गार्डियन माइक्रो लाइफको कुल बीमाशुल्क ९८५ प्रतिशतले बढ्यो

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१ /८२ मा  ४५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले संकलन गरेको कुल बीमा शुल्क अघिल्लो आवको तुलनामा ९८५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको चौंथो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीको खुद बीमा शुल्क पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ३९ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९८२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो । गत आवमा कम्पनीको खुद नाफा पनि बढेको छ । कम्पनीले समिक्षा वर्षमा ६ करोड १ लाख रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो आवमा कम्पनीले २२ लाख २९ हजार रुपैयाँ नाफा गरेको थियो ।  समिक्षा वर्षम कम्पनीको रिडेन्ड अर्निङमा ४ करोड ८१ लख ५७ हजार रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६२ लाख ११ हजार रुपैयाँ रहेको छ । 

राष्ट्रिय बीमा कम्पनीको नाफा ४२.७६ कराेड रुपैयाँ, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले गत आर्थिक वर्ष २०८१ /८२ को चौथो त्रैमाससम्ममा ४२ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नाफा घटेको छ । कम्पनीले गत आवमा जुन अघिल्लो आवको तुलनामा ३१.८३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ६२ करोड ७३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ६५ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको कुल बीमा शुल्क आर्जन १०.०८ प्रतिशतले घटेको छ । समिक्षा वर्षमा कम्पनीको कम्पनीको खुद बीमा शुल्क आर्जन पनि घटेको छ । कम्पनीले गत आवमा २४ करोड ७४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले ३१ करोड १० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क २०.४५ प्रतिशतले घटेको छ ।  गत आर्थिक वर्षमा कम्पनीको रटेन्ड अर्निङमा २ अर्ब ४७ करोड ५३ लाख रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीको महाविपत्ती कोषमा ६९ करोड २२ लाख, स्पेसल रिर्जभमा ३ अर्ब १५ करोड, र अन्य इक्विटीमा १० अर्ब ७० करोड रुपैयाँ रहेको छ ।

नेशनल लघुवित्तको नाफा दोब्बरले बढ्यो, यस्ता छन् अन्य वित्तीय सूचक

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौंथोे त्रैमास (असार) सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार नाफा र आम्दानीमा उल्लेखनीय वृद्धि भएको छ ।  गत वर्ष कम्पनीको खुद नाफा दुई गुणा अर्थात १३६.३ प्रतिशतले बढेर ४७ करोड ४० लाख ४६ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवमा २० करोड ५ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, कम्पनीको खुद ब्याज आम्दानी ४४.५९ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५५ लाख २३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ११ करोड ७२ लाख १८ हजार खुद ब्याज आम्दानी आर्जन गरेको थियो । त्यस्तै कम्पनीको सञ्चालन नाफा दोब्बरले वृद्धि भएको छ । कम्पनीले अघिल्लो वर्ष ३३ करोड ७९ लाख रुपैयाँ सञ्चालन नाफा कमाएकोमा गत वर्ष ६७ करोड ७७ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ३५.६० रुपैयाँ छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३९.३३ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४५ रुपैयाँ छ । त्यसैगरी तरलता अनुपात २०.३० रहेको छ ।