टाटा मोटर्सको सबैभन्दा ठूलो शोरुम थापाथलीमा, ४००० वर्ग फिटमा स्थापित

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. ले थापाथलीमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । ४००० वर्ग फिट क्षेत्रमा फैलिएको उक्त शोरुम नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल शोरुमको रुपमा स्थापित भएको छ । उक्त शोरुम उद्घाटन समारोहमा टाटा मोटर्स्का अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी ओम्मेनले काठमाडौंको केन्द्रबिन्दुमा अवस्थित यस शोरुममा रहेका जेष्ट, बोल्ट, स्ट्रोम, टियागो र टिगोर जस्ता विभिन्न रेञ्जका गाडीहरु ग्राहकवर्गहरुलाई उचित मूल्यमा उपलब्ध गराउने बताएका छन् । नयाँ शोरुमको उद्घाटन गर्दै सिप्रदी ट्रेडिङ्ग प्रा.लि. का सिइओ राजनबाबु श्रेष्ठले भने, “यस नयाँ शोरुम मार्फत हामीले हाम्रो सेवा ग्राहकवर्गहरु बीच फैल्याउन पाएकोमा हामी निकै उत्साहित छौं । यस नयाँ शोरुमको उद्घाटनसँगै हामीले हाम्रा ग्राहकवर्गहरुलाई सहज, सरल र सुलभ सेवा र अनुभव प्रदान गर्न सफल हुनेछौं ।” यस नयाँ शोरुम हप्ताको ७ दिन, बिहान ९ बजे देखि रातीको ९ बजेसम्म खुल्ला रहेने कम्पनीले जनाएको छ । जहाँ टाटा मोटर्सको प्यासेन्जर भेकल्स्का सम्पूर्ण रेञ्जहरु उपलब्ध हुनेछन् । कम्पनीको यस थप नयाँ शोरुम सहित अब देशभर टाटा मोटर्सको २० प्यासेन्जर गाडीका शोरुम र २४ सर्भिस केन्द्रहरु रहेका छन् ।  

टाटाको नयाँ कार ‘स्टायलब्याक’ टिगोर नेपाली बजारमा, मूल्य पौने २४ लाख रुपैयाँ

काठमाडौं । सिप्रदी ट्रेडिङले टाटा मोटर्सको नयाँ कार स्टायलब्याक टाटा टिगोर नेपाली बजारमा ल्याएको छ । प्यासेन्जर सेग्मेन्टमा नयाँ पोर्टफोलियोको रुपमा बिक्री सुरु गरिएको हो । कमर्सियल कारमा अगाडि रहेको टाटा मोटर्सले नयाँ पुस्तालाई लक्षित गरेर आक्रमकरुपमा बजार विस्तारका लागि नयाँ कार बजारमा ल्याएको छ । टाटा मोटर्स विश्वको चर्चित अटोमोबाइल कम्पनी हो । रिभोर्टन १.२ लिटरको पेट्रोल क्षमताको उक्त कारको मूल्य २३ लाख ४५ हजार रुपैयाँ रहेको कम्पनीले जानकारी दिएको छ । कम्पनीले कारमा चार वर्षसम्मको वारेन्टीको व्यवस्था गरेको छ । टिगोरका कारहरु एक्स इ, एक्स टी, एक्स जेड र एक्स जेड (0) गरी चारवटा भेरियन्टमा उपलब्ध छन् । कारहरु ६ वटा आकर्षक रङ्गमा उपलब्ध छन्; कपर ड्याजल, एक्प्रेसो ब्राउन, पर्लसेन्ट ह्वाइट, प्लाटिनम सिल्भर, स्ट्राइकर ब्लू, बेरी रेड । कारमा रहेको गोल्डेन इयर्स सहितको हर्मन प्रविधिको अत्यानिक अडियो तथा कनेक्टनेक्स्ट इन्फोटेनमेन्ट सिस्टम मनोरञ्जनको दुनियाँमा कनेक्ट हुन चाहने नयाँ पुस्ताका लागि उपयोगी हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा बिक्री सुरु भएको टाटा टिगोर कम्पनीका पुराना उत्पादनभन्दा केहि फरक र अत्याधुनिक विशेषताहरु रहेको टाटा मोटर्सका इन्टरनेशनल बिजनेश हेड जोनी ओम्मेनले बताए । उनले भने, ‘भावी पूस्ताको मागलाई ध्यानमा राखेर अत्याधुनिक विशेषताहरुसहित नयाँ वर्गको आकर्षक गाडी निर्माणमा विशेष जोड दिएका छौं ।’ टिगोरको भित्री सजावटमा इन्टेलिजेन्ट स्पेसको प्रयोग गरिएको र कनेक्टीभीटी विशेषताहरु रहेको कम्पनीका सि. इ. ओ. राजन बाबु श्रेष्ठले बताए । उनले भने, ‘यसले चालकलाई इनटच अनुभवका साथै भित्री र बाहिरी संसारको उत्कृष्ट अनुभूति प्रदान गर्छ ।’    

सिप्रदिद्धारा मोबाइल सर्भिस भ्यान सन्चालनमा, स्पेयर पार्ट्सहरु तुरुन्त उपलब्ध गराउने

काठमाडौं । नेपालका लागि टाटा हिटाचीको अधिक्रित बिक्रेता सिप्रदि अर्थमुभर्स प्रालीले मोबाइल सर्भिस भ्यान सन्चालानमा ल्याएको छ । सोमबार आयोजित एककार्यक्रममा सिप्रदि कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा हिटाचीका सिनियर जनरल म्यानेजर हेमन्त मथुरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त सर्भिस भ्यानले टाटा हिटाचीका ग्राहकहरुलाई छिटो र छरितो सेवा प्रदान गर्नुका साथै स्पेयर पार्ट्सहरु पनि तुरुन्त उपलब्ध गराउनेछ । उपभोक्ताले टाटा हिटाचीका इस्काभेटर रह्विल इकुप्मेन्टहरु बिग्रेको स्थानबाट सम्पर्क गरिसकेपछि उक्त मोबाइल सर्भिस भ्यानले सोहि स्थानमा गएर मर्मत गर्नेछ । यो भ्यानले अहिलेलाई काठ्मान्डू भ्याली भित्र,धादिङ्ग, नुवाकोट, बनेपा र अन्य बाग्मती क्षेत्रमा भरपर्दो सेवा प्रदान गर्नेछ भने भबिष्यमा सो सेवालाई बिस्तार गर्दै देशका सम्पुर्ण भागहरुमा पुर्यार्इने कम्पनिको योजना रहेको छ । “उपभोक्ताको आवश्यकतालाई सक्दो छिटो र सुलभ ढंगले उपलब्ध गराउन सकियोस भन्ने उद्देश्यका साथ उक्त भ्यान सन्चालनमा ल्याइएको हो,”राजनबाबु श्रेष्ठले भने । यस अघि सिप्रदिले टाटाका गाडीहरुको मर्मतको लागि मोबाइल सर्भिस भ्यान सन्चालनमा ल्याइसकेको छ। बिगत ३५ बर्षदेखि अटोमोबाइल सेवा प्रदान गर्दै आएको सबैभन्दा ठुलो कम्पनी र सबैभन्दा बढि कर तिर्न सफल कम्पनी सिप्रदिले नेपालमा टाटाका कमर्सियल र प्यासेन्जर भेइकल, टाटाका स्पेयर पार्ट्स, एक्साइड ब्याट्ट्रि, म्याक लुब्रिकेन्ट्स, मिस्लिन टायर र टाटाहिटाचिका कन्सट्रक्सन इक्विप्मेन्टहरु बिक्रि गर्दै आएको छ ।