इटालियन मोटरसाइकल एसडब्लुएम नेपाल, मूल्य २३ लाख रुपैयाँ
काठमाडौं/नाडा अटो शोको अवसरमा इटालियन मोटरसाइकल एसडब्लुएम नेपालमा सार्वजनिक गरिएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता ज्ञान अर्थमुर्भस प्रा. लि.ले यो बाइक भित्र्याएको हो । एसडब्लुएमका आरएस ३००आर, सुपर ड्युअल ६५०टी र सिल्भर भेस ४४० का मोडल भित्र्याइएका छन् । आरएस ३०० आरको मूल्य १६ लाख, सुपर ड्युअल ६५०टीको २३ लाख रुपैयाँ र सिल्भर भेस ४४० को मूल्य चौध लाख पचास हजार कायम गरिएको छ । ईन्डुरो, क्लासिक र एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको कम्पनीको निर्देशक दीपेश श्रेष्ठले बताए । इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल लोकप्रिय छन् । एसडब्लुएमका सबै मोडलका बाईक तथा यसका इन्जिनहरुको डिजाईन एवं उत्पादन÷एसेम्ब्ली लेम्बोर्डिया, ईटालीमा अवस्थित फ्याक्ट्रीमा भएको हो । कम्पनीले बालुवाटारमा शोरुम र वर्कशप खोलेको छ । निकट भविष्यमा चितवन, पोखरा, बुटवल र धरानमा डिलर खोल्ने तयारी भएको श्रेष्ठले जानकारी दिए ।
दशै तथा तिहारका लागि रेनोका ‘शुभलाभ’ स्किम
काठमाडौं । रेनोको लागि नेपालको आधिकारी वितरक एड्भान्स अटो मोवाइल कम्पनीले दशै तिहार चार्डपर्व अफर घोषणा गरेको छ। कम्पनीले ‘रेनो शुभलाभ’ स्किम संचालनमा ल्याएको हो । यस स्किममा ग्राहकले थुप्रै फाइदा लिन सक्नेछन् । यो स्किम दशै तथा तिहारलाई मुख्य लक्ष्य बनाएर सार्वजनिक गरिएको हो । ‘रेनो शुभलाभ’ लाई शुभ र लाभबाट लिइएको हो, जसले राम्रो र समृद्धीलाई बुझाउँछ । यस योजनामा रेनोका ग्राहकले नगद छुट, फ्रि इन्सयोरेन्स, १ वर्षको फ्रि रोड ट्याक्स, स्पटफाइनान्स सुविधा, तत्काल पुराना गाडी भ्यालुएसन र एक्स्चेन्ज सुविधा रहेको छ । यो स्किम रेनोको रेनो डस्टर, रेनो क्याप्चर र रेनो क्विडमा लागु हुनेछ ।
टीभीएस अपाचे आरआर ३१० अब नेपालमा
काठमाडौँ। नाडा अटो शोमा टीभीएस ले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ। टीभीएस मोटर कम्पनीको, टीभीएस अपाचे आर आर ३१०, टीभीएस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो। टीभीएस अपाचे आरआर ३१०, आकर्षक डिजाइन, सुपर शकिशाली इन्जिन, सर्वोत्कृष्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकल हो। टीभीएस अपाचे आर आर ३१०, ३१२ सीसी सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिन जसले दिन्छ ३४ पी एस २ ९७०० आर पी एम र २७।३ एन एम आर पी एम। सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ ।