बिहीबार सुन ३ सय रुपैयाँ घट्यो, प्रतितोला ५९ हजार ३ सयमा कारोबार
काठमाडौं । सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार तोलाको ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन बुधबारको तुलनामा ३ सय रुपैयाँ कमि भई बिहीबार प्रतितोला ५९ हजारमा कारोबार भईरहेको छ भने विहिबार चाँदी प्रतितोला ७१५ रुपैयाँमा बिक्री वितरण भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।
फोरजीको बजार २०२५ सम्म, फाइभजीको तयारी गर्दै टेलिकम
काठमाडौं । नेपालमा फोरजीको बजार सन् २०२५ सम्म रहने नेपाल टेलिकमको प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले बताएका छन् । हाल देशभर विस्तार भैरहेको फोरजीले ६ वर्षसम्मको इन्टरनेटको माग धान्ने निर्देशक अधिकारीले बताएका हुन् । ‘विश्व बजारमा ५जीको प्रयास भैरहेको छ अहिले फाइभजीको लागी नेपाली बजार तयार भैसकेको छैन, निर्देशक अधिकारीले भने विश्व बजारमा ४जी निकै लोकप्रिय छ तोकिएकै मितीमा विस्तार कार्य सम्पन्न हुन्छ ।’ फोर जी विस्तारको लागि पुर्वाधार खरिदको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । टेलिकमले एडीएसएल विस्थापित गर्दै एफटीटीएच विस्तारमा सुरु गरेको छ । देशको विभिन्न २० स्थानबाट एफटीटीएच इन्टरनेटको विस्तार सुरु गरेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताइन । एडीएसएल इन्टरनेट सेवा निकै असफल भएपछि टेलिकमले एफटीटीएच सेवा विस्तार गरेको हो । सो इन्टरनेटबाट टेलिभिजन समेत हेर्न सकिन्छ ।
भष्टचारको जरो उखेलेर फाले पछि मात्रै विकास हुन्छ : उपराष्ट्रपति
काठमाडौं । उपराष्ट्रपति नन्दबाहदुर पुनले देशमा मौलाइ रहेको भष्टचारको अन्त्य गरे मात्रै देशको विकास हुने बताएका छन् । ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै देशलाई विकास गर्न भष्टचार सत्रु भएको बताए । यसलाई हामी सबै मिलेर अन्त्य गर्न सके मात्रै देशको विकास हुन्छ । उनले भने कला र सँस्कृतिको सरकार र निजी क्षेत्र मिलेर संरक्षण गर्नु पर्ने पुनले बताए । संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्लाको कुनै पनि परियोजना लगानी सम्मेलनमा नपरेको ललितपुलाई सरकाले हेला गरेको बताए । जिल्लामा पाँचतारे होटल नभएकोले पर्यटहरुलाई स्वागत गर्न नपाएको बताए । ललितपुरमा लगानी भित्र्याउने र लगानीका सम्भावना पहिल्याउन दिशामा मेला केन्द्रित हुने महर्जनले बताए । मेलामा ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न मेला आयोजना गरेको संघले जानकारी दिएको छ । मेलामा १ सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको ३० वटा स्टल रहेका छन । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टलहरु पनि रहेका छन् । मेलामा करिब ५ करोड रुपैयाको कारोबार हुने अनुमान आयोजकले गरेका छ । करिब ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।