दशैंको अवसरमा टाटाले ल्यायो नयाँ योजना, कार खरिदमा १० तोलासम्मको सुन उपहार

काठमाडौं । नेपालका लागि टाटा मोटरका अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडपर्वको अवसर पारेर आफ्नो नयाँ योजना “दशैंमा १० सै तोला” नेपाली बजारमा ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले टाटा कारको खरिदमा १० तोलासम्मको पक्का सुन प्राप्त गर्नेछन् । बिक्रि, सेवा र स्पेयर पार्टस्मा नेपालकै सबै भन्दा ठूलो संजाल रहेको सिप्रदी ट्रेडिङ्गले टाटा कारहरु स्ट्रोम, बोल्ट, टियागो र जेस्टको खरिदमा ग्राहकहरुलाई क्रमशः १० तोला, ७ तोला, ६ तोला र ५ तोला पक्का सुन उपहार स्वरुप प्रदान गर्नेछ । त्यसैगरी, टाटा टिगोरको खरिदमा ग्राहकहरुले १ तोला सुन प्राप्त गर्नुका साथै ९.९९ प्रतिशतको न्यूनतम ब्याजदरको सरल कर्जामा समेत उक्त कार खरिद गर्न सक्नेछन् ।

टिभिएसको एक्स्चेञ्ज मेला भदौ १३ गतेसम्म

काठमाडौं । टिभिएसको एक्स्चेञ्ज मेला भदौ १० गतेदेखि १३ गतेसम्म आयोजना हुँदैछ । जावलाखेल ग्राउण्डमा ‘गुडे पनि नगुडे पनि २५,००० पाइन्छ नि’ नामक उक्त मेलामा उत्कृष्ट ग्राहक योजना प्रस्तुत हुँदै छ । यस मेला अवधिभर सवारीधनीहरुले आफुसँगै भएको कुनै २ पाङ्ग्रे सवारीसाधन उत्कृष्ट मुल्यमा एक्सचेन्ज गर्न पाउने छन् । साथै, मेलामा टिभिएसको बजारमा उपलब्ध कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ । सवारीधनीसँग भएको कुनै पनि २ पाङ्ग्रे सवारी साधनलाई कम्तीमा २५ हजार मुल्य प्रदान गर्नु नै यो मेलाको सबैभन्दा आकर्षक पक्ष रहेको छ । ग्राहकहरुको थप सुविधालाई ध्यानमा राखी कम्पनिले जावलाखेल लगायत भक्तपुर, चौतारा, ग्वार्को, खुशिवुर बनेपामा पनि सोहि मेला आयोजना गर्दैछ ।

आजबाट नाडा अटो शो सुरु, भौतिक पूर्वाधार मन्त्री बलायरले गरे उद्घाटन

काठमाडौं । मंगलबारदेखि गाडीहरुको कुम्भ मेला नाडा अटो शो २०१७ सुरु भएको छ । शोको औपचारिकरुपमा उद्घाटन भौतिक तथा पुर्वाधार मन्त्री वीर बहादुर बलायरले उद्घाटन गरे । कार्यक्रममा मन्त्री बलायरले सवारीसाधनको व्यवसाय प्रवर्द्धनका लागि मुख्य कुरा भौतिक पूर्वाधार नै महत्वपुर्ण कुरा भएकाले सडक निर्माणलाई नै प्राथमिकतामा राखिएको बताए । सडक निर्माण भएको ६ महिना वर्ष दिन नबित्दै कालो पत्रे बिग्रिने भएको हुनाले कार्य संपादन राम्रो नभएको उनले बताए । उनले भने, ‘सडक विभागको कार्यक्षेत्र बाहेकका आयोजनाको जिम्मेवारीमा रहेका सडक बिग्रदा पनि सडक विभागलाई दोष आउँछ । अब हामीले बनाएको सडकमा मार्कर लगाउने निर्देशन दिएको छुँ ।’ सडकहरु निर्माण गर्दा उपयुक्त प्रावधान बनाएर अघि बढे मात्र स्थाइ पुर्वाधारको विकास हुने उनले बताए । “सडकहरुको गुणस्तरमा प्रश्न चिन्ह उठेको छ , १ वर्ष सरकारको ठुलो धनराशी खर्च गरेर सडक निर्माण गर्न पर्ने अर्को वर्ष पुर्ननिर्माणको लागि सरकारले पुनःखर्च गर्नुपर्ने बिडम्बना छ ।”– मन्त्रीले भने । भर्खरै सुरु गरिएको यातायात इम्बोस्ट नम्बर प्लेटले सडक दुर्घटनामा भने न्युनता ल्याएको उनले बताए । कार्यक्रममा नाडा अटोमोबाइल डिलर्स एसिसिएसनका अध्यक्ष अन्जन श्रेष्ठले विकासका नाममा हुनुपर्ने सडक निर्माणलाई राजनीतिक दबाबका कारण अवरोध पुग्ने गरेको आरोप लगाए । उनले भने, ‘मुलुक खुला अर्थतन्त्र नीति अवलम्बन गरिसकेको अवस्थामा गाडीलाई निषेध नै गर्न सकिदैन । त्यसैले यसलाई चलाउनका लागि पनि कनेक्टीभीटी अपरिहार्य छ ।’ श्रेष्ठले बढ्दो सडक दुर्घटना न्युनिकरणका लागि पनि सरकारले पहल गर्नुपर्ने बताए । यसका लागि भेहिकल फिटनेसको व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेका छन् ।