मस्कको ‘रोबोट्याक्सी’परीक्षणमा गम्भीर गल्ती, टेक्सासका सडकमा ‘ट्राफिक हैरानी’
काठमाडौं । टेस्लाले टेक्सासको अष्टिनमा सुरु गरेको पहिलो सार्वजनिक ‘रोबोट्याक्सी’ परीक्षणमा गम्भीर ट्राफिक समस्या देखिएको छ । कम्पनीले छानेका केही प्रयोगकर्ताले सार्वजनिक गरेका भिडियोहरूमा पहिलो केही दिनमै यस्ता समस्याहरू देखिएका हुन् । टेस्लाका प्रमुख कार्यकारी एलन मस्कले कम्पनीको भविष्य स्वचालित गाडी प्रविधिसँग जोडेका छन् । अहिले टेस्लाको बिक्री घटिरहेको अवस्थामा उनले यो सेवा अमेरिकाभर विस्तार गर्ने योजना सार्वजनिक गरेका छन् । मस्कले २०२६ को दोस्रो अर्धसम्म ‘पुरै स्वचालित रूपमा चल्ने लाखौं टेस्लाहरू’ सञ्चालनमा आउने दाबी गरेका छन् । परीक्षणमा सामेल भएका टेस्लाका प्रशंसकहरूले समस्या नभएको घण्टौंको यात्रा भिडियोमा देखाए पनि केही गम्भीर समस्याहरूले अमेरिकी ट्राफिक सुरक्षा नियामकहरू र सवारी विशेषज्ञहरूलाई चासोको विषय बनाएको छ । गलत लेनमा प्रवेश गर्नु, यात्रुहरूलाई छ लेनको सडकको बीच वा जंक्शनमा झारिदिनु, अचानक ब्रेक लगाउनु, अत्यधिक गतिमा चलाउनु, फुटपाथ चढ्नुजस्ता समस्या देखिएका छन् । एउटा भिडियोमा टेस्लाको रोबोट्याक्सी उल्टो दिशातर्फको लेनमा करिब ६ सेकेन्डसम्म गुडेको देखिन्छ । अर्को घटनामा गाडीले बिना बाधा अचानक ब्रेक लगाउँछ, यात्रु अगाडि लड्छन् र सामान भुइँमा खस्छ । अर्को भिडियोमा गाडी प्रहरीको गाडी नजिकै दुईपटक बिनाकारण रोकिन्छ । टेस्लाले यस्ता गाडीमा अगाडिको सिटमा मानव सुरक्षा निरीक्षक राखेको छ । एउटा भिडियोमा निरीक्षकले अगाडिको डेलिभरी ट्रक ब्याक गर्न थालेपछि बटन थिचेर रोबोट्याक्सी रोकेको देखिन्छ । ‘पहिलो दिनमै यति धेरै गल्तीहरूको भिडियो देखिनु अत्यन्तै चासोको कुरा हो,’ क्यानेर्गी मेलोन विश्वविद्यालयका प्रोफेसर तथा स्वचालित प्रविधि विज्ञ फिलिप कुपम्यानले भने । टेस्लाले अहिले करिब १० देखि २० वटा मोडल वाई गाडीहरूमा रोबोट्याक्सी सेवा परीक्षण गरिरहेको छ । स्थानीय प्रशासनको प्रतिक्रिया अष्टिन सिटी प्रशासनले टेस्लाको समस्याबारे सामाजिक सञ्जालमा आएका विवरणहरूप्रति ध्यान दिएको जनाएको छ । यदि कुनै कानुनी वा सुरक्षासम्बन्धी चिन्ता आयो भने तुरुन्तै टेस्लासँग जानकारी साट्ने बताएको छ । प्रहरी विभाग पनि टेस्लासँग सहकार्य गरिरहेको जनाइएको छ । यी घटनाहरू दुर्घटनासम्म नपुगे पनि केही दृश्यहरू सुरक्षालाई प्राथमिकता दिइएको देखिन्छ । प्रिन्सटन विश्वविद्यालयका प्रोफेसर एलन कोर्नहाउजरले भने, ‘सुरुवातमा हेर्दा धेरै ठिकै देखिएको छ । केही अवस्थामा त यी गाडीहरू सामान्य चालकभन्दा राम्रोसँग चलेको देखिन्छ ।’ टेस्लाको यो परीक्षण अन्य कम्पनीभन्दा धेरै सार्वजनिक छ । गुगलको वेमो र जीएमको क्रुजले पनि अष्टिनका सडकमा यस्तै समस्याहरू सामना गरेका थिए । पछिल्ला दुई वर्षमा दर्जनौं घटनाहरूमा रोबोट्याक्सीले सडकको बीचमा गाडी रोकेको, प्रहरीको निर्देशन नमान्ने, आपतकालीन गाडी वा सडक बन्द व्यवस्थापन गर्न नसकेको रेकर्ड गरिएको थियो । २०२३ मा एक पैदलयात्रीसँग गम्भीर दुर्घटना भएपछि क्रुजले सेवा बन्द र्गयो । अहिले अमेरिकामा मानव निरीक्षकबिना भाडामा यात्रु चलाउने एकमात्र रोबोट्याक्सी सेवा वेमो हो, जसले हालै अष्टिनमा उबरसँग साझेदारीमा सेवा सुरु गरेको छ । एलन मस्कले वर्षौंदेखि टेस्लाको गाडीहरू निकट भविष्यमै पूर्ण स्वचालित हुने वाचा गर्दै आएका छन्, तर अझै त्यो पूर्ण रूपमा कार्यान्वयन भएको छैन । हाल टेस्लाले सीमित क्षेत्रभित्र यात्रुहरूलाई ४.२० डलर शुल्कमा सेवा दिइरहेको छ । स्वचालित ड्राइभिङ फिचरकै कारण दुर्घटना ? टेस्लाविरुद्ध मृतक परिवारको मुद्दा अब बिना ड्राइभर ट्याक्सीमा यात्रा, मस्कको रोबोट्याक्सी सार्वजनिक
बिर्तामोडमा एसएमएल इसुजु ग्राहक भेटघाट सम्पन्न
काठमाडौं । नेपालका लागि एसएमएल इसुजु गाडीहरूको एकमात्र वितरक लक्ष्मी कमर्शियल भेइकल्सले झापाको बिर्तामोडमा ‘ग्राहक भेटघाट २०२५’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न क्षेत्रका १५० भन्दा बढी ग्राहकहरूको सहभागिता रहेको थियो । कार्यक्रम लक्ष्मी ग्रुप र एसएमएल इसुजुको प्रस्तुतीकरणबाट सुरु भएको थियो । त्यसपछि लक्ष्मी कमर्शियल भेइकल्सका बस इन्चार्ज रामहरि थपलियाले एसएमएल इसुजु गाडीहरूको प्राविधिक विशेषता र फाइदाहरूबारे प्रकाश पारे । बिक्री तथा बिक्रीपछिको सेवा विभागका प्रमुख सञ्जय खड्काले सेवा विस्तार र ग्राहक सन्तुष्टिमाथि कम्पनीले जोड दिएको उल्लेख गर्दै ग्राहकहरूको प्रतिक्रिया सधैं प्राथमिकतामा राखिने र आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गरिने प्रतिवद्धता जनाए । ग्राहक सन्तुष्टि अभिवृद्धि र दीर्घकालीन साझेदारी सुदृढ गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमले झापा क्षेत्रमै एसएमएल इसुजु ब्रान्डको छवि अझ बलियो बनाएको कम्पनीले जनाएको छ । आगामी दिनहरूमा पनि एसएमएल इसुजु गाडीहरूको गुणस्तर, सेवा र बिक्रीपछिको सेवाबारे जानकारी दिन यस्ता ग्राहक केन्द्रित कार्यक्रमहरू देशभर नै आयोजना गर्ने योजनामा कम्पनी रहेको जनाएको छ। लक्ष्मी कमर्शियल भेइकल्सले भारतमा जापानी प्रविधिको प्रयोग गरी निर्माण गरिएका एसएमएल इसुजु बस तथा ट्रकहरूको बिक्री, सेवा तथा स्पेयर पाट्र्स एकै छानामुनि उपलब्ध गराउँदै आएको छ । नेपालको भू–आकृति र बजारमा भरपर्दो र प्रभावकारी मानिने एसएमएल इसुजु गाडीहरूले लामो समयदेखि लोकप्रियता कायम राख्दै आएका छन् । विशेष गरी स्कुल बस सेग्मेन्टमा यो ब्रान्डले नेपालमा लामो समयदेखि अग्रणी स्थान ओगट्दै आएको छ ।
नेक्सन भेन्चरको नयाँ शोरुम उद्घाटन, नाइमा अटो शोमा नयाँ गाडी सार्वजनिक गर्ने
काठमाडौं । नेक्सन भेन्चरले नयाँ शोरुम उद्घाटन गरेको छ । काठमाडाैंकाे तीनकुनेमा नयाँ शाेरुम खाेलेकाे हाे । कम्पनीले नयाँ शाेरुममा एलएस अटोको इलेक्ट्रिक एसयूभी एलईभी ०१ पनि सार्वजनिक गरेको छ । आगामी एलभी ५ र एलभी एक्स मोडेलहरू नाइमा अटो शोमा सार्वजनिक गरिने कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार एलईभी ०१ मा होरिजेन्टल डीआरएल, भर्टिकल डेडलाइट सेटअप र पछाडि सस्पेन्डेड टेललाइट डिजाइनजस्ता आकर्षक एलिमेन्ट छन् । गाडीको भित्री संरचना पनि उच्चस्तरीय छ । लेदरेट स्टेरिङ व्हील तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टीकलर एम्बियन्ट लाइट, प्यानोरामिक सनरूफ र इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट जस्ता सुविधा यसमा उपलब्ध छन् । यसमा १० वटा एयरब्याग, एबीएस, ईबीडी, ट्र्याक्सन कन्ट्रोल, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायत उच्च सुरक्षा प्रविधिहरू समावेश गरिएको छ । युरो एनक्यापको क्र्यास टेस्टमा पाँचतारे सुरक्षा रेटिङ प्राप्त यो गाडीले उपभोक्तालाई भरपर्दो सुरक्षा सुनिश्चित गर्छ । कम्पनीका अनुसार एलईभी ०१ को स्ट्यान्डर्ड एडिसन (केभी) को मूल्य ५९ लाख ९५ हजार रुपैयाँ र कम्फर्ट एडिसन (सीभी) को मूल्य ६४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । गाडीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्मको मोटर र ब्याट्री वारेन्टी दिइएको छ । हाल काठमाडौंको तीनकुनेस्थित एयरपोर्ट कार्गो टर्मिनल अगाडि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको छ भने कालोपुलमा सर्भिस सेन्टर स्थापना भइसकेको छ। नेक्सन भेन्चरले उत्पादनकर्ता टर्कीको प्रतिष्ठित डिजाइन हाउसमार्फत विकास गरिएका अन्य इलेक्ट्रिक मोडेलहरू पनि सन् २०२५ मा नेपाल भित्र्याउने तयारी गरिरहेको छ । नयाँ मोडेलमा ५०० किमी रेन्ज, ०.२६८ एरोडाइनामिक ड्र्याग कोएफिसियन्ट, र एलएफपी ब्याट्री टेक्नोलोजी समावेश गरिने जानकारी दिइएको छ । नेपालका लागि एलएस अटोको आधिकारिक वितरक नेक्सन भेन्चर हो ।