लुम्बिनीमा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैंक सञ्चालनको प्रक्रिया थालेको हो ।  उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले जानकारी दिए । बैठकले हालै विभिन्न तहमा बढुवा भएका कर्मचारीहरुको पदस्थापन तथा प्रदेश सचिवहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णयसमेत गरेको मन्त्री सारुले बताए ।  उनका अनुसार बैठकबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको थप जिम्मेवारी विनोद लामिछाने, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सचिवको थप जिम्मेवारी नारद गौतम र सामाजिक विकास मन्त्रालयको सचिवको जिम्मेवारी दिवाकर भण्डारीलाई दिने निर्णय गरिएको छ । त्यस्तै प्रदेश स्वास्थ्य सेवातर्फ रोशनलाल चौधरीलाई प्रदेश स्वास्थ्य निर्देशनालयको प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ । डा. राजेन्द्रकुमार गिरीलाई प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र रुपन्देहीमा प्रमुख जनस्वास्थ्य प्रशासकका रूपमा पदस्थापन गरिएको छ ।  त्यस्तै डा. मोहम्मद नुरुल होदालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, डा पदमराज अधिकारीलाई गुल्मी जिल्ला अस्पतालमा पदस्थापन गरिएको छ । डा. शकुन्तला कुमारीलाई रामपुर अस्पतालमा प्रमुख कन्सल्टेन्ट मेडिकल जनरलिस्टका रूपमा जिम्मेवारी दिइएको मन्त्री सारुले जानकारी दिए । बैठकले डा. अनुप थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा प्रमुख कन्सल्टेन्ट अब्स्टेट्रिक्स एण्ड गायनोकोलोजिस्ट, डा भुवन पौडेललाई सोही अस्पतालको प्रमुख कन्सल्टेन्ट सर्जन तथा डा. सुरेन्द्र कुँवरलाई प्रमुख कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, डा पुष्पराज जोशीलाई प्रमुख कन्सल्टेन्ट जनरल फिजिसियन, डा. कृष्णहरि सुवेदीलाई प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन तथा डा. प्रभात पोख्रेल प्रमुख कन्सल्टेन्ट डर्माटोलिष्टिका रूपमा पदस्थापन गरिएको छ ।  त्यस्तै डा. गोपालप्रसाद ज्ञवालीलाई प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जनका रूपमा लुम्बिनी प्रादेशिक अस्पतालमा जिम्मेवारी दिइएको छ । प्रदेश इञ्जिनियरिङ सेवातर्फ अनिल मरासिनीलाई यातायात पूर्वाधार निर्देशनालयमा सुपरिटेन्डेन्ट इञ्जिनियरका रूपमा पदस्थापन गरिएको छ । प्रदेश वन सेवातर्फ ईश्वरीप्रसाद पौडेललाई वन महानिर्देशकको जिम्मेवारी दिइएको छ ।   

ग्लोबल मनी विकअन्तर्गत ५७ जना व्यवसायीहरूका प्रभु बैंकको  ‘अकाउन्टिङ फर ग्रोथ’ कार्यक्रम

काठमाडौं । प्रभु बैंक लिमिटेडले स्मार्ट मनी टक्स भन्ने नाराका साथ ‘ग्लोबल मनि विक–२०२६’ अन्तर्गत सोमबारदेखि देशका विभिन्न स्थानहरूमा वित्तीय साक्षरता कार्यक्रम आरम्भ गरेको छ ।  बैंकले सूक्ष्म, साना र मझौला उद्यम (एमएसएमई र एसएमई) व्यवसाय गर्ने ४७ जना व्यवसायीहरूलाई वित्तीय सेवा लिँदा आवश्यक पर्ने प्रकृया तथा कागजात सम्बन्धी विषयको जानकारीका साथै वित्तीय संस्थाबाट वित्तपोषणको लागि आवश्यक योग्यताहरुको बारेमा समेत जानकारी गराई व्यवसायीहरुलाई वित्तीय सहजता हुने अपेक्षा गरी होटल अनुत्तरा, बौद्धमा एक दिने अकाउन्टिङ फर ग्रोथ कार्यक्रम सञ्चालन गरिएको छ ।  यस बैंकका नेपालभर रहेका ३१२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको प्रभु बैंकले गुणस्तरीय सेवा प्रवाह गर्दै अघि बढिरहेको छ । 

प्रभु बैंकका विभाग प्रमुख दिनेश डङ्गोल पक्राउ

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ । ब्यूरोले प्रतिवादी अशोक शेरचन समेत माथि अनुसन्धान भइरहेको बेला थप तथ्य प्राप्त भएपछि डङ्गोललाई पक्राउ गरेको हो । सो बैंकको महत्वपूर्ण विभागमा कार्यरत डङ्गोलले नेपाल राष्ट्र बैंकबाट जारी भएको निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरेको तथा प्रभु म्यानेजमेन्ट प्रालि समेतमा प्रवाह ऋणमा कर्जा दुरुपयोग गरेको पाइएको छ ।  आरोपी डङ्गोलमाथि जिल्ला अदालत काठमाडौंबाट अनुमति लिई थप अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिए ।