घरजग्गा र सेयर बजारमा बन्देजको नीति अघि सार्दा अर्थतन्त्रमा समस्या आयो : अम्बिका पौडेल

अर्थतन्त्र सिथिल भयो, कर उठेन, व्यवसायीहरुको पनि मनोबल घट्यो, चौतर्फी निरासा आयो अब त केहि गरौं भन्ने कुरा सबै तिर थियो । संयोग पनि मान्नु पर्छ, अर्थमन्त्री डाक्टर, सल्लहाकार डाक्टर अझ रास्ट्र बैक समेतबाट डाक्टर लगियो । यति राम्रो टिम बन्यो अब त अर्थतन्त्रमा पक्कै सुधार हुन्छ, व्यवसायीको मनोबल बढ्छ भन्ने लाग्यो । जेठ १५ आयो बजेट आयो । राजस्व बढाउने, अनाबश्यक खर्च घटाउने, आर्थिक वृद्धिदर ६% पुर्याउने, आर्थिक स्थायित्व ल्याउने, राम्रा मान्छेले ल्याएको राम्रै होला भन्ने लग्यो । साउनको पहिलो हप्ता आयो । कठिन अबस्थाको बाह्य क्षेत्रलाई सन्तुलनमा ल्याउनु भएका, कोभिडको समयको चौतर्फी निरासामा पनि आशाको सञ्चार गरेका, चौतर्फी बुझेका गभर्नर र अर्थमन्त्रीको समेत सल्लाहकार रहेका व्यक्तिको संलग्नतामा मौद्रिक नीति आयो ।  आर्थिक नीतिलाई सफल बनाउन ६% को आर्थिक बृद्दीको लक्ष्यलाइ प्राप्त गर्न सघाउने मौद्रिक नीति आयो भन्ने लाग्यो । निजी क्षेत्रमा ११.५% कर्जा बढाउने मूल्य स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई थप चलायमान बनाउने लगायतका बिषयहरु आए । बुझेकामान्छेले ल्याएको राम्रै होला भन्ने लग्यो । अहिले २ महिना बित्यो । तथ्यांक हेरेको सच्चि मनोबल नै घटेर आयो  निरासा बढेर आयो । अर्थतन्त्रको आर्थिक उठानको लागि सरकार र ब्यबसायीले एक अर्काकाे आस्तित्व स्वीकार गर्नु पर्छ । ब्यबसाय गर्ने व्यवसायीको मनोबल घटेमा बैंकबाट कर्जा लिने तथा नया ब्यबसाय विस्तार गर्ने कार्य गर्दैनन, जसको फलस्वरूप सरकारले उठाउन खोजेको राजस्वको लक्ष्य प्राप्त हुँदैन,  राजस्व कम भएपछि विकास खर्च कम हुने त्यसको असर फेरि भैरहेको निजि छेत्रको व्यवसायमा पर्ने, बैंक वित्तीय सस्थाको कर्जा जोखिममा पर्ने र त्यसको समग्र मार देशलाई नै पर्ने देखिन्छ । तसर्थ बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो बन्ने बहस सार्बजनिक गर्नु भन्दा माथिका तथ्यांक हेरेर सबै मिलेर आफुले बनाएको लक्ष्य प्राप्तिको लागि निजि क्षेत्रका समेत सुझाव लिएर अगी बढौ भन्ने सुझाव दिन चाहन्छु । कर अनुमान योग्य हुनु पर्दछ । कर भूत प्रभावी हुनु हुँदैन । एउटाको दायित्व र्कोमा सारिनु हुँदैन । नयाँ कर तथा करका दरहरु संसोधन हुँदा सरोकारवालासँग छलफल गर्दा के बिग्रन्थ्यो ? सम्बन्धित आवको कर सम्बन्धि हिसाबमा दुवै पक्षलाई समान व्यवहार गर्नु पर्दछ । निजी क्षेत्रले एउटा मात्र विवरण समयमा नबुझाउँदा करोडौं हर्जाना र ब्याज तिर्नु परेको तर सरकारले करदाताको अरबौं भ्याट फिर्ता नगरेको तथा करोडौं अग्रिम करको रुपमा रहेको हिसाब फिर्ता नगरेको वर्तमान अवस्था छ । व्यवसायीहरुको मनोबल गिर्यो एउटा दृष्टान्त दफा २६ निकायहरु एक आपसमा गाभिँदा वा प्राप्ति (मर्जर वा एक्विजिसन) मा सौदाबाजी गर्दा प्राप्त लाभ (वार्गेन पर्चेज गेन) वापतको आयलाई कर प्रयोजनको लागि आयमा समावेश गरी कर दाखिला नगरेको भए आर्थिक वर्ष २०७८/७९ सम्मको त्यस्तो आयमा लाग्ने कर २०८० साल मंसिर मसान्त भित्र दाखिला गर्नु पर्ने । नियामक निकायको पूँजी बृद्धि नीति अन्तरगत बैंक तथा वित्तीय संस्थाले पूँजी बृद्धि गरेको । मर्जर सम्बन्धी आय व्यसायिक मुनाफा नभएको, पूँजीगत नाफालाई पूँजी बृद्धिमा प्रयोग गरेको र लाभांस कर पनि तिरिसकेको । आर्थिक ऐनले मर्जर तथा सम्मिलन भएमा कर छुटको व्यवस्था समेत गरेको । अर्को दृष्टान्त दफा २७ कुनै निकायले फर्दर पब्लिक अफरिङ्ग (एफ.पि.ओ.) जारी गरी प्रिमियम मूल्यमा शेयर जारी गरी प्राप्त भएको रकम मध्ये आ.व. २०७८/७९ सम्मको हिताधिकारीलाई बोनश शेयरको रुपमा वितरण गरेको लाभांस रकमलाई आयकरमा समावेश गरी कर दाखिला नगरेको भए २०८० साल मंसिर मसान्तभित्र दाखिला गर्नु पर्ने । एफ.पि.ओ.बाट प्राप्त आय व्यवसायीक मुनाफा नभएको, पूँजीगत मुनाफालाई नगद लाभांसको रुपमा वितरण गर्दा कर तिर्नु उपयुक्त देखिएता पनि पूँजी नै बृद्धिमा प्रयोग गरेकोमा कर लाग्नु नहुने हैन र ? त्यस्तै अर्को दृष्टान्त दफा २९ धितोपत्र, जग्गा तथा घर जग्गाको ब्यबसायिक कारोबार गर्नेलाई छुट सम्बन्धि बिशेष व्यवस्थास् प्राकृतिक व्यक्तिले नियमित ब्यबसायको रुपमा धितोपत्र, जग्गा तथा घरजग्गाको व्यवसायीक कारोबार गरेको र आय विवरण र कर दाखिला गर्न बाँकी रहेको भए आ.व. २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरि कारोबारमा लाग्ने करको ५० प्रतिशत आय कर बुझाउनु पर्ने । आय कर ऐनको अनुसूची बमोजिम लाग्ने कर नै अग्रीम कर कट्टी भइसकेको हुनाले त्यसमा थप ५०५ कर तिर्ने व्यवस्था औचित्यहिन छ । – घर भाडा करमा रहेको दुबिधा । – उठ्नै लागेको पर्यटन ब्यबसायको लागि थप लग्जरी कर । – हवाई जहाज ट्रान्सपोर्ट तथा उनि गलैचा रंगाई कटाईमा तरकारी समेतमा लगाइएको भ्याट। – कृषिको व्यवसायिक कारोवार कोल्डस्टोर व्यवसाय तरकारी डिहाइड्रेट गर्ने व्यवसायलाइ १०% कर तथा सहकारी सस्थाहरु समेतको करमा बृद्दी । अर्थतन्त्रको आर्थिक उठानको लागि सरकार र ब्यबसायीले एक आर्कोको आस्तित्व स्वीकार गर्नु पर्छ । ब्यबसाय गर्ने व्यवसायीको मनोबल घटेमा बैकबाट कर्जा लिने तथा नया ब्यबसाय विस्तार गर्ने कार्य गर्दैनन, जसको फलस्वरूप सरकारले उठाउन खोजेको राजस्वको लक्ष्य प्राप्त हुदैन,  राजस्व कम भए पछी बिकास खर्च कम हुने त्यसको असर फेरी भैरहेको निजि छेत्रको व्यवसायमा पर्ने, निजि छेत्रले बैक वित्तीय सस्थाको कर्जा जोखिममा पर्ने र त्यसको समग्र मार देशलाई नै पर्ने देखिन्छ । तसर्थ बजार चलायमान भएर ऋण चाहिने हो कि ऋण दिएर बजार चलायमान हुने हो बन्ने बहस सार्बजनिक गर्नु भन्दा माथिका तथ्यांक हेरेर सबै मिलेर आफुले बनाएको लक्ष्य प्राप्तिको लागि निजि क्षेत्रका समेत सुझाव लिएर अगी बढौ भन्ने सुझाव दिन चाहन्छु । मौद्रिक नीतिका कार्यान्यन गर्दा देखिएका प्रश्न -किन कर्जाको ब्याज बढिरहेको छ ? – किन कर्जाको माग एतिहासिक कमजोर छ ? -किन खराब कर्जाको ग्राफ एतिहासिक उचाइमा छ ? – किन कालो सूचिका ऋणी बढिरहेका छन्र ? – किन सीडी रेसियो घट्दा ऋणको माग घट्दा समेत डिपोजिटको ब्याजमा बढोत्तरी छ ? – किन चौतर्फी ऋणीमा निराशा छ ? – किन घर जग्गा कर्जा कसिलो छ ? – किन शेयर कारोबारलाई ब्यबसाय मानिएको छैन ? – किन चालु पूजी कर्जाको कारण ब्यबसायी निसासिएका छन् ? के यी सबै कारण व्यवसायीले ऋण लिएकै कारण सिर्जना भएका हुन् ? अथवा समय सापेक्ष मौद्रिक नीति नआएर हो समीक्षा गर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकको संकुचनकारी मौद्रिक नीतिको कारण चालु चालु पुँजी कर्जा, शेयर धितो कर्जा, व्यक्तिगत कर्जा लागाएतका क्षेत्रमा गरेको निरुत्साहनले सो क्षेत्रमा विगतमा ठूलो लगानी गरिसकोका व्यवसायी त्यहाँबाट निस्कन नसकेको अवस्था, विश्वब्यापी आर्थिक मन्दी, डलरको आकाशिदो भाउ, पछिल्लो समयमा वृद्धि भएको पेट्रोलियमा पदार्थको मूल्य जस्ता कारणले आगामी दिन आर्थिक क्रियाकलाप संचालनमा अझै चुनौतिपूर्ण देखिन्छन् । अर्थतन्त्रमा बाह्य क्षेत्र सुधार अर्थात डलर संचिती बृद्धि बाहेक अन्य क्षेत्रमा सूधार ल्याउनको लागी वर्तमानमा केही लचिलो मौद्रिक नीति र व्यवसायी मैत्री कर नीति आवश्यक देखिन्छ । सोको लागि सबै क्षेत्रले एक अर्काको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्नु नै अहिलेको समस्या समाधानको प्रस्थान बिन्दु हुन सक्दछ । सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो । खासमा हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा शेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ । घरजग्गा र शेयर कर्जामा पनि सधै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो । विस्तारै विस्तारै अन्य क्षेत्र मजबुत बनाउदै लैजाने र यो क्षेत्रलाई अलि व्यवस्थित गर्नु पर्नेमा सबै समस्याको कारण यहि हो जस्तो व्यवहार गरियो । अर्थतन्त्र निरन्तर ओरालो लाग्दै गर्दा एक पछि अर्को कठोर नीति आउनु र निजी क्षेत्रको जायज आवज नसुन्नु पनि अहिलेको समस्याको कारण हो । चौतर्फी निराशा छ भन्ने उदहारण विकल्पविहिन भएर वैदेशिक रोजगारमा जाने र यहाँ भविष्य नदेखेर विगत २ वर्षमा विदेश अध्ययन गर्न जानेको संख्याले समेत देखाउँदछ । अझ डरलाग्दो विषय त गत ६ महिनामा बैंक तथा वित्तिय संस्था र स्थापित औद्योगिक प्रतिष्ठानमा कार्यरत राम्रो तलब र सूविधा भएका व्यक्तिहरुको पलायन र अहिले सम्म नेपालमै भविष्य हेरिरहेका ऋब् हरुको डरलाग्दो विदेश वर्हिगमनले सांच्चै नै नीति निर्माता गंभीर हुनुपर्ने अवस्थालाई देखाउछ । यसरी योग्य तथा सक्षम र यहिं केहि गर्न सक्ने जनशक्ती दिन प्रतिदिन पलायन हुनु भोलिको लागी समेत राम्रो होइन । साधारण खर्च वृद्धि हुँदै जानु, हिजो गरिएको पूँजीगत खर्चले समेत उल्लेख्य रुपमा राजस्व सृजना गर्न नसक्नु, निजि क्षेत्रले गरेको खर्चले समेत राजस्व सिर्जना गर्न नसक्नुले आगामी दिन अझै चुनौतीपूर्ण छन् । समस्या छन्, तर समाधान गर्न सकिँदैन भन्ने होइन, व्यवसायीकाे मनोवल बढाउन सके, व्यवसायी प्रतिको राज्यको दृष्टिकोण परिवर्तन गर्न सके व्यवसायी सधै ठोकिने ठाउँ कम्पनी रजिष्ट्रार देखी कर कार्यालय हुदै विभाग सम्ममा सुधार गर्न सके, रोजगारी सृजना गर्ने तथा आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन गर्न सके, क्ब्ँत्ब् लगायतका सन्धी सम्झौताको पूनरावलोकन गरी स्वदेशी व्यवसायलाई एचयतभअतष्यल गर्न सके र युवाहरुलाई राजनीति नेतृत्व साँच्चै सुध्रिन थालेको छ र सरकारी सेवा नागरिक प्रती जिम्मेवार छ भन्ने कुराको अनुभूती दिन सके भर्खरै विकासको पहिलो सिंढी चडिरहेको देशमा निराशाका दिन पनि आशामा परिणत हुन सक्नेछन् । (सेयर लगानीकर्ता पौडेलले मंगलबार नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको कार्यक्रममा राखेको विचार)  

पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

काठमाडौं । जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् । हाम्रो समाजमा मानिसहरू अनेकांैँ कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ । मानिसले व्यापारिक सफलता, धनसम्पत्ति र  मनोरञ्जनका खोजीमा भाँैंतारिँदा असल सम्बन्धहरूलाई लत्याइरहेको हुन्छ, चाहे त्यो सम्बन्ध बाबुआमा, श्रीमान्श्रीमती, छोराछोरी वा परिवारका अन्य सदस्य, आफन्तजन, छरछिमेक वा अन्य शुभचिन्तकसँग किन नहोस् । जीवन्त सम्बन्धलाई धेरैले चिन्न नसक्दा तिनको जीवन गहिरो शून्यतातर्फ धकेलिएको छ र ती रित्तोपनको भावनाले निराशा, एकलोपन, अभाव र मूल्यहीन जीवनका भड्खालोमा आफूलाई उत्रिन नसक्ने गरी फसेको पाउँछन् । जगत्मा धेरै थोरै मानिसले मात्रै जीवनको सही अर्थ बुझेका हुन्छन् । तिनले भौतिक उपार्जनलाई भन्दा जीवन्त सम्बन्धलाई मुख्य देख्छन् र जुनसुकै पेसा, व्यवसायमा संलग्न रहेर पनि जीवनको सागरमा आफूलाई तैराउन सक्छन् । अर्काको रोग, पीडा, अभाव र मृत्युलाई नजिकबाट देखेको एउटा चिकित्सक जो यो अवस्थाबाट आफैँ गुज्रिन पुग्छ, ऊ त्यतिबेला जीवनको सही अनुभूति गर्न सक्छ र त्यसलाई अक्षरका माध्यमबाट बाहिर ल्याउँछ भने त्यो समाजको विम्ब बन्छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले आफ्ना पिताको असामयिक निधनपछि आफ्ना मनमा छचल्किएको भावनालाई ‘जीवन्त सम्बन्ध’ शीर्षक  पुस्तकमा उतार्नुभएको छ ।  कुनै  भौतिक उपलब्धिबाट मान्छेलाई सुख अनुभूति भए पनि त्यसको आयु लामो हुँदैन । जीविकोपार्जनका लागि भौतिक वस्तु, सुखसुविधा जरुरत परे पनि त्यही प्राप्तिलाई सम्पूर्ण जीवन ठानेर  पिछा लाग्दा न त त्यसको कुनै पूर्णविराम नै हुन्छ, बरु दौडदा दौडँदै समयले हामीलाई धेरै पर धकेलिसकेको हुन्छ अर्थात् हामी जीवनको उत्तराद्र्धमा पुगिसकेका हुन्छौंँ । त्यति बेला बल्ल हाम्रो चेत खुल्छ, धनसम्पत्ति र सफलताले मात्र त सन्तुष्ट नदिने रहेछ । मानिस बेचैन भएर किन मर्छ, जति वृद्ध हुन्छ, त्यति बाँच्ने चाहना बढ्छ । यही कुरालाई उहाँले आफ्नो पुस्तकमा खोतल्नुभएको छ । पुस्तकमा सम्बन्धहरूको गहिराइलाई केलाइएको छ । व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमाथि केन्द्रित हुँदै मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास लेखकको छ । जीवनमा खुसीका दुई प्रमुख स्रोत भौतिक र भावनात्मक पक्षलाई अथ्र्याउँदै उहाँ भन्नुहुन्छ, ‘भौतिक खुसी वा सुखको सीमाको कम आयु हुन्छ । भावनात्मक सुख असीमित र चिरकाल हुन्छ । सांसारिक मानिस भौतिक सुखको प्रलोभनमा पर्छन् किनकि यो सुख आवरणीय हुन्छ तर ज्ञानीहरू भौतिक सुखबाट चाँडै तृप्त भएर भावनात्मक सुखका मार्गमा अग्रसर हुने गर्छन् । उनीहरूले जीवनलाई गहिराइमा बुझेका हुन्छन् तथा आफूलाई चिनेका हुन्छन् । अन्तर्मनको खुसी उनीहरूको प्राथमिकतामा पर्छ ।’ पुस्तकमा सकारात्मक सोचका साथै सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई सँगै कसरी अघि बढाउने भन्ने विषयमा पनि थुप्रै प्रसङ्ग उल्लेख गरिएको छ । दुनियाँमा धेरै जना आफूसँग भएका कुरालाई बुझ्न नसक्दा र मनन गर्न नसक्दा बढी दुःखी हुने गरेका छन् । त्यसैले जीवन र सम्बन्धलाई समयमै बुझ्न आवश्यक रहेको उहाँको ठम्याइ छ । वास्तवमा सम्बन्धले व्यक्तिगत जीवनलाई चराचर जगत्सँग जोड्ने अवसर प्रदान गर्छ । यसबाट मानिसले भावनात्मक सुखको प्राप्ति सँगसँगै आफ्नो जीवनलाई उद्देश्यपूर्ण बनाउन सक्छ । सम्बन्धले व्यक्तिलाई सन्तुष्ट हुन पनि सिकाउँछ । यसले मानिसमा त्याग, समर्पण, प्रेम, कर्तव्य आदि गुणको विकास गराउँछ । त्यसैले सम्बन्ध बुझ्नु भनेको जीवन बुझ्नु हो, बोधयुक्त जीवन बाँच्नु हो तथा जीवनको सार्थक गन्तव्य पहिचान गर्नु हो । जीवनमा भौतिक सुखमा मात्र रमाउने होइन, सम्बन्धलाई परिचालन गर्न सक्नुपर्ने उहाँको सुझाव छ । वरिष्ठ चिकित्सक डा अनिलको १० वर्षअघि पेसागत जीवनको सुरुआतकालमा लेखिएको  ‘म पनि डाक्टर’ भन्ने पुस्तक पाठकहरूका माझ लोकप्रिय बनेको थियो । सो पुस्तक स्वस्थ रहन र  रोगबारे सरल रूपमा जानकारी लिन निकै उपयोगी छ ।  प्रस्तुत दोस्रो पुस्तकले व्यक्तिको कर्तव्य, सोच र दायित्वलगायत विषयमा तत्वबोध गराएको छ । जीवन सम्बन्ध, संस्कार, संस्कृति, पारिवारिक सम्बन्ध, सङ्घर्ष, सन्तानद्वारा आमाबुबाको हेरचाह, सफलता, असफलता, सुखदुःख र पीडालगायत विषयमाथि संस्मरणात्मक शैलीमा यो पुस्तक लेखिएको छ । तीन वर्षअघि बुबाको मृत्युपछि जीवन र सम्बन्धलाई हेर्ने र सोच्ने तरिका नै परिवर्तन भई  सोही कुराले उहाँलाई पुस्तक लेख्न प्रेरित गरेको हो । कृतिमा सामाजिक रूपान्तरण, पारिवारिक दायित्व एवं पेसागत जिम्मेवारीलाई निर्वाह गर्न सकिने विषयवस्तु समेटिएका छन् । बुबाको मृत्युपछि जीवनमा पारिवारिक सम्बन्धको अर्थ कति हुने रहेछ भन्ने आफूले बुझ्ने मौका पाएको र त्यसैलाई पुस्तकमा उतार्ने प्रयास गरेको उहाँको भनाइ छ । आफूले धेरै बिरामीको ज्यान जोगाए पनि आफ्नै पितालाई बचाउन नसकेकामा भावुक हुँदै जीवन के हो भन्ने वास्तविकतालाई बुझेपछि नै लेख्न उत्प्रेरणा जागेको उहाँ बताउनुहुन्छ । आफूले सामाजिक सञ्जालमा राखेका सवालमा सर्वसाधारणले राखेका विचारले पनि पुस्तक लेख्न सजिलो भएको उहाँँको भनाइ छ । मुटुरोग विशेषज्ञका रूपमा धेरै बिरामीको मुटु छाम्नुभएका उहाँँले मुटुमात्र नभएर मानिसको मन, मस्तिष्क तथा आर्थिक र सामाजिक परिवेश पनि बुझ्ने मौका पाउनुभएको छ । आफूलाई चिकित्सक भएर मात्रै नभएर समाजको एक सर्वसाधारण व्यक्तिका रूपमा उभ्याएर हेर्दा देखेको दुनियाँको मनस्थितिलाई पनि उहाँले पुस्तकमा उतार्नुभएको छ । पछिल्लो समय मानिसले काम र पैसाका लागि परिवारलाई समय दिन सकिरहेको छैन । परिवारमा बाबुआमा, छोराछोरी, नातिनातिनाबीचका सम्बन्धमा दरार आएको छ । सबैका कुण्ठा छन्, अभाव महसुस गर्छन् । मानिसमा सम्पूर्ण कुरा छ र पनि ऊ खुसी हुन सकिरहेको छैन ।  जीवनमा के  पेसा मात्रै सम्बन्ध हो,  करिअर मात्रै सबथोक हो भन्ने प्रश्नमा रुमल्लिँदै त्यसभन्दा पनि पर जीवन छ भन्ने देखाउन नै आफूले पुस्तक लेखेको उहाँ बताउनुहुन्छ  । आज बाबुआमा, सन्तान, आफन्त, इष्टमित्र, समाजबीच दूरी बढ्दो छ । यसले मानिसको जीवनलाई नराम्ररी प्रभावित पारेको छ । यो पुस्तक पढेपछि जो कोहीले पनि आफ्ने जीवनको घटनाका माध्यमबाट आफैँलाई पात्र देख्न सक्छ । आफैंँले अनुभूत गर्छ कि लेखकको सोच गलत छ कि सही । पाठकका मनमा अनेक प्रश्न उब्जन्छ र आफैँले त्यसको उत्तर पुस्तकमा भेट्टाउँछ । मानिस अर्बौंको सम्पत्ति, नाम, इज्जत हुँदा पनि यसले आफूलाई एक्लो, सहाराविहीन पाउँछ, सन्तानलाई कसरी हुर्काएछौँ भन्ने बोध हुन्छ । आफ्ना सन्तानलाई विदेश पठाउन खोज्ने अभिभावक अहिले दुःखी छन् भने विदेश जानेहरू पनि सुखी छैनन् । परिवारबाट टाढा रहँदा जस्तोसुकै भौतिक सम्पन्नता भए पनि नजिकको आत्मीयता पाउन सकिंँदैन । धन–दौलत, घर–गाडी, ऐश–आराम, मोज–मस्तीले पनि मानिसलाई आनन्द दिंँदैन । यी कुरा प्राप्ति हुने क्षणसम्म आइपुग्दा मानिसले आफ्नो समय, स्वास्थ्य, सम्बन्ध, सुख धेरै कुरा गुमाइसकेको हुन्छ । आर्जन गरेको कुराभन्दा गुमाएको कुराको हिस्सा ठूलो हुन्छ, जसको कुनै लेखाजोखा नै गर्न सकिंँदैन । मानिस तब मात्र सुखी रहन्छ, जब उसको पारिवारिक जीवन पूर्ण हुन्छ । परिवार, इष्टमित्रसँगको प्रेममय सम्बन्धले कहिल्यै एक्लो महसुस हुन पाउँदैन । आफ्ना आमाबुबा, छोराछोरी, श्रीमान्–श्रीमती, भाइबन्धुसँग नजिक हुनु र एकापसमा मित्रवत् सम्बन्धका साथ बाँच्नुले नै जीवनमा मिठास ल्याउँछ र त्यसले जीवनलाई आनन्दमा पु¥याउँछ । त्यसभन्दा ठूलो जीवन्त सम्बन्ध केही हुँदैन भन्ने नै पुस्तकले सन्देश दिएको छ । डा अनिलले विभिन्न अभियान सञ्चालन गर्दै आउनु भएको छ । सामाजिक सञ्जालमा ठूलो सङ्ख्यामा फ्यान र फलोअर्स भएका उहाँलाई सेलिब्रेटी डाक्टरका रुपमा पनि चिन्ने गरिन्छ । उहाँले बुवाको मृत्युपछि उहाँ जस्तै ज्येष्ठ नागरिकका लागि निःशुल्क उपचार गर्न सकियोस् भनेर डा ओम फाउन्डेसन स्थापना गर्नुभएको छ  र  पुस्तक बिक्रीबाट आउने रकम दुःखी र असहाय ज्येष्ठ नागरिकको उपचारमा खर्च गर्ने उहाँको योजना छ । पुस्तकको मूल्य एक हजार तोकिएको छ तर आवरणपृष्ठविना पनि रु ६०० मा किन्न सकिन्छ । त्रिपन्न खण्ड र २४० पृष्ठको  पुस्तक अनलाइनमा दराज, इसेवा, हाम्रो पात्रो, डा ओम फाउन्डेसनको वेबसाइट र उहाँको फेसबुक पेजमार्फत पनि अर्डर गर्न सकिन्छ । समीक्षा पब्लिकेसनले वितरण गर्ने पुस्तक काठमाडौैंँ उपत्यकाभित्र निःशुल्क होम डेलिभरीको व्यवस्था गरिएको छ । विभिन्न सुपर स्टोर एवं कफी सप तथा क्याफे आउटलेटहरूमा समेत पुस्तक उपलब्ध हुने फाउन्डेसनले जनाएको छ । रासस

‘स्थानीय तहले करको दायरा बढाएर आत्मनिर्भर बन्नुपर्छ’

स्थानीय तहसँग जनताको आशा र भरोसा धेरै हुन्छ । संविधानले पनि स्थानीय तहलाई ‘सर्भिस डेलिभरी’ केन्द्रको रूपमा राखेको छ । तर, त्यसलाई परिपूर्ति गर्ने स्रोत भने स्थानीय तहसँग थोरै हुन्छ । गाउँपालिकाको वार्षिक बजेट करिब ५२/५३ करोड रुपैयाँको हुन्छ । त्यसमा पुँजीगत खर्च र विकास खर्च भने एकदमै न्यून हुन्छ । किनभने सोही रकबाट शिक्षकलाई वार्षिक १४/१५ करोड रुपैयाँ तलब दिनुपर्छ । स्वास्थ्य तथा करारका कर्मचारीहरूलाई पनि तलब दिनै पर्यो । त्यसबाहेक सामाजिक, आर्थिक तथा प्रशासनिक लगायतका क्षेत्रमा केन्द्रित भएर काम गर्नु पर्ने हुन्छ । अनेक पक्षबाट हेर्दा विकास खर्च कम हुन पुग्छ । तथापि स्थानीय तहले विकास निर्माणको काममा ठूलो फड्को मारेका छन् । हामीले बिहान बेलुका जनतासँग जोडिएर काम गर्नु पर्ने हुन्छ । हामीलाई गाउँमा के चाहिन्छ, यहाँको आवश्यकता के छ भन्ने विषयको जानकारी स्पष्ट हुन्छ । तर, यहाँ विकासका निमित्त के चाहिन्छ भन्ने कुरा सिंहदरबारमा बसेका नीति निर्माण गर्ने सचिवहरूलाई थाहा हुँदैन । स्थानीय तहको विकास संघीय सरकारले गर्नुपर्यो । गाउँको विकास पालिकाले गर्छन् । हामीले राखेका कार्यक्रमले मात्र जनताको अपेक्षा पूरा गर्ने सम्भावना छैन । यदि स्थानीय तहप्रति वितृष्णा बढ्यो भने व्यवस्था प्रति नै प्रश्न उठ्न सक्छ । सरकारले ठूला–ठूला आयोजना तथा कार्यक्रमहरू मात्र अगाडि बढाउनु पर्छ, स्थानीय तहलाई स्रोत र साधन दिने त्यसको कार्यान्वयन पनि यही गरी काम गर्ने वातावरण मिलाउनु पर्छ । र, महत्वपूर्ण कार्यक्रम सबै स्थानीय तहलाई गर्ने अधिकार दिनुपर्छ । स्थानीय तह आफै सबल नहुँदासम्म संघीय र प्रदेश सरकार ब्याकअपको रूपमा हुनुपर्छ । अहिले वित्तीय समानीकरण अनुदान घटाइ सशर्त अनुदान बढाउने परिपाटीको विकास भएको छ । त्यसले स्थानीय तहले आफ्नो आवश्यकता, जनताको चाहना अनुसारको बजेटले सम्बोधन गर्न नसक्ने परिस्थिति बन्यो । यसो हुनाले वास्तवमा संघीयताकै औचित्य माथि प्रश्न गर्ने परिस्थिति बनाएको छ । माथिबाट तोकेर आउने बजेटले गर्दा स्थानीय तहलाई गाह्रो भएको छ । स्थानीय तहले पनि संविधानले दिएको अधिकार परिचालन गर्नको लागि आफैले प्रयत्न गर्नु पर्यो । ती विषयमा थाहा छैन भने विज्ञहरूसँग छलफल गरी काम सुरु गर्नुपर्यो । कर तिर्नु राम्रो कुरा हैन भन्ने बुझाइ जनतामा छ । हामी करको कुरा गर्छौं, अनि उहाँहरू स्थानीय तहले लुट्न समेत लुट्यो भन्ने कुरामा गर्नु हुन्छ । विदेशमा कर तिर्नु गौरवको रुपमा लिइन्छ । त्यहाँ कर तिर्ने मान्छेलाई दिने सम्मान पनि छुट्टै हुन्छ । त्यसैले अब स्थानीय तहले करको दर बढाउन नसके पनि दायरा बढाएर काम गर्न सक्नु पर्छ । हामीले पनि पालिकाको आन्तरिकआम्दानी बढाउने कोसिस गरिरहेका छौं । कर तिर्ने समाज छैन । म पालिकामा निर्वाचित भएर आउँदा भूमि कर रोपनीको २ रुपैयाँ थियो । हामीले त्यसलाई बढाएर प्रतिरोपनी १० रुपैयाँ बनायौं । उक्त रकमा भूमि कर बनाउँदा निकै आलोचना पनि भयो । तर, हामीले उहाँहरूले तिरेको रकम तपाईंहरुको सेवा सुविधाका निमित्त लगानी गर्ने हो भनेर कन्भिन्स गर्र्यौं । हामीले पाएका अधिकारहरूलाई अधिकतम प्रयोग गर्ने प्रयत्न गरिरहेका छौं । गाउँपालिकाको राजश्वमा थोरै प्रतिशतमा भए पनि प्रत्येक वर्ष वृद्धि भइरहेको छ । आन्तरिक आम्दानी नबढाउने हो भने र संघीय तथा प्रदेश सरकारबाट सहयोग पनि भएन भने स्थानीय सरकार सञ्चालन गर्न मुस्किल हुन्छ । त्यसैले पनि पालिका आत्मनिर्भर हुन जरुरी देखिन्छ । स्थानीय तह परनिर्भर होइन आत्मनिर्भर हुनपर्छ । स्थानीय तहलाई स्थापित गर्न संघीय सरकारले अविभावकीय भूमिका निर्वाह गर्न आवश्यक छ । कर उठाउने भनेको स्थानीय तहमा हो । रोयल्टी बाँडफाँटमा पनि स्थानीय तहलाई कम दिने संघले बढी लिने परिस्थिति छ । हामीले स्थानीय तहलाई आत्मनिर्भर बनाउने हो भने पहिला यससँग सम्बन्धित संस्था तथा सरकार नै बढी जिम्मेवारी हुनुपर्छ । संसारको संघियता हेर्ने हो भने निकै वर्षपछि मात्र परिपक्व भएको देखिन्छ । स्थानीय तह गठन भएको ६ वर्ष भयो । नियमित रूपमा यसले गति लिई रहेको छ । स्थानीय तहका कर्मचारी तथा यहाँ पठाइने कर्मचारीहरूको सक्षमताको विषय पनि हुन्छ । धेरै जनप्रतिनिधिहरू पढे लेखेको हुनुहुन्न । त्यसैले स्थानीय तहमा पढाउने कर्मचारीमा विशेष गरी राजश्व र करमा दक्ष कर्मचारी पठाउनु पर्छ । संघीयता महँगो भयो, स्थानीय तह महँगो भयो भन्ने प्रश्न पनि उठेकै छ । स्थानीय तहबाट जति कार्यसम्पादन गर्न सकिन्छ, त्यति यो ठाउँबाट गर्न नसक्दा कार्यसम्पादनमाथि प्रश्न उठन सक्छ । आफ्नो प्रशासनिक खर्चलाई पनि नियन्त्रण गर्नुपर्छ भनेर लागेका छौं । हामी व्यक्तिगत कार्यक्रम गर्दैनौं । यहाँ कार्यक्रम गर्यो भने विदेशबाट आयात भएर आएको खादाको प्रयोग नगर्ने भनेका छौं । सरकारको स्रोतलाई अधिकतम उपयुक्त ठाउँबाट परिचालन गर्नुपर्छ भन्ने हिसाबले आवश्यक काममा पैसा खर्च गरिरहेका छौं । हिजो थाहा नपाएर गरेका गल्तीहरू पनि सुधार्दै गइरहेका छौं । पालिकालाई आर्थिक रूपमा पनि अब्बल बनाउने प्रयत्न गरिरहेका छौं । हाम्रो दुर्गम क्षेत्रमा पर्ने पालिका हो । आज काठमाडौं तथा विराटनगरमा पाउने एक बोरा चामल वा सिमेन्ट दोब्बर मूल्य भएर यहाँ आइपुग्छ । त्यसैले पनि खर्च बढी हुन्छ । दुर्गम स्थानमा भएका स्थानीय तहलाई बजेट व्यवस्थापन गर्ने विषय चुनौती नै हो । सडक, शिक्षा, स्वास्थ्य, पशुपालन, कृषि, पर्यटन, विद्युत् र खानेपानीलाई प्राथमिकतमा राखेर बजेट विनियोजन भएको छ । देखिने गरी गरिएको कामले गाउँपालिकामा विकासको झल्को दिन थालेको छ । पालिकाले नै ५० बेडको अस्पताल बनाएर सञ्चालनमा आएको छ । गाउँमै इन्जिनियरिङ पढाइरहेका छौं । प्राविधिक शिक्षामा गाउँपालिको ध्यान केन्द्रित छ । सिचाइँका ठूला ठूला आयोजनाहरू निर्माण सम्पन्न गरेका छौं भने केही निर्माणाधीन अवस्थामा छन् । संघ र प्रदेश सरकारको सहकार्यमा अबौं रुपैयाँको लगानीमा सडक कालोपत्रे हुने काम भइरहेको छ । पालिकामा विकासको कामले छलाङ मारेको छ । तथापि पर्याप्त भने छैन । जनताका अपेक्षा भने धेरै छन् । यसलाई क्रमिक रूपमा सुधार गर्दै जानेछौं । (थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष राईसँग गरिएको कुराकानीमा आधारित)