११ महिनामा १७ हजारभन्दा बढी ईभी आयात, सरकारलाई २२ अर्बभन्दा बढी राजस्व
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा १७ हजार ३०५ युनिट चार-पांग्रे विद्युतीय सवारीसाधन (ईभी) आयात भएका छन्। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, यी गाडीहरूबाट करिब ४२ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। सरकारले सो आयातबाट २२ अर्ब ३१ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। आयात गरिएका गाडीहरूमा ५० किलोवाट क्षमतासम्मका ४,७३७ युनिट, ५१-१०० किलोवाट क्षमताका ७,३५८ युनिट, १०१-२०० किलोवाट क्षमताका १,३५४ युनिट, २०१ किलोवाटभन्दा माथिका ४३ युनिट रहेका छन्। यस अवधिमा कमर्सियल प्रयोजनका लागि ३,८१३ युनिट ईभी पनि आयात गरिएका छन्।
चिनियाँ ईभीको बाढीले ब्राजिलका अटो उद्योग संकटमा
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो सवारीसाधन बोक्ने पानीजहाज (जसमा २० वटा फुटबल मैदान बराबरका गाडी अटाउन सक्छन्) गत महिनाको अन्त्यतिर पहिलो यात्रा पूरा गर्दै ब्राजिलको इताजाइ बन्दरगाहमा पुगेको छ। चीनको अग्रणी इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गाडी निर्माता बाइडी (बीवाईडी) ले ब्राजिलेली ग्राहकलाई तुलनात्मक रूपमा सस्तो मूल्यमा हरित गाडी उपलब्ध गराउँदैछ, यद्यपि यहाँ हरित गाडी प्रवर्द्धन अझै प्रारम्भिक चरणमै छ । ब्राजिलको अटो उद्योगका अधिकारी र श्रमिक नेताहरू चिनियाँ कम्पनीहरूबाट ठूलो मात्रामा आउने गाडीहरूले स्वदेशी उत्पादनलाई पछाडि धकेल्ने र रोजगारीमा हानी पुर्याउने चिन्ता व्यक्त गर्छन् । रोयटर्सले शिपिङ तथ्यांक र कम्पनीका बयानहरूका आधारमा गरेको विश्लेषण अनुसार बाइडीले विदेश विस्तार तीव्र बनाउन बढ्दो संख्यामा आफ्नो कार्गो जहाज परिचालन गरेको छ, जसमा ब्राजिल प्रमुख लक्ष्य बनेको छ । मे महिनाको अन्त्यमा आएको यो जहाज यस वर्ष ब्राजिलमा डुंगा लगेको बीवाईडीको चौथो जहाज हो, जसबाट करिब २२ हजार गाडी ल्याइएको छ । बाइडी विश्वकै ठूलो इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडी निर्माता हो र ब्राजिलमा विस्तार गर्ने लक्ष्य राख्ने थुप्रै चिनियाँ ब्रान्डहरूमध्ये सबैभन्दा ठूलो कम्पनी हो । ब्राजिलको मुख्य अटो संघका अनुसार चीनमा बनेका गाडीहरूको आयात यस वर्ष झन्डै ४० प्रतिशतले बढेर करिब २ लाख पुग्ने अनुमान गरिएको छ, जसले कुल साना गाडी दर्ताको करिब ८ प्रतिशत हिस्सा ओगट्नेछ । उद्योग र श्रमिक समूहहरू भन्छन्, ‘चीनले ब्राजिलमा अस्थायी रूपमा न्यून ट्यारिफको फाइदा उठाएर कारखाना खोल्नेभन्दा बढी निर्यातमै जोड दिइरहेको छ ।’ उनीहरूले सबै इभी आयातमा लागू हुने ट्यारिफ १० प्रतिशतबाट सिधै ३५ प्रतिशत पुर्याउने योजना एक वर्ष अघि सार्न सरकारसँग माग गरिरहेका छन् । इन्डस्ट्रीअल ब्राजिलका अध्यक्ष र मर्सिडिज–बेन्जका उत्पादन श्रमिक आरोआल्डो दा सिल्भाले भने, ‘विश्वका धेरै देशहरूले चिनियाँ गाडीको बाटो बन्द गरे तर ब्राजिलले गरेन । चीनले त्यसको भरपुर फाइदा उठायो ।’ अतिरिक्त उत्पादन ब्राजिल चीनको अटो उद्योगको तीव्र विश्वव्यापी विस्तारको केन्द्र बिन्दु बनेको छ । चिनियाँ कारखानाबाट बढी उत्पादन भएर निर्यात बढेपछि चीन २०२३ मा जापानलाई उछिन्दै विश्वकै ठूलो गाडी निर्यातकर्ता बनेको हो । धेरैजसो अतिरिक्त गाडीहरू युरोप, दक्षिण-पूर्वी एसिया र ल्याटिन अमेरिकामा पठाइँदै छन् । ब्राजिलमा ठूलो बजार रहेको छ- बजार आकारका आधारमा यो विश्वकै छैठौं ठूलो बजार हो( जहाँ फक्सवागन, जनरल मोटर्स र जिप निर्माता स्टेलान्टिस जस्ता कम्पनीहरूले दशकौंदेखि स्थानीय रूपमा गाडी उत्पादन गर्दै आएका छन् । ब्राजिल सरकारले पनि इलेक्ट्रिक र प्लग–इन हाइब्रिड गाडीको बिक्री बढाउन नीति बनाएको छ, जुन बीवाईडीको प्रमुख क्षेत्र हो । यसैबीच, बीवाईडीलाई स्वदेश र विदेश दुवै ठाउँमा विस्तार गर्ने बाटो साँघुरिँदै गएको छ । स्वदेशमा बीवाईडी तीव्र मूल्ययुद्धमा फसेको छ, जसले गर्दा यसको सिगल नामक सस्तो मोडेलको मूल्य १० हजार डलरभन्दा तल झार्नुपरेको छ र नाफा कम भएको छ । विदेशमा युरोपले ४५.३ प्रतिशत शुल्क र अमेरिकाले १०० प्रतिशतभन्दा बढी ट्यारिफ लगाउनुका साथै चिनियाँ सफ्टवेयर प्रतिबन्ध गरेर कडा व्यापार अवरोध लगाएका छन् । विगतमा ब्राजिलले चिनियाँ गाडी कम्पनीलाई स्वतन्त्र प्रवेशबाट जोगाउन कदम चाले पनि अन्य देशजस्तो छिटो र कडा कारबाही गरेको छैन । २०१५ मा ब्राजिलले इलेक्ट्रिक गाडी प्रवर्द्धन गर्न बीवाईडी जस्ता निर्माता कम्पनीलाई ट्यारिफ छुट दिएको थियो तर गत वर्ष त्यसमा फेरि १० प्रतिशत ट्यारिफ लगाइयो । यो शुल्क हरेक ६ महिनामा बढाउँदै २०२६ सम्ममा ३५ प्रतिशत पुग्ने योजना छ । ब्राजिलको विकास, उद्योग र वैदेशिक व्यापार मन्त्रालयका अनुसार ट्यारिफ चाँडै बढाउने उद्योग संघको मागमाथि समीक्षा भइरहेको छ । बीवाईडी र अन्य चिनियाँ कम्पनीहरूले हाल ब्राजिलमा प्लग(इन हाइब्रिड र ब्याट्री–इलेक्ट्रिक गाडीमा करिब १६९ मिलियन डलर र २२६ मिलियन डलरसम्म ट्यारिफ-मुक्त आयात गर्न पाउने नीतिको फाइदा उठाइरहेका छन् । यसले पुरा कोटा सकिनुअघि धेरै गाडी ल्याउन प्रेरणा दिएको विश्लेषकहरू बताउँछन् । आयातको बाढी बीवाईडीको रणनीति स्थानीय अधिकारीको कडा प्रतिरोध बिना निर्यात विस्तार गर्नेमा निर्भर छ । तर ब्राजिलमा उद्योगका प्रतिनिधिहरू बीवाईडीले स्वदेशमै उत्पादन सुरु गर्ने योजना पछि धकेलिएकोमा चिन्तित छन्। २०२३ मा ब्राजिल सरकारले बीवाईडीलाई बाहियास्थित फोर्डको पुरानो कारखाना किनेर उत्पादन सुरु गर्ने योजना स्वागत गरेको थियो । तर निर्माण स्थलमा श्रम शोषणको अनुसन्धानका कारण अब उत्पादन २०२६ को डिसेम्बरसम्म मात्र ‘पूर्ण रूपमा सञ्चालनमा आउने’ स्थानीय अधिकारीहरूले बताएका छन् । अरू चिनियाँ कम्पनी जीडब्लुएमले पनि मर्सिडिज–बेन्जको पुरानो कारखानामा गाडी बनाउन थाल्ने योजना एक वर्षभन्दा बढी पछि सारेको छ। सरकारले भने यो कारखाना यसै वर्ष सञ्चालन हुने अपेक्षा गरेको छ । ब्राजिलको अटो संघ एएनएफएभीईएका अध्यक्ष इगोर काल्भेटले भने, ‘हामी नयाँ ब्रान्डहरूलाई ब्राजिलमा उत्पादन गर्न, स्थानीय उद्योग बढाउन, रोजगारी सिर्जना गर्न र नयाँ प्रविधि भित्र्याउन स्वागत गर्छौं । तर अत्यधिक आयातले स्वदेशी उत्पादनमा लगानी घटाउँछ भने त्यो हाम्रो लागि चिन्ताको कुरा हो ।’ इन्डस्ट्रीअलका दा सिल्भाले भने, ‘बीवाईडी कारखाना सुरु हुनुभन्दा १८ महिना अगाडि नै स्थानीय आपूर्तिकर्तासँग सम्झौता हुनुपर्ने हो तर अहिले सम्म त्यस्तो केही सुनिएको छैन ।’ ‘कारखाना भए पनि यदि सबै उपकरण, विकास र प्रविधि बाहिरबाट आउँछ भने त्यसले कति मूल्य थप्छ ?,’ उनले थपे । राष्ट्रपति लुला दा सिल्भाको बामपन्थी सरकारले रोजगारी र वातावरण जोगाउने प्रयास गरिरहेको छ । आगामी नोभेम्बरमा कोप ३० विश्वव्यापी जलवायु सम्मेलन आयोजना गर्न लागेको ब्राजिलले आफ्नो हरित छवि बलियो पार्न उद्योग फिर्ता ल्याउन चाहन्छ । तर ब्राजिलको हरित गाडी बजार अझै पनि चिनियाँ आयातमा निर्भर छ । ब्राजिलको ईभी संघ एबीभीईका अनुसार ब्राजिलमा बिक्री हुने इलेक्ट्रिक गाडीमध्ये ८० प्रतिशत चिनियाँ हुन् । ब्राजिलमा लिथियम लगायत ईभी ब्याट्री बनाउन चाहिने खनिज प्रशस्त छन् तर सबै आवश्यक पाटपुर्जा उत्पादन गर्ने पूर्वाधार अझै नभएको जीडब्लुएम ब्राजिलका सरकारी सम्बन्ध निर्देशक र एबीभीईका अध्यक्ष रिकार्डो बास्टोसले भने । जीडब्लुएमले २०२१ मा वार्षिक ५० हजार गाडी उत्पादन क्षमताको कारखाना किनेर यस जुलाईदेखि हवाल एच ६ एसयूभी उत्पादन सुरु गर्ने तयारी गरेको छ । बास्टोसका अनुसार करिब १०० वटा ब्राजिलेली आपूर्तिकर्तासँग सम्झौता गर्न छलफल भइरहेको छ । मस्कको रोबोट्याक्सीमा डेमोक्र्याटको हस्तक्षेप कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित
मस्कको रोबोट्याक्सीमा डेमोक्र्याटको हस्तक्षेप
काठमाडौं । टेक्सासका केही डेमोक्र्याट सांसदहरूको समूहले टेस्लालाई अस्टिनमा गर्न हुन लागेको बहुप्रतिक्षित रोबोट्याक्सी सेवा सुरु गर्ने योजना आगामी सेप्टेम्बरसम्मका लागि स्थगित गर्न आग्रह गरेका छन् । सो समयमा नयाँ स्वचालित सवारीसाधन सम्बन्धी कानुन लागू हुने तयारी छ । अस्टिन क्षेत्रका सांसदहरूले बुधबार पत्र पठाएका थिए । उक्त पत्रमा केही समयका लागि रोक्नु सार्वजनिक सुरक्षाको दृष्टिले र कम्पनीको विश्वसनीयता कायम गर्न सबैका लागि हितकारी हुने बताएका छन् । यदि टेस्लाले यो महिनामै सेवा सञ्चालन अघि बढाउने निर्णय गर्यो भने सांसदहरूले नयाँ राज्य कानुनअनुसार टेस्लाले कसरी नियम पालना गर्नेछ भन्ने विस्तृत विवरण पेश गर्न माग गरेका छन् । गत वर्ष एलन मस्कले टेस्लाको भविष्यलाई पूर्णरूपमा स्वचालित सवारी प्रविधिमा केन्द्रित गर्ने घोषणा गरेका थिए । कम्पनीले पछिल्लो समय विद्युतीय सवारी बिक्री वृद्धिमा मात्र ध्यान नदिई स्वचालित प्रविधी विकासलाई प्राथमिकता दिएको छ । सांसदहरूको पत्रबारे टेस्लाले अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन । टेक्सास राज्यमा गभर्नर र दुबै सदनमा रिपब्लिकनको बहुमत रहेको हुँदा डेमोक्र्याट सांसदहरूको पत्रले कति प्रभाव पार्ला भन्ने विषयमा भने अन्योलता रहेको छ । मस्कले यसै वर्ष जनवरीमा घोषणा गरेका थिए कि कम्पनीले जुन महिनादेखि अस्टिनमा ुपैसा तिरेर स्वचालित सवारी सेवाु प्रदान गर्नेछ । त्यसपछि अस्टिनमा सेवा सुरु गर्ने टेस्लाको योजना लगानीकर्ता र विश्लेषकहरूको मुख्य चासोको विषय बनेको छ । धेरैले टेस्लाको सेयर मूल्यलाई भविष्यमा आउने रोबोट्याक्सी र मानवरूपी रोबोट परियोजनासँग जोडेर हेरिरहेका छन्, जुन अझै बजारमा आएको छैन । हालको टेक्सास कानुनअनुसार कुनै पनि स्वचालित सवारी कम्पनीले आफ्नो सवारीसाधन राज्यभरि सञ्चालन गर्न पाउँछन्, यदि ती सवारीहरूले आवश्यक दर्ता र बीमा शर्तहरू पूरा गरेका छन् भने । तर गत महिना टेक्सास विधानसभाबाट पारित भएको नयाँ कानुनले अबदेखि स्वचालित सवारी कम्पनीहरूले राज्यमा सेवा सञ्चालन गर्न विशेष अनुमति लिनुपर्ने व्यवस्था ल्याउनेछ । नयाँ कानुन लागू भएपछि कुनै चालकविहीन सवारीले जनतालाई जोखिममा पारिरहेको ठानेमा राज्य अधिकारीहरूले अनुमति खारेज गर्न सक्नेछन् । साथै आपतकालीन अवस्थाहरूमा प्रहरीले र उद्धारकर्मीहरूले यस्ता सवारीसाधनलाई कसरी नियन्त्रण गर्ने भन्ने जानकारी कम्पनीहरूले राज्यलाई दिनुपर्नेछ । टेसलाले अस्टिनमा रोबोट्याक्सी सेवा सुरु गर्ने विस्तृत योजना भने अहिलेसम्म सार्वजनिक गरेको छैन । मस्कले सुरुवातमा १० देखि २० वटा मोडल वाई सवारीमार्फत सेवा सुरु गर्ने र अस्टिनका सबैभन्दा सुरक्षित ठानिएका क्षेत्रहरूमा मात्र सञ्चालन गर्ने बताएका छन् । तर यात्रु को हुने, यात्रा शुल्क कस्तो हुने, सवारी कहाँ-कहाँ सञ्चालन हुने र टाढाबाट निगरानी तथा नियन्त्रण प्रणाली कति प्रभावकारी हुने भन्नेबारे कम्पनीले प्रष्ट पारेको छैन । सान्दर्भिक सामग्री : कमजोर मागले फरारीको दोस्रो ईभी २०२८ सम्मका लागि स्थगित चिनियाँ अटो उद्योगले विद्युतीय बजारमा नयाँ कीर्तिमान राख्दै