अर्ब १७ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।  त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ४ अर्ब १० करोड ४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आवमा कम्पनीले ३ अर्ब ७२ करोड २९ लाख रुपैयाँ व्यवसाय आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको व्यवसाय १०.१४ प्रतिशतले बढेको छ ।  आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा ३ अर्ब ८६ करोड ५७ लाख रुपैयाँ  कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवमा कम्पनीले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । गत आवमा नेको इन्स्यारेन्सले  ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले ३ अर्ब ६ करोड ४८ लाख रुपैयाँ, युनाइटेड अजोडले २ अर्ब ७८ करोड ३५ लाख रुपैयाँ, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब ७० करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।  त्यस्तै, सानिमा जीआईसीले २ अर्ब ७० करोड ३२ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले २ अर्ब ३ करोड ७४ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्सले १ अर्ब ८६ करोड ९३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । दुई कम्पनीको व्यवसाय घट्यो समीक्षा वर्षमा राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सको व्यापार घटेको छ । अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा संकलन गरेकोमा गत आवमा  १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ संकलन गरेको छ । समीक्षा वर्षमा कम्पनीको व्यापार १३.४८ प्रतिशतले घटेको हो । त्यस्तै, समीक्षा वर्षमा नेशनल इन्स्योरेन्सको व्यापार ११.४४ प्रतिशतले घटेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ५९ करोड ४० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा गत आवमा १ अर्ब ६ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ ।   

बीमा कम्पनीले भारतीय एक्चुअरीलाई भुक्तानी गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने

काठमाडौं । नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्भे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ । राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत परिपत्र २०८१ मा महत्त्वपूर्ण संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । ‘नेपाली बीमा कम्पनीहरूले विशेषज्ञ सेवाहरू एक्चुअरी, सर्भे र भ्यालुएसन लगायतका लागि प्राकृतिक व्यक्तिलाई गर्नुपर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन्,’ राष्ट्र बैंकको संशोधित निर्देशनमा भनिएको छ ।