दिपल एस०७ आईसी किन्दा ५ वर्षसम्म निःशुल्क बीमा, सर्भिस र चार्जिङ सुविधा पाइने
काठमाडौं । नाडा अटो सो २०२५ को अवसरमा एमएडब्लु वृद्धिले नेपालकै ‘नेक्स्ट लेभल कनेक्टिभिटी’सहितको ‘बेस्ट लुकिंग’ इभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टिड बाईब्याक’ योजना घोषणा गरेको छ । नेपालको नं १ लक्जरी इभीको स्थानलाई मजबुत बनाउँदै एमएडब्लु वृद्धिले दिपल एस०७ मा यो ग्राहक योजना ल्याएको हो । कम्पनीका अनुसार योसँगै ग्राहकले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ योजना पनि पाउनेछन् । यस योजना अन्तर्गत दिपल एस०७ खरिद गर्ने ग्राहकले आफ्नो इभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्षसम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टिड बाइब्याक भ्यालु’ पाउनेछन् । यसबाट दिपल एस०७ खरिद गर्ने ग्राहकको ‘कन्फिडेन्स’ बढ्नुका साथै ‘ब्याट्री लाइफ’ र ‘रिसेल भ्यालु’ को चिन्ताबाट मुक्त गर्ने अपेक्षा एमएडब्लुले गरेको छ । दोस्रोदेखि पाँच वर्षसम्ममा दिपल एस०७ छोडेर एमएडब्लु वृद्धिको ‘पोर्टफोलियो’ मा भएका कार खरिद गर्न चाहेमा ‘ग्यारेन्टिड रिसेल भ्यालु’ दिइनेछ । यो योजनासँगै ग्राहकहरुले ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ यानि दिपल एस०७ चढ्दा पाँच वर्षसम्म कुनै खर्च नलाग्ने योजनाको उपभोग गर्न पाउनेछन् । यो योजना अन्तर्गत ग्राहकले पाँच वर्षसम्म निशुल्क ‘अटोप्लस इन्स्योरेन्स’, निशुल्क ‘पेरियोडिक मेन्टेनेन्स’, निशुल्क चार्जिंगमा लाग्ने शुल्क र निशुल्क ‘रोडट्याक्स’ लगायतका सुविधा पाउनेछन् । ‘हाम्रो उद्देश्य ग्राहकलाई पूर्ण शान्ति दिनु, इभी किन्ने आत्म विश्वास बढाउनु र एस०७ आईसीएप्रति विश्वास बढाउनु हो । लक्जरी, स्टाइल र इनोभेसनले भरिएको इभीको स्वामित्वलाई सहज बनाउनु हो,’ एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले भने । ‘बाई ब्याक ग्यारेन्टी’ र ‘जिरो ओनरसिप कस्ट फर फाइभ इयर’ जस्ता दुई योजनाले लक्जरी इभी सेग्मेन्टमा दिपल एस०७ आईसीको नेतृत्वलाई अझ बलियो बनाउने कम्पनीले जनाएको छ ।
फोर्थिङ फ्राइडेको पाँच वर्षे अफर : बीमा, सर्भिस र घरमै चार्जिङ सुविधा
काठमाडौं । फोर्थिङ फ्राइडेले नेपालमा नयाँ पाँच वर्षे विशेष योजना ‘फ्राइडे टु फ्राइडे, २०२५–२०३०’ सार्वजनिक गरेको छ । ब्रान्डले यस अफरमार्फत ग्राहक सन्तुष्टि, दीर्घकालीन मूल्य र दिगो गतिशीलताप्रति आफ्नो प्रतिबद्धता प्रष्ट पारेको छ । नेपालमा फोर्थिङ फ्राइडे इभीको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी, लक्ष्मी समूहअन्तर्गत, यस योजना लागू गरेको हो । ‘फ्राइडे टु फ्राइडे’ स्किम अन्तर्गत ग्राहकहरूले ५ वर्षसम्म निःशुल्क अटो प्लस इन्स्योरेन्स, ६ वर्षसम्म निःशुल्क सर्भिस सुविधा र हरेक खरिदमा ७ किलोवाट चार्जर पाउनेछन् । यसले घरमै सजिलो चार्जिङ समाधान दिलाउने कम्पनीले जनाएको छ । लक्ष्मी ई–मोबिलिटीका अनुसार यो अफर ग्राहकहरूको लागि ईभी स्वामित्वलाई अझ आकर्षक र फाइदाजनक बनाउन डिजाइन गरिएको हो । यस कदमले ग्राहकहरूको विश्वास बढाउनेछ र नेपालमा दिगो गतिशीलताको स्वीकार्यता बढाउनेछ । यस अफरसँगै, फोर्थिङ फ्राइडेले आफूलाई नवप्रवर्तन, सुरक्षा र ग्राहक–केन्द्रित अनुभवमा समर्पित प्रिमियम इलेक्ट्रिक भेहिकल ब्रान्डको रूपमा स्थापित गरेको छ ।
लक्ष्मी ग्रुपले ‘ल्याक्पीरेन्स २०२५’ प्रदर्शनी गर्ने, बीएमडब्लुसहित बहुप्रतिष्ठित ब्रान्डको सहभागिता
काठमाडौं । लक्ष्मी ग्रुपले आगामी भदाै ७ र ८ गते काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओकमा ब्रान्डहरूको प्रदर्शनी ‘ल्याक्पीरेन्स २०२५’ आयोजना गर्ने भएको छ । प्रदर्शनी बिहान ११:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यस प्रदर्शनीलाई हुन्डाइ, बीएमडब्लु, काइ र फोरथीङ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूले विशेष बनाउन छन् । नेपालकै अटो इभेन्टमा पहिलोपटक बीएमडब्लुको सहभागिता रहने भएकाले यो प्रदर्शनी कारप्रेमीहरूका लागि थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ । कार्यक्रममा आगन्तुकहरूका लागि विशेष अफर र छुट, तत्काल कार मूल्याङ्कन, लोयाल्टी बोनसका साथै सुविधाजनक फाइनान्स र इन्स्योरेन्स सेवा उपलब्ध गराइनेछ । यसले नयाँ कार खरिद गर्न वा पुरानो साट्न इच्छुकका लागि उत्कृष्ट अवसर दिने आयोजकको दाबी छ । साथै, प्रदर्शनीमा नयाँ मोडल र प्रविधि अनुभव गर्ने, ब्रान्ड प्रतिनिधिसँग प्रत्यक्ष संवाद गर्ने तथा व्यक्तिगत डिल पाउने अवसर आगन्तुकहरूले पाउनेछन् । कारसँगै, नेल आर्ट, मेहेन्दी, निःशुल्क पौडी र सबै उमेर समूहलाई आकर्षित गर्ने मनोरञ्जनात्मक गतिविधिहरू पनि रहनेछन् ।