विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक, डलर १४४ रुपैयाँ
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९३ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८० रुपैयाँ ४१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ९१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ८२ पैसा र बिक्रीदर ११२ रुपैयाँ २९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ १२ पैसा र बिक्रीदर नौ रुपैयाँ १६ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ६३ पैसा र बिक्रीदर २० रुपैयाँ ७२ पैसा रहेको छ । साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५५ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २० पैसा र बिक्रीदर ३९ रुपैयाँ ३६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ४९ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५ रुपैयाँ ७० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८ रुपैयाँ ५५ पैसा, कुवेती दिनार एकको खरिददर ४७० रुपैयाँ ८० पैसा र बिक्रीदर ४७२ रुपैयाँ ७६ पैसा, बहराइन दिनार एकको खरिददर ३८१ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ५० पैसा रहेको छ । ओमनी रियाल एकको खरिददर ३७३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
४ वटा संस्थाबाट १२ जना संस्थापक सेयरधनी बाहिरिँदै, कुनको कति सेयर ?
काठमाडौं । विभिन्न ४ वटा बैंक तथा लघुवित्त वित्तीय संस्थाबाट एक दर्जन संस्थापक सेयरधनी बाहिरिने भएका छन् । हिमालयन बैंकका ६ जना, लुम्बिनी विकास बैंकका २ जना, आरएसडिसी लघुवित्तका २ जना र छिमेक लघुवित्तका १ जना गरी १२ जना संस्थापक सेयरधनी बाहिरिने भएका हुन् । उनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गरेर संस्थाबाट बाहिरिन लागेका हुन् । हिमालयन बैंकबाट एकैपटक ६ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकबाट विभिन्न ६ जना संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको ७३ हजार ६९ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । बैंकका अनुसार संस्थापक सेयरधनी जीत कुमार श्रेष्ठले २० हजार ४८२ कित्ता, घनमान बज्राचार्यले १९ हजार ४९२ कित्ता, जयन्त कुमार अग्रवालले १ सय कित्ता, हरिप्रसाद भट्टराईले ५ हजार २८८ कित्ता, महेन्द्रनाथ कर्माचार्यले २० हजार २९७ कित्ता र तुलसीराम नेपाल ७ हजार ४०९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीले खरिद नगरे सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिने बैंकले जनाएको छ । यस्तै, लुम्बिनी विकास बैंकका संस्थापक सेयरधनी कान्छा गुरुङ्गले १ लाख कित्ता र मान श्रेष्ठले २० हजार ९० कित्ता गरी कुल १ लाख २० हजार ९० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले समेत आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्ने बैंकले जनाएको छ । यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाका केशब प्रसाद भण्डारीले १० हजार ५९२ कित्ता, शालिकराम भण्डारीको १७ हजार ५८० कित्ता र कमला न्यौपानेको २० हजार ६३२ कित्ता गरी ४८ हजार ८०४ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरमा सर्वसाधारण लगानीकर्ताहरुले समेत आवेदन दिन सक्नेछन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ । यस्तै, छिमेक लघुवित्तका संस्थापक सेयरधनी सुनिल कुमार रायले आफ्नो नाममा रहेको २३ हजार कित्ता सेयर बिक्रीमा राखेका छन् । उक्त सेयरको न्यूनतम मूल्य ३९० रुपैयाँ तोकिएको छ । खरिद गर्न इच्छुक लगानीकर्ताले ७ दिनभित्र आवेदन दिनुपर्ने लघुवित्तले जनाएको छ ।
कामना सेवा विकास बैंकद्वारा बुटवल क्षेत्रमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ । बैंकले भैरहवा र मणिग्राम शाखामार्फत समुदाय लक्षित कार्यक्रमहरू सञ्चालन गरेको हो । यस अन्तर्गत भैरहवा शाखाद्वारा लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड प्रदान गरियो भने मणिग्राम शाखाबाट शान्ति नमुना माध्यमिक विद्यालयका बालबालिकालाई जाडोयाम लक्षित न्यानो कपडा वितरण गरिएको छ । उक्त सामग्री बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले हस्तान्तरण गरेका थिए । कार्यक्रमका अवसरमा आचार्यले सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन अनाथ बालबालिका र आर्थिक रूपमा कमजोर बालबालिकाहरूका लागि बैंकले योगदान दिन पाएकोमा खुशी व्यक्त गरे । सहयोग प्राप्त संस्थाहरूले बैंकको यस मानवीय पहलप्रति आभार व्यक्त गरेका छन् । कार्यक्रममा बैंकका कर्मचारी, सम्बन्धित संस्थाका प्रतिनिधि र अन्य सरोकारवालाहरूको पनि उपस्थिति रहेको थियो । बैंकले आगामी दिनमा पनि सरोकारवालासँग समन्वय गर्दै यस्ता सामाजिक कार्यक्रमहरू निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।