बैंकका कर्मचारीको बेथाः जति चोटी मर्ज, उति चोटी नोकरी चट्

आज विहान कार्यालय जाने क्रममा धेरै दिन पछि मेरे एकजना बैंकमा काम गर्ने पुरानो साथी भेट् भयो । धेरै दिनपछि भेट भएकोले म खुशीले गद्गद् हुदै उसको हालखवर सोध्न थाले । के छ यार ? धेरै दिन पछि भेट् भयो… के छ तिम्रो खवर ? के छ परिवारको खवर…? सोधेको मात्र थिएँ– उसले ठिक छैन् यार भन्दै निदाउरो अनुहार लगायो । मैले फेरि सोधेँ– किन र के भयो ? पुनः प्रश्न गरें । जवाफमा उसले हाम्रो बैंक मर्जरमा जाने भयो नि ! उसले भन्यो । अनि मैले फेरि भनेँ– यो त खुशीको कुरा होइन र ? मेरो सहानुभूतिका शब्दप्रति उसको कुनै चासो देखिएन । काम गरिरहेको विकास बैंक मर्जरमा जाने र मर्जरमा गएपछि आफूले काम गरिरहेको सानो संस्थाका कर्मचारी राख्न पनि सक्ने वा नराख्न पनि सक्ने कुरा सुनायो । राखिहाले पनि परीक्षा दिनु पर्ने र पास भएपछि मात्र राख्नको लगि सिफरिस हुने कुरा सुनायो । उसको त्यस्तो कुरा सुनेर मेरो मन खिन्न भयो । यो त एउटा उदाहरण मात्र हो । नेपाल रास्ट्र बैंकको विगतको अदुरदर्शी निर्णयले ५० र ६० को दशकमा देशमा इजाजतपत्र प्राप्त गर्दै धमाधम बैंक, विकास वंैक , माइक्रोफाइनान्स, बीमा लगायत आर्थिक कारोबार गर्ने संस्थाहरु खुले । त्यस लगतै शहर केन्द्रित र मुनाफमुमी भएको भन्दै फेरि रास्ट्र बैंकले नाफामुखी संस्थालाई वाध्यात्मक परिस्थितिको सिर्जना गराई गाउँ गाउँमा शाखा विस्तार गनुपर्ने नभए शहरमा शाखा विस्तार गर्न नपाउने कुराले अकुंश लगायो । फलस्वरुप धमाधम शाखाहरु गाउँ गाउँमा खुले । शाखा खुलेपछि कर्मचारी आवश्यक भयो । र, एउटा युवा जमात जो अमेरिका, अस्ट्रेलिया वा कुनै युरोपियन देश जाने र आफनो भविश्य सुरक्षित गर्ने सपना देखिरहेको थियो उसले आफ्नै देशमा धमाधम बैंक र वित्तीय संस्थाको शाखाहरु आफ्नै गाउँ गाउँमा खुलेको देख्दा राजगारी देख्यो । सुन्दर भविष्यको सपना देख्यो । विगतमा नेपालमा कसैले पनि सायद सोचेको थिएन् होला, नेपालको वित्तीय क्षेत्र यति ठुलो बन्छ र करिब एक लाखलाई रोजगारी दिन सक्छ भनेर । तर, आज पनि बैंकिङ क्षेत्रमा रोजगारी र भविश्य देखिरहेको अर्को नयाँ पुस्ता वित्तीय क्ष्ोत्रमा रोजगारीको पर्खाइमा भइरहेको वेला, आर्थिक वर्ष २०७२/७३ को मौदिक नीतिमार्फत नेपाल रास्ट्र बैंकले वाणिज्य बैंकहरुलाई चुक्ता पुँजी दुई अर्ब रुपैयाँबाट आठ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गर्यो । साविकको चुक्ता पुँजीबाट चार गुणा पुँजी वढाउनुपर्ने कुरा सवै बैंकहरुलाई टाउको दुखाइको विषय र काम भयो । बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा जानुको विकल्प रहेन । यसले नयाँ पुस्ता प्रवेशको वाटो मात्र असहज वनाएन कि मर्जरले दोहोरिएको शाखाहरु धमाधम बन्द भए, ठूला भनिएका संस्थाहरुले प्राप्ति भई आएका संस्थाका कर्मचारी राख्ने कि नराख्ने भन्नेसम्मका निर्णय गर्ने भए । पहिला जागिर गरिरहेको संस्था मर्जर एक्वीजीसनपछि भएको नयाँ संस्थामा काम गर्नको फेरि परीक्षा दिनु पर्ने वाध्यात्मक पस्थितिको सिर्जना भयो । जसले खाइरहेको पदभन्दा घटुवामा नोकरी गर्नुपर्न वाध्यता सिर्जना भयो । सम्मानमा ठेस पुगेको भन्दै कयौंले नोकरी छोडे । एउटा संस्थाले अर्को संस्थालाइ मर्ज गर्छ वा प्राप्ती गर्छ भने उसले त्यो संस्थाको पुँजी तथा दायित्व सवै स्वीकारेको हुन्छ । राम्रो नराम्रो सवै स्वीकारेको हुन्छ संस्था स्वीकारेपछि । त्यही संस्थालाई विगतदेखि यहाँसम्म ल्याइपुर्याउने र रातदिन नभनी काम गर्ने कर्मचारीलाई समान पदमा स्वीकार्न किन हिचकिच ? परीक्षा भनेको त प्रमोशनको लागि पो लिने कुरा हो नि, हैन ? समान पदमा बस्नको लागि पनि परीक्षा दिनु पर्ने ? झन् ठूला संस्थाहरुले सानो संस्थाहरुका कर्मचारीलाई कसरी सहज वातावरणमा काम गर्न सकिन्छ भन्दै सोच्नु पर्ने होइन ? संम्बन्धित बैंक तथा वित्तीय संस्थाका व्यवस्थापकले र नेपाल रास्ट्र बैंकले पनि मर्जपछि कर्मचारीको हक हितको कुरालाई लिएर स्पस्ट नीति बनाउनु पर्ने देखिन्छ । अन्यथा संस्था मर्ज हुने तर कर्मचारी मर्ज नहुने हो भने कर्मचारीका लागि मर्ज भन्ने कुर जति चोटी मर्ज उति चोटी नोकरी चट नहोला भन्न सकिदैन ।

सेयर बजारमा नलागेको भए म अहिले सडकमा हुन्थें

काठमाडौं । २०३० सालको कुरा हो । सायद म करिब १५ वर्षको थिएँ । र, कक्षा १० मा पढ्दै थिएँ । म ‘क्विज कन्टेक्स्ट’ र स्पेलिङ्ग कन्टेक्स्टमा एकदमै इन्ट्रेष्टेड थिएँ । र, कतिपय प्रतियोगितामा भाग पनि लिन्थेँ । त्यो बेला शिक्षकहरुले ब्याल्क बोर्डमा दिनभर देशविदेशमा भएका घटनाहरु टाँगिदिनुहुन्थ्यो । र, हामी ध्यान दिएर पढ्थ्यौं । त्यही क्रममा एकदिन आइल्यान्डको राजधानी रेक्जाभिकमा वर्ल्ड टेष्ट क्यापियन टुरनामेन्ट भइरहेको भन्ने पढियो । योङ्गस्टार भर्सेस् एक्पेरिएन्स्ड । जसमा अमेरिकाको १५ वर्षको केटोले च्यालेन्ज गरेको थियो । र, उनले ५० वर्षकोलाई हराएर जिते हासिल गरे पनि । आफु पनि १५ वर्षकै उमेरको भएर होला मलाई त्यसमा खुब चाख लागेको थियो । अर्को, सेयर बजारसँग सम्बन्धित थियो । जुन म कहिल्यै पनि बिर्सिन्न । त्यो बेलामा मलाई सेयर बजारका एबीसी पनि थाहा थिएन । थाहा हुने कुरा पनि भएन । त्यतिखेर जापानमा सामान्य इकोनोमिक क्राइसिस थियो । क्राइसिस हुँदा सरकारले आफ्नो जनताहरुसँग बचत भएको पैसा सेयर बजारमा लगाउनुस् भनेर अपिल गरेको थियो । सरकारले इकोनोमी क्राइसिस्हरु हटाउनको लागि गृहिणी, विद्यार्थी, कर्मचारी, व्यवसायीहरु लगायत बचत भएको पैसा सेयर बजारमा लगाउन आग्रह गरेको थियो । त्यहाँको जनताहरु एकदम लोयल हुन्छन् । र, उनीहरुले सबैले आफ्नो बचतको पैसाहरु बजारमा लगानी गरे । त्यसको फलस्वरुप टोयटा, निसान, नेशनल प्यानासोनिक, जस्ता जति कम्पनी छन् जापानका आज यो लेभलमा पुग्न सफल भएका छन् । जुन जनताको लगानीले गर्दा हो । यसलाई नेपालमा कसरी रिलेट गर्छु भने । आजभन्दा करिब साढे ५ वर्षभन्दा अगाडि म कमलादीमा रहेको एक ब्रोकरकोमा काम गर्थें । एकदिन म त्यहाँ गइरहेको थिएँ । कमलादी गणेशथानतिर एकदमै लामो लाइन देखेँ । र मलाई के को लाइन रहेछ भनेर बुझ्न मन लाग्यो र हेर्न गएँ । र, अचम्म लाग्यो । त्यहाँ आईपीओ भर्नको लागि त्यत्रो लाइन रहेछ । त्यो पनि हाइड्रोको । त्यो क्रममा मैले ४/५ जना महिलाहरुलाई भेटेँ । र एक महिलालाई सोधेँ ‘दिदी तपाईं कहाँबाट आउनुभएको ?’ भन्दा उहाँले धादिङबाट आएको आईपीओ भर्न भन्नुभयो । अनि कति रुपैयाँको भर्नुहुन्छ भनेर सोध्दा उहाँले १० देखि १५ हजार रुपैयाँसम्मको भन्नु भयो । त्यसपछि मलाईं उहाँले भन्नुभएको कुराले छोयो । यससँगै मैले यी कुरालाई नेपालको पुँजीबजारसँग रिलेट गरेर हेर्दा के लाग्यो भने अहिले नेपालमा धेरै कामहरु छैनन् । खासगरी २०५१/२०५२ सालदेखि माओवादी इरा भयो । त्यसपछि धेरै उद्योगधन्दा बन्द भयो । कार्पेट गार्मेन्टहरु पनि ६०० वटा जति बन्द भयो । त्यसमा मेरो पनि पर्यो । म गार्मेन्टमा पनि काम गर्थें । करिब ३५ वर्षजति त्यहाँ काम गरेँ । मेरो श्रीमतीजीले पनि २८ वर्षसम्म उक्त गार्मेन्टको प्रडक्सन डिपार्टमेन्टमा रहेका काम गर्नुभयो । युनियनको समस्याले हाम्रो गार्मेन्ट बन्द भयो । बन्द भएपछि ६ देखि ८ महिनासम्म खाली बसेँ । त्यो अवधिमा लण्डन गएँ र फर्केर आएँ । जब मेरो गार्मेन्ट फ्याक्ट्री बन्द भयो । मलाईं पैसाको अभाव भयो । किनभने मैले जबरजस्ती बन्द गरेको थिएँ । त्यसपछि मलाईं के गरौं गरौं भयो । त्यसपछि विद्यार्थी हुँदा सेयर बजारमा लगानी गरेको सम्झना आयो । २०३२/०३५ सालमा म शंकरदेव क्याम्पसमा बिकम पढिरहेको थिएँ । मेरो एक जना पुरानो साथी हुनुहुन्थ्यो प्रमोद धिताल । जो सेयर मार्केटमा काम गर्नुहुन्थ्यो । उहाँसँग काम गर्न जान्दा जान्दा म बजारमा लाग्ने अवसर पाएँको थिएँ । त्यो बेलामा बुबाआमाले दिनुभएको पकेट मनिहरु सेभिङ्ग गरेर सेयर बजारमा लगानी गरेको थिएँ । त्यहि पैसाहरु सेयर मार्केटमा लगानी गरेको थिएँ । पहिलो लगानी नै अहिलेको नेपाल इन्भेष्टमेन्ट बैंकमा गरेको थिएँ । त्यस्तै, एभरेष्ट एन्स्योरेन्स र बङ्गलादेश बैंकको सेयर भरेको थिएँ । त्यो सेयर मैले आजभन्दा ११ वर्षअघि अर्थात जब मलाईं पैसाको खाँचो परेको थियो । त्यो बेला निकालेर हेर्दा डेढ करोड रुपैयाँ बराबरको सेयर भईसकेको थियो । जबकी मैले ४ देखि ५ लाख रुपैयाँ जतिको आईपीओ भरेको थिएँ । अनि मलाई बढो अचम्म लाग्यो । याे क्षेत्र त अचम्मकै रहेछ भनेर त्यो बेलादेखि सेयर मार्केटमा लागे । त्यतिबेला अहिलेको जस्तो अनलाइन मिडियाहरु केहि पनि थिएन । एक दुई जना थिएँ कुन सेयर किन्ने भनेर एसो हात राख्दिन्थे । त्यो हात हाल्देको भरमा हामीले सेयर किन्ने हो । किन कसो भन्ने कुनै कारण नै थिएन । त्यस्तो समय थियो । म बजारमा छिर्दा नेप्से परिसूचक ३४० थियो । त्यो बेला माओवादीको सरकार थियो । बाबुराम भट्टराई अर्थमन्त्री हुनुहुन्थ्यो । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल । त्यो बेलामा उहाँले पुँजीबजारलाई जुवाको घर भनिदिनु भयो । ११७५ बाट मार्केट घटेर ३४० बिन्दुमा आईपुगेको थियो । म छिरे ३४० मा । लगानी गरेँ । लगानी गर्दा गर्दा २९२ मा झर्यो । यो अवधिमा मैले ५० लाख बढी रुपैयाँ गुमाईसकेको थिएँ । त्यहि मेला मेरो श्रीमतिजी लण्डनबाट फर्केर नेपाल आउनुभयो । एकदिन कोठामा टिभी हेर्दै चियानास्ता गर्दै थियौं । त्यहिबेला टिभीमा सेयर बजार धरासायी भनेर समाचार आयो । अनि श्रीमतिजीले गार्मेन्ट बन्द गरेर गलत समयमा सेयर बजारमा लाग्नुभएछ, नलाग्नु भन्नुभयो । त्यो बेला सबै रिलेटिभहरुबाट पनि तपाईं सेयर बजारमा नलाग्नु भन्ने जस्ता सुझाव आयो । तर मैले ‘एकदिन यस्तो समय आउँछ, जसले पुँजीबजारमा सबैले मेरो नाम चिन्छन् । अहिले सिक्दै छु । म यसलाई राम्रो बनाउनको लागि राम्रो काम गर्छु ।’ भन्ने लाग्यो । र, आफैले ब्यालेन्ससिट मार्फत कम्प्यारेटिभ चार्ट बनाउन थाले । अहिलेको जस्तो मिडिया थिएन । एक्सेल बनाउँन पनि आउँदैन थियो । कम्प्यारेटिभ चार्टबाट सबै निकालेपछि मेरो आइज वाईड भयो । र, त्यसपछि मैले लोन लिएर, घर लोनमा राखेर पनि सेयर बजारमा लगानी गरेँ । त्यो बेलामा सेयर मार्केट डुबेको भएँ म खत्तम हुन्थें । अहिले सडकमा हुन्थें । तर, मैले चुनौतिलाई सामना गरेँ । लगानी गर्दै गएँ । फलस्वरुपः के भयो भने ३४० बाट २९२ झरेको बजार त्यसपछि बढ्दै गयो । जति गुमाएको थिएँ त्यो सबै सजिलै रिकभर भयो । त्यसैले मैले सेयर बजारमा एउटा राम्रो लेशन पाएको हुनाले त्यसबाट एकदम प्रभावित भएर अहिले सबैलाई सेयर गर्ने गरेको छुँ । सबैलाइ सुझाव दिने गरेकाे छु । त्यसैले, यसमार्फत पनि म के भन्न चाहान्छु भने तपाईं विद्यार्थी, गृहिणी, या जो जे पेशामा आवद्ध हुनुहुन्छ । तपाईंले बचत गर्नुभएकाे रकम सेयर बजारमा लगाउनुहोस् । जसको रिटर्न भविष्यमा अवश्य नै राम्रो पाउनुहुनेछ । (एनवाईईएफ काठमाडौं च्यापटरले आयोजना गरेका भर्च्युअल सेसनमा लगानीकर्ता तथा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष रौनियारले राखेका मन्तव्यको सम्पादित अंश)

‘समाजवाद उन्मुख’ राज्यको व्यवहारः ५० हजारभन्दा कम पैसा हुनेले बैंकिङ सेवा नलिनु

काठमाडौं । नेपालको संविधानको प्रस्तावनामा ‘…लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण…’ गर्ने भनिएको छ । यस्तै, संविधानको धारा ४ मा नेपाल राज्य समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । संविधानकै धारा ५० को (३) मा ‘…असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य हुनेछ’ भनिएको छ । संविधानमा उल्लेख गरिएको समाजवाद के हो ? कस्तो हो ? काँग्रेस नेता प्रदिप गिरीले व्याख्या गर्ने समाजवाद, एमाले नेता घनश्याम भुसालले अथ्र्याउने समाजवाद र माओवादी केन्द्रका नेता राम कार्कीले सुनाउने समाजवादमा भिन्नता छ कि छैन ? छ भने संविधानमा लेखिएको समाजवाद कस्तो हो ? यस्ता प्रश्नहरु नभएका होइनन् । संविधानकै मर्म र अक्षर हेर्ने हो भने समाजवादमा भेदभाव हुन्न । भेदभाव रहित समाज निर्माण नै समाजवादको मूल ध्येय हो । तर, ‘नेपाल राष्ट्र बैंकको सहमतिमा’ वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले गरेको हिजोको निर्णयले भेदभावरहित समाज निर्माण भयो ? हिजो एनबीएले ५० हजार रुपैयाँभन्दा कम निक्षेप राख्न आउने ग्राहकको पैसा नलिने निर्णय गर्यो । यो निर्णयको उद्देश्य के हो ? ५० हजार रुपैयाँभन्दा बढी पैसा बोकेर हिड्नेसँग कोरोना आउदैन ? ५० हजार भन्दा कम रकम हुनेले बैंकमा पैसा राख्न नपाउने यो कस्तो समाजवाद हो ? एनबीएको हिजोको निर्णय बैंकहरुमा भिडभाड कम गर्नका लागि हो भनियो । हो, भिडभाड बढी भयो भने कोभिड संक्रमणको खतरा बढी हुन्छ । एनबीएको निर्णयको उद्देश्यक बैंकका कर्मचारी र बैंकमा आउने व्यक्तिहरुमा संक्रमण नफैलियोस् भन्ने छ । तर, कुनै व्यक्ति ५० हजार रुपैयाँभन्दा बढी रकम लिएर बैंकमा आयो र सोही व्यक्तिबाट बैंकका कर्मचारीमा कोरोना संक्रमण भयो भने त्यो संक्रमण स्वीकार्य छ भन्ने एनबीएको निर्णय हो ? ५० हजार रुपैयाँभन्दा बढी रकम राख्न आउने व्यक्तिबाट संक्रमण हुन नदिनको लागि अपनाइने स्वास्थ्य सुरक्षाका मापदण्ड ५० हजार रुपैयाँभन्दा कम निक्षेप राख्न आउने व्यक्तिसँग किन अपनाउन सकिदैन ? अहिले नेपाल कम्युनिष्ट पार्टी (एकिकृत माक्र्सवादी लेनिनवादी) को सरकार छ । अर्थात यो सरकार माक्र्सवाद र लेनिनवादबाट ओतप्रोत भएर र त्यसलाई अंगिकार गर्दै व्यवहारिक कार्यान्वयन गर्न गराउन चाहन्छ । माक्र्सवाद लेनिनवाद कार्यान्वयनका लागि यो सरकार संविधानमा उल्लेख भएको ‘समाजवाद उन्मुख’ भन्ने व्यवस्था समाएर अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर पदमा यही सरकारले नियुक्त गरेको हो । अधिकारी माक्र्सवाद लेनिनवादसँग सहमत वा नजिकको सम्बन्ध भएको कारणले पनि नेपाल राष्ट्र बैंकको गभर्नर बन्न पाएका हुन् । राष्ट्र बैंकका दुबै डेपुटी गभर्नरहरु यही सरकारले नियुक्त गरेका व्यक्ति छन् । उनीहरु पनि माक्र्सवाद लेनिनवाद कार्यान्वयन गरी नेपाललाई ‘समाजवाद उन्मुख’ गराउन चाहन्छन् होला । अनि ५० हजार रुपैयाँभन्दा कम रकम हुने व्यक्तिबाट मात्रै कोरोना संक्रमण हुन सक्छ भन्ने कस्तो समाजवाद बुझ्नु भयो होला गभर्नर, डेपुटी गभर्नरज्यूहरुले ? व्यवहारिक रुपमा हेर्ने हो भने अहिलेको विषम परिस्थितिमा ५० हजार रुपैयाँभन्दा कम रकम भएको व्यक्ति पैसा राख्न बैंकमा जादैन । कोभिड संक्रमणमा कतिबेला परिने हो भन्ने यकिन छैन । संक्रमण देखियो र अवस्था जटिल भयो भने एम्बुलेन्स मगाउनु पर्छ । बेड पाउने यकिन नभए पनि अस्पतालहरुको चक्कर लगाउनु पर्छ । दैनिक उपभोग्य वस्तु खरिद गर्नुपर्छ । पेशा, व्यवसाय वा रोजगारी गुमेको छ । यस्तो बेलामा आफूसँग भएको ५० हजार रुपैयाँभन्दा कम रकम बैंकमा राख्नेभन्दा पनि आफूसँगै राख्नेहरुको संख्या ठूलो छ । यो अर्कै पाटो हो । तर, नीतिगत रुपमा ५० हजार रुपैयाँभन्दा कम रकम हुनेहरुलाई बैंकमा आउन किन निषेध गरियो ? यो कस्तो समाजवाद उन्मुख राज्य हो ? केही साता अघि नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालका बेडहरु विरामीले भरिएको भन्दै थप विरामीको लागि शैया उपलब्ध गराउन नसक्ने सार्वजनिक अपील प्रकाशित गरेको थियो । अहिले सबैभन्दा बढी संक्रमित काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौं उपत्यकामा पाटन, बीर, ट्रमा, टेकु, टिचिङ जस्ता एक दर्जनभन्दा कम सरकारी अस्पतालहरुले कोभिड संक्रमितको उपचार गरिरहेका छन् । बाँकी संक्रमितको उपचार निजी क्षेत्रबाट संचालित अस्पतालहरुले गरिरहेका छन् । निजी अस्पतालहरुले एक दिन विरामी राखेको १० हजार रुपैयाँदेखि ७० हजार रुपैयाँ शुल्क लाग्ने भनेर सार्वजनिक सुचना नै प्रकाशित गरेका छन् । यो महामारीमा ५० हजार रुपैयाँभन्दा कम रकम बोकेर बैंक आउनेहरुको संख्या निकै कम हुन सक्छ । तर, महामारीको यो विकराल अवस्थामा कम्युनिष्ट सरकारले कम रकम हुनेहरुलाई बैंक छिर्न नदिएर किन ‘बुर्जुवा चरित्र’ देखाएको ? यो सरकार गरिबलाई चोकमा मकै पोलेर परिवार पाल्न दिदैन । सडकपेटीमा जुत्ता पोलिस गरेर बाँच्न दिदैन । ठेलागाडामा तरकारी बेच्चेर दुईछाक टार्न दिदैन । विहान पसल खोलेर प्राप्त भएको सानोतिनो रकम बैंकमा राख्न चाहने किराना पसलेलाई बैंक प्रवेश गर्न दिदैन । अस्पतालमा बेड छैन भनेर उपचारको लागि अस्पताल जानै दिदैन । कम आम्दानी भएका र गरिबमाथि किन यति धेरै प्रतिशोध साध्दैछ यो सरकार ? राज्यलाई कस्तो समाजवादतिर उन्मुख गराउँदैछ ?