बालकुमारीमा खुल्यो सिएट टायरको नयाँ शोरुम
काठमाडौं । सिएट सप नामक सिएट टायरको नयाँ शोरुम सञ्चालनमा आएको छ । सिएट टायरको आधिकारिक विक्रेता नारायणी अटो बिजनेश प्रा.लि.ले ललितपुरको बालकुमारीमा सो शोरुम सञ्चालनमा ल्याएको हो । सिएट इंडिया अन्तर्गत अन्तर्राष्ट्रिय भाइस प्रेसिडेन्ट सत्य रावले सिएट टायरको नयाँ शोरुम उद्घाटन गरेका थिए । ‘सिएट टायरको यस नयाँ शोरुमले नेपाली ग्राहकहरूको बदलिँदो इच्छा एवं आवश्यकतालाई सर्वोत्कृष्ट ढङ्गले परिपूर्ति गर्ने मलाई विश्वास छ, यस कम्पनीसँग निरन्तर प्रभावकारी सहकार्य गरी भविष्यमा सिएट ब्राण्डको छविलाई नेपाली बजारमा अझ सुदृढ बनाउन उत्सुक छौं,’ कार्यक्रममा बोल्दै उनले भने । यस्तै, नारायणी अटो बिजनेसका प्रबन्ध निर्देशक अनुप बरालले सिएट जस्तो गुणस्तरीय टायर ब्राण्डसँग जोडिन पाउँदा आफूलाई हर्ष एवं गौरवको अनुभव भएको बताए । उनका अनुसार नेपाली बजारमा निरन्तर वृद्धि भइरहेको सिएटको मागलाई सम्बोधन गर्न यो शोरुम एक कोशेढुंगा सावित हुनेछ । यसै गरी कार्यक्रममा बोल्दै एसटिसीका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले सिएट टायर नेपाली ग्राहकहरूको पहिलो रोजाई पर्न सफल ब्राण्ड भएको बताए । ‘हामी निरन्तर उनीहरूलाई गुणस्तरीय एवम् भरोसायोग्य तवरले सेवा प्रदान गर्न प्रतिबद्ध छौं,’ उनले भने । कम्पनीका अनुसार सो रुमको उद्घाटनको अवसरमा सिएट टायरको मोडेल अनुरूप ५ देखि १५ प्रतिशतसम्म छुट दिने छ ।
हुन्डाईले ईभी इकोसिस्टम विकास गर्न २० हजार करोड लगानी गर्ने
काठमाडौं । हुन्डाई मोटर इन्डियाले ईभी इकोसिस्टम विकास गर्न तमिलनाडुमा २० हजार करोड रुपैयाँ लगानी गर्ने भएको छ । दक्षिण कोरियाली अटो कम्पनी ‘हुण्डाई’ले भारतको तमिलनाडु राज्यमा दीर्घकालीन लगानी योजना घोषणा गरेको छ। कम्पनीले १० वर्षको अवधिमा चरणबद्ध रूपमा २० हजार करोड रुपैयाँ लगानी गरेर विद्युतीय सवारी साधनहरू र वाहन प्लेटफर्मको आधुनिकीकरण गर्नेछ। थङ्गम थेनारसु, अर्थमन्त्री टीआरबी राजा, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य मन्त्रीस कृष्णन एस, आईएएस, अतिरिक्त मुख्य सचिव, उद्योग, लगानी प्रवर्द्धन र वाणिज्य, तमिलनाडु सरकार र अन्य वरिष्ठ अधिकारीहरूकोपनि उपस्थिती थियो। उन्सू किमले भने, ‘हाम्रो दीर्घकालीन दृष्टिकोणको एक भागको रूपमा, हामीले तमिलनाडुलाई भारतमा हुन्डाईको विद्युतीय सवारी उत्पादनको आधारको रूपमा विकास र स्थापना गर्ने योजनालाई अन्तिम रूप दिएका छौं। यसले हामीलाई हाम्रो पोर्टफोलियोलाई सुदृढ गर्न र हाम्रा गाडीहरूमा उत्कृष्ट सुविधाहरू र प्रविधिहरू प्रदान गर्न मद्दत गर्नेछ जसले हाम्रो ग्राहकको आकांक्षालाई पूरा गर्नेछ।’ कोरियाली अटो निर्माताले तमिलनाडु सरकारको विद्युतीय गतिशीलतातर्फ राज्यको दिगो प्रणाली निर्माण गर्ने दृष्टिकोणको रणनीतिक साझेदार बन्ने जनाएकाे छ। साथै, हुन्डाईले १ लाख ७८ हजार ब्याट्रीहरू जम्मा गर्न वार्षिक क्षमताको ब्याट्री प्याक एसेम्बली इकाई स्थापना गर्नेछ । ५ वर्षको अवधिमा प्रमुख राजमार्गहरूमा प्रमुख स्थानहरूमा १०० ईभि चार्जिङ स्टेशनहरू स्थापना गर्नेछ। यसमा ५ डुअल अल्ट्रा फास्ट चार्जिङ स्टेसनहरू सिंगल फास्ट चार्जिङ स्टेशनहरू र एकल फास्ट चार्जिङ स्टेशनहरू समावेश छन् । हुन्डाई मोटर इन्डियाले कुल उत्पादन मात्रालाई वार्षिक ८ लाख ५० हजार युनिटमा पुर्याउनेछ र श्रीपेरुम्बुदुरमा रहेको आफ्नो कारखानाबाट नयाँ विद्युतीय र आईसीई सवारी साधनहरू उत्पादन गर्नेछ।
१५ सय रूखको बिरुवा रोप्दै बीवाइडीको विक्रेता साइमेक्स इंक
काठमाडौं । बीवाइडीको लागि नेपालको आधिकारिक विक्रेता साइमेक्स इंकले चखन्दोल सामुदायिक वनमा १५ सय रूखको बिरुवा रोप्ने भएको छ । साइमेक्स इंक प्रालिले ‘बिल्डिङ ड्रिम्स एण्ड फरेस्ट’ नामक अभियानको अन्तर्गत १५ स य रुखको बिरुवा रोप्ने भएको हो । कम्पनीले कर्पोरेट सामाजिक उत्तरदायित्व अन्तर्गत विश्व जैविक विविधता दिवसको अवसरमा यो रणनीतिक अभियान सुरू गरेको बताएको छ । यस अभियानमार्फत कम्पनीले २०६२ सालमा अवैध बालुवा उत्खनन र वन फँडानीको शिकार भएको चखन्दोल सामुदायिक वनको पुनःस्थापना र पुनरुत्थान गर्ने लक्ष्य राखेको जनाएको छ ।रिभोलुसन प्रोजेक्टसँगको सहकार्यमा साइमेक्सले इनोभेटिभ मियावाकी टेक्निक प्रयोग बिरुवाहरु रोप्नेछ । विश्वको सबैभन्दा प्रदूषित सहरको सूचिमा परेको काठमाडौंलाई यो अभियानले ८२७ टन अक्सिजन उत्पादन गर्ने र ३१० टन कार्बन भण्डारण गर्ने प्रक्षेपण गरिएको कम्पनीले जनाएको छ । त्यसैगरी, पाँच वर्षको अवधिमा बीवाइडी फरेस्टले १५५० टन कार्बन सिक्युस्टेरिङ ९कार्बन डाइअक्साइड जस्ता हानिकारक पदार्थलाई सुरक्षित राख्ने तरिकाले छुट्याउनु र भण्डारण गर्दै चार हजार १३३ टन अक्सिजन उत्पादन गर्ने लक्ष्य राखेको छ ।