नेपाल-भारत हस्तकला प्रदर्शनी शनिबारदेखि, हस्तकला व्यापार बढाउने लक्ष्य
काठमाडौँ । साउथ एसिया फाउण्डेसनको पहलमा शनिवारदेखि ४ दिने नेपाल–भारत हस्तकला प्रदर्शनी हुने भएको छ । शनिबार प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रममा भारतीय राजदुत एसएच मन्जीव सिंह पुरीको पनि उपस्थिति रहनेछ । नेपाल र भारतको हस्तकलाको दुइपक्षीय सम्बन्ध विस्तार तथा कालीगढको अनुभव साटासाट गर्न प्रदर्शनीले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । ठमेल स्थित छाया सेन्टरको कोर्ट यार्डमा आयोजना हुने उक्त प्रदर्शनीमा नेपाल र भारतको हस्तलाको विषेशता तथा संस्कृतीका बारेमा बृहत रुपमा जानकारी दिइने आयोजकले जनाएका छन् । नेपाल–भारत हस्तकला प्रदर्शनीलाई भारत सरकारको टेक्सटायल मन्त्रालयको प्रयोजन गरेको छ । त्यसैगरी काउन्सिल अफ हेण्डीक्राफ्ट डेभलपमेन्ट कर्पोरेसन र भारत सरकारको डेभलपमेन्ट कमिसनर तथा साउथ एशिया फाउण्डेसनको सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो । प्रदर्शनीलाई भारतीय राजदुतावास, नेपाली दुतावास नयाँ दिल्ली तथा विपि कोइराला भारत नेपाल फाउण्डेसनको समेत सहयोग रहेको छ । प्रदर्शनीमा नेपाल र भारतका गरी करिव २० जातीका ८० भन्दा धेरै कालीगडको सहभागिता रहनेछ । त्यसमा नेपालका विभिन्न क्षेत्रवाट ३० कालिगढ सहभागी हुने बताइएको छ ।
सुजुकी इन्ट्रुडरको नयाँ वर्ष अफर, प्रत्येक खरिदमा बैंकक भ्रमण
काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट बाइक इन्ट्रुडरको प्रत्येक खरिदमा बैंकक भ्रमण वा ४३ इन्च स्मार्ट एलइडी टिभीको योजना ल्याएको छ । चैत्र १३ गते देखि लागु गरिएको यस योजना अन्तर्गत प्रत्येक इन्ट्रुडर बाइकको खरिदमा ग्राहकले आधुनिक स्टाइलिस तथा विशेष गुणहरु भएको इन्ट्रुडर बाइकका साथै बैंकक वा ४३ इन्च स्मार्ट एलइडी टिभी प्राप्त गर्न सक्नेछन् । यो योजना नव वर्ष २०७६ लार्ई मध्य नजर गरी सीमित अवधीको लागि लागु गरिएको कुरा कम्पनीले जनाएको छ । इन्ट्रुडर बाइक आपैmमा आकर्षक हुनुको साथै स्टाइलिस हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण अनुपम दोहोरो विश्वास, सुविधाजनक क्रुजरबाइकमा बस्ने पोजिसन सहितको विलासितापूर्ण स्टालिङ्ग रहेको छ । यो चालकको सुरक्षाको लागि १५० सी सी को बाइक समूहमा ए बि एस जडान गरिएको एक मात्र क्रुजर बाइक हो ।
‘बिप एप’ सार्वजनिक, १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न मिल्ने
काठमाडौं । सिजी लाईफसेलले नेपालमै डाटा सेन्टर रहने गरी एक सामाजिक सञ्जाल एप सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै सूचना सम्प्रेषणमा सहजता ल्याउने लक्ष्यका साथ सिजी ‘बिप एप’ सार्वजनिक गरेको हो । ‘सिजी लाईफसेल’ चौधरी ग्रुप अन्तर्गत सूचना प्रविधि क्षेत्रमा काम गर्ने नयाँ विजनेश भर्टिकल हो । सिजी ग्रुपले नेपालमै उक्त एपका लागि डाटा सेन्टरको स्थापना गर्दै उक्त एप संचालनमा ल्याएको जानकारी दिएको छ । यो एपका लागि नेपालमै यसको डाटा सेन्टर स्थापना गरेका छ । सामाजिक सञ्जाल एप सार्वजनिक कार्यक्रममा सिजी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले यसले नेपालीको डाटा बाहिर देशमा जानबाट जोगिनुका साथै नेपालको राजश्वमा पनि योगदान पुग्ने बताए । बिप एपबाट सिधै फोनमा पनि कल गर्न सकिने छ । बिप एपबाट भ्वाईस कल, भिडियो कल गर्न र म्यासेज एवम् फाईलको आदान प्रदान गर्न सकिने छ । साथै विनिमय दर, मौसम सम्बन्धी जानकारी र समाचारहरुका बारेमा सजिलै जानकारी प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो एप आईओएस र एन्ड्रोईड दुवै मोवाईल अपरेटिङ सिस्टममा चल्छ । कम्पनीले ल्याएको उक्त एपमा फोनको भाषा परिवर्तन गर्न सकिन्छ भने निःशुल्क गेमहरु अनलाईनमार्फत खेल्न सकिने लगायतका सुविधा रहेका छन् । यस्तै एपमा १० जना प्रयोगकर्ताले एकैसाथ भिडियो कल गर्न सकिने समेत विशेषता रहेको कम्पनीले जनाएको छ ।