प्रभु बैंकको एक्स्टेन्सन काउण्टर रुपन्देहीकाे रामनगरमा, आजैदेखि बैंकिङ्ग प्रणालीमा जाने
काठमाडौं । प्रभु बैंकले रुपन्देहीको रामनगरस्थित श्रम तथा रोजगार कार्यालयको परिसरमा नयाँ एक्स्टेन्सन काउण्टर विस्तार गरी सञ्चालनमा ल्याएको छ । उक्त काउण्टरको रोजगार कार्यालयका कार्यालय प्रमुख बालकृष्ण थापाले उद्घाटन गरेका हुन् । कार्यक्रममा थापाले श्रम तथा रोजगार कार्यालयको सम्पूर्ण कारोबार आजैदेखि बैंकिङ्ग प्रणालीमा प्रवेश गरेको जानकारी गराएका छन् । कार्यालयमा आउने सेवाग्राहीहरुलाई कार्यालयमा रकम बुझाउन अनावश्यक झण्झट नहोस् भन्ने अभिप्रायले प्रभु बैंकसँग आवश्यक सहमती गरी बैंकको एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याईएको उनले बताए । आजदेखि सञ्चालनमा आएको बैंकको रामनगर एक्स्टेन्सन काउण्टरबाट बुटवलस्थित श्रम तथा रोजगार कार्यालयको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमा प्रवेश गर्ने छ । साथै, श्रम तथा रोजगार कार्यालयबाट विभिन्न सेवा उपभोग गर्ने सेवाग्राहीहरुलाई विशेष गरी वैदेशीक रोजगारमा जान चाहने नेपाली नागरिकहरुलाई आवश्यक पर्ने श्रम स्वीकृति लिन सजिलो हुने बैंकको विश्वास छ ।
भाटभटेनीको १६औँ स्टोर राजधानीको सातदोबाटोमा, १८ अर्बको कारोबार गर्ने लक्ष्य
काठमाडौं । राजधानी स्थित सातदोबाटोमा भाटभटेनी सुपर मार्केटले आफ्नो १६औँ स्टोर बिस्तार गरेको छ । शुक्रबार बिहान भाटभेटेनीका सञ्चालक मिन गुरुङ्ले एक कार्यक्रमबीच उक्त शाखाको शुभारम्भ गरेका हुन् । ४५ हजार स्क्वायर फिटमा निमार्ण भएको यस स्टोरमा १ सय ७५ जनाले रोजगारी पाउने व्यवस्था गरिएको सञ्चालक गुरुङ्ले बताए । साथै, उनले आधुनिक समाजमा बजार विस्तारको महत्व महुसुश गर्दै सोही ठाउँ रोजाईमा परेको बताएका छन् । नयाँ विस्तारित स्टोर सहित १६ वटै भाटभटेनीमा गरेर जम्मा ६ हजार ५ सय जनाले रोजगारी पाउने छन् । यस भन्दा अघि नेपालमा १५ वटा भाटभटेनी रहेका थिए । सोही संख्यामा रहेका भाटभटेनीबाट आर्थिक बर्ष २०७४।७५ मा १५ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको पाईन्छ । यस्तै, चालु आर्थिक वर्षमा भाटभटेनीको कारोबार १८ अर्ब रुपैयाँ पुग्ने सञ्चालकले बताएका छन् । नेपालमा गुरुङ्ले व्यवसायको सुरुवात गरेको ३५ वर्ष पुरा भइसकेको छ । गुरुङ्का अनुसार अब हरेक नेपालीले व्यसायीक जीवनको महत्व बुझ्न आवश्यक छ, आफूले कार्य गरेको क्षेत्रमा आर्थिक हिसाबमा अगाडी बढ्नु आजको आवश्यकता पनि हो । संसार धेरै माथि पुगीसकेको छ तर हामीसँगपनि सम्भावनाहरु प्रशस्तै रहेका छन् र त्यसमा काम गरौँ भन्नेमा गुरुङ्ले प्रकाश पारे ।
गोर्खा इको प्यानलको डिलर अर्घाखाँंचीमा पनि, संख्या १५ पुग्याे
काठमाडौं । गोर्खा इको प्यानलको अधिकृत विक्रेता अर्घाखाँंचीको सन्धीखर्कमा पनि पनि राखिएको छ । दुर्गा भगवती विल्डर्स अर्घाखाँंचीलाई १५औं डिलरको रुपमा नयाँं डिलर दिइएको हो । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले देशभरबाट आफ्ना उत्पादनको माग आएकाले ठाउँं ठाउँंमा निरन्तर डिलरको संख्या बढाउँंदै लगेको बताए । गोर्खा इको प्यानल आधुनिक निर्माण सामाग्री हो । बाहिरी तथा भित्री पार्टेशन वाल (पर्खाल) को रुपमा इटाको विकल्पको रुपमा यसको प्रयोग हुन्छ । यसको प्रयोगबाट तीव्र निर्माण सम्भब हुन्छ । किनकि यो पहिला नै कारखानामा निर्माण सम्पन्न गरी निर्माणस्थलमा जोडे मात्रै हुन्छ । यो आईएसओ ९००१ः२०१५ चिन्ह प्राप्त कम्पनी हो । यसका डिलरहरु देशभरि फैलिसकेका छन् । हालसम्म यसका १५ वटा डिलरहरु भएको कम्पनीले जनाएको छ । नेपालमै पहिलो पटक उत्पादित उत्पादित गोर्खा इको प्यानलको मुख्य कर्पाेरट कार्यालय भक्तपुरको मध्यपुर थिमि राधेराधे नजिकै छ । यसको कारखाना भने भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ हनुमानचामा छ । यसका उत्पादनहरु हिमाल, तराई, पहाड सबैतिरको निर्माणमा प्रयोग भइरहेका छन् ।