अग्नि मोटो इन्कको सर्भिस सल्लाह तथा प्राविधिक कार्यक्रम सम्पन्न, १९ जनाले लिए प्रशिक्षण

काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्क प्रालिको सर्भिस सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।  दुई दिनसम्म आयोजना भएको कार्यक्रममा देशभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए । महिन्द्र टु ह्वीलरहरुको विक्रीवितरण गर्दै आएको अग्निमोटो इन्क प्रा.लिले नेपालभरका प्राविधिकहरुलाई २ दिनसम्मको प्रशिक्षण दिएको थियोे । प्रशिक्षणमा अर्डर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन सम्बन्धी जानकारी दिइएको थियो । त्यस्तै कम्पनीले  विभिन्न पार्टहरुको स्टकलाई कसरी व्यवस्थितगर्ने भन्ने कुरा, सर्भिसिङ्गगर्ने प्रक्रिया, कुनकुन समयमा कस्ता कस्ता पार्ट फेर्नु पर्दछ भन्ने जानकारीदेखि लिएर रिपोर्ट जेनेरेटसम्मको प्रशिक्षण दिएको थियो ।

गाडी धुने पूर्ण स्वचालित प्रविधि नेपाली बजारमा, ५ मिनेटमै एउटा गाडी धोइसक्ने

ललितपुर । उमी ग्रुपले पहिलो पटक जर्मन टेक्नोलोजिको गाडी धुने पूर्णस्वचालित प्रविधि नेपाली बजारमा भित्र्याएको छ । सोमबार ललितपुरमा आयोजित कार्यक्रमकाबीच गैर आवासिय नेपाली संघका उपाध्यक्ष सविला राजभण्डारी र उद्योगी समाजसेवी राजेन्दराज खेतानले उक्त नयाँ प्रविधिको शुरु गरेका हुन् । नयाँ प्रविधील केवल ५ मिनेटमा नै एउटा गाडी धुनुका साथै मसिनबाट त्यसलाई सुकाउने उमी ग्रुपका सञ्चालक तुलसीराम श्रेष्ठले जानकारी दिए । अन्य मुलुकमा यो प्रविधि सञ्चालनमा भएपनि नेपालमा भने यो पहिलो पटक हो । हाल उमी ग्रुपले प्रविधिको ललितपुरको बखुण्डोल र काठमाडौंको ज्ञानेश्वरबाट शुरु गरेको उनले जानकारी दिएका छन् । आगामी दिनमा मुलुकका अन्य शहरहरुमा पनि यो प्रविधि बिस्तार गर्ने लक्ष्य उमी ग्रुपले अर्का सञ्चालक चिज कुमार श्रेष्ठले बताए । यो प्रविधिबाट गाडी धुनका लागी लामो समय कुर्नुपर्ने झण्झटबाट मुक्त हुने विश्वास उमी ग्रुपले लिएको छ । यो प्राविधि नेपालमा ६ करोडको लगानीमा स्थापना गरिएको हो ।

हुन्डाईले नेपाली बजारमा ल्यायो नयाँ कार ‘द नेक्स्ट जेन भर्ना’, मूल्य ४७ लाख रुपैयाँसम्ममा

काठमाडौं । लक्ष्मी ईन्टरकन्टिनेन्टल प्रालीले हुन्डाईको ‘द नेक्स्ट जेन भर्ना’ कार नेपाली बजारमा ल्याएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले भर्नाको ५ औँ जेनेरेसनको सेडान कार सार्वजनिक गरेको हो । ६ वटा रंगमा उपलव्ध यो कारको मूल्य ४२ लाख ९६ हजार देखि ४६ लाख ९६ हजारसम्म रहेको छ । आकर्षक बनौट,अत्याधुनिक विशेषता तथा सुबिधा सम्पन्न भर्नाले नेपालमा एक नयाँ अध्याय लेख्ने विश्वास कम्पनीले लिएको छ । भर्ना एक आरामदायी गाडी मात्र नभई उत्कृष्ट बनौट,शानदार प्रदर्शन, अत्याधुनिक प्रविधि, सुरक्षित निर्माणको उत्कृष्ट संगालो रहेको छ । सर्वाधिक रुचाइएको यो गाडीको विश्वभरि करिब ९० लाख ग्राहक रहेको कम्पनीको दाबी छ । यो कार सुरक्षाको हिसाबले निकै सुरक्षित रहेको कम्पनीले जनाएको छ । नेपाली बजारमा निकै रुचाइएको भर्ना १.६ लिटर इन्जिनमा उपलब्ध रहेको छ । यो कार विश्वको ६६ देशमा बिक्री बितरण भइरहेको र हालसम्म ८८ लाख युनिट बिक्री भएको कम्पनीको दाबी छ । सेफ्टीको लागि यसमा २ वटा एयरब्याग जडान भएको यसकारमा कोर्निङ ल्याम्प, फ्रन्ट प्रोजेक्टर फग ल्याम्प, एबिएस र उत्कृष्ट अडियो कनेक्टीभिटी रहेको छ । १५९१ सिसी इन्जन क्षमताको यस कारले १२३ पिएस पावर र ६४०० आर एमपी जेनेरेट गर्छ । ६ स्पिड म्यानुअर र अटोम्याटिक दुबै भेरिएन्टमा उपलब्ध यो कार नेपाली बजारमा सुहाउँदो रहेको कम्पनीको दाबी छ ।