‘फियाट पुन्टो इभो प्योर’ कार नेपाली बजारमा, मूल्य २६ लाख ९५ हजार रुपैयाँ
काठमाडौं । नेपालका लागि विश्वकै सातौं ठूलो अटो निर्माता कम्पनी फियाट् क्रिस्लर अटोमोबाइलको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले नयाँ फियाट पुन्टो इभो प्योर नेपाली बजारमा ल्याएको छ । पुन्टो प्योरलाई प्रतिस्थापन गरेर फियाट पुन्टो इभो प्योर फियाट् ब्रान्डको इन्ट्रि लेभल ह्याचब्याक बनेको छ । नयाँ पुन्टो इभो प्योरमा फियाट्को सिग्नेचर ‘रिइनडियर’ हेडल्याम्प, क्वालिटी बिल्ड र अतुलनीय अन-रोड डाइनामिक्स जस्ता विशेषता छन् । ४ सिलिन्डरयुक्त १.२ लिटर फायर पेट्रोल इन्जिन जडान गरिएको कारले ६००० आरपीएममा अधिकतम ६८ पीएस पावर र २५०० आरपीएममा ९६ एनएम अधिकतम टर्क उत्पन्न गर्छ । नयाँ पुन्टो इभो प्योर फियाट् ब्रान्डको सबैभन्दा सस्तो फाइभ–डोर कार हो । नेपालका लागि यो कारको मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । कम्पनीका अनुसार ४५ लिटर क्षमताको फ्युल ट्यांक रहेको नयाँ कारले २०.३ किलोमिटरको माइलेज दिन्छ । एक्जोटिक रेड, बोस्सोनोभो ह्वाइट र हिपहप ब्ल्याक गरी यो कार ३ वटा एक्साइटिङ कलरमा उपलब्ध छ । पर्फेक्ट फेमिली कारको छवि बनाउन सफल पुन्टो इभो प्योर भारतमै उत्पादन गरिएको भए पनि युरोपेली इन्जिनियरिङ मापदण्डलाई पालना गरी बनाइएको हो । हाइड्रोलिक एड्जस्टेबल पावर स्टेरिङले ‘रोड फिल’लाई प्रत्याभुत गर्छ र यसमा बेस्ट इन क्लास ग्राउन्ड क्लेरेन्स (१९५ एमएम) छ जुन नेपाली सडकको अवस्थाका लागि उत्तम छ । ‘पुन्टो इभो प्योरको आगमनले फियाट्को पोर्टफोलियो अझ बलियो बनेको छ । ग्राहकहरुले फियाट्को डिजाइन, स्टाइलिङ र अनरोड डाइनामिक्सलाई सदा प्रशंसा गरेका छन् । अब उनीहरुले आकर्षक मूल्यमा गुणस्तर र आधुनिक फिचरले भरिएको युरोपियन ह्याचब्याक खरिद गर्न सक्नु हुनेछ,’ लाइफ अटोमोबाइलका चिफ जेनेरल म्यानेजर सुरज मानन्धनरले भने । पुन्टो इभो प्योरको निर्माण गर्दा यात्रुको सुरक्षालाई विशेष ध्यान दिइएको छ । इन्जिन इमोबिलाइजर, क्रम्पल जोन, डबल क्र्यांक प्रिभेन्सन सिस्टम, फायर प्रिभेन्सन सिस्टम, स्मार्ट वाइपर र सेन्ट्रल लकिङ यसका उदाहरण हुन् । पुन्टो इभो प्योरको इन्टेरियर पाँच जना यात्रीका लागि पुग्ने गरी निकै स्पेसियस बनाइएको छ । यसको बुट स्पेस पनि निकै ठूलो छ जसले गर्दा यो कार विकेन्डका लागि उपयुक्त बनेको छ । कारमा डिस्ट्यान्स टु इम्प्टी इन्डिकेटर, एभेरेज फ्युल इफिसेन्सी इन्डिकेटर, सिट बेल्ट वार्निङ, डोर अजार वार्निङ, फलो मि हेडल्याम्प, डिजिटल क्लक, डिजिटल ओडोमिटर, डिजिटल ट्रिप मिटर लगायतका सुविधाहरु रहेका छन् । लाइफ अटोमोबाइलले फियाट पुन्टो इभो प्योरमा दुई वर्षको वारेन्टीको व्यवस्था समेत गरेको कम्पनीले जनाएको छ ।
काठमाडौं महानगरले सवारी करको दर चार गुणासम्म बढायो, कुन सवारीले कति तिर्नुपर्छ ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्ष सवारी करको दररेट चार गुणासम्मले बढाएको छ । महानगरपालिका भित्र ठेगाना रहने गरि दर्ता भएका तथा सो क्षेत्रभित्र चल्ने सवारी साधनको करको दररेट बढाइएको छ । काठमाडौं नगरसभाबाट स्विकृत भएको आर्थिक ऐन २०७४ अनुसार साउन १ गते देखि लागू हुनेगरी सवारीको दररेट बढाइएको हो । महानगरपालिकाले मोटरसाइकल तथा स्कुटरको करको दररेट दोब्बरले वृद्धि गरेको छ । यसअघि दुई सय रुपैयाँ दररेट रहेको मोटरसाइकलमा अब वार्षिक ४ सय रुपैयाँ दर रेटमा कर तिर्नुपर्नेछ । गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार प्राइभेट र भाडाका कार, जीप, भ्यानलाई छुट्टाछुट्टै दररेट तोकिएको थियो । अहिले सबैको दररेट एउटै कायम गरिएको छ । गाडीतर्फ कार, जीप, भ्यान वा यस्तै चार पाङ्ग्रे सवारीका लागि वार्षिक १ हजार रुपैयाँ पुगेको छ । ट्रयाक्टरको करको दररेट चार गुणाले बढाइएको छ । टेम्पु तथा ट्याक्टर चालकका लागि वार्षिक दररेट एक हजार रुपयाँ तोकिएको छ । मिनी बस र मिनी ट्रकलाई दुई हजार रुपैयाँ कररेट लाग्ने भएको छ । त्यस्तै ठुला सवारी तर्फ बस तथा ट्रकलाई तीन हजार रुपैयाँ कररेट लागेको छ भने हेभी गाडी, डोजर र क्रेनमा चार हजार रुपैयाँ लाग्ने भएको छ । गत आर्थिक वर्षमा १४ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको रकम आम्दानी भएको थियो भने चालु आर्थिक वर्षको दुई महिनामा करको आम्दानी १४ करोड ९ करोड १४ लाख रुपैयाँ बराबरको भएको छ । विद्युतीय उर्जाबाट चल्ने तथा कृषि कार्यमा प्रयोग गरिने सवारी साधनका हकमा तोकिएको दरमा ५० प्रतिशतले छुट दिइएको महानगरपालिकाले जानकारी दिएको छ । सवारी साधन नयाँ वार्षिक दररेट (रुपैयाँमा) मोटरसाइकल, स्कुटर ४०० कार, जीप र भ्यान १००० टेम्पु र ट्याक्टर १००० मिनीबस, मिनी ट्रक २००० ठुला बस, ट्रक ३००० हेभी गाडी, डोजर र क्रेन ४००० अन्य सवारी १०००
फुटबल स्टार रोनाल्डो चढ्छन् ३० करोड रुपैयाँ पर्ने ‘बुगाटी काइरन’, यस्तो छ फिचर्स
लण्डन । खेल जगतका सूपरस्टार क्रिस्टियानो रोनाल्डोले आफूलाई सुहाँउदो सूपरकार किनेका छ्न् ।महंगा कारका शौखिन ‘फुटबलस्टार’ क्रिस्टियानो रोनाल्डोले शानदार कार ‘बुगाटी काइरन’ किनेका हुन् । यो कारको मूल्य करिब ३० करोड रुपैयाँ (२१ लाख ५० हजार पाउण्ड स्टर्लिङ) रहेको छ । रोनाल्डोले आफ्नो इन्स्टाग्राम पेजमा आफ्नो नयाँ कारको भिडियो सेयर गरेका छन् । भिडियोमा रोनाल्डोलाई बुगाटो काइरन ड्राइभ गरिरहेको देख्न सकिन्छ । रोनाल्डो आफ्नो छोराका साथमा कार चलाइरहेका छन् । स्पिड र पावरमा बुगाटी निकै अगाडी छ । ✈️ A post shared by Cristiano Ronaldo (@cristiano) on Sep 28, 2017 at 12:24pm PDT रियल म्याड्रिड क्लब बाट नै वार्षिक २ करोड पाउण्ड कमाउने रोनाल्डोका लागि २१.५ लाख पाउण्ड खर्च गर्नु समूद्रमा एक थोपा पानी सरह हो । यो कारलाई बुगाटी वेरनको ठाँउमा ल्याइएको हो । बुगाटी काइरन अहिलेसम्मकै सबैभन्दा तेज उत्पादन भएको कम्पनीको दाबी छ । यो गाडी वेरनभन्दा धेरै लामो, चौडा र अग्लो रहेको छ । वेरनभन्दा १५५ किलो बढी यसको तौल रहेको छ । https://www.instagram.com/p/BZl9v6YFStc/ काइरनमा ८ लिटरको डब्लू १६ इञ्जिन लगाइएको छ । यो इञ्जिनमा चारवटा टर्बोचार्जर्स राखिएको छ । यसमा फोर ह्विल ड्राइभ सिस्टम राखिएको छ । यो गाडीको इञ्जिनमा ७ स्पिड ड्युल क्लच गीयरबक्स जोडिएको छ । https://www.instagram.com/p/BZx78l3FrZT/ यो कारलाई ०-१०० किलोमिटर प्रति घण्टा स्पिड लिन मात्र २.५ सेकेन्ड लाग्छ । यो कारको १५० वटा अर्डर भएको कम्पनीले दाबी गरेको छ । कम्पनीले यो पावरफुल सुपर कार ५ सय युनिटसम्म उत्पादन गर्नेछ ।