रनर मोटरसाइकल नेपाली बजारमा, ७ मोडेलका मोटरसाइकलको बिक्री शुरु

काठमाडौं । बंगलादेशको कम्पनी रनर अटोमोबाइल्सको नेपाली वितरक रमन मोटर्सले रनर मोटरसाइकल नेपाली बजारमा भित्र्याएको छ । रनर मोटरसाईकलको नेपालका लागि आधिकारिक विक्रेता तथा वितरक रमन मोटर्सले शनिबार एक कार्यक्रमको आयोजना गर्दै सो ब्राण्ड सार्वजनिक गरेको हो। रनर ग्रुप अफ कम्पनीका अध्यक्ष हफिजुर रहमन खान, सोही कम्पनीका प्रमुख कार्यकारी मुकेश शर्मा र रमन मोटर्सका अध्यक्ष बलराम महतो र प्रमुख कार्यकारी रमन महतोले शनिबार ह्यात होटलमा आयोजित एक समारोहका बीच उक्त ब्रान्डका ८० देखि १५० सिसिका विभिन्न आकर्षक ७ मोडेलका मोटरसाइकल तथा १ ओटा स्कुटरको बिक्रि शुभारम्भ भयो। बंगलादेशको रनर ग्रुप अफ कम्पनीका चियर म्यान हफिजुर रहमनले नेपालको रमन मोटर्सका सिईओ रमन महतोलाई कम्पनीको प्रमाण पत्र प्रदान गर्दै, आधिकारिक रुपमा नेपाली बजारमा रनर ब्राण्डाका मोटरसाईकलको कारोबार गर्ने इजाजत दिएका हुन्। रमन मोटर्सले यस अघि कन्ट्रक्सन क्षेत्रमा मात्र काम गर्दै आएकोमा अब भने अटोमोबाईल क्षेत्र पनि काम गर्ने भएको हो। यो सँगै नेपाली बजारमा दुई पाङ्ग्रे सवारी साधनमा नयाँ ब्राण्डको उदय समेत भएको छ।यसले नयाँ पुस्ताहरुमा नयाँ ब्राण्ड र नयाँपन समेत थपेको कम्पनीले बताएको छ। नेपाली बजारमा अहिले सम्म कुनै पनि ब्राण्ड तथा कम्पनीले दिन नसकेको अधिकतम ६ वर्षको वारेन्टी समेत रनरले प्रदान गरेको रमन मोटर्स्का सिईओ महतोले दाबी गरेका छन् । उनले रनरको सेल्स्पछिको सेवामा पनि कम्पनीले विशेष ध्यान दिएको बताएका छन् । सेल्स्, सर्भिस् तथा स्पेयर पार्टस्सम्मको सुविधालाई मध्यनजर गर्दै बजारमा डिलर तथा वर्कशपहरुको व्यवस्था गरिएको बताएका छन्। हाल काठमाण्डौमा मात्र ९ ओटा र बाहिरी क्षेत्रमा १० वटा रनरको स्पेयर पार्टस्तथा सर्भिस सेन्टरको व्यवस्था गरिएको र कार्यक्रममा प्रमुख अथितिका रुपमा बंगलादेशका नेपालका लागि राजदुतमा सफीविन्ती शामंस्रहेकी थिईन भन्ने उनले बंगलादेशी उत्पादन रनरको नेपालमा उपस्थितिले व्यवसायीक रुपमा मात्र नभई दुई देशबीचको आत्मियतालाई समेत थप उचाईमा पुर्याएको बताएकी छिन् । सँगै रमन मोटर्सले ललितपुरको बागडोलमा अत्याधुनिक सुविधा सम्पन्न र वृहत शोरुमका साथै सर्भिस सेन्टर समेत खोलेको छ। यसले रनर मोटरसाईकलको बजारीकरणमा महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ। यहाँ मोटरसाईकल विक्रि वितरण गरिनुका साथै विक्रि पश्चातका सबै खाले सेवा तथा सुविधा समेत उपलब्ध गराईने कम्पनीले बताएको छ।

‘रेनो सुप्पर हिट’ स्किम संचालनमा, ग्राहकले साढे ६ लाखसम्मको फाइदा लिन सक्ने

काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रालिले ‘रेनो सुप्पर हिट’ स्किम संचालनमा ल्याएको छ । जाडो यामको अवसर पारेर कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै उक्त स्किम संचालनमा ल्याएको हो । जस अन्तर्गत ग्राहकले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । उक्त स्किममा रेनोका कुनैपनि कार खरिद गर्दा ग्राहकले छुट सुबिधा पाउने छन् । रेनो सुप्पर हिट स्किमको ट्यागलाईन ‘ चिसो विन्टरमा हट अफर ’ रहेको छ । यस स्किम अन्तर्गत ग्राहकहरुले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ । साथै, एक बर्षको निशुल्क बीमा, एक बर्षको निशुल्क रोड ट्याक्स (सडक दस्तुर कर), दुई बर्षसम्म निशुल्क सर्भिसिङ साथै १ लाख सम्मको एक्स्चेन्ज बोनस पाउने सक्नेछन् । यो योजना रेनोका सबै डिलर तथा शोरुमहरुबाट प्राप्त गर्न सकिने छ । यो बर्ष रेनो नेपालले आफ्नो नयाँ सर्भिस सेवा थप गरेको छ भने आवश्यकता अनुसार शोरुम र सर्भिस सेन्टर थप्दै लाने योजना बनाएको छ । रेनोका ग्राहकलाई मध्येनजर गर्दै रेनो नेपालले ‘वर्कशप अन हुइल’ (वाउ) नामक सर्भिस भेइकल रेनोको उपभोक्ताहरुलाई सेवा पुर्याउन सुरुवात गरेको छ । रेनो नेपालले पहिलो पटक अत्याधुनिक सर्भिस सेन्टर सहितको यो सेवा ल्याएको हो । रेनोको यो सर्भिस भेइकल हालका लागि बिशेष गरि काठमाडौं उपत्यकाभरि फैलिएर रहेका आफ्ना ग्राहकहरुलाई प्रभावकारी र अत्यावस्यक समयको बेला तत्पर सेवाहरु प्रदान गर्न शुरु गरेको छ ।  

सुजुकीको नयाँ ‘सेलेरियाे’ कार नेपाली बजारमा, मूल्य २३ लाख ३९ हजार रुपैयाँ

काठमाडौं । सुजुकीका चार पाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक विक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले आफ्नो प्यासेन्जर कार ‘सेलेरियाे’ को नयाँ फेसलिफ्ट भर्जनहरु नेपाली बजारमा सार्वजनिक गरेको छ । ‘द पर्फेक्ट फ्याम्ली कार’ कारका रुपमा सार्वजनकि गरिएको सेलेरियोमा पारिवारिक आवश्यकतालाई विशेष ध्यान दिइएको छ । नयाँ सेलेरियोमा परिक्षित तथा प्रमाणित अवार्ड विजेता के १० ईञ्जिनको प्रयोग गरिएको छ । सो ईञ्जिनले ६८ पीएसको अधिकतम शक्ति उत्सर्जन गर्दै श्रेणीमै सर्वाधिक दावी गरिएको २३ दशमलव १ किलो मिटर प्रति लिटर माइलेज दिने क्षमता राख्छ । सार्वजनिक नयाँ फेसलिफ्ट (परिस्कृत) कारहरुमा समय सापेक्ष रुपमा नयाँ फ्रण्ट ग्रिल र स्टाइलिश फ्रण्ट बम्पर एसेम्ब्लिको प्रयोग गरिएको कम्पनीले जनाएकाे छ । साथै, कारको पछिल्लो भागमा गरिएको परिमार्जनले नयाँ कारलाई पूरानाका तुलनामा हेर्दा फराकिलो लुक्स प्रदान गरेको छ । सार्वजनिक नयाँ कार बाहिरबाट हेर्दा मात्र ट्रेण्डि नभइ कारको भित्री सजावतमा समेत आरामदायी अनुभव दिने सोचका साथ उपयुक्त सिट तथा फेब्रिक्सको प्रयोग गरिएका छन् । आकर्षक डिजाइनका साथै कार्य प्रदर्शनीलाई विशेष ध्यानमा राखि यसमा आरामदायी परिचालन अनुभवका लागि विभिन्न फिचर्सहरुपनि समाहित गरिएका छन् । सेलेरियोमा १ सय ७० एमएमको उच्च ग्राउण्ड क्लियरेन्स, ४ दशमलव ७ मिटरको न्यूनतम टर्निङ रेडियस उपलब्ध गरिएको छ । त्यसैगरी, २ हजार ४ सय २५ एमएमको ठूलो ह्विल बेस, आवश्यकता अनुसार समायोजन गर्न मिल्ने एड्जस्टेवल सिट, विद्युतिय माध्यमबाट समायोजन गर्न सकिने ओआरभीएम्स, अटो डाउन ड्राइभर पावर विण्डो, किलेस ईन्ट्रि, ईलेक्ट्रिक पावर स्टेरिङ, पावरफूल एयर कन्डिसनिङ, २ डिन संगीत प्रणाली, ब्लूटूथ ह्याण्ड्स फ्रि प्रणाली लगायत फिचर्सहरु उपलब्ध रहेका छन् । कारमा उपलब्ध गरिएका सुरक्षा फिचर्सलाई दृष्टिगत गर्दा यसलाई पारिवारिक प्रयोगका लागि सर्वोत्कृष्ट कारका रुपमा पनि लिइन्छ । कारका हरेक भ्यारिण्टमा स्ट्याण्डर्ड ड्राइभर एयरब्याग उपलब्ध गरिएका छन्, एण्टिलक ब्रेकिङ प्रणाली, फोर्स लिमिटर तथा प्रि टेन्सनर सुविधा सहितको ईएलआर सिट बेल्टपनि कारमा जडान गरिएको छ । साथै, दुर्घटना हुँदा बटुवाहरुको सुरक्षार्थ घाँटी तथा टाउकोमा लाग्ने चाट पटक न्यूनिकरणका लागि प्रयोगहुने सुरक्षा फिचर्स उपलब्ध केही कार मध्य योपनि एक भएको छ । साथै, कार चोरी लगायतबाट सुरक्षा प्रदान गर्ने सोचका साथ यसमा ईम्मोबलाइजर तथा सुरक्षा प्रणालीहरुपनि जडान गरिएका छन् । ‘सुरक्षा तथा आरामदायी अनुभवका लागि विभिन्न फिचर्सका साथै अतुलनिय कार्य प्रदर्शनी तथा क्षमताका लागि नयाँ सेलेरियोमा विभिन्न अत्याधुनिक फिचर्सहरु उपलब्ध रहेका छन् । हामीले नेपाली परिवारका लागि विशेष उपयोगी होस् भन्ने तिर विशेष ध्यान दिएर कार सार्वजनिक गरेका छौँ’, नयाँ सेलेरियोका बारेमा बोल्दै सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने,‘हामीले निकट भविष्यमा नै यसको स्पोर्टी भ्यारियण्ट सेलेरियो एक्सपनि सार्वजनिक गर्ने तयारी गरिरहेक छौँ ।’ यस कारमा चार वर्षे वारेण्टि तथा ८ निःशुल्क सर्भिसिङ सुविधा सहित उपलब्ध हुने छ । साथै, यस कारको मूल्य २३ लाख ३९ हजार रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।